Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

चिनियाँविरुद्धको अपरेशनमा चीनसँगै सहकार्य, नाम दिइयो ‘चार्ली फोक्स्टर’

९ पुस, काठमाडौं । चीन र नेपालको संयुक्त अपरेशनमा १२२ चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको नेपाल प्रहरीले स्वीकार गरेको छ । यो अपरेशनलाई ‘चार्ली फोक्स्टर’ नाम दिइएको छ । सोमबार एकैदिन काठमाडौंका बिभिन्न स्थानबाट १२२ जना चिनियाँ नागरिकहरुलाई पक्राउ गरिएको थियो । चिनियाँ पक्षले मंगलबार नै नेपाल र चीनको संयुक्त अपरेशनमा उनीहरु पक्राउ परेको बताएको थियो […]

पाकिस्तान दोस्रो पटक पनि अमेरिकाको कालोसूचीमा

९ पुस, काठमाडौं । अमेरिकाले धार्मिक स्वतन्त्रताको मामिलामा पाकिस्तानलाई फेरि कालो सूचीमा राखेको छ । यसलाई पाकिस्तानले भने खारेज गरेको छ । जुन देशमा धर्मको आधारमा भेदभाव हुन्छ, त्यो देशलाई अमेरिकाले कालोसूचीमा राख्छ । अमेरिकाको वार्षिक सूचीमा पाकिस्तानसहित नौ देश दोस्रो पटक कालोसूचीमा परेका छन् । कालोसूचीमा परेका देशहरुलाई अमेरिकाले प्रतिबन्ध लगाउने गर्दछ । पाकिस्तानले […]

सुर्खेतका युवा भैंसीपालन तर्फ आकर्षित

९ पुस, सुर्खेत । पछिल्लो समय युवा पिँढीमा विदेशिने लहड बढ्दो अवस्थामा छ । रोजगारका निम्ति विदेशिन र अन्ततः समस्याको भारी लिएर फर्किने युवाको पनि कमी छैन । कमाउनका लागि ठूलो आश बोकेर विदेश जाने कतिपय नेपाली युवाको शव आएका घटना पनि नौलो होइन । मूलतः रोजगारीकै लागि खाडी मुलुकमा जाने नेपाली युवाले ठूलो दुःख […]

राजधानी ६ बजे सुत्छ, नाइट लाइफ ब्यूताऊँ : मन्त्री भट्टराई

९ पुस, काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राजधानीमा पर्यटन आकर्षण गर्न रात्रीकालीन गतिविधि बढाउनु पर्ने बताएका छन । राजधानी साँझ ५/६ बजे नै सुनसान हुने भन्दै उनले उपत्यकाको नाइट लाइफ जीवन्त राख्न आग्रह गरे । बुधबार राजधानीभित्रका महानगर तथा नगरपालिकाका प्रमुख तथा पदाधिकारीसँगको छलफलमा मन्त्री भट्टराईले भने, ‘राजधानी ५/६ बजे नै सुतिसक्छ, […]

मानवसेवा आश्रममा सुतेकै अवस्थामा एक जना मृत भेटिए

९ पुस, काठमाडौं । वीरगञ्जको मानव सेवा आश्रम रानीघाटमा सुतेकै अवस्थामा एक जना पुरुष मृत फेला परेका छन् । गत असार २२ गते वीरगञ्जको घण्टाघरबाट उद्धार गरिएका करिब ५० वर्षीय परिचय खुल्न नसकेका व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । अघिल्लो राति सकुशल सुतेका उनी विहान मृत अवस्थामा देखेपछि आश्रमले प्रहरीलाई खबर गरेको […]

कहाँबाट कस्तो देखिन्छ सूर्यग्रहण ?

९ पुस, काठमाडौं । पुस १० गते बिहीबार खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । सूर्यग्रहण काठमाडौंमा विहान ८: ४३ मा सुरु भई ११ : ३३ मा सकिनेछ । सुदूरपश्चिमको महेन्द्रनगरमा ८ : ३८ मा सुरु भई ११ : १९ मा सकिनेछ भने पूर्वको झापामा भने ८ : ४८ मा सुरु भई ११ः २७ मा सकिनेछ । […]

सुर्खेतमा मदन भण्डारी राजमार्ग सर्भेमै विवाद

९ पुस, सुर्खेत । स्थानीयवासीबीच सडक रुटमा सहमति नजुट्दा पश्चिम सुर्खेतमा मदन भण्डारी राजमार्गको सर्भे रोकिएको छ । सालकोट-बाबियाचौर खण्डको विवाद उत्कर्षमा पुगेपछि स्थानीयवासीले बड्डीचौर-गुटु सडकखण्ड अवरुद्ध पारेका छन् । स्थानीयवासीको अवरोधका कारण राजमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) का लागि भइरहेको सर्भे रोकिएको हो । राजमार्ग सालकोट र बाबियाचौर कुन स्थानबाट लैजाने भन्ने विषयमा स्थानीयवासीबीच सहमति […]

रौतहटमा भेटिएको बम नेपाली सेनाद्वारा निष्क्रिय

९ पुस, रौतहट । रौतहटको इशनाथ नगरपालिकाको कार्यालय परिसरमा राखिएको शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । इशनाथ-३ मा रहेको नगरपालिका कार्यालयमा अज्ञात व्यक्तिले झोलामा शंकास्पद रुपमा प्रेसरकुकर राखेका थिए । बिहान सवा नौ बजे कार्यालय परिसरमा झोलामा प्रेसरकुकर, तार तथा मोबाइल समेत जडान गरी राखेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए […]

एमसीसीमा मनको बाघले खाएको छ : परराष्ट्रमन्त्री

९ पुस, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा अनावश्यक शंकामात्र गरिएको बताएका छन् । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले एमसीसीलाई अमेरिकाको इन्डो प्यासिफिक रणनीतिसँग जोड्न आवश्यक नभएको बताए । ‘इन्डो प्यासिफिक रणनीति २०१७ बाट सुरु भएको देखिन्छ तर एमसीसीमा हामीले २०१७ मा सही नै गरिसका थियौं’ […]

चिनियाँ नागरिकविरुद्ध अपरेशनका १४ रोचक तथ्य

९ पुस, काठमाडौं । सोमबार दिनभर चलाइएको ‘स्वीप’ अपरेशनमा समातिएका १ सय २२ जना चिनियाँ नागरिकको कसुरबारे हालसम्म औपचारिक रुपमा प्रहरीले बताएको छैन । चिनियाँ दूतावासको सूचनामा परिचालित केन्द्रीय अनुसन्धान ब्यूरो, काठमाडौं प्रहरी परिसर र अपराध अनुसन्धान महाशाखाको टोलीले सोमबार एकैदिन हालसम्मकै सबैभन्दा बढी विदेशी नागरिकलाई पक्राउ गरेको थियो । अनौपचारिक संवादमा प्रहरी अधिकृतले चिनियाँ […]

डोजर चल्यो, तर उठेन सुकुमबासी बस्ती !

९ पुस, काठमाडौं । बस्तीहरुको आफ्नै इतिहास हुन्छ । झाडी फाँडेर, शिशुका कंकाल उधिनेर बनेको बस्ती हो- थापाथलीको सुकुमबासी बस्ती । यहाँ अहिले करिब १४६ छाप्रा छन् । सुविधाउयुक्त काठमाडौं शहरमा असुविधायुक्त जीवन बाँचिरहेका सुकुमबासीहरुको जनजीवनबारे बुझ्न हामी पाठकहरुलाई वाग्मतीको पुलमुनि लैजाँदैछौं । सकुम्बासी बस्तीलाई वायाँ पारेर दौडेको वाग्मतीको फोहोर पानी (पानी के भन्नु, फोहोर) […]

बुटवलमा ४६ दिनदेखि किशोर सम्पर्कविहीन

९ पुस, बुटवल । ४६ दिनदेखि हराइरहेका बुटवल कालिकानगरका एक किशोरको परिवारले छोराको खोजीमा प्रहरीले तदारुकता नदेखाएको गुनासो गरेको छ । बुटवलको स्कलर्स होम बोर्डिङ स्कूलमा कक्षा ९ मा पढ्ने बुटवल ११ कालिकानगरका १६ वर्षका जनक श्रेष्ठ कात्तिक २३ गते शनिबार बिहानदेखि सम्पर्कविहीन भएका हुन् । घरबाटै छोरा सम्पर्कविहीन भएपछि बुटवलको योगिकुटी र वडा प्रहरी […]

ठोरीको वेदघारी सामुदायिक वनमा बाघ मृत फेला

९ पुस, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत वेदघारी सामुदायिक वन क्षेत्रमा एउटा बाघ मृत फेला परेको छ । राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्साको ठोरी गाउँपालिका–३ को वेदघारी सामुदायिक वन क्षेत्रमा पर्ने वनमा वयस्क बाघ मृत फेला परेको कसराका गेमस्काउट महेन्द्र चौधरीले जानकारी दिए । घाँसकाट्न गएका स्थानीयबासिन्दाले देखेपछि निर्मल ठोरी उपभोक्ता समितिमार्फत बाघ मृत फेला […]

मकवानपुरको जंगलमा आगोको मुस्लो

९ पुस, हेटौंडा । मकवानपुरको बकैया र मकवानपुरगढी गाउँपालिकाको सीमानामा बुधबार विहान आगोको मुस्लो देखिएको छ । बकैया गाउँपालिका १२ र मकवानपुरगढी गाउँपालिकाको सीमाना चापकी भन्ने ठाउँमा जंगलमा आगोको मुस्लो देखिएको स्थानीयले बताएका छन् । आगो लागेको स्थान मानव बस्तीदेखि टाढा भएकाले के जलेको हो भन्नेबारे यकीन भइसकेको छैन । स्थानीयले खबर गरेपछि इलाका प्रहरी […]

मीरगञ्ज पुल बन्द, भीमनगरको बाटो प्रयोगका लागि पहल गरिदिन माग

९ पुस, विराटनगर । नेपालको दोस्रो ठूला नाका विराटनगरमा मीरगञ्ज पुलका कारण उद्योग र व्यापारमा समस्या आएको छ । भारतबाट जोगबनी आउन मीरगञ्ज पुल पार गर्नुपर्छ । पूर्व क्षेत्रको उद्योग र व्यापारलाई आवश्यक पर्ने सामान सोही पुल भएर ल्याउनुपर्छ । नेपालको बूढीखोला भनिने भारतका मीरगञ्ज पुल बन्नुपर्ने उद्योगी र व्यापारीको धेरै पुरानो माग हो । […]

११ दललाई निर्वाचन चिह्न प्रदान, राजपाले पायो ढल्केको छाता

९ मंसिर, काठमाडौं । राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ । आयोगले माघ ९ गते हुन लागेको निर्वाचनका लागि ११ दललाई चुनाव चिह्न दिएको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सूर्य, नेपाली कांग्रेसलाई रुख, समाजवादी पार्टीलाई पाँच औंलासहितको हत्केला, राष्ट्रिय जनता पार्टीलाई ढल्केको छाता, राष्ट्रिय […]

खाद्यले किन्यो सवा लाख क्विन्टल धान

९ पुस, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोमबारसम्म एक लाख १८ हजार क्विन्टलभन्दा धेरै धान किसानसँग खरिद गरेको छ । कात्तिक २८ गतेबाट थालिएको धान खरिद कार्य जारी रहेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । सरकारले धानको सर्मथन मूल्य तोकेपछि कम्पनीले उपत्यका बाहिरका ८ कार्यालयबाट धान खरिद गर्न थालेको थियो […]

विदेशी विमान कम्पनीलाई भ्रमण वर्षको जिम्मा, राष्ट्रिय ध्वजावाहकलाई उपेक्षा

९ पुस, काठमाडौं । नेपाल भ्रमण वर्ष सचिवालयले निजी लगानीको विदेशी वायुसेवा कम्पनी टर्कीस एयरलाइन्सलाई भ्रमण वर्षको आधिकारिक एयरलाइन्स तोकेको छ । यो कम्पनीसँग सचिवालयले ४ पुसमा सम्झौता गरेको हो । विदेशी निजी कम्पनीलाई यस्तो जिम्मा दिएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम असन्तुष्ट देखिएको छ । निगमले आधिकारिक एयरलाइन्स बन्न सरकारसँग ईच्छा व्यक्त गरेको थियो […]

उपेन्द्रको प्रस्ताव रोकेको भन्दै मसालले दियो प्रधानमन्त्रीलाई धन्यवाद

९ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले समाजवादी पार्टी (सपा) का अध्यक्ष उपेन्द्र यादवकाे संविधान संशोधनसम्बन्धी प्रस्ताव रोकेर प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त निर्णय लिएको भन्दै त्यसकाे सराहना गरेकाे छ । यादवले यसअघिको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन प्रस्ताव राख्न खोजेपछि प्रधानमन्त्री ओलीले रोकेका थिए । प्रधानमन्त्रीले प्रस्ताव रोकेपछि यादवसहित समाजवादी पार्टीका मन्त्रीले राजीनामा […]

डेढ वर्षदेखि संसदीय समितिमा थन्कियो बीमा विधेयक

९ पुस, काठमाडौं । बीमा समितिको अध्यक्षको कार्यभार सम्हालेको पहिलो दिन नै चिरञ्जीवी चापागाईंले बीमा ऐन समयसापेक्ष बनाउन आफू लागीपर्ने बताएका थिए । उनी अध्यक्ष नियुक्त भएपछि बीमासम्बन्धी नयाँ ऐन संसदमा पुग्यो पनि, तर त्यही विधेयकले उनको जागिर धरापमा पारिदियो । विधयेक संसदमा पुगेसँगै अध्यक्ष चापागाईं आफैंले खनेको खाल्डोमा आफैं पर्ने स्थितिमा पुगेका थिए । […]

काठमाडौंमा कालोपत्रे ! प्रधानमन्त्रीको दबाव कि ठेकदार सुध्रिए ?

९ पुस, काठमाडौं । असार लागेपछि मात्र भटाभट सडकको मर्मत सुरु हुँदै आएकोमा यो वर्ष काठमाडौंमा हिउँदमै सडक मर्मतको काम सुरु भएको दृश्य बाक्लै देखिन थालेको छ । अच्चम्मै भएन त ? नयाँ बानेश्वरको संसद् भवननजिकै दिउँसै अलकत्रा बिछ्याउन थालिएको छ । अहिले बानेश्वर आसपासको सडक कालोपत्रे गरेर चिल्लो बनाइएको छ भने जेब्राक्रस र लेनमा […]



from समाचार – Online Khabar https://ift.tt/2QmLXEO
via IFTTT
Powered by Blogger.