समाचार
६ फागुन, काठमाडौं । अदालतको सहयोगी (एमिकस क्युरी) ले आज पनि संसद विघटनका विषयमा संवैधानिक इजलासलाई आफ्नो राय दिने भएको छ । गत मंगलबारबाट एमिकस क्युरीको बहस सुरु भएको थियो । पहिलो दिन बदि्रबहादुर कार्कीले र बुधबार दोस्रो दिन सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गरेका थिए । खरेल र मैनालीको राय बाझिएको थियो । […]
६ फागुन, काठमाडौं । भारत पश्चिम बंगालका श्रम मन्त्री जाकिर हुसेनमाथि पेट्रोल बम प्रहार भएको छ । बम प्रहारबाट हुसेन गम्भीर घाइते भएका छन् । उनलाई मुर्सिदावाद मेडिकल कलेजमा भर्ना गरिएको छ । मुर्सिदावाद जिल्लाको निमटिटा स्टेशनबाट कोलकाता जानका लागि रेल चढ्न जाँदै गर्दा अज्ञात व्यक्तिले मन्त्री हुसेनमाथि बम प्रहार गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका […]
५ फागुन, काठमाडौं । संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको आज दुई महिना पुगेको छ । दुई वर्ष कार्यकाल बाँकी रहँदै संसद् भंग गरिएपछिका यी दुई महिना राजनीतिक दलहरुवीच शक्ति प्रदर्शन एवं राजनैतिक/संवैधानिक अन्योलमै बितेका छन् । संसद् विघटन विरुद्ध परेको मुद्दा अहिलेसम्म सर्वोच्च अदालतमा विचाराधीन छ । नेकपाको […]
६ फागुन, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाबारे पार्टीको अडानलाई लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच नोकझोँक भएको छ । केन्द्रीय कार्यसमिति बैठकमा बुधबार सभापति र वरिष्ठ नेताबीच भएको विवाद व्यक्तिगत विषयसम्म पुगेपछि अरु नेताहरुले रोक्नुपर्यो । नेताहरुका अनुसार २ बजे बोलाइएको कार्यसमिति बैठकअघि संस्थापन इतरका नेताहरु पौडेलको कार्यकक्षमा भेला भएका थिए […]
५ फागुन, सुर्खेत । कालिकोटमा गाडीको ठक्करबाट एक बालकको मृत्यु भएपछि स्थानीले ठक्कर दिने गाडी नै जलाइदिएका छन् । भे १ ज ११४९ नम्बरको गाडीले ठक्कर दिदा बुधबार साँझ रास्कोट नगरपालिका–७, सान्नीघाट बजारका तीन वर्षीय प्रेम सिम्खडाको मृत्यु भएको थियो । सिम्खडाको मृत्युपछि आक्रोशित स्थानीयले ठक्कर दिने गाडीनै जलाइदिएका हुन् । घटनास्थलमै बालकको मृत्यु भएपछि […]
५ फागुन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने विद्यार्थीको परीक्षा रद्ध गरेको छ । बोर्डले मंसिरमा भएको कक्षा १२ को परीक्षामा सहभागी कालिका माबि, दैलेखका विद्यार्थी रोशनकुमार शाहीले परीक्षा समयमै टिकटक बनाएका थिए । बोर्डले उनको चालु खण्डको परीक्षा रद्ध गरेको छ । साथै विद्यालयमा निरीक्षकका रुपमा […]
५ फागुन, काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८\ ७९ को बजेट निर्माणको प्रक्रिया थालेको छ । तरल राजनीतिक अवस्थाका बीच आउन लागेको बजेटलाई दृष्टिगत गरी अर्थमन्त्री विण्णु पौडेलले राय सुझाव संकलन शुरु गरेका छन् । संविधान अनुसार १५ जेठमा आगामी आर्थिक वर्षका लागि बजेट ल्याइसक्नु पर्छ । सोही सिलसिलामा अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८\ […]
५ फागुन, गुल्मी । गुल्मीमा जीप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ, ६ जना घाइते भएका छन् । बुधवार साँझ जिल्लाको सदरमुकाम तम्घासबाट पराल्मी तर्फ जाँदै गरेको लु १ ज १९८८ नम्बरको जीप रेसुङ्गा नगरपालिका वडानम्बर–१४ ठूलो पधेरा भन्ने दुर्घटनामा परेको हो । दुर्घटनामा २७ वर्षकी गोमा नेपाली, २८ वर्षकी शान्ती नेपाली र ४८ […]
५ फागुन, काठमाडौं । एमिकस क्युरी (अदालतका सहयोगी) का रुपमा चयन भएका वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले बहुमत, अल्पमत जुनसुकै माध्यमबाट निर्वाचित भएका प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार हुने बताएका छन् । बुधबार सर्वोच्च अदालतको संवैधनिक इजालसमा प्रतिनिधिसभा विघटनबारे राय प्रस्तुत गर्दै मैनालीले संसदीय शासन पद्धतिमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार रहने जिकिर गरे । नेपालले संसदीय शासन […]
५ फागुन, काठमाडौं । विभागीय टोली एपीएफ क्लबले दुई खेल अगावै राष्ट्रिय महिला लिगको उपाधि पक्का गर्यो । बुधबार एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले १-१ को बराबरी खेलेपछि एपीएफले दुई खेल बाँकी रहँदै लिग उपाधि पक्का गरेको हो । बुधबारै भएको दोस्रो खेलमा एपीएफले […]
५ फागुन, विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकाका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न भएको आरोप लागेका प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मोरङ जिल्ला इन्चार्ज डीबी सिलवाल भनिने धनबहादुर विक हातहतियार तथा खरखजना मुद्दामा पूर्पक्षका लागि कारागार चलान भएका छन् । गत माघ ७ गते उनी हतियारसहित मोरङको बुढीगंगा गाउँपालिका– ४ बाट […]
५ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यतर्फका कर्मचारी समायोजन मिलानका लागि फागुन १६ गतेसम्म निवेदन माग गरेको छ । कर्मचारी समायोजन/मिलानसम्बन्धी मापदण्ड, २०७७ मा व्यवस्था भएअनुसार समायोजन मिलानको लागि इच्छुक कर्मचारीले तोकिएको ढाँचाको आवेदन र सहमति पत्रसहित निवेदन दिन मन्त्रालयले आग्रह गरेको हो । कर्मचारी समायोजन प्रक्रिया चलिरहेको समयमा कोभिड-१९ महामारी आएपछि सरकारले […]
५ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपीलाई पक्राउ गर्न सफल भएकोमा नेपाल प्रहरीसहितको टिमलाई धन्यवाद दिएका छन् । गृहमन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत घटनाको सफल अनुसन्धान गर्दै अभियुक्त पक्राउ गर्न सफल भएकोमा नेपाल प्रहरीसहितको टिमलाई धन्यवाद दिएका हुन् । गृहमन्त्री थापाले फेसबुकमा लेखेका छन्- ‘बैतडीकी भागरथी […]
५ फागुन, कालीकोट । कालीकोटमा जिपको ठक्करबाट तीन वर्षीया बालकको मृत्यु भएको छ । राष्कोट नगरपालिका-६ सान्नीघाटमा भे.१ ज ११४९ नम्बरको जिपले बुधबार दिउँसो ठक्कर दिँदा सोही ठाउँ बस्ने गोविन्द सिम्खडाको ३ वर्षीय छोरा मनोज सिम्खडाको घटनास्थलमै मृत्यु भएको हो । जिप चालक इलाम सन्दकपुर गाउँपालिका-३ बस्ने ३५ वर्षीय उमाकान्त पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ […]
५ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चलाई खुला गर्न सुरू गरेको छ । महानगरले दरबार हाइस्कुल, वीर अस्पताललगायतका संरचना निर्माणका लागि राखिएको सामग्री हटाउन थालेको हो । राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनर्निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेको भन्दै ती संरचना पुनर्निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाएर […]
५ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसद विघटनको विरोधमा काठमाडौंमा प्रदर्शन तथा विरोधसभा गर्ने भएको छ । जसपा निकट भ्रातृ तथा जनसंगठनहरू र काठमाडौं उपत्यकाका तीन वटै जिल्ला कमिटीले ९ फागुनमा रत्नपार्कमा संयुक्त प्रदर्शन र विरोधसभा गर्ने भएको हो । बुधबार काठमाडौंमा बसेको पार्टी पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटनलाई प्रतिगमनकारी कदम भन्दै संघर्षका कार्यक्रमलाई […]
५ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन हुन चाहने कर्मचारीलाई तोकिएको ढाँचासहितको निवेदन पेस गर्न आग्रह गरेको छ । मन्त्रालयले बुधबार सूचना जारी गरी समायोजन हुन चाहने कर्मचारीलाई आवश्यक कागजातपत्र पूरा गरी तोकिएको ढाँचामा अनलाइन प्रणालीमार्फत आवेदन पेस गर्न आग्रह गरेको हो। ‘कर्मचारी समायोजन/मिलान सम्बन्धी मापदण्ड, २०७७’ मा व्यवस्था भएअनुसार समायोजन मिलानको लागि […]
५ फागुन, चितवन । नेकपा ओली समूहको चितवन जिल्ला अध्यक्षमा पार्वती रावल चयन भएकी छन् । ओली पक्षको जिल्ला कमिटी बैठकले रावललाई अध्यक्षको जिम्मेवारी दिएको हो । बैठकले नेता प्रकाश खनाल शैलेशलाई सचिवकाे जिम्मेवारी दिएको छ । रावल तत्कालीन एमालेकाे जिल्ला सचिव एवम् राष्ट्रिय सभा सांसद हुन् । सचिव बनेका खनाल रामबहादुर थापा बादल समूहका […]
५ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रजातन्त्र दिवसको अवसर पारेर दरबारमार्गमा काठमाडौं सडक सांस्कृतिक महोत्सव गर्ने भएको छ । फागुन ६ गते बिहीबार साँझ पाँच बजेदेखि महोत्वसव सुरु गर्ने काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिए । ‘प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा हामीले दरबारमार्गमा सांस्कृतिक महोत्वसव गर्न लागेका हौँ,’ ज्ञवालीले भने, ‘पहिलो चरणमा नेपाल प्रहरी […]
५ फागुन, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफनो सचिवालय हेरफेर गरेका छन् । उनले बुधबार आफना दुई स्वकीय सचिवसहित एकजना सल्लाहकार हेरेफेर गरेका हुन् । मुख्यमन्त्री शाहीले आफनो प्रमुख स्वकीय सचिवमा कृष्णप्रसाद आचार्य, जनसम्पर्क सल्लाहकारमा विष्णुबहादुर विक (विकल्प जुम्ली) र स्वकीय सचिवमा रवीन्द्रबहादुर शाहीलाई नियुक्त गरेका छन् । विगत तीन वर्षदेखि प्रमुख […]
५ फागुन, हेटाैंडा । मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टको पद जोगिएको छ । उच्च अदालत पाटनको हेटौंडा इजलासमा न्यायाधीशद्वय मोहम्मद साबीर हुसेन र चण्डिराज ढकालले परमाधेश उत्प्रेषण मार्फत राजीनामा खारेज गरेको आदेश गरेसँगै उनको पद जोगिएको हो । गत मंसिर २९ गते उपाध्यक्ष विष्टले राजीनामा दिएको भन्दै पुस १७ गते गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले […]
from समाचार – Online Khabar https://ift.tt/3bf5YYy
via IFTTT






















