समाचार
२ फागुन, काठमाडौं । प्रधानमन्त्रीले संसदीय व्यवस्थाका नाममा संविधानले दिएको भन्दा बढी अधिकार प्रयोग गर्न नपाउने संसद विघटनको विपक्षमा बहस गरिरहेका कानुन व्यवसायीले बताएका छन् । आइतबार सर्वोच्च अदालतको संवैधा निक इजालसमा जवाफी बहस गर्दै उनीहरुले संविधानले प्रधानमन्त्रीलाई विशेष अधिकार, अन्तरनिहीत अधिकार वा अवशिष्ट अधिकार केही पनि नदिएको जिकिर गरेका हुन् । कानुन व्यवसायीहरुले संसद […]
२ फागुन, काठमाडौं । संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड-माधव समूहले चौथो चरणको कार्यक्रम घोषणा गरेको छ । केन्द्रीय संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गरी फागुन ५ देखि १५ गतेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । संघर्ष समितिका अनुसार फागुन ५ देखि १२ गतेसम्म जिल्ला कमिटीहरुले सदरमुकाम वा उपयुक्त ठाउँमा प्रदर्शन गर्नेछन् । फागुन ६ गते […]
२ फागुन, काठमाडौं । गत असोज पहिलो साता सरकारले एसिड आक्रमणका पीडितलाई रोजगारी र निःशुल्क उपचार गर्ने एवं तेजाब बिक्रीमा कडाइ र पीडकलाई हदैसम्मको कारबाहीको व्यवस्थासहितको अध्यादेश जारी गर्यो । यसबाट एसिड पीडितहरूले राहत महसुस गरेका छन् । नयाँ अध्यादेशले गरेको निःशुल्क उपचार सम्बन्धी व्यवस्थाले ठूलो सहुलियत दिएको एसिड आक्रमणको शिकार भएकाहरू बताउँछन् । अध्यादेशले […]
२ फागुन, काठमाडौं । पार्टीको निर्णयअनुसार काम भएको भए नेपाली कांग्रेस यतिबेला १४ औं महाधिवेशनको अन्तिम तयारीमा व्यस्त हुनुपर्ने हो । पार्टीको विधानअनुसार चार वर्षमा महाधिवेशन गर्न नसकेपछि ११ पुस २०७६ मा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिले आफ्नो कार्यकाल एक वर्ष म्याद थप्दै १४औं महाधिवेशन २०७७ फागुन ७-१० मा काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । […]
२ फागुन, विराटनगर । परीक्षा दिन गएकी एक किशोरी एक सातायता सम्पर्कविहीन भएकी छन् । मोरङको सुन्दरहरैचा नगरपालिका–४ कि १५ वर्षीया सविना दर्जी माघ २५ मा परीक्षा दिन गएपछि घर फर्किएकी छैनन् । स्थानीय साजिलाल माध्यमिक विद्यालयमा १० कक्षामा पढ्ने उनी विहान करिब साढे १० बजे परीक्षा दिन गएकी थिइन् । बुबा सुबास दर्जीका अनुसार […]
२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले निर्वाचन आयोगलाई नेकपाको आधिकारिकता विवाद हल नगरी कसरी निर्वाचन हुन्छ भनेर प्रश्न गरेको छ । आयोगले आइतबार निर्वाचन आचार संहिताबारे छलफल गर्न दलहरुलाई बोलाएको थियो । छलफलमा सहभागी प्रचण्ड–माधव समूहका नेता लिलामणि पोखरेलले आयोगले दलको विवाद निरुपण गर्नुको विकल्प नभएको बताए । ५ पुसमा प्रतिनिधिसभा विघटन भएसँगै फुटेको […]
२ फागुन, काठमाडौं । राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय माटो विज्ञान केन्द्रले चार वर्ष अध्ययन गरेर माटोको गुणस्तर थाहा पाउन सकिने विद्युतीय नक्साकंन सम्पन्न गरेको छ । यसै साता सार्वजनिक गर्ने गरी अन्तिम तयारी सकिएको उक्त नक्साकंनले ५६ वटा जिल्लाको माटोको गुणस्तर इन्टरनेटको माध्यमबाट थाहा पाउन सकिने छ । किसानले अब आफ्नो खेतबारीका […]
२ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्याको घटनाका अनुसन्धान अधिकृतहरु अझै अलमलमै छन् । अनुसन्धानमा खटिएका अधिकृतहरुका अनुसार संकित व्यक्तिहरुसँगको सोधपुछ र प्राविधिक पक्षको विश्लेषण भइरहेको छ तर, अनुसन्धानले लय समात्न सकेको छैन । भट्टको मोबाइल फोनबाट महत्वपूर्ण सुराक हात पर्ने अपेक्षा गरेको प्रहरीको ध्यान अहिले म्यानुअल अनुसन्धानतिरै […]
२ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा अधिकांश नीतिहरूलाई निरन्तरता दिएको छ । कोरोनाको समस्या अझै रहेको भन्दै धेरैजसो पुरानै नीतिलाई निरन्तरता दिएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए । यद्यपि, ऋण पुनर्तालिकीकरण गर्ने सुविधा भने राष्ट्र बैंकले थपिदिएको छ । राष्ट्र बैंकले उद्योग व्यवसायहरूमा अझै समस्यामा रहेको भन्दै एक […]
२ फागुन, विराटनगर । नेकपाको प्रचण्ड–माधव समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई लागेको थियो, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको साथ पाउँछु र, सरकार टिकाइराख्छु ।’ त्यही आत्मविश्वासका साथ भने, ‘अविश्वासको प्रस्ताव आरामले सामना गर्छु ।’ तर ७ माघमा प्रदेशसभा सुरु हुँदासम्म पनि उनले सोचे जस्तो माहौल देखिएन । अविश्वासको […]
२ फागुन, काठमाडौं । नेपालमा पुन: नयाँ प्रकारको कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ । कुनै ट्राभल हिस्ट्री नभएका १३ जनामा संक्रमणको आशंका गरिए पनि उनीहरुको सम्पर्क भने नयाँ भेरियन्टको कोरोना संक्रमण देखिएका व्यक्तिसंग भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले बताए । उनका अनुसार केही दिनअघि मुक्तिनाथ दर्शन गरेर फर्किएका […]
२ फागुन, सुर्खेत । कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले राजीनामा दिएका छन् । उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमामार्फत आफूले राजीनामा दिएको बताएका छन् । अनलाइनखबरसँगको कुराकानीमा उनले कार्यव्यस्तताका कारण मुख्य न्यायाधिवक्ताको जिम्मेवारीबाट राजीनामा दिएको बताए । ‘मैले २ वर्ष १० महिना कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको पदमा रहेर जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेँ,’ मानन्धरले अनलाइनखबरलाई […]
२ फागुन, काठमाडौं । विवेकशील साझा पार्टीको इन्द्रेणी विभागको आयोजनामा आइतबार पाटन दरबार क्षेत्रमा भ्यालेन्टाइन डे मनाइएको छ । विवेकशील साझा पार्टीका युवायुवतीले प्रधानमन्त्री केपी ओलीलाई विधिविधान अनुसार चल्न पनि सचेत गराए । उनीहरुले केपी ओली आई लभ यू होइन, विधिको शासन आई लभ यू, फ्रिडम फर लभ, माया बिना संसार चल्दैन, मायाको परिभाषा हुँदैन, […]
२ फागुन, काठमाडौं । कोभिड १९ विरुद्धको खोप निजामती सेवाका कर्मचारीलाई दिन थालिएको छ । आइतबारदेखि निजामती कर्मचारी अस्पतालबाट निजामती सेवाका कर्मचारी, स्थानीय तहका कर्मचारी लगायतलाई कोभिड १९ विरुद्धको खोप दिन थालिएको हो । निजामती सेवा अन्र्तगतका जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, हुलाक कार्यालय, कर कार्यालय, यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुलाई परिचयपत्र हेरेर प्रदान […]
२ फागुन, काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा लालबहादुर कुँवर नियुक्त भएका छन् । गत माघ ११ गते बसेको न्यायपरिषद्को बैठकले तत्कालिन मुख्य रजिष्ट्रार नृपध्वज निरौलालाई मुख्य न्यायाधीशमा नियुक्त गरेपछि रिक्त रहेको मुख्य रजिष्ट्रार पदमा कुँवर नियुक्त भएका हुन् । यसअघि कुँवर सर्वोच्चकै रजिस्ट्रार थिए । माघ २५ गते बसेको न्याय सेवा आयोगको बैठकले कुँवरलाई […]
२ फागुन, काठमाडौं । प्रहरीले भालुको पित्तसहित काठमाडौंबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभा घर भई बुढानीलकण्ठ बस्ने ३२ वर्षका विगुल राई रहेका छन् । बुढानीलकण्ठ नगरपालिका–७ विष्णुमती चोकबाट आइतबार दिउँसो सवा १२ बजे १०३ ग्राम भालुको पित्तसहित उनलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भालुको पित्तको मूल्य […]
२ फागुन, बुटवल । प्रतिनिधिसभा विघटनको विरोध गर्दै प्रजातान्त्रिक विचार समाजले प्रधानमन्त्री केपी ओलीलाई विरोध पत्र पठाएको छ । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै समाजको रुपन्देही शाखाले इलाका प्रशासन कार्यालय बुटवलमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र पठाएको हो । इलाका प्रशासन कार्यालय प्रमुख कमलराज ढकाललाई बुझाइएको विरोध पत्रमा सरकार असंवैधानिक, अलोकतान्त्रिक, र तानाशाही बाटो हिंड्न खोजेको उल्लेख […]
२ फागुन, हेटौंडा । उपत्यकाका तीन जिल्लाको वाणिज्य प्रशासनको काम बागमती प्रदेश सरकार मातहत आएको छ । केन्द्र सरकारको वाणिज्य विभाग मातहत रहेको उपत्यकाका वाणिज्य तर्फका व्यवसाय दर्ताको काम वागमती सरकारको मातहत आएको हो । संघीय मन्त्रिपरिषदको पुस २३ गतको निर्णय अनुसार संघ मातहत रहेको वाणिज्य क्षेत्रको काम प्रदेश मातहत दिने निर्णय भएको उद्योग पर्यटन […]
२ फागुन, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा जवाफी बहसमा आएका कानुन व्यवसायीले प्रधानमन्त्रीलाई श्री ३ र श्री ५ लाई जति अधिकार दिएको भनी संविधानमा कहाँ लेखिएको छ भनी प्रश्न उठाएका छन् । केही दिनअघि प्रधानमन्त्रीको प्रतिरक्षामा बहस गर्दै अधिवक्ता रामचन्द्र गौतमले अहिलेका प्रधानमन्त्रीलाई श्री ३ र राजा बराबरकै अधिकार भएको बताएका थिए । आइतबार जवाफी […]
२ फागुन, काठमाडौं । भारतका पूर्व विदेश सचिव श्याम शरणले नेपालसँग चीनले कम्युनिष्ट पार्टीको परिवारसँग जस्तो गरी व्यवहार गरेको बताएका छन् । नेपालका लागि पूर्व भारतीय राजदूतसमेत रहेका शरणले नेपालमा बढ्दो चिनियाँ कम्युनिष्ट पार्टीको गतिविधिलाई भारतले होसियारीपूर्वक हेर्नुपर्नेसमेत बताए । भारतको दि प्रिन्ट अनलाइनसँगको एक भिडियो अन्तर्वार्तामा श्याम शरणले भने,‘नेपालको राजनीतिक घट्नाक्रममा हस्तक्षेप गर्न चीनले […]
२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले सबैको मुटु छामेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले प्रचण्ड माधव समूहकी नेतृ झाँक्रीलाई २९ माघमा पक्राउ गरेको थियो भने साँझ रिहा गरेको थियो । ७ वर्षसम्म जेल सजाय गर्न सक्ने गरी पूर्जी दिएको तर देशभर […]
from समाचार – Online Khabar https://ift.tt/3rTGmqW
via IFTTT






















