Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कोरोना मारमा लघु तथा घरेलु उद्योग, ठूला उद्योगको उत्पादन आधाले घट्यो

३ फागुन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको एक अध्ययनमा लघु तथा घरेलु उद्योगमा कोभिड असर उच्च पाइएको छ । कोरोना र यसबाट बच्नकालागि अबलम्बन गरिएको लकडाउन र निषेधाज्ञाका कारण ७५ प्रतिशत लघु तथा घरेलु उद्योग पूर्ण रूपमा बन्द अवस्थामा पुगेको मन्त्रालयले जनाएको छ । सञ्चालनमा रहेकामध्ये पनि त्यस्ता उद्योगको उत्पादन क्षमता ७५ […]

कञ्चनपुरका चिनी मिललाई उखु अभाव

३ फागुन, कञ्चनपुर । कञ्चनपुरमा सञ्चालित चिनी मिललाई उखुको अभाव भएको छ । उखु रोप्ने समयमा भएको बन्दाबन्दीका कारण उखु उत्पादक किसानले समयमै मल खाद पाउन नसक्दा र पर्याप्त वर्षा नहुँदा उखुको उत्पादन घटेको हो । बेलौरी नगरपालिकाको शिवनगरमा सञ्चालित महाकाली सुगर इन्डष्ट्रिज र पुनर्वास नगरपालिकामा सञ्चालित भागेश्वर चिनी मिललाई सिजनमा ६० लाख क्विन्टलभन्दा बढी […]

प्रधानमन्त्रीले उद्घाटन गरे पुनर्निर्मित मन्त्रिपरिषद् कार्यालय

३ फागुन, काठमाडौं ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुन: सिंहदरबारको मूल भवनबाटै सञ्चालन भएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको भवनको प्रबलीकरण गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज कार्यालयको उद्घाटन गरेका हुन् । भूकम्प अगाडिसम्म सिंहदरबारको मूल भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भूकम्पपछि भने शिक्षा मन्त्रालय सामुन्नेको छुट्टै भवनमा सारिएको थियो ।

प्रदेश १ सरकारको वार्षिकोत्सव कांग्रेस र प्रचण्ड-माधव समूहद्वारा बहिस्कार

३ फागुन, विराटनगर । प्रदेश १ को तेस्रो वार्षिकोत्सवमा प्रचण्ड-माधव समूहले अघोषितरुपमा बहिस्कार गरेको छ । सोमबार मुख्यमन्त्री कार्यालयमा तेस्रो वार्षिकोत्सव मनाइँदैछ । वार्षिकोत्सवमा प्रचण्ड-माधव समूह सहभागी भएन । प्रचण्ड-माधव समूहका नेता इन्द्र आङ्बोले वैधता सकिएको सरकारको कार्यक्रममा सहभागी नभएको बताए । ‘सरकारको वैधता सकिएको छ,’ उनले भने, ‘वैधता सकिएको सरकारको वार्षिकोत्सबमा सहभागी हुन आवश्य […]

फेवातालको क्षेत्रफल ५.३ वर्गकिमी, प्रधानमन्त्रीलाई बुझाइयो सीमांकन प्रतिवेदन

३ फागुन, पोखरा । २०३८ सालमा भएको अध्ययनले देखाएको क्षेत्रफलभन्दा कम कायम हुने गरी फेवाताल सीमांकन तथा नक्सांकन समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई समितिको प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा फेवातालको क्षेत्रफल ५.३ वर्गकिमी रहेको उल्लेख छ । तत्कालीन जिल्ला विकास समितिका सभापति पुण्य पौडेलको […]

बाइडनको विश्व नीति : प्रजातन्त्र र मानव अधिकार प्राथमिकतामा, चीनप्रति नरम

३ फागुन, काठमाडौं । अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा जो बाइडनले शपथ लिएको एक महिना पुग्न लागेको छ । यस अवधीमा उनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका थुप्रै नीति उल्टाएका छन् । ट्रम्पको चार वर्षे कार्यकालमा अमेरिकाको विश्व नीतिमा उथलपुथल मात्र आएन, केही गलत निर्णयसमेत लिएको भनी आलोचना समेत भयो । त्यसैले वाइडनले ती गलत नीतिलाई […]

प्रधानमन्त्री ओलीले तीनवर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्दै

३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन वर्षे कार्यकालका उपलब्धि आज सार्वजनिक गर्ने भएका छन् । सिंहदरबारको मूल भवनमा सारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट ओलीले सरकारका उपलब्धि सार्वजनिक गर्न लागेका हुन् । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको सिंहदरबारको मूल भवन प्रबलीकरण गरिएपछि प्रधानमन्त्री कार्यालय आजबाट साविककै स्थानबाट सन्चालन हुँदै छ । त्यहीँबाट […]

गृहमन्त्रीको राजीनामा माग्दै दाङमा प्रदर्शन

३ फागुन, दाङ । महिलाको जीवन सुरक्षाको न्यूनतम वातावरणसमेत बनाउन नसक्ने गृहमन्त्री रामबहादुर थापा (बादल) को राजीनामा माग्दै दाङका नागरिक समाज, मानव अधिकारकर्मी र अन्तरपार्टी महिला सन्जालले सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । बालिका र महिलामाथि भैरहेका जघन्य अपराध, असुरक्षा र निरन्तर हिंसा सहेर बाँच्नु पर्ने वातावरण बदल्न नसक्ने गृहमन्त्रीलाई पदमा बसिरहने नैतिक अधिकार नभएको […]

कस्तो रह्यो मुख्यमन्त्री शेरधन राईको तीन वर्षे कार्यकाल ?

३ फागुन, विराटनगर । प्रदेश १ सरकार गठन भएको आज तीन वर्ष पूरा भएको छ । पहिलो पटक प्रदेशसभा गठनपछि २०७४ फागुन ३ गते मुख्यमन्त्री राईले दुई तिहाइ बहुमतसहित प्रदेश १ सरकारको नेतृत्व गरेका थिए । तीन वर्षको अवधीमा प्रदेशका संरचना निर्माणसँगसँगै संघीयता कार्यान्वयनमा प्रदेश सरकारले भूमिका खेलेको छ । शून्यबाट सुरु भएको प्रदेश सरकारमा […]

लुम्बिनी प्रदेशले आज स्थापना दिवस मनाउँदै, राप्ती गाउँपालिकामा मूल समारोह

३ फागुन, काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको मूल समारोह आज स्थायी राजधानी दाङमा आयोजना गर्दै छ । मूल समारोह फागुन प्रदेश राजधानी दाङ देउखुरीको मौरीघाटस्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा हुने छ । मूल समारोहमा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, प्रदेशका मन्त्रीहरु, उपसभामुख, प्रदेशका सांसदहरुलगायतको सहभागिता रहने छ । कार्यक्रममा ५८ जनालाई विभिन्न पदकले […]

कांग्रेसले भन्यो- सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका अधिनायकवादतर्फको अर्को फड्को

३ फागुन, काठमाडौं । नेपाली कांग्रेसले सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न खोजिएको भन्दै विरोध गरेको छ । व्यापक विरोधका बाबजुद सरकारले ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयक ल्याउने तयारी गरेको भन्दै कांग्रेसले आपत्ति प्रकट गरेको छ । कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले आज जारी गरेको विज्ञप्तिमा लेखिएको […]

प्रधानमन्त्री कार्यालय आजबाट सिंहदरबारको मूल भवनमा

३ फागुन, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय आजबाट सिंहदरबारको मूल भवनबाट सन्चालन हुने भएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको भवन प्रबलीकरण गरिएपछि प्रधानमन्त्री कार्यालय आजबाट साविकको भवनबाटै सन्चालन हुन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान रिबन काटेर कार्यालय भवन प्रवेश गर्ने छन् । भूकम्प अगाडिसम्म सिंहदरबारको मूल भवनमा रहेको […]

उत्तराखण्ड हिमपहिरो : ५० जनाको शव भेटियो, नेपालीको अवस्था अज्ञात

३ फागुन, काठमाडौं । भारतको उत्तराखण्डमा आएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये ५० जनाको शव भेटिएको छ । भेटिएका शवमध्ये अहिलेसम्म २५ जनाको मात्रै पहिचान भएको स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । ‘कूल शवमध्ये १२ वटा शव आइतबार भेटिएको हो, तीमध्ये पाँच वटा तपोवन सुरुङमा, छ वटा रानीवन गाउँमा र अर्को एउटा शव रुद्रप्रयागमा भेटिएको […]

कांग्रेसले आज ७७ वटै जिल्लामा प्रदर्शन गर्दै

३ फागुन, काठमाडौं । नेपाली कांग्रेसले आज (सोमबार) देशैभर प्रदर्शन गर्दैछ । संसद विघटन गर्ने केपी ओलीको कदमविरुद्ध कांग्रेसले जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो । गत माघ १३ गतेको निर्णयअनुसार नै जिल्ला समितिको आयोजनामा ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागिएको नेपाली कांग्रेसले जनाएको छ । जिल्लामा प्रदर्शनपछि हुने विरोध सभालाई कांग्रेसका शीर्ष नेताले […]

कोरोना संक्रमणले बेलायतमा थप २ नेपालीको मृत्यु

३ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका कारण विदेशमा थप २ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार पछिल्लो साता बेलायतमा २ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । यससँगै विदेशमा मृत्यु हुने नेपालीको संख्या ३३५ पुगेको छ । हालसम्म २१ देशमा कोरोना संक्रमणले नेपालीको मृत्यु भएको एनआरएनएले […]

‘संविधानले तोकेभन्दा बढी अधिकार ओलीलाई छैन’

२ फागुन, काठमाडौं । प्रधानमन्त्रीले संसदीय व्यवस्थाका नाममा संविधानले दिएको भन्दा बढी अधिकार प्रयोग गर्न नपाउने संसद विघटनको विपक्षमा बहस गरिरहेका कानुन व्यवसायीले बताएका छन् । आइतबार सर्वोच्च अदालतको संवैधा निक इजालसमा जवाफी बहस गर्दै उनीहरुले संविधानले प्रधानमन्त्रीलाई विशेष अधिकार, अन्तरनिहीत अधिकार वा अवशिष्ट अधिकार केही पनि नदिएको जिकिर गरेका हुन् । कानुन व्यवसायीहरुले संसद […]

प्रचण्ड–माधव समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

२ फागुन, काठमाडौं । संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड-माधव समूहले चौथो चरणको कार्यक्रम घोषणा गरेको छ । केन्द्रीय संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गरी फागुन ५ देखि १५ गतेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । संघर्ष समितिका अनुसार फागुन ५ देखि १२ गतेसम्म जिल्ला कमिटीहरुले सदरमुकाम वा उपयुक्त ठाउँमा प्रदर्शन गर्नेछन् । फागुन ६ गते […]

एसिड आक्रमणविरुद्ध नयाँ कानुन : उत्प्रेरित छन् पीडितहरू

२ फागुन, काठमाडौं । गत असोज पहिलो साता सरकारले एसिड आक्रमणका पीडितलाई रोजगारी र निःशुल्क उपचार गर्ने एवं तेजाब बिक्रीमा कडाइ र पीडकलाई हदैसम्मको कारबाहीको व्यवस्थासहितको अध्यादेश जारी गर्‍यो । यसबाट एसिड पीडितहरूले राहत महसुस गरेका छन् । नयाँ अध्यादेशले गरेको निःशुल्क उपचार सम्बन्धी व्यवस्थाले ठूलो सहुलियत दिएको एसिड आक्रमणको शिकार भएकाहरू बताउँछन् । अध्यादेशले […]

संसदमा विरोध भएको विधेयकभन्दा अझै नियन्त्रणकारी निर्देशिका ल्याइँदै

२ फागुन, काठमाडौं । सरकारले दुई वर्षपहिले २ फागुन २०७५ मा संघीय संसदमा दर्ता गरेको ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ तीनवटा अधिवेशनबाट पनि पारित हुन सकेन । संसदबाट पारित नहुनुको कारण एउटै थियो– विचार तथा अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने उद्देश्यले विधेयकमा राखिएका असंवैधानिक प्रावधानहरू । अहिले सरकारले पुरानो विधेयकमा भएको भन्दा पनि नियन्त्रणकारी व्यवस्था […]

ब्रह्मचारीले भक्तिनीलाई करणी गर्नुभो ! त्यसपछि ?

कलीयुगमा लुटेरा र साधु बस्त्रले मात्र छुट्टिन्छ – श्रीमद्भागवत । बराहक्षेत्र, सुनसरीका कथित आबाल ब्रह्मचारी सिद्धबाबासँग जोडिएको बलात्कारसम्बन्धी मुद्दामा जिल्ला अदालतले गरेको फैसलाको पूर्णपाठ पढ्दा धेरैवटा प्रश्न उब्जन्छन् । ‘आबाल ब्रह्मचारीले गरेको करणी’बारे अदालतको व्याख्याले केही विधिशास्त्रीय प्रश्न जन्माएको छ, जसमाथि सैद्धान्तिक विवेचना गर्नु शायदै ‘मिडिया ट्रायल’ ठहरिएला । पालकले कमजोर महिलाको शरीरमाथि गरेको खेलवाडलाई […]

महाधिवेशनको मिति तोक्न पनि कांग्रेसले सर्वोच्चको फैसला कुर्ने !

२ फागुन, काठमाडौं । पार्टीको निर्णयअनुसार काम भएको भए नेपाली कांग्रेस यतिबेला १४ औं महाधिवेशनको अन्तिम तयारीमा व्यस्त हुनुपर्ने हो । पार्टीको विधानअनुसार चार वर्षमा महाधिवेशन गर्न नसकेपछि ११ पुस २०७६ मा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिले आफ्नो कार्यकाल एक वर्ष म्याद थप्दै १४औं महाधिवेशन २०७७ फागुन ७-१० मा काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । […]



from समाचार – Online Khabar https://ift.tt/3ppa3hI
via IFTTT
Powered by Blogger.