समाचार
२१ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा नेपालले स्वर्ण पदक जितेको छ । पुरुषतर्फको स्पर्धामा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे । यस स्पर्धामा भारतीय खेलाडी दोस्रो र तेस्रो हुँदै रजत र कास्य पदक जिते […]
२१ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अनुमती मिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सन्दर्भमा सर्वोच्च अदालतमा बहसका लागि आफैं जान तयार रहेको बताएका छन् । यो आयोजना राष्ट्रिय महत्व र देशको भविष्यसँग जोडिएका कारण आफैं बहसमा जान तयार रहेको बताएका हुन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन स्थापना दिवसको उपलक्ष्यमा शनिबार राजधानीमा […]
२१ मंसिर, रामेछाप । ढुङ्गामाटोको गारो, बहिरबाट लिप्सिएर सेतो कमेरो अनि रातो माटोले पोतेर टिलिक्क टल्कने भित्ता अनि खरको छानो । पुराना नेपाली घरको पहिचान हो यो । तर अब यो एकादेशको कथाजस्तो भएको छ । मानव स्वास्थ्यका लागि हितकर र वातानुकुलित यस्ता घरहरु लोप हुँदै गएका छन् । ढुङ्गा माटोको सट्टामा इँटा र सिमेन्टको […]
२१ मंसिर, धनुषा । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत कुस्ती खेल भइरहेको जनकपुरधामस्थित कभर्ड हल नजिकै भएको पटाका बिष्फोटमा एक बालक घाइते भएका छन् । पटाका बिष्फोटबाट जनकपुरधाम उपमहानगरपालिका १३ निवासी ११ वर्षीय आलोक राउत घाइते भएका हुन् । कुस्ती प्रतियोगिताको उदघाटन सत्रमा बाहिर पटाका पड्काएर आतिसबाजी गरिएको थियो । आतिसबाजीका क्रममा पड्किन […]
२१ मंसिर, काठमाडौं । बंगलादेशविरुद्ध १५६ रनको लक्ष्य पछ्याएको नेपालले खराव सुरुआत गरेको छ । नेपालले १४ रन बनाउँदा नै ३ वकेट गुमाएको छ । पारस खड्का १६ बलमा ९ रन बनाएर आउट भएन भने पवन सर्राफ र आरिफ शेख एक रन पनि नजोडी आउट हुन पुगे । बंगलादेशका लागि तानवीर ईस्लामले २२ विकेट लिइसकेका […]
२१ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको पुरुष क्रिकेटमा बंगलादेशले नेपाललाई १५६ रनको लक्ष्य दिएको छ । बंगलादेशले पुरै २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो । बंगलादेशले सम्मानजनक स्कोर तयार गर्ने क्रममा कप्तान होसिन सान्तोलले ६० बलमा ७५ रन बनाएर कप्तानी पारी खेले । अफिफ हुसेनले पनि आक्रामक पारी खेल्दै […]
२१ मंसिर, पोखरा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कर्मचारी मुन्द्रा लगाउनेसँग नडराउन र गैंडासँग नलोभिन कर्मचारीहरुलाई निर्देशन दिएकी छन् । शनिवार पोखरामा आयोजित ‘आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रगति समीक्षा गोष्ठी’लाई सम्बोधन गर्दै मन्त्री अर्यालले मालपोत र नापी सुध्रिएछन् भन्ने देखाउने गरी काम गर्न निर्देशन दिइन् । तर कमजोर मनस्थिती […]
२१ मंसिर, काठमाडौं । नेपाल प्रहरीले ८ एसपी र २१ डिएसपीको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय कानुन शाखाका एसपी जनार्दन बीसीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जामा, स्याङ्जाका राजकुमार लम्साललाई जगेडापुल नक्सालमा सरुवा गरिएको छ । यसैगरी सर्लाहीका गोपाल चन्द्र भट्टराई प्रहरी प्रधान कार्यालयको कानुन शाखामा सुरुवा भएका छन् । सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयका […]
२१ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडअन्तर्गत महिलातर्फको स्पर्धामा नेपाल दोस्रो भएको छ । श्रीलंका पहिलो हुँदै स्वर्ण जित्दा नेपालकी पुष्पा भण्डारी दोस्रो भइन् । उनले निर्धारित दुरी २ घण्टा ५० मिनेट ११ सकेण्डमा पार गरिन् । पहिलो भएकी श्रीलंकाकी खेलाडी हिरुनी केसाले भने २ घण्टा ४१ […]
२१ मंसिर, काठमाडौं । टुँडिखेललाई अतिक्रमणबाट जोगाउन भन्दै शुरु भएको अकुपाई टुँडिखेल अभियानको पाँचौ दिन शनिबार खेलाडीहरु सहभागी भएका छन् । ‘देशका लागि खेलाडी, खेलाडीका लागि टुँडिखेल’ भन्ने नाराका साथ अभियानको पाँचौ कार्यक्रम सम्पन्न गरिएको हो । शनिबार टुँडिखेलभित्र आयोजना गरिएको कार्यक्रममा खुला स्थानको महत्वबारे चर्चा गरियो । १३ औं दक्षिण एसियाली खेलकुद (साग) काठमाडौंमै […]
बोष्टन । अमेरिकामा सञ्चालित नेपाली भाषा स्कुल ‘नेपाली क्लास, बोष्टन’ले पाँचौ अभिभावक दिवस मनाएको छ । समरभिल सिटीस्थित अल्बर्ट एफ अर्जेनसियानो स्कुलमा आयोजित कार्यक्रममा विद्यार्थी शिक्षक, अभिभावक, स्वयंसेवक गरी करिब चार सय जनाको सहभागीता थियो । २०१९ शैक्षिक वर्षमा अध्ययनरत ५ देखि १५ वर्ष उमेरका १६० जना बालबालिकालाई सिकाइएको नेपाली भाषा, सँस्कृति, अनुशासन, नृत्य, नाटक, […]
२१ मंसिर, वीरगञ्ज । संघीय सरकारले यस वर्ष किसानबाट धान खरीद गर्न बजार भाउभन्दा करिब १० प्रतिशत बढी समर्थन मूल्य निर्धारण गरेको छ । मूल्य निर्धारणसँगै यसपालि वीरगञ्ज महानगरपालिका–२४ बहुअरीका किसान कपिलदेव यादवले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखालाई धान बेच्ने सोच बनाएका छन् । यसपालि सरकारले किसानबाट धान खरीद गर्ने मूल्य निजीस्तरका […]
२१ मंसिर, काठमाडौं । ‘ए यो फोहोर फाल्ने ठाउँ हो ? मलाई त थाहै थिएन,’ माइतीघरमा पैदल लम्किरहेका उत्तमबहादुर गजमेर भन्दै थिए । माइतीघरबाट भद्रकालीतर्फ जाने एकतर्फी सडकको मुख नजिकै राखिएको डस्टबिनबारे हामीले उनलाई सोधेका थियौ । सडकको किनारामा सोलार बत्तीसहित राखिएको चिट्टिक्क परेको स्मार्ट डस्टबिनलाई उनले चार्जिङ स्टेसन भन्ठानेका रहेछन् । ‘म बसन्तपुर भन्दा […]
२० मंसिर, काठमाडौँ । स्वर सम्राट नारायण गोपालको सम्झनामा ‘नारायण गोपाल पेमला सुरमय गीत–गंगा’ भवन निर्माण हुने भएको छ । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुने ‘नारायण गोपाल पेमला सुरमय गीत–गंगा’ भवनको बिहीबार काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शिल्यान्यास गरे । करीब ६ करोडको लगानीमा बन्न लागेको सो भवनको शिल्यान्यास गर्दै मेयर शाक्यले आफू निर्वाचित […]
२१ मंसिर, काठमाडौं । किसान र व्यवसायीको आ-आफ्ना अडानपछि उखुको समर्थन मूल्य सिफारिस प्रक्रिया लम्बिने भएको छ । उखु किसानहरुले मूल्य नबढाए उखु खेति नै छोड्ने चेतावनी कषि तथा पशुपन्छी विकास मन्त्री धनश्याम भुसाललाई दिएका छन् भने उद्योगीहरु मूल्य बढाउन नसकिने अडानमा छन् । सिंहदरबारमा भएको त्रिपक्षीय छलफलमा आफूहरुले मल, बीउ, श्रमिक लागत जस्ता कुराले […]
२० मंसिर, काठमाडौं । संघीय सरकारको नीतिलाई काठमाडौं महानगरले सफल बनाउने योजना बनाएको छ । आर्थिक वर्ष २०७५–७६ को बजेट वक्तव्यमा उल्लेख भएको ‘कोही भोकै पर्दैन, कोही भोकै मर्दैन’ भन्ने संघीय सरकारको योजना सफल बनाउन महानगरले अभियान शुरु गर्ने मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए । केहि साता अघि भरतपुर महानगरलाई सडक मानवमुक्त सहर घोषणा गरिएको […]
२१ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथन दौड सुरु सुरु भएको छ । बिहान सात बजे दशरथ रंगशालाबाट दौड सुरु भएको हो । दौडमा पुरुषतर्फ ८ जना र महिलातर्फ ७ जना प्रतिस्पर्धी छन् । पुरुष र महिला दुवैमा नेपालबाट २-२ जना सहभागी छन् । पुरुषतर्फ किरणसिंह बोगटी र होमलाल […]
२१ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष क्रिकेटमा नेपालले शनिवार स्वर्ण दाबेदार बंगलादेश यू २३ सँग खेल्दैछ । यो खेल जितेमा नेपाल फाइनलमा पुग्ने छ । पाँच राष्ट्र सहभागी राउण्ड रोविन लिगको पहिलो खेलमै श्रीलकासँग ६ विकेटले पराजित भएको नेपालले त्यसयता भुटान र माल्दिभ्सविरुद्ध सहज जित हात पारेको छ । स्वर्णको […]
२१ मंसिर, काठमाडौं । फ्रान्समा पेन्सन सुधारको विरोधमा भएको देशव्यापी हडतालले जनजीवन प्रभावित भएको छ । स्कुल, सरकारी कार्यालयको काम प्रभावित भएको छ भने यातायात सेवा लगभग ठप्प छ । धेरै ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । राजधानी पेरिसमा हालसम्म ८७ जनालाई हिरासतमा लिइएको छ । फ्रान्समा कामकाजी वर्ग पेन्सन योजनामा प्रस्तावित सुधारबाट […]
२१ मंसिर, वाशिंगटन । अमेरिकाको राजधानी वाशिंगटन डिसीस्थित भारतीय राजदूतावासमा नेपालको भूमि अतिक्रमणविरुद्ध विरोध पत्र पेश भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले विरोध पत्र पेश गरेको हो । भारतीय सरकारले हालै प्रकाशित गरेको नक्शामा नेपालका भूभागहरु कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्रहरु गलत तरिकाले नक्शाभित्र पारिएकाले विरोध पत्र पेश गरिएको एनआरएनए अमेरिकाले जनाएको छ […]
२० मंसिर, पोखरा । दक्षिण एसियाली खेलकुद (साग) भारोत्तोलनबाट नेपाललाई स्वर्ण दिलाउने कीर्तिमानी खेलाडी हुन् कमलबहादुर अधिकारी । उनले सन् २००६ मा श्रीलंकामा भएको दशौं सागमा स्वर्ण जितेका थिए । त्यसपछिका दुई संकरणमा नेपालले स्वर्ण जितेन । नेपालमै भएको १३ औं सागको तयारी गर्दा कमलको लक्ष्य थियो, नेपाललाई फेरि स्वर्ण दिलाउने । ११औं सागमा उनको […]
from समाचार – Online Khabar https://ift.tt/2rqNMbx
via IFTTT






















