समाचार
काठमाडौं । पाकिस्तानमा मंगलबार साँझ शक्तिशाली भूकम्प गएको छ । बीबीसीका अनुसार भूकम्पमा परेर कम्तिमा ४ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् । भुकम्पका कारण पाकिस्तान प्रशासित कश्मीरमा एक बालिकासहित ४ जनाको मृत्यु भएको र अन्य ८५ जना घाइते भएका छन् । भूकम्पको धक्का पाकिस्तान प्रशासित कश्मीरका साथै पाकिस्तानको राजधानी इस्लामावाद, लाहौर, […]
७ असोज, विराटनगर । मोङको उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले आफूलाई हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले बताएका छन् । मंगलबार करारमा कार्यरत कर्मचारीको म्याद एक वर्ष थप्न नमानेपछि फागोले हातपात गरेका रेग्मीले बताएका हुन् । रेग्मी अहिले सुरक्षा माग गर्दै विराटनगर आएका छन् । मेयरले कुटपिट गर्न मान्छे लगाएपछि आफू प्रहरी स्कर्टिङमा उर्लाबारी […]
७ असोज, काठमाडौं । यातायात व्यवस्था विभागले असोज १२ गतेदेखि सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ । विभागले नेपालीको महान् पर्व दशैं, तिहार र छठ नजिकिएसँगै काठमाडौं बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन असोज १२ देखि १९ गतेसम्म इजाजतपत्र खुला गरेको हो । इजाजतपत्र खुला भएसँगै जुनसुकै सार्वजनिक सवारी […]
७ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चिनियाँ कम्युनिस्ट पार्टीसँग मिलेर संविधान सिध्याउने जनशक्ति उत्पादन गरिरहेको आरोप लगाएका छन् । कैलालीमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘त्यो अहिलेको संविधानलाई सिध्याउनका लागि जनशक्ति तयार गर्न चलाइएको प्रशिक्षण हो ।’ कांग्रेसले सुरु गरेको दोस्रो चरणको जागरण अभियानको अन्तिम दिन […]
७ असोज, काठमाडौं । विश्व विद्यालयका कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री हुने ब्यवस्था छ । यो ब्यवस्थालाई बदल्नुपर्ने आवाज उठ्न थालेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद रामकुमारी झाँक्री राजाको पालामा विश्वविद्यालयका कुलपति राजा हुने ब्यवस्था, गणतन्त्र आएपछि देशको कार्यकारी प्रमुख भएको हैसियतमा प्रधानमन्त्री हुने ब्यवस्था बदल्नुपर्ने बताउँछिन् । तर त्यसका लागि […]
७ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुग्ध विकास संस्थान (डीडीसी)का तत्कालिन महाप्रबन्धकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । काठमाडौं उपत्यकामा दुग्ध पदार्थ वितरणका लागि दुई कम्पनीलाईृ टेण्डर नगरी पुन सम्झौता गरी डीडीसीलाई ठूलो आर्थिक नोक्शानी पुर्याएको भन्दै अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । गोकुल निर्माण सेवा र प्रभु आदित्य […]
७ असोज, चितवन । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले बाहिर भ्रष्टाचार अन्त्य गर्ने नारा लगाए पनि भित्रीरुपमा संरक्षण गरिरहेको आरोप लगाएका छन् । कांग्रेसले थालेको राष्ट्रिय जागरण अभियानको अन्तिम दिन मंगलवार नारायणगढको पूलचोकमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै खाँडले भ्रष्टाचारी कारबाही गछौं भन्दै हिँड्ने प्रधानमन्त्री र नेकपाका नेतालाई कांग्रेसले ऐना देखाइदिने बताए । […]
७ असोज, काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा विदेशी विनिमय सञ्चितिमा सुधार भएको छ । आर्थिक वर्ष २०७५/७६ को अन्तिम महिना ८.९ महिनाको वस्तु र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने विदेशी विनिमय सञ्चिति थियो । तर आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा बढेर विदेशी विनिमय सञ्चितिले १०.२ महिनाको वस्तु […]
७ असोज, काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा ७५ अर्ब ४० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले दिएको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो नगन्य वृद्धि हो । आव २०७५/७६ को पहिलो महिनाको तुलनामा जम्मा २ प्रतिशतले मात्रै रेमिट्यान्स बढेको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा वृद्धिदर […]
७ साउन, बुटवल । बुटवल उपमहानगरपालिकाले प्राङ्गारिक तरकारी खेतीमा किसानलाई प्रेरित गर्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको छ । बुटवलका खेतीयोग्य ठाउँमा किसानलाई तरकारी बालीका तरिका सिकाउनुका साथै अनुदानसमेत उपलब्ध गराइएको छ । प्राङ्गारिक तरकारी खेतीका लागि प्रशिक्षणका साथै पहिलो चरणमा ४१ वटा हरित गृह निर्माण गर्दै अभियान अगाडि बढाइएको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताए […]
७ असोज, दार्चुला । दार्चुलामा पहिलो पटक एक सुत्केरी महिला र तीनवटै नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । नौगाड गाउँपालिका–२ की २५ वर्षीया मानमती धामीले सोमबार नौगाड गाउँपालिका–३ खार स्वास्थ्य चौकीको सुरक्षित प्रसूति केन्द्रमा तीन वटा छोरी जन्माएपछि उनलाई उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरिएको हो । वर्षायाममा जीपसमेत नचल्ने विकट बस्तीबाट सरकारले पहिलो पटक […]
७ असोज, काठमाडौं । दशैंमा स्वदेश फर्किने नेपालीहरुलाई लक्षित गर्दै नेपाल वायू सेवा निगमले जापानको राजधानी टोकियोस्थित नारिता विमानस्थलमा चार्टर्ड उडान गर्दैछ । उडानको तयारी पूरा भएको निगमले जानकारी दिएको छ । सुमेघ टूर्स एण्ड ट्राभल प्रालिले नारितामा दुईवटा उडान गर्ने गरी निगमको जहाज चार्टर्ड गरेको हो । ‘हामीले चार्टर्ड उडानमा लाग्ने रकम लिएर जहाज […]
७ असोज, काठमाडौं । प्रधानमन्त्री इमरान खानले पाकिस्तानी सेना र खुफिया एजेन्सी आईएसआईले जसलाई जिहादका लागि तालिम दिएको थियो, उनीहरु कालान्तरमा चरमपन्थी समूह अलकायदा बनेको बताएका छन् । साथै सेप्टेम्बर ११ को आक्रमणपछि अमेरिकालाई साथ दिएर पाकिस्तानले ठूलो गल्ती गरेको बताएका छन् । न्यूयोर्कमा एक थिंक ट्यांक काउन्सिल अन फोरेन रिलेसन्स (सीएफआर) को कार्यक्रममा अमेरिकाका […]
७ असोज, काठमाडौं । यू–१८ साफ च्याम्पियनसिप फुटबलबाट डिफेन्डिङ च्याम्पियन नेपाल समूह चरणबाटै बाहिरिएको छ । मंगलबार हलचोकस्थित एपीएफ मैदानमा भएको समूह ‘ए’ को अन्तिम खेलमा भुटानले माल्दिभ्ससँग गोलरहित बराबरी खेलेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो । नेपाल सेमिफाइनल पुग्नका लागि भुटानले माल्दिभ्सलाई ३–० गोलअन्तरले पराजित गर्नुपर्थ्यो । तर यी दुई टिमले बराबरी खेलेसँगै भुटान […]
७ असोज, उदयपुर । एक महिना धाराको पानी प्रयोग गरेको बिल १७ हजार बढी आयो भन्दा पत्याउन गाह्रो छ । तर उदयपुरको कटारीमा सञ्चालित कटारी साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको नयाँ धाराको महशुल एकै महिनामा १७ हजार रुपैयाँ उठेपछि उपभोक्ता आश्चर्यमा परेका छन् । कटारी ३ का कैशालप्रसाद साहको खानेपानीको महशुल १७ हजार ४ […]
७ असोज, काठमाडौं । दशैंमा हवाईजहाजबाट आफ्नो गन्तव्यमा पुग्ने योजनामा हुनुहुन्छ भने छिट्टै टिकट बुक गरिहाल्नुस् । किनकी दशैंका हवाई टिकट सकिन आँटेका छन् । वायुसेवा कम्पनीले ५/६ महिना अगाडिबाटै टिकट दशैंका लागि टिकट बुक गर्न सकिने सुविधा दिएका हुन्छन् । त्यसकारण यात्रुले आफू घर जाने निश्चित भएपछि हवाई टिकट बुक गर्न सक्छन् । घटस्थापना […]
७ असोज, जनकपुरधाम। धनुषा प्रहरीले छुट्टाछुट्टै ठाउँबाट मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको धनौजी गाउँपालिका र जनकपुरधाम उपमहानगरपालिका-१० स्थित पुलचोकबाट चोरिएका दुई वटा मोटरसाइकल बरामद गर्दै चोरीमा संलग्न २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। जनकपुर उपमहानगरपालिका-२५ बस्ने कलिमले धनौजी गाउँपालिका ५ बहुअर्वा बजारमा पार्किङ्ग गरी राखेको ज.७ प. ७०५६ नम्बरको […]
७ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । पार्टीले सुरु गरेको जागरण अभियानको दोस्रो चरणको अन्तिम दिन काठमाडौंमा कांग्रेसले विरोध प्रदर्शन गरेको छ । महंगी, भ्रष्टाचार बढेको, महिला हिंसा, बलात्कार र हत्याका घटना बढेको संविधानको भावना प्रतिकुल विधेयक ल्याएको भन्दै कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको हो ।
७ असोज, हेटौंडा । मकवानपुरमा प्रहरीले दुई राउण्ड गोली हानेर एक ट्रक चालकलाई गाँजासहित पक्राउ गरेको छ । मंगलबार बिहान १ बजे पूर्वपश्चिम राजमार्गको हेटौंडा–१५ रातोमाटे पोष्टमा चेकजाँचका लागि चढेका प्रहरी जवान सञ्जीवकुमार दासलाई समेत लिएर भागेपछि पिछा गर्दै गएको प्रहरी टोलीले घेरा हाली ट्रक चालक पर्सा वीरगन्ज महानगरपालिका–२९ का अफ्रिका चौधरीलाई नियन्त्रणमा लिएको हो […]
७ असोज, सुर्खेत । वीरेन्द्रनगर–६ गोदामलाइनस्थित सुपथ मूल्य पसलमा सिमी र चामल किन्न आएका उपभोक्तालाई खाद्य संस्थानका कर्मचारी तिते फापरको फाइदाबारे बताउन व्यस्त हुन्छन् तर कर्मचारीले जति बुझाउन खोजे पनि उपभोक्ताको रोजाईमा पर्दैन तिते फापर । संस्थानका अनुसार सिमी एक क्विन्टल बिक्री हुँदा तिते फापर कसैको रोजाईमा पर्दैन । संस्थानका शाखा प्रबन्धक भीमबहादुर थापाले हालसम्म […]
७ असोज, काठमाडौं । एनएमबी बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंकबीचको मर्जर प्रक्रिया सम्पन्न भएको छ । पोखरा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको विकास बैंक ओमलाई गाभ्न एनएमबीको साउन २८ गते बसेको साधारणसभाले निर्णय गरेको थियो । एनएमबी बैंकका सीइओ सुनिल केसीले मर्जरको सम्पूर्ण प्रक्रिया सकिएको जानकारी दिए । उनले आगामी आइतबारबाटै बैंकको एकिकृत कारोबार सुरु […]
from समाचार – Online Khabar https://ift.tt/2kTy7OM
via IFTTT






















