समाचार
१९ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले शुक्रबार विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न अन्तरकालीन आदेश दिएको छ । साथै दुबै पक्षलाई अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाइएको छ । पूर्वसचिव द्वारिकानाथ ढुंगेल, सुकदेव खत्री, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायतले निजगढ […]
२० मंसिर, रामेछाप । रामेछाप जिल्लामा आगलागीबाट बच्नका लागि जिल्लाका सबै स्थानीय तहले कम्तिमा पनि १० वटा फायर एक्सटिंग्विशर(अग्निशमन यन्त्र) राख्नु पर्ने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार मन्थलीमा बसेको बैठकले सो निर्णय गरेको हो । रामेछाप सुक्खाग्रस्त जिल्ला भएको र पर्याप्त पानी समेत नभएको कारण आगलागी भइ हाले तत्काल नियन्त्रणको लागि फायर […]
२० मंसिर, काठमाडौं । १३ औं साग अन्तरगत टि–२० क्रिकेट म्याचमा नेपालले माल्दिभ्समाथि ८४ रनको सहज जित हात पारेको छ । पहिलो ब्याटिङ गरेको नेपालले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सले २० ओभर खेल्दै ६ विकेट क्षतिमा ७९ रन मात्रै जोड्न सक्यो । नेपालका लागि तीन स्पिनरहरुले आपसमा ५ विकेट बाँडेका थिए […]
२० मंसिर, काठमाडौं । झापामा दुई वटा गाडीको ठक्करबाट शुक्रबार बिहान एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका-३ का ७० वर्षीय हरि प्रसाद न्यौपाने रहेका छन् । मेचीनगर नगरपालिका-१२ र बुद्धशान्ति गाउँपालिका-३ को सिमानामा पर्ने धाइजन चोकस्थित सडकमा प्रदेश नम्बर १-०१-००१ ज ३४०० नम्बरको बलेरोले ठक्कर दिइ लडेको अवस्थामा मे.१ ज […]
२० मंसिर, काठमाडौं । गभर्नर डा. चिरञ्जीबी नेपालले बैंकहरुको काम गराई देखेर आफूलाई लाज लागेको बताएका छन् । शुक्रबार जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंक मर्जरपछिको उद्घाटन समारोहलाई सम्वोधन गर्दै गभर्नर नेपालले बैंकहरुको पछिल्लो काम गराइ नै लाजमर्दो भएको टिप्पणी गरेका हुन् । बैंककै कर्मचारीका कारण खाताको रकम चोरी भएको भन्दै उनले यसले आफूलाई […]
२० मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार १० हजार मिटर दौडमा स्वर्ण जितेपछि धाविका सन्तोषी श्रेष्ठ चर्चित बनिन् । एथलेटिक्समा स्वर्ण जित्ने पहिलो नेपाली महिला भएका कारण उनको चर्चा स्वाभाविक पनि थियो । यसअघि श्रीलंकामा भएको सागमा कान्छीमाया कोजुले जितेको कास्य नै नेपालका लागि ठूलो पदक थियो । त्यसैले मंगलबार […]
२० मंसिर, काठमाडौं । जनकपुरमा ‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै सडकमा हिँड्नेसँग रकम असुली गर्ने एक जना पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका-४ आनन्दनगर बस्ने ३० वर्षीय प्रतिक कुमार चौधरी पक्राउ परेका हुन् । सर्लाहीको लालबन्दीबाट आएको ‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै जनकपुर उपमहानगरपालिका-२४ स्थित सोनासति मन्दिर अगाडि सोना पाडा जाने बाटोमा हिँडडुल […]
२० मंसिर, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो पटक बोलकबोल (अक्सन) प्रक्रियामार्फत फ्रिक्वेन्सी बिक्री गर्ने भएको छ । १८०० मेगाहर्जको फ्रिक्वेन्सी ब्यान्ड बोलकबोलमा सेवा प्रदायकलाई दिन लागिएको हो । यो फ्रिक्वेन्सीमा जसले बढी मूल्य लगाउने छ, उसैले पाउने प्राधिरकरणका प्रवक्ता तथा निर्देशक मिनप्रसाद आर्यालले बताए । यसअघि नै प्राधिकरणले एकैपटक ९०० मेगाहर्ज, १८०० मेगाहर्ज र […]
२० मंसिर, विराटनगर । सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले दोस्रो पटक ७ दिनको म्याद थप गराएको छ । गत सोमबार ४ दिनको म्याद थप गरेको सुनसरी प्रहरीले जिल्ला अदालतबाट शुक्रबार सात दिनको म्याद थप गराएको हो । ‘माइनर हर्टएट्याक’का कारण विराट नर्सिङहोममा उपचार गराइरहेका गिरीलाई शुक्रबार एम्बुलेन्समा हालेर पुर्याएपछि सुनसरी जिल्ला अदालतले म्याद थप गरेको हो […]
२० मंसिर, ललितपुर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कृषिमा आधुनिकीकरण, उद्योगको विकास, ऊर्जा, शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकास गरेर अघि बढ्न सरकार क्रियाशील रहेको बताएका छन् । गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही नमूना मावि भवनको हस्तान्तरण कार्यक्रममा उनले सरकारले समृद्धिका लागि यी पाँच आधार तय गरेको बताए । सरकारी स्वामित्वका उद्योगहरु धराशायी हुनाका कारण खोजी […]
२० मंसिर, गुल्मी । गुल्मीमा १० वर्षीया बालिका बलात्कृत भएकी छन् । स्कूल जाने क्रममा बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बालिका बिहीबार विहान स्कुल जान दाजुहरुसँगै गाडी चढेकी थिइन् । तर, चालकले दाजुलाई एक ठाउँमा छोडेर बालिकालाई अर्कै ठाउँमा लिएर बलात्कार गरेको डीएसपी मिनबहादुर घलेले बताए । बलात्कृत बालिकाका दाजुले […]
२० मंसिर, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकका प्रमुख कार्यकारी अधिकृतको तलब वृद्धिले मात्र मुलुकलाई फाइदा नहुने बताएका छन् । ग्लोबल आइएमई बैंक र जनता बैंक गाभिएर एकीकृत सेवा शुभारम्भ समारोहलाई सम्वोधन गर्दै अर्थमन्त्री खतिवडाले सीईओको तलब वृद्धिका विषयमा सोच्ने बेला आएको बताए । ‘हिजो ५० हजार खाने सीईओहरु १ लाख, २ लाख, ५ […]
२० मंसिर, नवलपरासी । पूर्वी नवलपरासी र पश्चिम नवलपरासीमा गरी एक वर्षमा ४४ वटा बलात्कारका घटना भएका छन् । प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्षमा मात्रै २ जिल्लामा ४४ महिलामाथि बलात्कार भएको उजुरी परेको हो । जसमध्ये पश्चिम नवलपरासीमा २७ वटा र पूर्वी नवलपरासीमा १७ वटा उजुरी परेको प्रहरीको तथ्यानंकमा उल्लेख छ । यस्तै पश्चिम नवलपरासीमा […]
१८ मंसिर, काठमाडौं । नागढुंगामा सुरुङमार्गको निर्माण अघि बढाएको सरकारले अब सिस्नेखोलादेखि मुग्लिनसम्मको सडक पनि फराकिलो बनाउने तयारी गरेको छ । नारायणगढ-मुग्लिन खण्डकै स्वरुपमा मुग्लिनदेखि सिस्नेखोला (धादिङतर्फको सुरुङको मुख) सम्म सडक विस्तार गर्न लागेको हो । यो खण्ड पुरै चार लेनको बनाउने योजना हाललाई स्थगित गर्दै सरकारले विस्तारको लागि डिजाइन गरेको छ । विश्व बैंकको […]
२० मंसिर, काठमाडौं । चालु आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्ने देखिएपछि सरकारले संवेदनशिल भन्सार नाकामा अनुगमन तथा गस्ती बढाउने भएको छ । राजस्व चुहावट नियन्त्रण उच्चस्तरीय अनुगमन समितिको बैठकले संवेदनशिल मानिएका भन्सार नाकामा केन्द्रिय स्तरका निकायबाटै संयुक्त अनुगमन गर्ने निर्णय गरेको हो । अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीका अनुसार भन्सार विभाग, आन्तरिक राजस्व […]
२० मंसिर, चितवन । चितवनमा बन्न लागेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि नारायणगढमा रहेको लिटिल फ्लावर विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले २ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । लिटिल फ्लावर विद्यालयका विद्यार्थी तथा शिक्षकबाट संकलित २ लाख रुपैयाँ धुर्मुस-सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’लाई हस्तान्तरण गरिएको विद्यालयका प्रिन्सिपल रोवी केयुले जानकारी दिए । बिहीबार […]
२० मंसिर, काठमाडौं । गल्फर सुवास तामाङले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा दोहोरो स्वर्ण जितेका छन् । उनले व्यक्तिगत र टिम इभेन्टतर्फ स्वर्ण जितेका हुन् । सागमा नेपालले गल्फमा जितेको यो नै पहिलो स्वर्ण हो । १७ वर्षका सुवासले सुवासले अन्तिम दिन ३ अन्डर ६९ स्कोरहसित कूल १५ अन्ड २७८ स्कोर बनाए । उनले […]
२० मंसिर, वीरगञ्ज । वीरगञ्जको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) र सुख्खा बन्दरगाहबीचको जग्गाका वासिन्दा मुआब्जाको विरोधमा प्रदर्शनमा उत्रिएका छन् । हालै जिल्ला मुआब्जा निर्धारण समितिले तोकेको आईसीपी र सुख्खा बन्दरगाहबीचको ६२ विघा जग्गाको मुआब्जा कम भएको भन्दै उनीहरुले ड्राइपोर्टदेखि परवानीपुर जाने छ लेन सडक अवरुद्ध गरेका छन् । सरकारले अधिग्रहण गरेको उक्त जग्गालाई १३ […]
२० मंसिर, पोखरा । भारोत्तोलनमा नेपालका कमलबहादुर अधिकारी कास्य पदक जितेका छन् । १३औं दक्षिण एसियाली खेलकुद ९साग० मा ६७ केजी समूहमा प्रतिस्पर्धा गरेका उनी तेस्रो भएका हुन् । उनले स्न्याच र क्लिन एण्ड जर्क गरी कुल २५२ केजी भार उठाए । उनले स्न्याचमा ११२ र क्लीन एण्ड जर्कतर्फ १४० तौल गरी कुल २५२ तौल […]
२० मंसिर, बागलुङ । कालीगण्डकी नदीमा मात्र पाइने दुर्लभ एवं बहुमूल्य शिला शालिग्राम अब सङ्ग्रहालयमा देख्न पाइने भएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर परिसरमा भूमिगत ‘स्वामी श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय’ निर्माण गरिएको हो । सङ्ग्रहालयको आइतबार पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलगायतबाट सामूहिक उद्घाटन हुँदैछ । छिटपुटबाहेक सङ्ग्रहालय निर्माणको काम सकिएको मन्दिरका अध्यक्ष […]
२० मंसिर, काठमाडौं । महोत्तरी, गौशलाका नरेशसिंह कुशहवाले उखुखेती गर्न थालेको ३२ वर्ष नाघ्यो । उनका बाबु र बाजेले सामान्य आयआर्जनका लागि सानो क्षेत्रमा उखुखेती गर्थे । ०५३ मा घरनजिकै चिनी उद्योग स्थापना भएपछि कुशहवाले यसलाई विस्तार गरे । कुशहवाजस्तै धेरै किसानहरू हौसिए– अब दुःखका दिन गए । नगदेबालीका रूपमा रहेको उखुले अब आर्थिक अवस्था […]
from समाचार – Online Khabar https://ift.tt/2OWe6mK
via IFTTT





















