Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सागमा चम्किए चेली, नेपालले जितेको ४१ स्वर्णमध्ये २२ महिला खेलाडीको नाममा

२१ मंसिर, काठमाडौं । आजका पत्रिकाहरुमा १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्ने अधिकांश नेपाली खेलाडीहरु महिला रहेको समाचार छ । नेपाली महिला खेलाडीले स्वर्ण पदक मात्र जितेका छैनन्, नयाँ कीर्तिमान समेत कायम गरेका छन् । १३ औं सागमा शुक्रबारसम्म नेपालले ४१ स्वर्ण पदक जितेको छ । २२ स्वर्ण पदक महिला खेलाडीको नाममा छ […]

टुटल र पठाओको अन्तरकथा : किन रोक्छ सरकार ?

२० मंसिर, काठमाडौं । भारतीय नाकाबन्दीका बेला ०७२ सालमा सवारी साधनमा ‘लिफ्ट कल्चर’ लोकप्रिय भयो । धेरै मोटरसाइकल र निजी गाडीले सवारी साधन कुरिरहेका यात्रुलाई आफ्नो रुटमा लिफ्ट दिएर सहयोग गरे । नाकाबन्दीपछि पनि नेपाली युवाको समूहले त्यही ‘लिफ्ट कल्चर’लाई व्यवसायिक रुप दिने गरी ‘टुटल एप’ प्रयोगमा ल्यायो । यस्तो एप धेरै देशहरु सुरु भइसकेको […]

निजगढ विमानस्थलको काम अघि नबढाउन सर्वोच्चको आदेश

१९ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले शुक्रबार विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न अन्तरकालीन आदेश दिएको छ । साथै दुबै पक्षलाई अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाइएको छ । पूर्वसचिव द्वारिकानाथ ढुंगेल, सुकदेव खत्री, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायतले निजगढ […]

नारायण गोपालको सम्झनामा गीत–गंगा भवन बन्ने

२० मंसिर, काठमाडौँ । स्वर सम्राट नारायण गोपालको सम्झनामा ‘नारायण गोपाल पेमला सुरमय गीत–गंगा’ भवन निर्माण हुने भएको छ । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुने ‘नारायण गोपाल पेमला सुरमय गीत–गंगा’ भवनको बिहीबार काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शिल्यान्यास गरे । करीब ६ करोड रुपैयाँ लागतमा बन्न लागेको सो भवनको शिल्यान्यास गर्दै मेयर शाक्यले आफू […]

६ वर्षीया बालिका बलात्कारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ

२० मंसिर, वीरगञ्ज । प्रहरीले ६ वर्षीया बालिका बलात्कारको घट्नामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिका नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचाररत बालिकाले दिएको बयानको आधारमा उनलाई शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिलाई बारा प्रहरीले नियन्त्रणमा राखेर थप अनुसन्धान […]

संसदीय कचहरी : बिहेमा कति जन्ती बोलाउने ?

२० मंसिर, काठमाडौं । संसदको विधायन व्यवस्थापन समितिले शुक्रबार सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा सामाजिक व्यवहार सुधार ऐन २०३३ को कार्यान्वयन मापनबारे छलफलको आयोजना गरेको थियो । कार्यक्रममा तर्क–वितर्कको मुख्य केन्द्रबिन्दुमा थियो– कुन भोजमा कतिलाई बोलाउने ? जन्तीको संख्या कति तोक्ने ? पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौलाले मौजुदा कानुनलाई खारेज गर्न सुझाव दिए […]

‘सरकार हामीलाई चिनी ‘तितो’ भयो !’

२० मंसिर, काठमाडौं । महोत्तरी, गौशलाका नरेशसिंह कुशहवाले उखुखेती गर्न थालेको ३२ वर्ष नाघ्यो । उनका बाबु र बाजेले सामान्य आयआर्जनका लागि सानो क्षेत्रमा उखुखेती गर्थे । ०५३ मा घरनजिकै चिनी उद्योग स्थापना भएपछि कुशहवाले यसलाई विस्तार गरे । कुशहवाजस्तै धेरै किसानहरू हौसिए– अब दुःखका दिन गए । नगदेबालीका रूपमा रहेको उखुले अब आर्थिक अवस्था […]

माघको पहिलो हप्तासम्म राष्ट्रियसभाको निर्वाचन !

२० मंसिर, काठमाडौं । निर्वाचन आयोग राष्ट्रियसभाको आगामी निर्वाचन माघको पहिलो हप्ता गर्ने गरी तयारी सुरु गरेको छ । संघीय संसद् सचिवालयले राष्ट्रियसभा निर्वाचनका लागि तयारी गर्न अनुरोध गर्दै आयोगलाई पत्राचार गरेको थियो । ‘१४ मंसिरमा उपनिर्वाचन सम्पन्न गरेपछि राष्ट्रियसभाको निर्वाचनका लागि आन्तरिक तयारीमा जुटेका छौं’ प्रवक्ता राजकुमार श्रेष्ठले अनलाइनखबरसँग भने । आयोगले यही विषयमा […]

इमोमार्फत ५ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

२० मंसिर, वीरगञ्ज । सामाजिक सञ्जाल ‘इमो’को प्रयोग गरी नगद ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पर्साको बहुदरमाई नगरपालिका-८ बस्ने मुकेश साह तेलीलाई बिहीबार इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । तेलीले बाराको जितपुर सिमरा उपमहानगरपालिका-१५ की एक महिलालाई इमोमार्फत २५ लाख रुपैयाँ चिठ्ठा परेको […]

सैनामैनामा प्लाष्टिक निषेध गरिँदै

२० मंसिर, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा प्लाष्टिकजन्य पदार्थको प्रयोग निषेध गर्ने तयारी भएको छ । यसअघि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले एक वर्षअघि नगरपालिकालाई प्लाष्टिकजन्य वस्तु निषेध क्षेत्र घोषणा गरिसकेको छ । प्लाष्टिक निषेध क्षेत्र घोषणा गर्ने विषयमा नगरभित्रका राजनीतिक दल, व्यवसायिक र सामाजिक संघसंस्था एवं स्थानियले सहयोग गर्ने ऐक्यवद्धता जनाएका छन् । शुक्रबार नगरपालिकाले प्लाष्टिकजन्य […]

वीरगञ्जमै ब्रेन ट्युमरको सफल उपचार

२० मंसिर, वीरगञ्ज । वीरगञ्ज हेल्थ केयर अस्पतालले ‘ब्रेन ट्युमर’को सफल उपचार गरेको छ । पर्साको जिराभवानी गाउँपालिका–३ को २२ वर्षीया ईन्दु कुमारी महतोको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको हो । ब्रेन ट्युमरको शल्यक्रियामा ८० हजार रुपैयाँ लिएको शुक्रबार पत्रकार सम्मेलन गरेर अस्पतालले जनाएको छ । औषधी लगायत अन्य खर्च जोड्दा उपचारमा १ लाखको हाराहारीमा […]

चीनको प्रतिवेदन : यसरी बनाउन सकिन्छ काठमाडौं–पोखरा र पोखरा लुम्बिनी रेलमार्ग

२० मंसिर, काठमाडौं । चीनले काठमाडौं–पोखरा र पोखरा–लुम्बिनी रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाललाई हस्तान्तरण गरेको छ । प्रतिवेदनमा दुबै रेलमार्ग कसरी बनाउन सकिन्छ भन्ने उल्लेख छ । नेपाल चीनबीच भएको केरुङ–काठमाडौं सीमापार रेल निर्माण गर्ने समझदारीमा नै काठमाडौं–पोखरा र पोखरा–लुम्बिनी रेलमार्ग बनाउने उल्लेख थियो । त्यसअनुसार चीनले गरेको प्रारम्भिक अध्ययनमा दुबै रेलमार्ग बनाउन भौगोलिक कठिनाइ […]

मौकाले सांसद बनेका शाही भन्छन् – पदको दुरुपयोग गर्दिनँ

२० मंसिर, पोखरा । मंसिर ६ गते बागलुङको बुर्तिवाङ बजारमा चुनावी सभा चल्दै थियो । आम सभामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी मुख्य वक्ता थिए । जनमोर्चा अध्यक्ष केसीको चुनावीसभालाई सम्बोधन गर्ने पालो आयो । जब केसीले मञ्चमा उभिएर बोल्न थाले, नेकपा अध्यक्ष प्रचण्ड र महासचिव पौडेलले […]

मनमोहन स्मृति पोलिटेक्निक बन्यो पहिलो प्रदेश विश्व विद्यालय

२० मंसिर विराटनगर । प्रदेश १ प्रादेशिक प्राविधिक तथा व्यवसायिक विश्वविद्यालय बनाउने पहिलो प्रदेश बनेको छ । साविकको मनमोहन स्मृति पोलिटेक्निक प्रदेश सरकार मातहत आएसँगै प्रदेश १ पहिलो प्रादेशिक प्राविधिक विश्वविधालयन बनाउने प्रदेश बनेको हो । मनमोहन स्मृति पोलिटेक्निकले सम्पत्ति तथा दायित्व प्रदेश सरकारलाई शुक्रवार एक कार्यक्रमका बीच हस्तान्तरणसमेत गरेको छ । मोरङको बुढीगंगा गाउँपालिका-४ […]

उपनिर्वाचनले अहंकार नगर भन्ने सन्देश दिएको छ : नेता नेपाल

२० मंसिर, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले भर्खरै सम्पन्न भएको उपनिर्वाचनले कम्युनिष्टलाई बेलैमा सच्चिन सचेत गराएको बताएका छन् । जितेको ठाउँ हारेपछि अब दम्भ छोडेर सच्चिने बाटोमा लाग्न जनताले निर्देशन दिएको बुझ्नुपर्ने नेता नेपालको भनाइ छ । धरान, भक्तपुर र चितवनको नतिजाले जनताले होस गर है अहंकार नगर भन्ने सन्देश दिएको […]

उपनिर्वाचनमा ३३ आचारसंहिता उल्लङ्घन : इन्सेक   

२० मंसिर, काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत मंसिर १४ गते भएको उपनिर्वाचनमा आचारसहिंता उल्लङ्घनका ३३ वटा घटना भएको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा सबभन्दा बढी राजनीतिक दलबाट आचारसंहिता उल्लङ्घन भएको पाइएको उल्लेख छ । राजनीतिक दलबाट १५, जनप्रतिनिधिबाट पाँच, निर्वाचन कार्यालयबाट पाँच, स्थानीय तहबाट एक र अन्यबाट सात वटा निर्वाचन […]

पहिलो ‘बिग मर्जर’ यसरी भयो सम्भव

२० मंसिर, काठमाडौं । नेपालको २२ औं वाणिज्य बैंकका रुपमा १२ वर्षअघि सालमा स्थापना भएको ग्लोबल आईएमई बैंक शुक्रबारबाट देशकै सबैभन्दा ठूलो बैंक बन्न पुगेको छ । जनता बैंकसँग ‘बिग मर्जर’ सम्पन्न भएसँगै ग्लोबलले कुल पुँजी, चुक्ता पुँजी लगायत धेरै सूचकमा २६ वटा बैंकलाई टपेको हो । नेपालमा ‘बिग मर्जर’ को चर्चा लामो समयदेखि हुँदै […]

बलात्कृत ६ वर्षीया बालिकाद्वारा अभियुक्तको पहिचान

२० मंसिर, वीरगञ्ज । बाराको कलैयामा बलात्कृत ६ बर्षकी बालिकाको स्वास्थ्यमा सुधार आएको छ । उनले अभियुक्तको पहिचानसमेत गरेकी छन् । अनुसन्धानकै क्रममा रहेको र आरोपी पक्राउ नपरी सकेकोले प्रहरीले नाम सार्वजनिक गरेको छैन । वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचाररत बालिकाले दिएको बयानको आधारमा प्रहरीले घटनास्थल वरपरका केही युवकको तस्वीर ल्याएर देखाएको थियो । त्यही […]

पौडेलको क्षेत्रमा गएका पूर्वाधार विकासको सबै बजेट शिक्षामा लगानी

२० मंसिर,काठमाडौं । सत्तारुढ नेकपाका महासचिव बिष्णु पौडेलले आफ्नो निर्वाचन क्षेत्रको पूर्वाधार विकासका लागि आएको सम्पूर्ण रकम शिक्षाक्षेत्रको पूर्वाधारमा लगानी गरेका छन् । पूर्वाधार विसका साझेदारी कार्यक्रमको सबै रकम शिक्षामा लगानी गरिएको रुपन्देही २ एकमात्र निर्वाचन क्षेत्र भएको छ । रुपन्देही क्षेत्र नं. २ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ६ करोड रुपैयाँ शतप्रतिशत शिक्षामा […]

नेपाली बालिका पुनः आसामकै कोठीमा बेच्न नक्कली अभिभावक खडा !

२० मंसिर, काठमाडौं । करीव तीन साताअघि भारतको आसामस्थित एक कोठीबाट उद्दार गरिएका चार नेपाली बालिकालाई पुनः कोठीमै फर्काउने चलखेल शुरु भएको छ । उनीहरुलाई स्वदेश फर्काउन सरकारी निकायबाट तदारुकता नदेखाउँदा कोठी सञ्चालक तथा दलालहरुले नक्कली अभिभावक खडा गरी सरकारी आश्रयस्थलबाट बाहिर निकाल्न लागेका हुन् । चार बालिकासहित ६ नेपाली चेलीको उद्दार गरेर फर्किएको शक्ति […]

भूतपूर्व गोर्खा आन्दोलन ऐक्यबद्धता समाज गठन

२० मंसिर, काठमाडौं । नागरिक समाजले भूतपूर्व गोर्खा सैनिकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन समिति गठन गरेका छन् । वरिष्ठ अधिवक्ता रविनारायण खनालको संयोजकत्वमा भूतपूर्व गोर्खा सैनिक समानता तथा मानवअधिकार आन्दोलन ऐक्यबद्धता नागरिक समाज तदर्थ समिति गठन भएको हो । आयोजकले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार तदर्थ समितिको उपसंयोजकमा वरिष्ठ अधिवक्ता नवराज सुवेदी, सचिव […]



from समाचार – Online Khabar https://ift.tt/2PhVSuW
via IFTTT
Powered by Blogger.