समाचार
५ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन आजबाट शुरु भएको छ । आन्दोलनको कार्यक्रम अनुसार सो समूहले आजदेखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लास्तरीय विरोध प्रदर्शन, सभा लगायतका कार्यक्रमहरुको आयोजना गर्ने छ । कार्यक्रम अन्तर्गत भोलि सो समूहले प्रतिगमन, महंगी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर […]
५ फागुन, जनकपुरधाम । सर्लाहीमा गुड्दै गरेको ट्याक्टरमा करेन्ट लागेर आगलागी भएको छ । मुर्तियाबाट जिरायततर्फ जाँदै गरेको ना. १ त ७२८९ नम्बरको ट्याक्टरमा बरहथवा नगरपालिका ९ मुर्तियामा करेन्ट लागेको हो । ट्याक्टरको ट्रलीमा उखुको भुस लोड गरिएको थियो । प्रहरीका अनुसार ११ हजार भोल्टको विद्युतको तारमा छुन गई करेन्ट लागेर आगलागी हुँदा ट्याक्टरको पछाडिको […]
४ फागुन, काठमाडौं । उपत्यका भित्रिने आयातित वस्तुको भन्सार जाँचपास आगामी वैशाखपछि काठमाडौंबाटै हुने भन्सार विभागले जनाएको छ । काठमाडौंको चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाहबाट उपत्यका भित्रिने सवारीको भन्सार जाँचपासका लागि पूर्वतयारी सुरु गरिएको विभागका अधिकारीको भनाइ छ । बन्दरगाह सञ्चालनमा आएपछि वीरगञ्ज, भैहरवा र विराटनगरबाट काठमाडौं आउने दैनिक ३७५ भन्दा बढी मालबाहक सवारी साधनको भन्सार […]
५ फागुन, काठमाडौं । भारतको मध्यप्रदेशमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । मध्यप्रदेशको सिधी जिल्लामा मंगलबार बिहान बस दुर्घटना भएको थियो । सो बस सिधीबाट सतना जाने क्रममा सरदा गाउँ नजिक २२ फिट गहिरो बाणसागर नहरमा खसेको थियो। दुर्घटनास्थलबाट ५१ जनाको शव निकालिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । ७ जना […]
५ फागुन, हेटौंडा । आज बस्ने तय भएको बागमती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । प्रदेशसभा बैठक आज २ बजेका लागि बोलाइएको थियो । मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध गत माघ ९ गते टेबुल भएको अविश्वासको प्रस्तावमाथि आजबाट दलगत छलफल शुरू गर्ने तयारी थियो । तर ‘विशेष कारण’ भन्दै अन्तिम समयमा बैठक स्थगित गरिएको छ […]
५ फागुन, काठमाडौं । भारतले नेपाललगायत छिमेकी मुलुकहरुसँग कोरोना संकट, खोप लगायतका विषयहरुमा छलफल गर्ने भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार सार्कका सबै सदस्य र यस क्षेत्रमा अन्य मुलुकहरु सो छलफलमा सहभागी हुने छन् । बैठकमा उच्च अधिकारीहरु सहभागी हुने भनिए पनि कुन तहको हो भन्ने यकिन भने भइसकेको छैन । बैठकमा खोप लगायत […]
५ फागुन, डोटी । गत वर्ष ‘फल्याको कोदो, कुट्याको धान‘ को नारासहित कोदो बाली प्रवर्द्धन सुरु गरेको अछामको चौरपाटी गाउँपालिकाले कोदो बिक्रीका लागि बजारमा ल्याएको छ । गाउँपालिकाले किसानहरुले फलाएको कोदो चामलसँग साटेर ५, १० र १५ किलो प्याकेट बनाई बजारमा बिक्री थालेको हो । सो कोदो कैलालीको धनगढीस्थित साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड र कैलालीकै […]
५ फागुन, नर्वे । मध्यरातमा पनि घाम लाग्ने देशका रुपमा चिनिन्छ नर्वे । तर, सधैं होइन समरमा । यो सिजनमा नर्वे स्वर्गकै टुक्राजस्तो देखिन्छ । जाडो सिजनमा दिनमा पनि थोरै समय मात्र उज्यालो हुन्छ । केही महिना त सूर्यको किरणसमेत देखिँदैन । हिउँले जमीन सेताम्म हुन्छ । गर्मी होस् या जाडो, नर्वेको जीवनशैली सहज छ […]
५ फागुन, काठमाडौं । पार्टीको १४ औं महाधिवेशन र आगामी कार्यक्रमबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । दिउँसो दुई बजेपछि पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा आगामी १४ औं महाधिवेशनको कार्यतालिका, संसद विघटनविरुद्धको आन्दोलनको समीक्षा र आगामी योजनाबारे छलफल हुने कांग्रेस केन्द्रीय सदस्य बदि्र पाण्डेले जानकारी दिए । १३ औं महाधिवेशनबाट […]
५ फागुन, काठमाडौं । राष्ट्रिय टिम र एपीएफ क्लबकी सदस्य सावित्रा भण्डारी (साम्बा)को उपचारमा एन्फाले सहयोग गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले मंगलवार सामाजिक सञ्जालमार्फत एन्फाले सावित्राको उपचार सकृय सहयोग गर्ने जानकारी गराएका छन् । अहिले भइरहेको राष्ट्रिय महिला लिग अन्तर्गत सोमबार नेपाल पुलिस क्लबविरुद्धको खेलमा ल्याण्डिङ नमिल्दा सावित्राको […]
५ फागुन, नवलपरासी । दुःख गरेर फलाएको टमाटरले बजार नपाएको भन्दै पश्चिम नवलपरासीको बर्दघाटका किसानहरुले बर्दघाट नगरपालिका परिसरभित्रै टमाटर फालिदिएर विरोध जनाएका छन् । स्थानीय किसानहरुको उत्पादनले बजार नपाउने र भारतीय आयातित टमाटर खुल्लेआम बिक्री हुने गरेको भन्दै उनीहरुले नगरपालिकाको गेटदेखि प्रत्येक कोठा र गल्लीमा टमाटर फालेर बिरोध जनाएको स्थानीय किसान निलकण्ठ नेपालले बताए । […]
५ फागुन, काठमाडौं । किलिएन एमबाप्पेले ह्याट्रिक गरेपछि च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्पानिस क्लब बार्सिलोनामाथि शानदार जित हात पारेको छ । घरेलु मैदानमा बार्सिलोनाले पहिले अग्रता लिएपछि त्यसलाई कायम राख्न सकेन र ४-१ को लज्जास्पद हार व्यहोरेको हो । क्याम्प नोउमा खेलको २७औं मिनेटमा कप्तान […]
५ फागुन, काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । नेकपाको प्रचण्ड-माधव समूहको दबावपछि सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो दुई बजे प्रदेशसभा बैठक बोलाएका हुन् । प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्तावमाथि आजको बैठकमा दलगत धारणा राख्ने तयारी छ । यद्यपि प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने पौडेलले अविश्वास प्रस्तावको सामना गर्नुको […]
४ फागुन, पोखरा । गण्डकी प्रदेश सरकारले ३ वर्ष पूरा गरेको अवसरमा मंगलबार करिब ५५ पृष्ठ लामो उपलब्धिका सूची सार्वजनिक गर्यो । सडक, पुल, विजुली, खानेपानी, पर्यटन, कृषि, सामाजिक, कानुनका क्षेत्रमा भएका कामदेखि भेटघाट, छलफल, भ्रमण र अन्तरक्रियालाई पनि उपलब्धिमा समावेश गरेर पुस्तक नै सार्वजनिक गरिएको छ । सरकारले उपलब्धिका किताबै सार्वजनिक गरिरहँदा अधिकांश योजना […]
४ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा उनी अध्ययन गर्ने विद्यालयका एक विद्यार्थी पक्राउ परेका छन् । सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो । भागरथी यही विद्यालयको कक्षा १२ मा पढ्थिन र माघ २१ गते बुधबार विद्यालयबाट घर […]
४ फागुन, काठमाडौं । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का संस्थापक सभापति एवं गोर्खा स्मारक ट्रष्टका संस्थापक अध्यक्ष पदमबहादुर गुरुङले प्रधानमन्त्री ओलीद्वारा चालिएको संसद विघटनको कदमप्रति विरोध जनाएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै गुरुङले ओलीको कदमबाट पूर्व गोर्खा सैनिकहरु गम्भीर बनेको बताएका छन् । वक्तव्यमा भनिएको छ, ‘ओली सरकारको राष्ट्रघाती तथा असंवैधानिक कदमको […]
४ फागुन, काठमाडौं । बैतडीको डिलासैनीमा आयोजित नेपाली कांग्रेसको सभामा सत्तारुढ ओली समूहले ढुंगामुढा गरेको छ । त्यसक्रममा केही घाइते समेत भएका छन् । डिलासैनीमा मंगलबार भएको कार्यक्रमा कांग्रेसका केन्द्रीय सदस्यद्वय एन.पी. साउद र डिला संग्रौला, नेविसंघका पूर्व सभापति नैनसिंह महर लगायत सहभागी भएका थिए । नेता महरका अनुसार सोमबार मात्र जयराज जोशीको नेतृत्वमा २०० […]
४ फागुन, काठमाडौं । सरकारले २० लाख डोज कोरोना खोप खरिदका लागि बाटो खुला गरेको छ । अब फेब्रअरी अन्तिम वा मार्च पहिलो साता खोप नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बताए । तीन साता अघि सरकार र भारतको सेरम इन्स्टिच्युटबीच २० लाख खोप खरिदका लागि सहमति भएको थियो । मन्त्री त्रिपाठीका अनुसार भारतीय […]
४ फागुन, काठमाडौं । नेपाल आयल निगमले एक सातामै पुनः पेट्रोलियम पदार्थको भाउ बढाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनकाे भाउ लिटरमा दुई रुपैयाँले बढाइएको निगमले जनाएको छ । बढेको मूल्यपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलकाे ९७ र आरिक हवाई इन्धनको भाउ ६७ रुपैयाँ […]
४ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका क्षेत्रमा सार्वजनिक, ऐलानी, पोखरी र मठ मन्दिरको नाममा रहेका जग्गा व्यक्तिको नाममा पुगेको थुप्रै उदाहरण भेटिन्छ । त्यसैले महानगरले भूमाफिया र कर्मचारीको मिलेमतोमा व्यक्तिको नाममा दर्ता भएका जग्गाको खोजी गरिरहेको छ । मुख्य बजारक्षेत्र आदर्शनगर लगायत महानगरका ३२ वटै वडाको सार्वजनिक, ऐलानी जग्गा पहिचान गर्ने र व्यक्तिको नाममा दर्ता […]
४ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा एक जना शंकास्पद व्यक्ति पक्राउ परेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय, बैतडीका एक अधिकृतले बताएअनुसार घटनामा उनको संलग्नता देखिने केही आधार भेटिएको छ । ‘वस्तुस्थितिले संकेत गरेपनि उनले अभियोग स्वीकार गरेका छैनन्’, स्रोतले भन्यो, ‘त्यही कारण […]
from समाचार – Online Khabar https://ift.tt/2OA00cX
via IFTTT






















