Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कोभिड पछिको ऋण लगानी : कृषिमा बढ्यो आकर्षण

७ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट शिथिल बनेको अर्थतन्त्र विस्तारै लयमा फर्कंदै छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले गरेको कर्जा लगानीले पनि अर्थतन्त्र तन्दुरुस्त बन्दैछ भन्ने देखाउँछ । ११ चैतदेखि देश लकडाउनमा गएपछि ठप्पप्राय बनेको कर्जा लगानी लकडाउन खुलेसँगै विस्तारै कर्जाको माग हुन थालेको थियो । नेपाल बैंकर संघका अध्यक्ष भुवन दाहाल […]

प्रचण्ड-माधव समूहको आकस्मिक केन्द्रीय कमिटी बैठक बस्दै

७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको आकस्मिक केन्द्रीय कमिटी बैठक बस्दैछ । केन्द्रीय कार्यालय पेरिसडाँडामा आकस्मिक केन्द्रीय कमिटी बैठक बोलाइएको हो । बैठक दिउँसो एक बजेदेखि शुरु हुँदैछ । यो समूहले केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन हिजो मात्रै भनेको थियो । नागरिकतासहित केन्द्रीय सदस्यहरु काठमाडौं आएपछि एक बजेबाट बैठक शुरु हुन लागेको हो । […]

प्रदेशमा अस्थिरता सिर्जना गर्न अविश्वासको प्रस्ताव ल्याइयो : मुख्यमन्त्री राई

७ फागुन, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अस्थिरता र अराजकता सिर्जना गर्ने उद्देश्यले आफूविरुद्ध अविश्वासको प्रस्ताव आएको बताएका छन् । प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईविरुद्ध १२ पुसमा प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । तर ओली समूहले अविश्वासको प्रस्तावमाथि छलफल  गर्न दिएको छैन । सत्तारुढ दलले नै प्रदेशसभा […]

‘जनविद्रोहलाई न्यायालयले रोक्न सक्छ र ?’

७ फागुन, काठमाडौं । पछिल्लो संसदीय गणितका आधारमा भन्ने हो भने उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) तेस्रो ठूलो दल हो । यस पार्टीका अध्यक्ष यादव ओली क्याबिनेटमा उपप्रधानमन्त्री थिए । अहिले जसपा संसद विघटनको विरोध गर्दै सडकमा छ । संघीयता स्थापनामा निर्णायक भूमिका खेलेको मधेस आन्दोलनको नेतृत्व उपेन्द्र यादवले नै गरेका थिए । […]

विद्यालय तहका सहयोगी सामग्री लेखनका लागि आवेदन माग

७ फागुन, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय तहका सहयोगी सामग्री लेख्ने विज्ञहरु छनोटका लागि आवेदन माग गरेको छ । केन्द्रले सूचना प्रकाशित गर्दै सात दिन भित्र योग्यता पुगेका नागरिकबाट आवेदन माग गरेको हो । कक्षा ११ का अनिवार्य अंग्रेजी, नेपाली र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका खुला शिक्षातर्फका स्वाध्ययन सामग्रीहरू […]

२५ किलो गाँजासहित २ जना पक्राउ

७ फागुन, हेटौंडा । मकवानपुर प्रहरीले २५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष टोलीले हेटौंडा उपमहानगरपालिका–११ बाट राक्सिराङ गाउँपालिका–१ पलासेका २१ वर्षीय नवराज थिङ र सोही ठाउँका २० वर्षीय बाबुराम थोकरलाई गाँजासहित पक्राउ गरेको हो । थिङ अटो चालक हुन् । ना. १ ह ७२३६ नम्बरको अटोको […]

सरकारले लोकतान्त्रिक बाटो बिराउँदैन : प्रधानमन्त्री

७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले लोकतन्त्रको बाटो नबिराउने बताएका छन् । ७१ औं प्रजातन्त्र दिवसको अवसरमा आज टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकारले लोकतान्त्रिक बाटो बिराउँदैन, संविधान मिच्दैन र मिच्न दिँदैन । जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन ।’ देशलाई अस्थिरताबाट जोगाउने र जनअनुमोदित […]

आन्तरिक राजस्व विभागको महानिर्देशकमा आचार्य

७ फागुन, काठमाडौं । आन्तरिक राजस्व विभाग (आईआरडी) को महानिर्देशकमा सहसचिव झक्क प्रसाद आचार्य नियुक्त भएका छन् । यसअघि राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीको नाम आईआरडीका लागि सिफारिस भएको थियो । अर्थले मैनालीको नाम सिफारिस गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पठाएको थियो । तर, मैनालीको नाम स्वीकृत नभएपछि अर्थले यसअघि वित्तीय क्षेत्र […]

अनेरास्ववियूले प्रतिगमनलाई जुत्ता हान्ने, शंख जुलुससहित बालुवाटार घेर्ने

७ फागुन, काठमाडौं । संसद विघटन, महँगी र अनियमितताविरुद्ध आन्दोलनरत अनेरास्ववियू (रञ्जित तामाङ समूह)ले चौथो चरणको संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । नेकपाको प्रचण्ड–माधव नेपाल निकट तामाङ समूहले प्रतिगमनलाई जुत्ता हान्ने र शंख जुलुससहित बालुवाटार घेराउ गर्ने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । फागुन ६ गते पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध देशभरका कलेज र आयल […]

बलिदानबाट प्राप्त उपलब्धिको रक्षा सर्वोच्चले गर्ने मुख्यमन्त्री राउतको विश्वास

७ फागुन, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली जनताले आफ्नो पटक–पटकको बलिदानीबाट प्राप्त गरेको उपलब्धको सर्वाेच्च अदालतले रक्षा गर्ने विश्वास व्यक्त गरेका छन् । ७१ औं प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार जनकपुरधाममा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै राउतले वर्तमान अन्यौलताबाट सर्वोच्चले निकास दिने विश्वास व्यक्त गरे । ‘अहिले अन्यौलताको स्थिति छ । ‘भोलि […]

१७ औं दिनपछि भागरथीको अन्त्येष्टि गर्ने तयारी

७ फागुन, काठमाडौं । बलात्कारपछि हत्या भएको १७ औं दिनमा बैतडीकी किशोरी भागरथी भट्टको आज अन्तिम संस्कार गर्ने तयारी गरिएको छ । गोठलापानीबाट शवयात्रा सुरु गरी सेरास्थित महाकाली घाटमा अन्तिम संस्कार गर्ने तयारी छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको गत माघ २१ गते बलात्कारपछि हत्या भएको थियो । घरपरिवारका सदस्यहरुले दोषी पत्ता […]

भारतको विरोधाभाष नीति : सार्कलाई पन्छाएर क्षेत्रीय सहकार्यको पहल

७ फागुन, काठमाडौं । विहीबार सार्कसहित १० छिमेकी मुलुकका उच्च स्वास्थ्य अधिकारीहरुको एक भर्जुअल कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही नयाँ क्षेत्रीय परियोजना प्रस्ताव गरे । मोदीले यी मुलुकका नर्स, डाक्टर सहितका स्वास्थ्यकर्मीहरुका लागि विशेष भिसाको व्यवस्था गर्नुपर्नेमा जोड दिए । किनभने यस क्षेत्रमा कुनै पनि मुलुकमा स्वास्थ्य आपत्काल आइपरेमा स्थास्थ्यकर्मीहरुले विनाझन्झट छिटो […]

निर्वाचन तोकिएकै मितिमा : प्रमुख आयुक्त थपलिया

७ फागुन, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् । आगामी वैशाख १७ र २७ मा हुने निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन उनले आह्वानसमेत गरेका छन् । पाँचौ निर्वाचन दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै प्रमुखआयुक्त थपलियाले सरोकारवालाहरुको सक्रिय सहभागिता र सहमतिमा सर्वस्वीकार्य निर्वाचन सम्पन्न गर्ने गुरुत्तर दायित्व पूरा […]

केन्द्रीय सदस्यको नागरिकतासहित निर्वाचन आयोग जाने प्रचण्ड–नेपाल समूहको तयारी

७ फागुन, काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल समूह) ले केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जाने तयारी गरेको छ । बहुमत केन्द्रीय सदस्यहरु आफ्नो पक्षमा रहेकाले नेकपाको आधिकारिकता आफूहरुले नै पाउनुपर्ने बताउँदै आएको सो समूह आज निर्वाचन आयोग जाने तयारी गरेको हो । त्यसका लागि केन्द्रीय सदस्यहरुलाई आ–आफ्नो नागरिकतासहित पार्टी कार्यालय पेरिसडाँडामा मध्याह्न भेला हुन भनिएको छ […]

संविधान मिच्नेलाई ट्रयाकमा ल्याउनुपर्ने दायित्व कांग्रेसको काँधमा : प्रकाशमान

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार विधिको नभई हुकुमी शासनको बाटोमा अघि बढ्दा प्रजातन्त्रमाथि पुनः खतरा उत्पन्न भएको बताएका छन् । प्रजातन्त्र दिवस मनाइरहँदा संविधान मिच्नेहरुलाई ट्रयाकमा ल्याउनुपर्ने दायित्व नेपाली कांग्रेसको काँधमा आएको पनि उनले बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेता सिंहले भनेका छन्, ‘अहिलेको सरकार विधिको हैन हुकुमी […]

प्रजातन्त्र दिवस : सशस्त्र क्रान्तिको पहिलो सहिद, जो भाइटीकामा मारिए

७ फागुन, बागलुङ । काठमाडौंमा जन्मे पनि शहीद थीरबम मल्लको बाल्यकाल बागलुङको गलकोटमा बित्यो । गलकोटका अन्तिम राजा भरतबमका माइला छोरा उनी सानैदेखि निर्भिक, न्यायप्रेमी र सत्यको पक्षपाती थिए । त्रिचन्द्र कलेजमा आइएस्सी सकेर थीरबम सैन्य तालिमका लागि भारतको देहरादुन पुगे । त्यसताका सरकारले सेनामा आउन चाहने युवालाई छनोट गरेर पढ्न भारत पठाउँथ्यो । थीरबम […]

प्रजातन्त्र दिवसमा ५ सय बढी कैदीबन्दीको सजाय मिनाहा, १५ जनालाई आममाफी

७ फागुन, काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५ सय बढी कैदीबन्दीको कैद सजाय माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार ४०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ […]

प्रजातन्त्र दिवस मनाइरहँदा मुलुक अप्ठ्यारो अवस्थाबाट गुज्रिनु दुःखद् : उपराष्ट्रपति पुन

७ फागुन, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ्ग) ले हर्षोल्लासका साथ प्रजातन्त्र दिवस मनाइरहँदा प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण मुलुक अप्ठ्यारो अवस्थाबाट गुज्रिनु दुःखद् रहेको बताएका छन् । पटक–पटकको राजनीतिक संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गरेको संविधान जारी भएपछि मुलुक विकास र समृद्धिको मार्गमा दु्रत्ततर गतिमा अगाडि बढ्नेमा विश्वस्त रहेका जनतामा निराशा, आक्रोश र अन्यौलता […]

आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु साझा दायित्व हो : राष्ट्रपति

७ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु सबैको साझा दायित्व हुन आएको बताएकी छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७७ का अवसरमा सम्पूर्ण नेपालीमा बधाई तथा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले आजको दिनले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको […]

आज प्रजातन्त्र दिवस मनाइँदै

७ फागुन, काठमाडौं । नेपालमा आज ७१ औं प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा प्रजातन्त्र दिवस मूल समारोह समितिले आज बिहान सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना गरेको छ । त्यसअघि नेपाली सेनाले आज बिहान ६ः२९ मा तोप सलामी र बिगुल बजाएर बढाइँ गरेको थियो । अघिल्ला वर्षहरुमा धरहराबाट बिगुल बजाउने […]

त्रिपुराका मन्त्री भन्छन्– नेपालबारे मुख्यमन्त्रीको भनाइको गलत ब्याख्या गरियो

७ फागुन, काठमाडौं । त्रिपुरा राज्यका कानुनमन्त्री रतन लाल नाथले केही दिन अगाडि मुख्यमन्त्री विप्लव कुमार देवले नेपालबारे दिएको अभिव्यक्तिलाई गलत व्याख्या गरिएको जिकीर गरेका छन् । केही दिन अगाडि त्रिपुराका मुख्यमन्त्री अमित शाले नेपाल र श्रीलंकामा पार्टी विस्तार गरेर सरकार निर्माण गर्ने योजना बनाएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । जसको नेपाल र भारतमा तीव्र […]



from समाचार – Online Khabar https://ift.tt/3qu66K5
via IFTTT
Powered by Blogger.