समाचार
१७ फागुन, विराटनगर । ढुङ्गागिट्टी कारोबारमा लागेका जनप्रतिनिधि र क्रसर उद्योगीका कारण बस्ती नै उठीबास हुने अवस्था आएको भन्दै मोरङको केराबारी गाउँपालिका-८ आमजुङ्गीवासी आन्दोलनमा उत्रिएका छन् । तर जथाभावी उत्खनन् रोक्न स्थानीय प्रशासनले कुनै कदम चालेको देखिएको छैन । आमजुङ्गीबस्ती भएर खदम खोला बग्छ । खदम मोरङ जिल्लामा सबैभन्दा बढी ढुङ्गागिट्टी उत्खनन हुने खोला पनि […]
१७ फागुन, सोलुखुम्बु । योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमको कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले जानकारी दिए । सोलुदूधकुण्ड नगरपालिका–६ दोर्पुबजारमा सञ्चालित उक्त रेडियोको स्टुडियोबाट शुरु भएको आगोले रेकर्डिङसहित भवनसमेत जलेर नष्ट भएको जनाइएको छ । आगलागीबाट रु एक करोड बराबरको […]
१७ फागुन, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले आज बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् । समाचार एजेन्सी एएनआईका अनुसार मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिएका हुन् । कोभ्याक्सिन भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको हो । भ्याक्सिन लगाएपछि प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, ‘आउनुहोस् मिलेर […]
१७ फागुन, काठमाडौं । ह्वाइटहाउस छोडेपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ पार्टी नखोल्ने घोषणा गरेका छन् । कन्जरभेटिम पोलिटिकल एक्सन कन्फ्रेन्स (सीपीएसी) कार्यक्रमलाई फ्लोरिडामा सम्बोधन गर्दै ट्रम्पले सो कुरा बताएका हुन् । ट्रम्पले नयाँ पार्टी खोल्ने अड्कलबाजी भइरहेको बेला उनले त्यसलाई गलत खबर भने । उनले भने, ‘नयाँ पार्टी बनाउँदा हाम्रो […]
१६ फागुन, काठमाडौं । वैशाख २०६७ मा तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारीले कमल गाउँपालिका–५ मा रंगशाला निर्माणको शिलान्यास गरेकी थिइन् । आदिवासी जनजातिले समाधिस्थलको रुपमा प्रयोग गरेको जग्गामा रंगशाला बनाइने भएकाले नाम आदिवासी रंगशाला राख्ने सहमति पनि भएको थियो । रंगशाला निर्माणले गति लिन सकेको थिएन । २०७२/७३ को बजेट भाषणमा रंगशालाका लागि ४० लाख बजेट […]
१६ फागुन, काठमाडौं । संसद विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै बदर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले किन राजीनामा दिएनन् ? धेरैको प्रश्न छ । तर प्रधानमन्त्री ओलीले आफूलाई सर्वोच्च प्रधानमन्त्रीबाट राजीनामा देउ नभनेको बताए । हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा उनले आफूमाथि नैतिक प्रश्न छ भन्ने पनि नरहेको जिकिर छ । सर्वोच्चको फैसलाले संवैधानिक […]
१६ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराई चढेको गाडीले साइकललाई ठक्कर दिएको छ । रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दिँदा ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते छन् । जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख सिद्धिविक्रम शाहका अनुसार जनकपुरबाट हेटौंडातर्फ जाँदै गरेको भट्टराई सवार ज १ झ ४२७ नम्बरको गाडीले साइकल यात्री […]
१६ फागुन, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनापछि नयाँ सरकारको समीकरणबारे विभिन्न कसरतहरु भइरहेका छन् । यहीबेला अर्को विषय पनि चर्चामा छ- फेरि संसद विघटन हुने र हिउँदमा ‘अर्ली’ चुनाव हुने । यदि नेपाली कांग्रेसलाई फाइदा हुने भयो र आगामी भदौमा महाधिवेशन सकियो भने कांग्रेसले मंसिरमा चुनाव गराउने भूमिका खेल्न सक्ने सो पार्टीका नेता डा. नारायण खड्काको […]
१६ फागुन, काठमाडौं । नेपालकै ठूलो र दक्षिण एशियाकै नमूना भनिएको चीन-नेपाल मैत्री औद्योगिक पार्कको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार शिलान्यास गरेका छन् । झापाको दमकस्थित रतुवा र मावा नदीबीचको एक हजार ४२२.२५ हेक्टर क्षेत्रफलमा उक्त पार्क दुई वर्षभित्र निर्माण सम्पन्न हुने चिनियाँ कम्पनीले जनाएको छ । चीनको महत्वाकांक्षी योजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) […]
१६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार झापाका विभिन्न खोला र नदीमा निर्माण भएका ४ वटा पुलको उद्घाटन गरेका छन् । उनले मदनभण्डारी राजमार्गको धरान–बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुलको पनि आइतबार नै शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले गृह जिल्ला झापा पुगेर कमल खोला पुल, मावाबेतिनी पुल र रतुवा खोलाका २ वटा […]
१६ फागुन, काठमाडौं । सर्वोच्चको आदेश अनुसार अब बस्ने संसद बैठकमा यसअघि सामान्य लाग्ने दृश्य अब नौलो रुपमा देखिनेछ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी औपचारिक रुपमा विभाजन नभए पनि अहिले केपी ओली समूह र प्रचण्ड– माधव समूह बेग्लाबेग्लै रुपमा सक्रिय छन् । तर संसदमा भने उनीहरु संगै बस्नुपर्नेछ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार […]
१६ फागुन, काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले झापाको बीएण्डसी कलेजलाई सम्बन्धन दिन काठमाडौं विश्वविद्यालय (केयू)लाई अनुचित दबाब दिएका छन् । शिक्षामन्त्री श्रेष्ठले राष्ट्रिय चिकित्सा शिक्षा ऐन–२०७५ विपरीत केयूलाई दबाव दिएका हुन् । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा नेतृत्वको विज्ञ टोलीले चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०७२ बुझाएको थियो । माथेमा प्रतिवेदन कार्यान्वयन […]
१६ फागुन, काठमाडौं । संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले पुनस्र्थापना गरिदिएपछि संवैधानिक संकटको खतरा टरेको छ । तर, राजनैतिक संकट भने कायमै छ । अहिलेको यो राजनैतिक संकट निर्वाचन आयोगको अनिर्णयका कारणले निम्तिएको हो । निर्वाचन आयोगले गत ११ माघमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनलाई […]
१६ फागुन, काठमाडौं । दक्षिण एसियाका सात मुलुकहरुमध्ये नेपाल दोस्रो शान्त मुलुक भएको एक अध्ययनले देखाएको छ । ग्लोवल पिस इन्डेक्सले गरेको अध्ययन अनुसार दक्षिण एसियाका सात मुलुकहरुमध्ये नेपाल दोस्रो शान्त मुलुक भएको देखाएको हो । अध्ययनमा माल्दिभ्सको बारेमा भने कुनै उल्लेख गरिएको छैन । ग्लोवल पिस इन्डेक्स २०२० अनुसार यस क्षेत्रको पहिलो शान्त मुलुक […]
१६ फागुन, काठमाडौं । काठमाडौंको कुलेश्वरबाट प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न तीनजनालाई १८ लाख ७८ हजार रुपैयाँसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका-१३ घर भई हाल काठमाडौं-१४ कुलेश्वरस्थित कान्तिपुर कोलोनीमा बस्ने ३७ वर्षीय नवराज कार्की, नुवाकोटको दुप्चेश्वर गाउँपालिका-६ घर भई हाल काठमाडौंको तार्केश्वर नगरपालिका-१० बस्ने २४ वर्षीय सुमन थापा र भारतको बिहार […]
१६ फागुन, काठमाडौं । विराटनगर महानगरपालिका-१८ खोक्सा बस्ने २३ वर्षीय पुरुषलाई बन्धक बनाइ १० लाख रुपैयाँ फिरौती मागेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१६ दरैयाका २० वर्षीय रोहित पण्डित, २१ वर्षीय अजय यादव र वडा नम्बर ६ रामपुरका २८ वर्षीया सन्ध्या शर्मा रहेका छन् । बन्धक बनाएको सूचना प्राप्त […]
१६ फागुन, काठमाडौं । उच्च अदालत, सुर्खेतका न्यायाधीश मदन पोखरेल पत्नीको स्कुटरबाट प्रहरीले ब्राउन सुगर बरामद गरेको छ । लागूऔषध बरामद भएसँगै ४२ वर्षीया तुलसालाई प्रहरीले आइतबार दिउँसो तुलसीपुरबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार पक्राउ परेकी तुलसा न्यायाधीशकी कान्छी श्रीमती हुन् । तुलसीपुर बजारमा रहेको न्यायाधीशको घर अगाडि पार्किङ गरी राखेको […]
१६ फागुन, काठमाडौं । इन्टरनेटको माध्यमबाट अनधिकृत रुपमा नेपाली चलचित्रहरु बिक्री गरेको आरोपमा प्रहरीले लमजुङबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको बेंसीसहर नगरपालिका-२ का २५ वर्षीय सुजन परियार रहेका छन् । उनले थ्री सिक्टी वान डिग्री मिडिया प्रालिले सिनेमाघर एपको माध्यमबाट बिक्री वितरण गर्दै आएका नेपाली चलचित्रहरुलाई सामाजिक सञ्जाल युट्युब, टेलिग्राममा अपलोड […]
१६ फागुन, सुर्खेत । व्यवस्थित बसोबासको माग राखेर धर्नमा बसेका वादी समुदायमाथि प्रहरीले लाठी प्रहार गरेको छ । प्रहरीले आइतबार दिउँसो उनीहरूमाथि लाठी प्रहार गरेको वादी समुदायका अगुवा हरि वादीले बताए । ‘हिजोसम्मा हामी शान्तिपूर्णरुपमा धर्नामा बसेका थियौं, तर सरकारले देखेन, आज नाराजुलुससहित मुख्यमन्त्री कार्यालयको गेटनजिक पुगेका थियौं, त्यतिनै बेला प्रहरीले हामीमाथि लाठी हान्यो,’ वादी […]
१६ फागुन, काठमाडौं । नेपाल पत्रकार महासंघको आउँदो महाधिवेशनका लागि चार पत्रकार संगठनले सहकार्य गर्ने भएका छन् । जनता समाजवादी पार्टी निकटको प्रेस नेपाल, नेकपा मसाल निकटको प्रगतिशील पत्रकार संघ नेपाल, नेकपा क्रान्तिकारी माओवादी निकटको क्रान्तिकारी पत्रकार महासंघ, विप्लव समूह निकटको जनपत्रकार संगठन नेपालले सहकार्य गर्ने विषयमा आइतबार सहमति गरेका छन् । उनीहरुले पत्रकार महासंघको […]
१६ फागुन, तनहुँ । १४० मेगावाट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–२ को ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेशनका व्यवस्थापक र कार्यरत मजदुरबीच तनाब भएको छ । शुक्रबार राति विद्युत् गृहमा अपरेटर पुष्कर थापाले स्काभेटर सफा गर्ने क्रममा पानी उछिटिन गई एक चीनियाँ व्यक्ति भिजेपछि त्यसको प्रतिशोधमा चीनियाँ व्यक्तिले ढुङ्गा प्रहार गर्दा स्काभेटरको सिसा […]
from समाचार – Online Khabar https://ift.tt/2ZWlnYs
via IFTTT






















