समाचार
३ फागुन, भैरहवा । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीको रुने दिन आएको दाबी गरेका छन् । नेपाली कांग्रेसले सोमबार भैरहवामा आयोजना गरेको विरोधसभामा बोल्दै उनले जनताको रुने दिन सकिएको टिप्पणी गरे । नेता खाँणले भने, ‘अब जनताको रुने दिन सिद्धियो, अब रुने दिन कम्युनिष्टको आयो, अब रुने दिन केपी ओलीको आएको […]
३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तानशाही शासन लम्ब्याउनका लागि मध्यावधि निर्वाचनको घोषणा गरेको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले कास्कीमा आयोजना गरेको विरोध सभामा बोल्दै नेता सिंहले ओलीले नहुने निर्वाचनको मिति घोषणा गरेको बताए । ‘ओलीले तानशाही शासन तन्काउन हुनै नसक्ने चुनाव घोषणा गरेका हुन् […]
३ फागुन, काठमाडौं । सुन तस्करीविरुद्ध सुरक्षा निकायले आक्रामक कारबाही गरे पनि तस्करले नयाँ शैलीबाट भित्र्याउन छाडेका छैनन् । आइतबार राति टर्च लाइटभित्र लुकाएर ल्याइएको ६ सय ग्राम सुन बरामद भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्स-रेमा चेकजाँच गर्ने क्रममा दुबईबाट आएको लाइटभित्र सुन भेटिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख शम्भुप्रसाद मरासिनीले बताए । उनका अनुसार […]
३ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) नियन्त्रण मापदण्डमा सरकारले दोहोरो नीति लिँदा यो वर्ष पनि हिमाल आरोहीहरुले गन्तव्य परिवर्तन गर्न सक्ने जोखिम बढेको छ । मुलुक भित्र सरकारकै आह्वानमा सामाजिक दूरी कायम नगरी जुलुसहरु आयोजना भइरहेका छन् । विदेशीले भने आफूलाई कोरोना नभएको प्रमाणित गरेर मात्र नेपाल आउन पाउने व्यवस्था लागू गरिएको छ […]
३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनलाई ‘प्रतिगमन’ भन्नु आपत्तिजनक भएको बताएका छन् । साथै आफ्नै दलका नेताहरुले अल्मल्याउने, निहुँ खोजेर कामै गर्न नदिने र समानान्तर सत्ता सञ्चालनको अभ्यास गरेपछि संसद् विघटन गर्न बाध्य भएको उनले बताए । सरकार गठन भएको तीन वर्ष पुरा भएको अवसरमा पत्रकार सम्मेलन गरेका प्रधानमन्त्री ओलीले सुरुमै […]
३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँगको यातायात र पारवहन सम्झौतापछि भविष्यमा नेपालले नाकाबन्दी जस्तो अमानवीय अवस्था सामना गर्नुपर्ने स्थिति अन्त्य भएको बताएका छन् । आफ्नो सरकारले तीन वर्षमा प्राप्त गरेका उपलब्धी जानकारी गराउन सोमबार आयोजना गरिएको प्रेस बिफ्रिङलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले चीनँगको सम्झौतापछि नेपाल भूपरिवेष्ठितबाट भूजडित मुलुकमा फेरिएको बताए । ‘चीनसँगको यातायात […]
२३ फागुन, जनकपुरधाम । प्रदेश २ सरकारले तीन वर्षको आफ्नो उपलब्धि सार्वजनिक गरेको छ । तीन वर्ष पुगेको अवसरमा सोमबार पत्रकार सम्मेलन गरी प्रदेश सरकारले उपलब्धि सार्वजनिक गरेको हो । संघीय सरकारविरुद्व मुद्दा दायर गर्नुलाई पनि प्रदेश सरकारले आफ्नो उपलब्धि मानेको छ । संविधानले प्रदान गरेको प्रदेशको अधिकारलाई संस्थागत गर्दै प्रदेशको समग्र विकासका लागि सागरनाथ […]
३ फागुन, काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद प्रधानमन्त्रीको नोकर हुन नसक्ने बताएका छन् । सोमबार संसद विघटनविरुद्धको मुद्दामा जवाफी बहस गर्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई धम्की दिएको भन्दै संसद प्रधानमन्त्रीको नोकर बन्न नसक्ने बताएका हुन् । मुलुकी अपराध संहिताको दफा ५८ मा राष्ट्रपति र संसदलई धम्की दिन नपाइने उल्लेख भएको स्मरण […]
३ फागुन, काठमाडौं । काठमाडौंको बबरमहलस्थित आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायव सुब्बा (नासु) नरेन्द्र चन्दसहित दुई जना घुस लिएको आरोपमा पक्राउ परेका छन् । शेयर पुँजी बढाएको प्रमाण पत्रका लागि सेवाग्राहीसँग ८ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा चन्दसहित लेखापढी व्यवसायी रामबाबु दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो । दाहालले सेवाग्राहीसँग ८ हजार […]
३ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा राजा महाराजाले झैं पञ्चर्याली गर्दै हिँडेको टिप्पणी गरेका छन् । सोमबार गृहजिल्ला चितवन पुगेका उनले जमिन बाँड्नेजस्ता प्रलोभन देखाएर ओलीले सर्वसाधारण भेला गरेको भन्दै त्यसको कुनै अर्थ नहुने बताए । ‘उहाँले पञ्चर्याली जम्मा गर्ने, जमिन बाँड्छौं […]
३ फागुन, सप्तरी । बहुविवाह मुद्दामा अदालतबाट कैद र जरिवाना तोकिएपछि फरार भएका एक व्यक्ति सप्तरीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सुरुङ्गा नगरपालिका-७ बस्ने २८ वर्षीय उमेश चौधरी छन् । उनलाई इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको हो । चौधरीकी जेठी पत्नी २१ वर्षीया पुनिता चौधरीले बहुविवाहको जाहेरी दिएकी […]
३ फागुन, बझाङ । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहले अदालत र निर्वाचन आयोगलाई धम्क्याइरहेको आरोप लगाएका छन् । आधिकारिक रुपमा विभाजन भइ नसकेका दुवै समूहको दबावकै कारण न्यायिक प्रक्रियामा पनि ढिलाइ भइरहेको नेता महरको भनाइ छ । बझाङको पाथिभरामा आयोजित सभामा नेता महरले अदालतले निर्णय प्रक्रियामा गरेको ढिलाइका […]
३ फागुन, काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले दुई महिनाको अवधिमा ३ सय ७४ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । परिसरसहित मातहतको महाराजगञ्ज, बौद्ध, बोनश्वर, कालिमाटी, कीर्तिपुर, थानकोट, स्वयम्भु, बालाजु, लैनचौर, दरबारमार्ग, जनसेवा, सिंहदरबार र मालिगाउँ वृत्तबाट उनीहरुलाई पक्राउ गरिएको हो । सबैभन्दा बढी बौद्धबाट ८५, कीर्तिपुरबाट ६०, बालाजुबाट ४७ र कालिमाटीबाट ४३ जना […]
३ फागुन, काठमाडौं । काठमाडौंको नयाँबसपार्कदेखि कुलेश्वरसम्म विष्णुमति करिडोर कालोपत्रे गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले विष्णुमति नदी किनारामा पर्खाल लगाउने तथा कालोपत्रेको काम शुरु गरेको हो । काठमाडौंको नयाँ बसपार्कदेखि कुलेश्वरसम्मको सडक मर्मत तथा कालोपत्रेको जिम्मा पाएको सिएम–पिआर जेभी निर्माण सेवाले नदी वरपर नयाँ पर्खाल लगाउने तथा कालोपत्रे गर्ने काम […]
३ फागुन, सुर्खेत । कर्णाली प्रदेश सरकारको तेस्रो वार्षिकोत्सवमा नेपाल कम्युनिस्ट पार्टी (केपी ओली) र नेपाली कांग्रेसले अघोषितरुपमा बहिष्कार गरेका छन् । सोमबार मुख्यमन्त्री कार्यालयमा तेस्रो वार्षिकोत्सव कार्यक्रम भइरहँदा कांग्रेस र ओली समूहका सांसद उपस्थिति थिएनन् । कार्यक्रममा राप्रपाकी सांसद पनि उपस्थित भइनन् । ओली समूहका सांसद गुलावजंग शाहले आफूहरुलाई वार्षिकोत्सवबारे जानकारी नभएको बताए । […]
३ फागुन, काठमाडौं । पश्चिमी वायुको प्रभाव अझै केही दिन कायम रहने भएको छ । केही दिनयतादेखि उक्त प्रणालीको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात भइरहेको छ । मौसमविद् शान्ति कँडेललेका अनुसार यस प्रणालीको प्रभाव अझै दुई तीन दिन कायम रहने छ । हाल कायम […]
३ फागुन, कर्णाली । द्वन्द्वका क्रममा कर्णाली प्रदेशमा घाइते तथा अपाङ्गता भएका व्यक्तिको उपचारका लागि कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र प्रतिष्ठानका डीन प्रा डा मुनिराज क्षेत्रीको रोहबरमा आइतबार कानुन मन्त्रालयका सचिव शोभाकान्त पौडेल र […]
३ फागुन, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई जनताको विश्वासमा तातो पानी खन्याउने काम भएको टिप्पणी गरेका छन् । प्रदेशसभाको तेस्रो वार्षिक उत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले प्रदेशमा अस्थिरता सिर्जना गरी जनताको विश्वासमा तातो पानी खन्याउने काम बताएका हुन् । अविश्वासको प्रस्तावलाई मुख्यमन्त्री राईले जनविरोधी हर्कतको संज्ञा […]
२ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले वितरण गर्न लागेको लाभांश केहि दिन पहिले अर्थमन्त्रालयले रोकिदियो । साधारणसभाबाट पारित भइसकेको र नियमनकारी निकायबाट समेत स्वीकृत पाइसकेको लाभांश रोकिएपछि बैंकका अध्यक्ष बासुदेव अधिकारीले पदबाटै राजीनामा दिए । अधिकारीले अध्यक्ष पदबाट दिएको राजीनामा अर्थमन्त्री विष्णुप्रसाद पौड्यालले २६ माघमा स्वीकृत गरे । राष्ट्र बैंक स्वायत्त नियमनकारी निकाय भए […]
३ फागुन, काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टलगायतमाथि भएको बलात्कार र हत्याको विरोधमा राष्ट्रिय बक्सिङ खेलाडीहरुले काठमाडौंको बसन्तपुरमा प्रदर्शन गरेका छन् । महिलाहरु कमजोर छैनन् र हिंसाको प्रतिकार गर्नुपर्छ भन्ने सन्देश दिन खेलाडीहरुले आज बिहान बक्सिङ कला प्रदर्शन गरेका हुन् । काठमाडौंका बक्सिङ क्लबहरुले आयोजना गरेको प्रदर्शनमा महिला बक्सरहरुको सहभागीता थियो ।
३ फागुन, काठमाडौं । अदालतको अवहेलनाको मुद्दा लागेका चार पूर्वप्रधानन्यायाधीशहरु सर्वोच्च अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ पेश गरेका छन् । पूर्वप्रधान्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सर्वोच्च अदालतमा आफैं उपस्थित भएर आज लिखित जवाफ बुझाएका हुन् । प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै संयुक्त वक्तव्य जारी गरेपछि चार पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलनाको […]
from समाचार – Online Khabar https://ift.tt/3qoEupw
via IFTTT






















