Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

नारायण गोपालको सम्झनामा गीत–गंगा भवन बन्ने

२० मंसिर, काठमाडौँ । स्वर सम्राट नारायण गोपालको सम्झनामा ‘नारायण गोपाल पेमला सुरमय गीत–गंगा’ भवन निर्माण हुने भएको छ । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुने ‘नारायण गोपाल पेमला सुरमय गीत–गंगा’ भवनको बिहीबार काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शिल्यान्यास गरे । करीब ६ करोडको लगानीमा बन्न लागेको सो भवनको शिल्यान्यास गर्दै मेयर शाक्यले आफू निर्वाचित […]

उखुको समर्थन मूल्यमा किचलो, उद्योगी र किसानको आ-आफ्नो अडान

२१ मंसिर, काठमाडौं । किसान र व्यवसायीको आ-आफ्ना अडानपछि उखुको समर्थन मूल्य सिफारिस प्रक्रिया लम्बिने भएको छ । उखु किसानहरुले मूल्य नबढाए उखु खेति नै छोड्ने चेतावनी कषि तथा पशुपन्छी विकास मन्त्री धनश्याम भुसाललाई दिएका छन् भने उद्योगीहरु मूल्य बढाउन नसकिने अडानमा छन् । सिंहदरबारमा भएको त्रिपक्षीय छलफलमा आफूहरुले मल, बीउ, श्रमिक लागत जस्ता कुराले […]

संघीय सरकारको नीतिलाई महानगरले सफल बनाउने

२० मंसिर, काठमाडौं । संघीय सरकारको नीतिलाई काठमाडौं महानगरले सफल बनाउने योजना बनाएको छ । आर्थिक वर्ष २०७५–७६ को बजेट वक्तव्यमा उल्लेख भएको ‘कोही भोकै पर्दैन, कोही भोकै मर्दैन’ भन्ने संघीय सरकारको योजना सफल बनाउन महानगरले अभियान शुरु गर्ने मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए । केहि साता अघि भरतपुर महानगरलाई सडक मानवमुक्त सहर घोषणा गरिएको […]

१३ औं साग : म्याराथन दौड सुरु, तोडिएला बैकुण्ठको रेकर्ड ?

२१ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथन दौड सुरु सुरु भएको छ । बिहान सात बजे दशरथ रंगशालाबाट दौड सुरु भएको हो । दौडमा पुरुषतर्फ ८ जना र महिलातर्फ ७ जना प्रतिस्पर्धी छन् । पुरुष र महिला दुवैमा नेपालबाट २-२ जना सहभागी छन् । पुरुषतर्फ किरणसिंह बोगटी र होमलाल […]

१३ औं साग : पुरुष क्रिकेटमा नेपालले बंगलादेशसँग खेल्दै

२१ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष क्रिकेटमा नेपालले शनिवार स्वर्ण दाबेदार बंगलादेश यू २३ सँग खेल्दैछ । यो खेल जितेमा नेपाल फाइनलमा पुग्ने छ । पाँच राष्ट्र सहभागी राउण्ड रोविन लिगको पहिलो खेलमै श्रीलकासँग ६ विकेटले पराजित भएको नेपालले त्यसयता भुटान र माल्दिभ्सविरुद्ध सहज जित हात पारेको छ । स्वर्णको […]

पेन्सन सुधारको विरोधमा फ्रान्समा हड्ताल, देशभरको जनजीवन प्रभावित

२१ मंसिर, काठमाडौं । फ्रान्समा पेन्सन सुधारको विरोधमा भएको देशव्यापी हडतालले जनजीवन प्रभावित भएको छ । स्कुल, सरकारी कार्यालयको काम प्रभावित भएको छ भने यातायात सेवा लगभग ठप्प छ । धेरै ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । राजधानी पेरिसमा हालसम्म ८७ जनालाई हिरासतमा लिइएको छ । फ्रान्समा कामकाजी वर्ग पेन्सन योजनामा प्रस्तावित सुधारबाट […]

वाशिंगटनस्थित भारतीय दूतावासमा एनआरएनले बुझायो विरोध पत्र

२१ मंसिर, वाशिंगटन । अमेरिकाको राजधानी वाशिंगटन डिसीस्थित भारतीय राजदूतावासमा नेपालको भूमि अतिक्रमणविरुद्ध विरोध पत्र पेश भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले विरोध पत्र पेश गरेको हो । भारतीय सरकारले हालै प्रकाशित गरेको नक्शामा नेपालका भूभागहरु कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्रहरु गलत तरिकाले नक्शाभित्र पारिएकाले विरोध पत्र पेश गरिएको एनआरएनए अमेरिकाले जनाएको छ […]

सागमा चम्किए चेली, नेपालले जितेको ४१ स्वर्णमध्ये २२ महिला खेलाडीको नाममा

२१ मंसिर, काठमाडौं । आजका पत्रिकाहरुमा १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्ने अधिकांश नेपाली खेलाडीहरु महिला रहेको समाचार छ । नेपाली महिला खेलाडीले स्वर्ण पदक मात्र जितेका छैनन्, नयाँ कीर्तिमान समेत कायम गरेका छन् । १३ औं सागमा शुक्रबारसम्म नेपालले ४१ स्वर्ण पदक जितेको छ । २२ स्वर्ण पदक महिला खेलाडीको नाममा छ […]

जुत्तासँगै चिप्लियो कमलको स्वर्ण सपना !

२० मंसिर, पोखरा । दक्षिण एसियाली खेलकुद (साग) भारोत्तोलनबाट नेपाललाई स्वर्ण दिलाउने कीर्तिमानी खेलाडी हुन् कमलबहादुर अधिकारी । उनले सन् २००६  मा श्रीलंकामा भएको दशौं सागमा स्वर्ण जितेका थिए । त्यसपछिका दुई संकरणमा नेपालले स्वर्ण जितेन । नेपालमै भएको १३ औं सागको तयारी गर्दा कमलको लक्ष्य थियो, नेपाललाई फेरि स्वर्ण दिलाउने । ११औं सागमा उनको […]

टुटल र पठाओको अन्तरकथा : किन रोक्छ सरकार ?

२० मंसिर, काठमाडौं । भारतीय नाकाबन्दीका बेला ०७२ सालमा सवारी साधनमा ‘लिफ्ट कल्चर’ लोकप्रिय भयो । धेरै मोटरसाइकल र निजी गाडीले सवारी साधन कुरिरहेका यात्रुलाई आफ्नो रुटमा लिफ्ट दिएर सहयोग गरे । नाकाबन्दीपछि पनि नेपाली युवाको समूहले त्यही ‘लिफ्ट कल्चर’लाई व्यवसायिक रुप दिने गरी ‘टुटल एप’ प्रयोगमा ल्यायो । यस्तो एप धेरै देशहरु सुरु भइसकेको […]

लय गुमाउँदै केन्द्रीय अनुसन्धान ब्युरो

२० मंसिर, काठमाडौं । जटिल र गहन प्रकृतिका अपराध अनुसन्धानका लागि तयार पारिएको नेपाल प्रहरीको विशिष्टकृत इकाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) हो । यसमा रहेका ६ पिल्लरले भिन्नाभिन्नै प्रकृतिका अपराध अनुसन्धान गर्छन् । पिल्लर नं. ३ को जिम्मेवारी बैंकिङ कसुरसम्बन्धी अपराधको अनुसन्धान गर्नु हो । तर, पछिल्लो तीन महिनामा बैंकको सुरक्षा प्रणाली र लापरवाहीमाथि चुनौति […]

निजगढ विमानस्थलको काम अघि नबढाउन सर्वोच्चको आदेश

१९ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले शुक्रबार विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न अन्तरकालीन आदेश दिएको छ । साथै दुबै पक्षलाई अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाइएको छ । पूर्वसचिव द्वारिकानाथ ढुंगेल, सुकदेव खत्री, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायतले निजगढ […]

नारायण गोपालको सम्झनामा गीत–गंगा भवन बन्ने

२० मंसिर, काठमाडौँ । स्वर सम्राट नारायण गोपालको सम्झनामा ‘नारायण गोपाल पेमला सुरमय गीत–गंगा’ भवन निर्माण हुने भएको छ । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुने ‘नारायण गोपाल पेमला सुरमय गीत–गंगा’ भवनको बिहीबार काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शिल्यान्यास गरे । करीब ६ करोड रुपैयाँ लागतमा बन्न लागेको सो भवनको शिल्यान्यास गर्दै मेयर शाक्यले आफू […]

६ वर्षीया बालिका बलात्कारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ

२० मंसिर, वीरगञ्ज । प्रहरीले ६ वर्षीया बालिका बलात्कारको घट्नामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिका नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचाररत बालिकाले दिएको बयानको आधारमा उनलाई शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिलाई बारा प्रहरीले नियन्त्रणमा राखेर थप अनुसन्धान […]

संसदीय कचहरी : बिहेमा कति जन्ती बोलाउने ?

२० मंसिर, काठमाडौं । संसदको विधायन व्यवस्थापन समितिले शुक्रबार सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा सामाजिक व्यवहार सुधार ऐन २०३३ को कार्यान्वयन मापनबारे छलफलको आयोजना गरेको थियो । कार्यक्रममा तर्क–वितर्कको मुख्य केन्द्रबिन्दुमा थियो– कुन भोजमा कतिलाई बोलाउने ? जन्तीको संख्या कति तोक्ने ? पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौलाले मौजुदा कानुनलाई खारेज गर्न सुझाव दिए […]

‘सरकार हामीलाई चिनी ‘तितो’ भयो !’

२० मंसिर, काठमाडौं । महोत्तरी, गौशलाका नरेशसिंह कुशहवाले उखुखेती गर्न थालेको ३२ वर्ष नाघ्यो । उनका बाबु र बाजेले सामान्य आयआर्जनका लागि सानो क्षेत्रमा उखुखेती गर्थे । ०५३ मा घरनजिकै चिनी उद्योग स्थापना भएपछि कुशहवाले यसलाई विस्तार गरे । कुशहवाजस्तै धेरै किसानहरू हौसिए– अब दुःखका दिन गए । नगदेबालीका रूपमा रहेको उखुले अब आर्थिक अवस्था […]

अनि स्वर्ण जित्ने सपना पूरा भएन ….

२० मंसिर, काठमाडौं । तेक्वान्दोकी स्टार खेलाडी मनिता शाहीले रत्तिभर पनि सोचेकी पनि थिइनन्, ‘ १३ औं सागमा रजत पदकमा चित्त बुझाउनुपर्छ ।’ तर नसोचको भयो । उनको आँसु रोकिएन । हारको पीडामा रहेकी उनले आाफूलाई सम्हाल्न सकेकी छैनन् । हारेको खेलको हरेक क्षण आँखामा नाचिरहन्छ । अनि आफैंलाई प्रश्न गर्छिन्, ‘के म साँच्चिकै कमजोर […]

माघको पहिलो हप्तासम्म राष्ट्रियसभाको निर्वाचन !

२० मंसिर, काठमाडौं । निर्वाचन आयोग राष्ट्रियसभाको आगामी निर्वाचन माघको पहिलो हप्ता गर्ने गरी तयारी सुरु गरेको छ । संघीय संसद् सचिवालयले राष्ट्रियसभा निर्वाचनका लागि तयारी गर्न अनुरोध गर्दै आयोगलाई पत्राचार गरेको थियो । ‘१४ मंसिरमा उपनिर्वाचन सम्पन्न गरेपछि राष्ट्रियसभाको निर्वाचनका लागि आन्तरिक तयारीमा जुटेका छौं’ प्रवक्ता राजकुमार श्रेष्ठले अनलाइनखबरसँग भने । आयोगले यही विषयमा […]

इमोमार्फत ५ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

२० मंसिर, वीरगञ्ज । सामाजिक सञ्जाल ‘इमो’को प्रयोग गरी नगद ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पर्साको बहुदरमाई नगरपालिका-८ बस्ने मुकेश साह तेलीलाई बिहीबार इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । तेलीले बाराको जितपुर सिमरा उपमहानगरपालिका-१५ की एक महिलालाई इमोमार्फत २५ लाख रुपैयाँ चिठ्ठा परेको […]

सैनामैनामा प्लाष्टिक निषेध गरिँदै

२० मंसिर, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा प्लाष्टिकजन्य पदार्थको प्रयोग निषेध गर्ने तयारी भएको छ । यसअघि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले एक वर्षअघि नगरपालिकालाई प्लाष्टिकजन्य वस्तु निषेध क्षेत्र घोषणा गरिसकेको छ । प्लाष्टिक निषेध क्षेत्र घोषणा गर्ने विषयमा नगरभित्रका राजनीतिक दल, व्यवसायिक र सामाजिक संघसंस्था एवं स्थानियले सहयोग गर्ने ऐक्यवद्धता जनाएका छन् । शुक्रबार नगरपालिकाले प्लाष्टिकजन्य […]

वीरगञ्जमै ब्रेन ट्युमरको सफल उपचार

२० मंसिर, वीरगञ्ज । वीरगञ्ज हेल्थ केयर अस्पतालले ‘ब्रेन ट्युमर’को सफल उपचार गरेको छ । पर्साको जिराभवानी गाउँपालिका–३ को २२ वर्षीया ईन्दु कुमारी महतोको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको हो । ब्रेन ट्युमरको शल्यक्रियामा ८० हजार रुपैयाँ लिएको शुक्रबार पत्रकार सम्मेलन गरेर अस्पतालले जनाएको छ । औषधी लगायत अन्य खर्च जोड्दा उपचारमा १ लाखको हाराहारीमा […]



from समाचार – Online Khabar https://ift.tt/2YnE85o
via IFTTT
Powered by Blogger.