Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बलात्कृत ६ वर्षीया बालिकाद्वारा अभियुक्तको पहिचान

२० मंसिर, वीरगञ्ज । बाराको कलैयामा बलात्कृत ६ बर्षकी बालिकाको स्वास्थ्यमा सुधार आएको छ । उनले अभियुक्तको पहिचानसमेत गरेकी छन् । अनुसन्धानकै क्रममा रहेको र आरोपी पक्राउ नपरी सकेकोले प्रहरीले नाम सार्वजनिक गरेको छैन । वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचाररत बालिकाले दिएको बयानको आधारमा प्रहरीले घटनास्थल वरपरका केही युवकको तस्वीर ल्याएर देखाएको थियो । त्यही […]

पौडेलको क्षेत्रमा गएका पूर्वाधार विकासको सबै बजेट शिक्षामा लगानी

२० मंसिर,काठमाडौं । सत्तारुढ नेकपाका महासचिव बिष्णु पौडेलले आफ्नो निर्वाचन क्षेत्रको पूर्वाधार विकासका लागि आएको सम्पूर्ण रकम शिक्षाक्षेत्रको पूर्वाधारमा लगानी गरेका छन् । पूर्वाधार विसका साझेदारी कार्यक्रमको सबै रकम शिक्षामा लगानी गरिएको रुपन्देही २ एकमात्र निर्वाचन क्षेत्र भएको छ । रुपन्देही क्षेत्र नं. २ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ६ करोड रुपैयाँ शतप्रतिशत शिक्षामा […]

नेपाली बालिका पुनः आसामकै कोठीमा बेच्न नक्कली अभिभावक खडा !

२० मंसिर, काठमाडौं । करीव तीन साताअघि भारतको आसामस्थित एक कोठीबाट उद्दार गरिएका चार नेपाली बालिकालाई पुनः कोठीमै फर्काउने चलखेल शुरु भएको छ । उनीहरुलाई स्वदेश फर्काउन सरकारी निकायबाट तदारुकता नदेखाउँदा कोठी सञ्चालक तथा दलालहरुले नक्कली अभिभावक खडा गरी सरकारी आश्रयस्थलबाट बाहिर निकाल्न लागेका हुन् । चार बालिकासहित ६ नेपाली चेलीको उद्दार गरेर फर्किएको शक्ति […]

भूतपूर्व गोर्खा आन्दोलन ऐक्यबद्धता समाज गठन

२० मंसिर, काठमाडौं । नागरिक समाजले भूतपूर्व गोर्खा सैनिकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन समिति गठन गरेका छन् । वरिष्ठ अधिवक्ता रविनारायण खनालको संयोजकत्वमा भूतपूर्व गोर्खा सैनिक समानता तथा मानवअधिकार आन्दोलन ऐक्यबद्धता नागरिक समाज तदर्थ समिति गठन भएको हो । आयोजकले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार तदर्थ समितिको उपसंयोजकमा वरिष्ठ अधिवक्ता नवराज सुवेदी, सचिव […]

गौरिकाले जितिन् दोस्रो स्वर्ण पदक

२० मंसिर, काठमाडौं । पौडीबाज गौरिका सिंहले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दोस्रो स्वर्ण जितेकी छन् । शुक्रबार २०० मिटर ब्याकस्ट्रोकमा उनले स्वर्ण जितेकी हुन् । उनले निर्धारित दुरी २ मिनेट १७.७३ सेकेण्डमा पूरा गरिन् । यससँगै उनले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छन् । यसअघि शुक्रबार नै हिट चरणमा २ मिनेट ३४.१६ […]

जनकपुरधाममा सुरु भयो कुस्ती

२० मंसिर, जनकपुरधाम । १३औं दक्षिण एशियाली खेलकुद अन्तर्गत कुस्ती प्रतियोगिता जनकपुरधाममा शुक्रबारदेखि सुरु भएको छ । एक भव्य समारोहकाबीच प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा पानसमा बत्ति बालेर प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटनमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश २ मा साग खेलको आयोजना गरिएकोमा खुशी ब्यक्त गरे । राखेपका […]

भारोत्तोलनमा विकासले जिते स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत भारोत्तोलनमा नेपाली खेलाडी विकास थापाले स्वर्ण पदक जितेका छन् । शुक्रबार उनले ८९ केजी तौल समूहमा स्वर्ण पदक जितेका हुन् ।

प्रदेश १ सरकारविरुद्ध ५० मुद्धा

२० मंसिर,विराटनगर । एक नम्बर प्रदेश सरकारलाई विपक्षी बनाई विभिन्न प्रकृतिका ५० वटा मुद्धा परेका छन् । प्रदेश एकका मुख्य न्ययधिवक्ता चुडामणि आचार्यका अनुसार हालसम्म प्रदेश सरकारविरुद्ध उच्च र सर्वोच्च अदालतमा ५० वटा मुद्दा परेका हुन् । शुक्रबार प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन बुझाउँदै उनले कानून कार्यान्वयनको सिलसिलामा मुद्धा परेको बताए । उनका अनुसार प्रदेशसहित संघ […]

रुपन्देहीको ओमसतियामा छोराले गरे आमाबुवाको हत्या

२० मंसिर, बुटवल । रुपन्देहीको ओमसतियामा छोराले आफ्नै आमाबुवाको हत्या गरेका छन् । ओमसतिया गाउँपालिका-४ का गोरखबहादुरले घरमै बसिरहेका ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया आमा थगना यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । हतियार प्रहारबाट रामनारायणको घटनास्थलमै मृत्यु भएको हो भने गम्भीर घाइते थगनाको युनिर्भसल […]

न्यायपरिषद सदस्यलाई न्यायाधीश नबनाउन बारको चेतावनी

२० मंसिर,काठमाडौं । न्यायाधीश नियुक्ति गर्ने न्यायपरिषद् सदस्यलाई नै सर्वोच्च अदालतको न्यायाधीश बनाउने कुरा अश्वीकार्य हुने भन्दै नेपाल बार एशोसियसनले कानूनमन्त्री र न्यापरिषद सदस्यहरुको ध्यानाकर्षण गराएको छ । बार पदाधिकारी सहितको टोलीले शुक्रबार न्यायपरिषद सदस्य समेत रहेका कानूनमन्त्री उपेन्द्र यादव र परिषदमा बारका प्रतिनिधि रामप्रसाद सिटौलालाई भेटेरै न्यायाधीश नियुक्ति गर्ने व्यक्ति आफैं न्यायाधीश बन्ने कुरा […]

निजगढ विमानस्थलको काम अघि नबढाउन सर्वोच्चको आदेश

१९ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले शुक्रबार विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न अन्तरकालीन आदेश दिएको छ । साथै दुबै पक्षलाई अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाइएको छ । पूर्वसचिव द्वारिकानाथ ढुंगेल, सुकदेव खत्री, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायतले निजगढ […]

आगलागीबाट बच्न रामेछापका सबै स्थानीय तहले ‘फायर एक्सटिंग्विशर’ राख्नु पर्ने

२० मंसिर, रामेछाप । रामेछाप जिल्लामा आगलागीबाट बच्नका लागि जिल्लाका सबै स्थानीय तहले कम्तिमा पनि १० वटा फायर एक्सटिंग्विशर(अग्निशमन यन्त्र) राख्नु पर्ने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार मन्थलीमा बसेको बैठकले सो निर्णय गरेको हो । रामेछाप सुक्खाग्रस्त जिल्ला भएको र पर्याप्त पानी समेत नभएको कारण आगलागी भइ हाले तत्काल नियन्त्रणको लागि फायर […]

नेपालले माल्दिभ्सलाई ८४ रनले हरायो

२० मंसिर, काठमाडौं । १३ औं साग अन्तरगत टि–२० क्रिकेट म्याचमा नेपालले माल्दिभ्समाथि ८४ रनको सहज जित हात पारेको छ । पहिलो ब्याटिङ गरेको नेपालले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सले २० ओभर खेल्दै ६ विकेट क्षतिमा ७९ रन मात्रै जोड्न सक्यो । नेपालका लागि तीन स्पिनरहरुले आपसमा ५ विकेट बाँडेका थिए […]

झापामा गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु

२० मंसिर, काठमाडौं । झापामा दुई वटा गाडीको ठक्करबाट शुक्रबार बिहान एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका-३ का ७० वर्षीय हरि प्रसाद न्यौपाने रहेका छन् । मेचीनगर नगरपालिका-१२ र बुद्धशान्ति गाउँपालिका-३ को सिमानामा पर्ने धाइजन चोकस्थित सडकमा प्रदेश नम्बर १-०१-००१ ज ३४०० नम्बरको बलेरोले ठक्कर दिइ लडेको अवस्थामा मे.१ ज […]

बैंकको पारा देखेर लाज लाग्यो : गभर्नर

२० मंसिर, काठमाडौं । गभर्नर डा. चिरञ्जीबी नेपालले बैंकहरुको काम गराई देखेर आफूलाई लाज लागेको बताएका छन् । शुक्रबार जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंक मर्जरपछिको उद्घाटन समारोहलाई सम्वोधन गर्दै गभर्नर नेपालले बैंकहरुको पछिल्लो काम गराइ नै लाजमर्दो भएको टिप्पणी गरेका हुन् । बैंककै कर्मचारीका कारण खाताको रकम चोरी भएको भन्दै उनले यसले आफूलाई […]

दोस्रो प्रतिस्पर्धामा किन चुकिन् कीर्तिमानी सन्तोषी ?

२० मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार १० हजार मिटर दौडमा स्वर्ण जितेपछि धाविका सन्तोषी श्रेष्ठ चर्चित बनिन् । एथलेटिक्समा स्वर्ण जित्ने पहिलो नेपाली महिला भएका कारण उनको चर्चा स्वाभाविक पनि थियो । यसअघि श्रीलंकामा भएको सागमा कान्छीमाया कोजुले जितेको कास्य नै नेपालका लागि ठूलो पदक थियो । त्यसैले मंगलबार […]

‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै रकम असुल्ने पक्राउ

२० मंसिर, काठमाडौं । जनकपुरमा ‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै सडकमा हिँड्नेसँग रकम असुली गर्ने एक जना पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका-४ आनन्दनगर बस्ने ३० वर्षीय प्रतिक कुमार चौधरी पक्राउ परेका हुन् । सर्लाहीको लालबन्दीबाट आएको ‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै जनकपुर उपमहानगरपालिका-२४ स्थित सोनासति मन्दिर अगाडि सोना पाडा जाने बाटोमा हिँडडुल […]

फ्रिक्वेन्सी ब्यान्डलाई पहिलोपटक अक्सनमा राख्दै दुरसञ्चार प्राधिकरण

२० मंसिर, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो पटक बोलकबोल (अक्सन) प्रक्रियामार्फत फ्रिक्वेन्सी बिक्री गर्ने भएको छ । १८०० मेगाहर्जको फ्रिक्वेन्सी ब्यान्ड बोलकबोलमा सेवा प्रदायकलाई दिन लागिएको हो । यो फ्रिक्वेन्सीमा जसले बढी मूल्य लगाउने छ, उसैले पाउने प्राधिरकरणका प्रवक्ता तथा निर्देशक मिनप्रसाद आर्यालले बताए । यसअघि नै प्राधिकरणले एकैपटक ९०० मेगाहर्ज, १८०० मेगाहर्ज र […]

सिद्धबाबालाई दोस्रो पटक ७ दिन म्याद थप, बयान अस्पतालमै लिइने

२० मंसिर, विराटनगर । सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले दोस्रो पटक ७ दिनको म्याद थप गराएको छ । गत सोमबार ४ दिनको म्याद थप गरेको सुनसरी प्रहरीले जिल्ला अदालतबाट शुक्रबार सात दिनको म्याद थप गराएको हो । ‘माइनर हर्टएट्याक’का कारण विराट नर्सिङहोममा उपचार गराइरहेका गिरीलाई शुक्रबार एम्बुलेन्समा हालेर पुर्‍याएपछि सुनसरी जिल्ला अदालतले म्याद थप गरेको हो […]

समृद्धिका लागि पाँच आधार तय : उपप्रधानमन्त्री पोखरेल   

२० मंसिर, ललितपुर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कृषिमा आधुनिकीकरण, उद्योगको विकास, ऊर्जा, शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकास गरेर अघि बढ्न सरकार क्रियाशील रहेको बताएका छन् । गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही नमूना मावि भवनको हस्तान्तरण कार्यक्रममा उनले सरकारले समृद्धिका लागि यी पाँच आधार तय गरेको बताए । सरकारी स्वामित्वका उद्योगहरु धराशायी हुनाका कारण खोजी […]

गुल्मीमा स्कूल हिँडेकी १० वर्षीय बालिका बलात्कृत

२० मंसिर, गुल्मी । गुल्मीमा १० वर्षीया बालिका बलात्कृत भएकी छन् । स्कूल जाने क्रममा बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बालिका बिहीबार विहान स्कुल जान दाजुहरुसँगै गाडी चढेकी थिइन् । तर, चालकले दाजुलाई एक ठाउँमा छोडेर बालिकालाई अर्कै ठाउँमा लिएर बलात्कार गरेको डीएसपी मिनबहादुर घलेले बताए । बलात्कृत बालिकाका दाजुले […]



from समाचार – Online Khabar https://ift.tt/340Fogh
via IFTTT
Powered by Blogger.