समाचार
२१ मंसिर, काठमाडौं । चितवनको राप्ती नगरपालिका ४ मा शनिबार साँझ अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । घटनामा एक जना गम्भीर घाइते छन् । चेपाङमार्ग भएर चौकी डाँडातर्फ आउँदै गरेको ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा ५ जनाको मृत्यु भएको ईलका प्रहरी कार्यालय भण्डाराले जनाएको छ । घटनामा परी […]
काठमाडौं । श्रीलंकामाथि शानदार जित हात पार्दै भुटान १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा भुटानले श्रीलंकालाई ३-० ले हरायो । नेपालसँग ४-० ले हारेको भुटानले बलिया टोलीहरु बंगलादेश, माल्दिभ्स र श्रीलंकालाई हरायो । र पहिलो पटक सागको फाइनलमा प्रवेश गरेको छ । दशरथ […]
२१ मंसिर, पोखरा । १३औं साग भारोत्तोलनअन्तर्गत नेपालले तेस्रो दिन २ रजत र ४ कास्य पदक जित्न सफल भएको छ । योसँग्ौ जारी संस्करणमा नेपालको पदक संख्या २ स्वर्ण, २ रजत र १० कास्य पुगेको छ । रोचक के छ भने, पदक तालिकामा नेपाली महिला र पुरुष खेलाडीले समान स्वर्ण, समान रजत र समान कास्य […]
२१ मंसिर, पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत महिला फुटबलमा फाइनल अघि नेपाल भारतसँग पराजित भएको छ । पोखरा रंगशालामा भएको खेलमा भारतले आयोजक नेपाललाई १-० गोल अन्तरले हराएको हो । दुबै टोली यसअघि नै फाइनलमा पुगिसकेका थिए । त्यसैले शनिबार भएको खेललाई ‘पि्रभ्यू म्याच’ का रुपमा हेरिएको थियो, जसमा भारतले बाजी […]
२१ मंसिर, काठमाडौं । नेपालकी रविना थापा फेन्सिङमा ऐतिहासिक स्वर्ण जित्नबाट चुकेकी छन् । फेन्सिङको महिलाको व्यक्तिगत स्पर्धाअन्तर्गत साबरको फाइनलमा बंगलादेशकी मुजिब फतिमासँग १५-१० ले पराजित भएपछि रविनाले रजतमै चित्त बुझाइन् । उनले सेमिफाइनलमा नेपालकै अस्मिता बस्नेतलाई पराजित गर्दै उपाधि नजिक पुगेकी थिइन् । अस्मितासँगै भारतकी डायनादेवी थिङ्गुजामले काँस्यमा चित्त बुझाइन् । महिला इपीमा भने […]
२१ मंसिर, काठमाडौं । जलपरी गौरिका सिंह १०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जित्न चुकेकी छन् । शनिबार सातदोबाटोस्थित स्विमिङ भएको प्रतिस्पर्धामा उनले निर्धारित दुरी १ मिनेट ०३.१५ सेकेण्डमा पूरा गरिन् । उनी भारतकी मन्ना राजिव पटेलभन्दा एक सेकेण्ड भन्दा कम समयले पछि परेकी हुन् । पटेलले १ मिनेट ०२.३५ सेकेण्ड समयमा दूरी पूरा गर्दै स्वर्ण […]
२१ मंसिर, बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही गरेरै छाड्ने बताएका छन् । अन्तरघातीलाई कारवाही नभएसम्म पार्टीले चुनाव जित्न नसक्ने उनको भनाइ छ । कांग्रेस नगर समिति सिद्धार्थनगरको दोस्रो नगर भेलामा देउवाले पार्टीमा बसिरहने र अन्तरघात पनि गर्नेहरु कारवाही गर्नुपर्ने बताए । ‘अन्तरघात गरेर पार्टीलाई हराउन लाग्ने नेता कार्यकर्तालाई कसैले […]
२१ मंसिर, जनकपुरधाम । मन्त्री बनिसेकपछि शिलान्यास, उद्घाटन गर्न पाउँदा नेताहरु गौरव महसुस गर्छन् । यस्ता कार्यक्रममा गएर घण्टौं भाषण गर्ने मन्त्रीहरु आफ्नो पदीय दायित्व त्यसैलाई सम्झन्छन् । अझ अहिले संघ र प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्रीहरु शिलान्यास, उद्घाटन, पार्टीको कार्यक्रममा भाषण ठोक्दै हिँडेपछि मन्त्रालयको कामकाज अगाडि बढ्न सकेको छैन् । अन्य मन्त्रीहरुलाई यस्ता गतिविधीमा सरिक हुन […]
२१ मंसिर, पोखरा । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला फुटबलको फाइनलमा पुगिसकेका नेपाल र भारत समूह चरणको अन्तिम खेलमा भिडेका छन् । फाइनलको ‘प्रिभ्यू’का रुपमा रहेको खेल हेर्न पोखरास्थित फुटबल मैदानमा पोखरेली दर्शकहरुको बाक्लो उपस्थिति छ । दर्शकहरु नारा लगाइरहेका छन्, ‘लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो । गोल हान्, गोल हान् ।’ बल […]
२१ मंसिर, काठमाडौं । वैशाखमा भएको आठौं राष्ट्रिय खेलकुदमा म्याराथनमा दौडिएका किरण सिंह बोगटी तेस्रो भएका थिए । त्रिभुवन आर्मीका कृष्ण बस्नेतले स्वर्ण जित्दा कर्णाली प्रदेशका दुर्गा बुढाले रजत जितेका थिए । १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि २८ जेठमा बन्द प्रशिक्षण सुरु भयो । राष्ट्रिय खेलकुदमा पहिलो र दोस्रो भएका धावकहरुलाई बोलाइयो । तेस्रो […]
२१ मंसिर, काठमाडौं । ‘हामीलाई शुरुमै गोल खायौं, तर मलाई केटाहरुले गोल फर्काएर जिताउँछ भन्ने विश्वास थियो’, १३औं दक्षिण एसियाली खेलकुद -साग) अन्तर्गत शनिबार माल्दिभसलाई २-१ ले पराजित गरेपछि गोलकिपर विकेश कुथुको भनाइ हो यो । दशरथ रंगशालमा भएको खेलमा नेपालले एक गोलले पछि परेको स्थिति उल्टाउँदै मालदिभ्सलाई २-१ ले हरायो । र, फाइनलमा पुग्ने […]
२१ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राष्ट्रियसभामा जान प्रस्ताव गरेको बताएका छन् । तर आफूले संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था गर्नुपर्ने बताएको उनले सुनाए । राष्ट्रिय समाचार समितिलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘एकदिन प्रधानमन्त्रीले ‘तपाईंलाई मैले तुरुन्तै संसदमा […]
धार्मिक भावले जकडिएको समाजलाई चुनौती दिएर १३ औं शताब्दीमा इटालियन साहित्यकार अलिघेरी दाँतेले आफ्नी असफल प्रेमिकाको बखानमा ‘डिभाइन कमेडी’ को चर्चा गरे । एउटा असफल प्रेमीले लेखेको सो रचनाको अधिकांश भाव उनकी त्यही प्रेमिकाको बखानमा केन्दि्रत थियो । दैविक सुखान्तको ९ तहमध्ये सबैभन्दा उच्च बिन्दूमा उनले आफ्नी प्रेमिकाको नाम लेखेपछि त्यो कट्टर धार्मिक समाजले उनको […]
डा. तारानाथ शर्मा, अर्थात् ताना शर्मा । उनी ‘घनघस्याको उकाली’का पर्याय हुन् । अहिले उनी व्यक्तिको शिखर उक्लिसकेर जीवनको उत्तरार्धमा यात्रा गरिरहेका छन् । यहाँ डा. शर्माको जीवनका केही रोचक पक्षहरुबारे चर्चा गर्ने प्रयास गरिएको छ । शर्माका यी रहस्यहरु धेरै मानिसलाई थाहा नहुन सक्छ । गत कात्तिक २७ गते नेपाल पर्यटन बोर्डमा आयोजित चौथो […]
‘तपाईँसँग जरुरी कुरा गर्नुछ । फुर्सद भए आउनुस् न ।’ दुई वर्षअघि बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानलाई एकाबिहानै फोन आयो । ०३२ सालदेखि परिचित साहित्यकार विनय कसजूको निमन्त्रणालाई अस्वीकार गर्ने कुरै भएन । बरु भेट हुनेवित्तिकै कसजूले व्यक्त गरेको कुराले भने असहज महसुस गरायो । ‘अब म कति दिन बाँच्छु र ?’ […]
२१ मंसिर, काठमाडौं । वैदेशिक रोजगारीका नाममा हुने मानव बेचविखन रोक्न सहकार्यका लागि वैदेशिक रोजगार विभागले गरेको प्रस्तावलाई प्रहरीले अटेर गरेको विभागका अधिकारीहरुको गुनासो छ । प्रहरीले भने यसमा विभागसँग सहकार्य भइरहेको दाबी गरेको छ । वैदेशिक रोजगार विभागले केही महिनाअघि नै प्रहरीलाई मानव बेचविखन नियन्त्रण र अन्य साझा मुद्दाहरुमा सहकार्य गर्न समझदारी (एमओयू) का […]
काठमाडौं । अञ्जली चन्दको उत्कृष्ट बलिङसँगै नेपालले माल्दिभ्समाथि १० विकेटको जित हात पारेको छ । र, १३औं दक्षिण एसियाली खेदकुद -साग)को महिला क्रिकेटमा काश्य कदक जितेको छ । पोखरा मैदानमा भएको खेलमा नेपालले कमजोर टिम माल्दिभ्सलाई ८ रनमा अलआउट गरेको थियो । नेपालकी अञ्जलीले घातक बलिङ गरिन् । ४ ओभर बलिङ गरेकी उनले ३ मेडन […]
२१ मंसिर, काठमाडौं । नेपाल, बंगलादेश यू-२३ सँग ४४ रनले पराजित भएको छ । र, १३औं दक्षिण एसियाली खेलकुद -साग)मा पुरुष क्रिकेटको फाइनल पुग्न असफल रहृयो । यससँगै नेपालको क्रिकेटमा स्वर्ण सम्भावना सकियो । अब काश्य पदकका लागि खेल्नेछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बंगलादेशले दिएको १५६ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाएर १११ […]
२१ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार भएको महिला फुटबलको खेलमा मालदिभ्सले कास्य पदक जितेको छ । श्रीलंकालाई २-१ ले हराउँदै मालदिभ्सले कास्य पदक जितेको हो । राउन्ड रोबिनमा तल्लो अंकमा रहेकाले समूह चरणमै छिनोफानो भएको हो । आजै २ बजे नेपाल र भारत लिग चरणको अन्तिम खेल खेल्नेछन् । […]
२१ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा नेपालले स्वर्ण पदक जितेको छ । पुरुषतर्फको स्पर्धामा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे । यस स्पर्धामा भारतीय खेलाडी दोस्रो र तेस्रो हुँदै रजत र कास्य पदक जिते […]
२१ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अनुमती मिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सन्दर्भमा सर्वोच्च अदालतमा बहसका लागि आफैं जान तयार रहेको बताएका छन् । यो आयोजना राष्ट्रिय महत्व र देशको भविष्यसँग जोडिएका कारण आफैं बहसमा जान तयार रहेको बताएका हुन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन स्थापना दिवसको उपलक्ष्यमा शनिबार राजधानीमा […]
from समाचार – Online Khabar https://ift.tt/355GSXW
via IFTTT






















