Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने ३ प्रावधान

८ पुस, काठमाडौं । प्रतिनिधिसभामा १७ सीटको प्रतिनिधित्व गरिरहेको समाजवादी पार्टी मंगलबारदेखि सरकारबाट बाहिरिएको छ । उसले सरकार छाडे पनि ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ या कायमै राख्छ भन्ने टुंगो लाग्न अब एक दिन बाँकी छ । यसबारे बुधबार निर्णय लिइने समाजवादी पार्टीले जनाएको छ । उपप्रधानमन्त्री उपेन्द्र यादव र शहरी विकास मन्त्री इस्तियाक […]

अर्जुनले छोरालाई स्कुलसम्म पुर्‍याउन पाएनन्

८ पुस, काठमाडौं । कलंकीस्थित एलआरआई स्कुलको १० कक्षामा अध्ययनरत अर्पण केसी हरेक दिन झिसमिसेमा घरबाट निस्कन्छन् । विहान १० बजेबाट स्कुल लाग्ने भएपनि एसईई परीक्षाको तयारीका लागि विहानैबाट कोचिङ क्लास राखिएको छ । त्यसैले उनी पनि विहान ६ बजे नै स्कुल पुग्नुपर्छ । चन्द्रागिरि नगरपालिका-७ चेकपोस्टबाट  विद्यालय झण्डै २ किलोमिटर टाढा छ । विहानै […]

जुन स्कुल बसमा छोरीलाई चढाइन्, त्यसैले सरिताको ज्यान लियो

८ पुस, पोखरा । सरिता पौडेल सुवेदीलाई हरेक दिन बिहान छोरीलाई समयमै स्कुल बस चढाउन हतार हुन्छ । मंगलबार पनि बिहान १० बज्नै लागेको थियो, सरितालाई छोरीलाई बस चढाउने हतारै भयो । पोखरा–१७ बिरौटा रामबजार नजिकै बस रोकिरहेको थियो । २ वर्षकी काखकी छोरीलाई कोठामै राखेर सरिता कक्षा १ मा पढ्ने छोरीलाई हतार हतार बससम्म […]

बिहे गर्ने प्रलोभन देखाएर किशोरीमाथि बलात्कार

८ पुस, वीरगञ्ज । विवाह गर्छु भन्दै फकाएर १४ बर्षकी किशोरी बलात्कार गरेको आरोपमा बाराको कलैयाबाट प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । किशोरको उमेर पनि १८ वर्षभन्दा कम भएको कारण प्रहरीले उसको नाम गोप्य राखेको छ । बारा कलैया उपमहानगरपालिका– ७ रंगपुर बस्ने १४ बर्षकी किशोरीलाई गत मंसिर २६ गते बलात्कार गरेको आरोप ती […]

प्रदेशको नाम र राजधानीमा सहमति भइसकेको छ : मुख्यमन्त्री पौडेल

८ पुस, हेटौंडा । प्रदेश ३ को राजधानी र नामाकरणको विषयमा सहमति भइसकेको मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको नेतृत्वको टोलीलाई स्वागत गर्दै उनले प्रदेशको नामाकरण र राजधानीको विषयमा सहमति भइसकेको बताएका हुन् । प्रदेश ३ को राजधानी र नामाकरणको बिषयमा गण्डकी प्रदेशले राखेको जिज्ञासाको […]

२० वर्षे युवक ६ महिनादेखि अस्पतालमा बन्धक !

८ पुस, विराटनगर । २० वर्षका जीवन भुजेलको गत भदौमा आमाको मृत्यु भएको एक वर्ष पुग्यो । एक महिनाअघि दाजुको मृत्यु भयो । तर बिडम्बना न उनी आमाको बर्खान्तमा पुग्न पाए न दाजुको दाहसंस्कारमा । ६ महिनाअघि भएको अकल्पनीय घटनाले उनलाई विराट नर्सिङहोम (विराटनगर अस्पताल) मा बन्धक बनेर बस्न बाध्य बनाएको छ । संखुवासभाको खादबारी […]

गृहको परिपत्र : छाउगोठमा राख्नेको सामाजिक सुरक्षा भत्ता रोक्नू

८ पुस, काठमाडौं । गृह मन्त्रालयले महिनावारी भएको बेला महिलाहरुलाई छाउगोठमा राख्नेहरुको सामाजिक सुरक्षा भत्ता रोक्का गर्न परिपत्र गरेको छ । मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका प्रमुख जिल्ला अधिकारीहरुलाई तीनबुँदे परिपत्र गरेको हो । जसमा महिलाहरुलाई छाउगोठमा राख्नेहरुको बृद्धसहित सबै सामाजिक सुरक्षा भत्ता र सहुलियत कर्जा रोक्न भनिएको छ । गृहको परिपत्रमा छाउगोठहरुमा बस्ने महिलाहरुलाई […]

खानेतेलको नमूना परीक्षणमा कडाइ

८ पुस, काठमडौं । खाने तेलमा हानिकारक रङ्ग मिसाइएको पुष्टि भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सबै तेलको नमूना परीक्षणमा कडाइ गरेको छ । मानव स्वस्थ्यमा प्रतिकुल असर पार्ने रङ्ग खाने तेलमा प्रयोग गरिएको पाइएपछि नयाँ तेल कम्पनीको दर्ता र नविकरण तथा पूर्व नमूना परीक्षणमा कडाइ गरिएको हो । तेलको गुणस्तर परीक्षण पास भएपछि […]

शान्ति सेनामा पठाउन रकम मागेको आरोपमा मेजर थापामाथि अनुसन्धान

८ पुस, काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा पठाइदिने भन्दै रकम असूली गरेको आरोप लागेपछि नेपाली सेनाका सेनानी (मेजर) सुवास थापामाथि अनुसन्धान सुरु भएको छ । नेपाली सेनाको तालिम निर्देशनालय, भद्रकालीमा कार्यरत थापालाई हिरासतमा लिएर सैनिक प्रहरी गणले अनुसन्धान थालेको हो । जंगीअड्डा स्रोतका अनुसार थापाविरुद्ध १२ जनाले सैनिक मुख्यालयमा उजुरी दिएपछि छानबिन थालिएको […]

राष्ट्रपतिको उपस्थितिमा तमु ल्होसार मनाइने

८ मंसिर, काठमाडौं । तमु समुदायले आफ्नो महान पर्व तमु ल्होसार धुमधामले मनाउने तयारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पुस १५ गते काठमाडौंको टुँडिखेलमा उद्घाटन समारोह आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । ‘राष्ट्रिय पर्व तमु ल्होसार च्यु ल्हो (मुसा वर्ग) २०७६ को आव्हान, अस्तित्व र मौलिक पहिचानका लागि तमुवानको अभियान’ भन्ने मूलनारासहित […]

दुर्घटनाको कारण खोज्न प्रदेश १ मा समिति गठन

८ पुस, विराटनगर । प्रदेश १ सरकारले सडक दुर्घटनाको कारण र न्युनीकरणको उपाय खोजीका लागि राय सुझाव संकलन गर्न प्रदेशस्तरीय कार्यदल गठन गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले उपसचिव कमलबहादुर थापाको संयोजकत्वमा १६ सदस्य कार्यदल गठन गरेको हो । कार्यदलले सडक दुर्घटना सम्बन्धी मुख्य समस्या पहिचान गर्ने र दुर्घटना न्युनीकरणको उपायका विषयमा प्रदेशभर […]

सेनाको जागिर छाडेर भागेका व्यक्ति पेस्तोलसहित पक्राउ

८ पुस, काठमाडौं । नेपाली सेनाको जागिर छाडेर भागेका एक व्यक्तिलाई प्रहरीले कटुवा पेस्तोलसहित मंगलबार काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कपन बस्ने रामेछापको मन्थली नगरपालिका-१३ का ३५ वर्षीय रोशन वर्देवा रहेका छन् । नलकटुवा पेस्तोलसहित पक्राउ परेका वर्देवाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला अदालतका कर्मचारी दुई हजार घुससहित पक्राउ

८ पुस, बुटवल । जिल्ला अदालत रुपन्देहीका दुई कर्मचारी दुई हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसगँ मुद्दाको धरौटी रकम फिर्ता गराउनमा सहजीकरण गरिदिने भन्दै घुस लिदै गर्दा अदालतका नायब सुब्बाद्वय विनोद शर्मा र बुद्धिप्रकाश न्यौपानेलाई रंगेहात पक्राउ परेका हुन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो ।

चिनियाँलाई म्याद थप्न लैजाँदा १० वटा गाडी, सय जना प्रहरी !

८ पुस, काठमाडौं । ‘स्वीप अपरेशन’ चलाएर एकै दिन १२२ जना चिनियाँ नागरिक पक्राउ गरेको प्रहरीलाई मंगलबार अनौठो समस्या आइलाग्यो, म्याद थपका लागि कसरी लैजाने ? कानूनतः प्रहरीले कसैलाई पक्राउ गर्नुअघि अदालतबाट अनुमति लिनुपर्छ र २४ घन्टाभित्र अनुसन्धानका लागि म्याद लिनुपर्छ । तर ‘स्वीप अपरेशन’मा खटिएको टोलीसँग पक्राउ पूर्जी थिएन । कति जना छन् भन्ने […]

सीमा विवादबारे श्वेतपत्र जारी गर्न सीमा बचाऔं अभियानको माग

८ मंसिर, काठमाडौं । सिमा बचाऔं अभियानले सीमा विवादबारे श्वेतपत्र जारी गर्न माग गरेको छ । अभियानको राष्ट्रिय परिषद, नक्सा समितिको मंगलबार काठमाडौं, घट्टेकुलोमा बसेको बैठकले श्वेतपत्र जारी गर्न दवाव दिने निर्णय गरेको हो । ‘नेपाल सरकार र भारत सरकारका विभिन्न अधिकारीहरूको तर्फबाट ९८ प्रतिशत सीमा विवाद हल भइसकेको एवं कालापानी र सुस्ता मात्र विवाद […]

अर्को वर्ष धरहरा चढ्न पाइन्छ !

८ पुस, काठमाडौं । भूकम्प गएको तेस्रो वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले धराहराको भग्नावेशेषछेउ उभिएर, ‘म बनाउँछु मेरो धराहरा’ अभियानको घोषणा गरेका थिए । तर प्रधानमन्त्रीले सोचेजस्तो नागरिक स्तरबाट रकम उठ्यो, न धरहरा बन्यो । १३ पुस २०७५ बाट भने धरहरा पुनर्निर्माणले गति पाएको छ । र, १ वर्षभित्र नयाँ धरहरा ठडिने पुनर्निर्माण प्रधिकरणको दाबी […]

‘राजपा सरकारमा जाँदैन र प्रदेश २ मा सरकार फेरिँदैन’

८ पुस, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका दुई जना सदस्यले चर्चामा आएजस्तो राजपा सरकारमा जाने सम्भावना नभएको बताएका छन् । अध्यक्ष मण्डलका सदस्यद्वय शरदसिंह भण्डारी र राजकिशोर यादव राजपा सरकारमा नजाने बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनीहरुले सरकारलाई दिएको समर्थन लिइसकेकाले स्थितिमा कुनै परिवर्तन नहुँदै फेरि समर्थन गर्ने सम्भावना नरहेको बताएका […]

विराटनगर भन्सारबाट आयात-निर्यात ठप्प, वैकल्पिक मार्गको व्यवस्था गर्न उद्योगीको माग

८ पुस, विराटनगर । भारत तर्फको मीरगञ्ज  पुल मर्मत गर्ने भन्दै भारतले सवारी रोकेपछि विराटनगर भन्सार नाकाबाट हुने आयात निर्यात ठप्प भएको छ । १९ डिसेम्बरदेखि भारतले पुल मर्मतका लागि मालबहाक सवारी साधन रोकेपछि विराटनगर भन्सारबाट आयात निर्यात ठप्प भएको हो । तीन वर्षअघिको मीरगञ्ज खोलाको पुल बाढीले क्षतिग्रस्त भएको थियो । त्यसबेला पुल सञ्चालनमा […]

बेलबास–बेथरी सडक : अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन मन्त्री चौधरीको निर्देशन

८ पुस, बुटवल । निर्माणाधीन बेलबास–बेथरी सडक क्षेत्र अतिक्रमण गरेर बनाइएका घरटहरा हटाउन प्रदेश सरकारले स्थानीय तहलाई निर्देशन दिएको छ । सडक क्षेत्रमा बनेका घरटहरा लगायत संरचनाका कारण सडक निर्माणले गति लिन सकेको छैन । १ अर्ब ६८ करोड चार लाख रुपैयाँ बजेट लागत अनुमान गरी टेण्डर गरिएको बेलबास–बेथरी सडकले निर्माण आरम्भ भएदेखि कहिले डिजाइन, […]

१२२ नागरिक पक्राउमा चीनले भन्यो : काठमाडौंमा संयुक्त अपरेसन चलाइएको हो

८ पुस, काठमाडौं । चीनले शंकास्पद गतिविधिमा संलग्न भएको अभियोगमा सोमबार चिनियाँ नागरिकहरु पक्राउ गर्न संयुक्त अपरेसन चलाएको बताएको छ । चिनियाँ विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता गे सुवाङले नेपाल र चीन प्रहरीको संयुक्त अपरेसनमा उनीहरु पक्राउ परेको बताएका हुन् । उनले भने, मैले पाएको सूचनाअनुसार सीमापार साइबल अपराधमा संलग्न भएको आरोपमा उनीहरु […]

भारतीय राजदूत पुरीले गरे राष्ट्रपति र प्रधानमन्त्रीसँग विदाई भेट

८ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले विदाई भेटघाट गरेका छन् । पुरीले राष्ट्रपति भण्डारीलाई राष्ट्रपति भवन शीतल निवास र प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार छुट्टा छुट्टै विदाई भेटघाट गरेका हुन् । राष्ट्रपति भण्डारी सँगको विदाई भेटमा नेपाल र भारतबीच रही आएको आपसी […]



from समाचार – Online Khabar https://ift.tt/2sY5fsk
via IFTTT
Powered by Blogger.