समाचार
५ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रजातन्त्र दिवसको अवसर पारेर दरबारमार्गमा काठमाडौं सडक सांस्कृतिक महोत्सव गर्ने भएको छ । फागुन ६ गते बिहीबार साँझ पाँच बजेदेखि महोत्वसव सुरु गर्ने काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिए । ‘प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा हामीले दरबारमार्गमा सांस्कृतिक महोत्वसव गर्न लागेका हौँ,’ ज्ञवालीले भने, ‘पहिलो चरणमा नेपाल प्रहरी […]
५ फागुन, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफनो सचिवालय हेरफेर गरेका छन् । उनले बुधबार आफना दुई स्वकीय सचिवसहित एकजना सल्लाहकार हेरेफेर गरेका हुन् । मुख्यमन्त्री शाहीले आफनो प्रमुख स्वकीय सचिवमा कृष्णप्रसाद आचार्य, जनसम्पर्क सल्लाहकारमा विष्णुबहादुर विक (विकल्प जुम्ली) र स्वकीय सचिवमा रवीन्द्रबहादुर शाहीलाई नियुक्त गरेका छन् । विगत तीन वर्षदेखि प्रमुख […]
५ फागुन, हेटाैंडा । मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टको पद जोगिएको छ । उच्च अदालत पाटनको हेटौंडा इजलासमा न्यायाधीशद्वय मोहम्मद साबीर हुसेन र चण्डिराज ढकालले परमाधेश उत्प्रेषण मार्फत राजीनामा खारेज गरेको आदेश गरेसँगै उनको पद जोगिएको हो । गत मंसिर २९ गते उपाध्यक्ष विष्टले राजीनामा दिएको भन्दै पुस १७ गते गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले […]
५ फागुन, काठमाडौं । सरकारले म्यानपावर कम्पनीहरुलाई शाखा कार्यालय विस्तारका लागि पुनः अनुमति दिने तयारी गरेको छ । यसअघि पनि यस्तो अनुमति दिने गरिएकोमा जिल्लाहरुमा ठगी बढेको र नियमनमा समस्या भएको भन्दै शाखा खोल्न रोकिएको थियो । अहिले २७ वटा म्यानपावरले शाखा कार्यालय खोल्न अनुमति पाएका छन् । अरुले पनि यस्तो अनुमति मागिरहेका छन् । […]
५ फागुन, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आगामी भदौमा गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा पेस हुने भएको छ । यद्यपि यो मितिमा १०/१५ दिन तलमाथि हुनसक्ने नेताहरुले बताएका छन् । पाँच वर्षमा पनि महाधिवेशन गर्न नसकेपछि कांग्रेसले संविधानअनुसार ६ महिना म्याद थपका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठकका लागि सानेपा पुगेका सभापति शेरबहादुर देउवा […]
५ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ८३८ जनाको नमुना परीक्षण गर्दा ४८ जना महिला र ७७ जना पुरुष गरी कुल १२५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार ७० जना पुगेको […]
५ फागुन, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको छ । प्रादेशिक अस्पताल परिसरभित्र अवस्थित भवनमा स्थापना गरिएको प्रतिष्ठानको मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रुपमा उद्घाटन गरेका छन् । प्रतिष्ठानको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले प्रष्ठिानलाई प्रदेश सरकारले प्रादेशिक गौरवको रुपमा अगाडि बढाउने […]
५ फागुन, काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बैतडीले प्रहरीलाई अनुमति दिएको छ । दिनेशविरुद्ध जबरजस्ती करणी र ज्यानमुद्दामा अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले पाँच दिनको म्याद दिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले बताए । भागरथी […]
५ फागुन, काठमाडौं । सरकारले आगामी २३ फागुनदेखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई कोभिड-१९ विरुद्धको खोप दिने भएको छ । बुधबार बसेको स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २३ फागुनदेखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई खोप दिने निर्णय गरेको हो । ‘६० वर्षमाथिका करिब २८ लाख जनसंख्या होलान्’ मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने, ‘२० लाख खोप […]
५ फागुन, काठमाडौं । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले दलहरुबीचको सहमतिअनुसार बैठक नबोलाएको भन्दै नेकपा प्रचण्ड–माधव समूहले उपसभामुखलाई विरोधपत्र बुझाएको छ । मंगलबार साँझ कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुले बुधबार दिउँसो २ बजे प्रदेश बैठक बोलाउन सुझाव दिएका थिए । दलहरु तयार भएपछि सभामुख श्रेष्ठले बैठक बोलाएका थिए । तर बिहान ६ बजे नै सूचना […]
५ फागुन, काठमाडौं । अस्पतालले आफूखुसी दिएको तलब बुझिरहेका निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्यूनतम तलब तोकेको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)को आज बसेको बैठकले मेडिकल अफिसरको न्यूनतम तलब ४२ हजार तोकेको हो । निजी अस्पतालमा काम गर्नेहरूले पनि सरकारी सरहको सुविधा पाउन सकून भनेर न्यूनतम […]
५ फागुन, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का नेताको अभिव्यक्तिप्रति नेकपा प्रचण्ड-माधव समूहले आपत्ति जनाएको छ । नेपाल लगायत देशमा भाजपा विस्तार गर्ने र सरकार बनाउने त्रिपुराका मख्यमन्त्री विप्लव देवको अभिव्यक्तिप्रति प्रचण्ड-माधव समूहले बक्तव्य जारी गरी गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । ‘हाम्रो पार्टी विप्लव देवको यस प्रकारको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दै […]
५ फागुन, काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा जनता समाज पार्टी (जसपा) निकट विद्यार्थीहरुले माइतीघर मण्डलामा बुधबार थाल ठटाएर प्रदर्शन गरेका छन् । थाल र चम्चा बजाउँदै विद्यार्थीहरुले प्रतिगामी सरकार मुर्दावाद, पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता गर लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् । समाजवादी विद्यार्थी युनियनको आयोजनामा भएको विरोध प्रदर्शनमा उनीहरुले सडकमा ग्यास […]
५ फागुन, काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब १० अंकले उकालो लागेको छ । बैंकिङ, विकास बैंक र व्यापार समूहका सबइन्डेक्स बढ्दा समग्रमा नेप्से परिसूचक ९.९४ अंकले बढेर २ हजार ६ सय ११ दशमलव ४५ अंकमा पुगेको छ । मंगलबार बैंकमै लगानीकर्ताहरुको धेरै आकर्षण देखिएको थियो । अधिकांश कम्पनीहरुको सेयर मूल्य घट्दा […]
५ फागुन, पाँचथर । भारतको सिक्किम राज्य सडक मार्गबाट नेपालसँग जोडिएको छ । पाँचथरको याङवरक गाउँपालिका–२ चिवाभञ्ज्याङस्थित नेपाल–भारत सीमा क्षेत्रसम्म सिक्किम राज्य सरकारले सडक विस्तार गरेको हो । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम विन्दु चिवाभञ्ज्याङमा सिक्किमबाट समेत सडक विस्तार भएपछि सडक मार्गबाट आवतजावत सम्भव भएको छ । सिक्किम राज्य सरकारले नेपालको सीमासम्म सडक विस्तार गर्ने कार्यलाई […]
५ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ । भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टको प्रकरणमा संलग्नता पुष्टि भएपछि उनलाई प्रहरीले सार्वजनिक गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय, बैतडीमा आयोजित पत्रकार सम्मेलनमा […]
५ फागुन, काठमाडौं । विभागीय टाेली एपीएफले दुई खेल अगावै राष्ट्रिय महिला लिगकाे उपाधि जितेकाे छ । बुधबार भएकाे पहिलाे खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मीलाई बराबरीमा राेकेपछि एपीएफले दुई खेल अघि नै उपाधि पक्का गरेकाे हाे । सातदाेबाटाेस्थित एन्फा कम्प्लेक्समा बुधबार भएकाे पहिलाे खेलमा अमृता जैसीले गाेल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन् । पहिलाे […]
५ माघ, काठमाडौं । चिकित्सकले विरामी चेकजाँच गरेबापत लिने नयाँ परामर्श शुल्क बुधबारबाट लागू भएको छ । नेपाल चिकित्सक संघ र एशोसिएसन अफ प्राइभेट हेल्थ इन्सटिच्युसन नेपाल (अपिन)को मंगलबार बसेको बैठकले नयाँ परामर्श शुल्क बुधबारबाट लागू गर्ने निर्णय गरेको हो । उक्त बैठकले नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति तथा शुल्क परामर्श समितिले गरेको सिफारिसको आधारमा […]
५ फागुन, सप्तरी । सप्तरीमा छतबाट खसेर एकजना बालकको मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० बनौला बस्ने खुशीलाल मण्डलका २ बर्षीय छोरा दीपक मण्डलको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । छतमा खेल्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्ताल ल्याउने क्रममा बाटोमै […]
५ फागुन, काठमाडौं । एमिकस क्युरी (अदालतका साथी) का रूपमा चयन भएका वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको राय दिएका छन् । संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार नदिएको भन्दै उनले ‘यो प्रणाली भत्किने संघारमा छ, एउटा कम्पन हानिदिऊँ’ भन्ने लोगेको भए पुस ५ को संसद् विघटनलाई सदर गर्न आग्रह गरे । बुधबार संवैधानिक इजलासमा […]
५ फागुन, काठमाडौं । भागरथी हत्या प्रकरणको अनुसन्धान गर्ने प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तम सुवेदीसहितको टोलीलाई स्थानीयवासीले सम्मान गरेका छन् । प्रहरी चौकी, खोचलेकमा बसेर दुई सातासम्म निरन्तर अनुसन्धान गरी दोषीलाई पक्राउ गर्न सफल भएको भन्दै स्थानीयले सुवेदीसहित प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी नायब उपरीक्षक […]
from समाचार – Online Khabar https://ift.tt/2N66oZn
via IFTTT





















