Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

डाक्टरलाई बलात्कारपछि जलाउने ४ भारतीय ‘इन्काउन्टर’मा मारिए

भारतको हैदराबादमा भएको सामूहिक बलत्कारका ४ आरोपीहरूलाई भारतीय प्रहरीले गोली हानी मारेको छ । बिहीबार अबेर नेसनल हाइवे ४४ मा प्रहरी कारबाहीमा उनीहरू मारिएका हुन् । प्रहरीले आरोपीहरूलाई एनएच–४४ मा अपराधको दृष्य ‘रि–क्रियट’ गर्न लगेको थियो । चारैजना आरोपीहरूले भाग्ने प्रयास गर्दा गोली हानिएको प्रहरीको दाबी छ । तर, सञ्चारमाध्यमले भने उनीहरूलाई प्रहरी नियन्त्रणमै गोली […]

केपी ओलीका पालामा सीमा मिचियो नभन्दिनुहोला : उपप्रधानमन्त्री पोखरेल

२० मंसिर, काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले छिमेकी देशसँगको सीमा समस्या विरासतका रुपमा आएको बताएका छन् । सीमा बचाऔं अभियानकर्मीहरूले तयार पारेको नक्सा ग्रहण गर्दै बिहीबार उपप्रधानमन्त्री पोखरेलले सीमा विवादमा वर्तमान सरकारलाई दोष लगाउन नमिल्ने बताएका हुन् । ‘सीमा विवाद हिजोदेखिकै हो, केपी ओली सरकारको पालामा आएर यस्तो भएको नभन्नुहोला’, उपप्रधानमन्त्री पोखरेलले […]

भ्रमण वर्ष : पर्यटक आउलान्, तर यस्तै सडकमा रमाउलान् ?

२० मंसिर, काठमाडौं । २० लाख विदेशी पर्यटकलाई स्वागत गर्ने भन्दै सरकारले ‘भ्रमण वर्ष सन् २०२०’ को निकै प्रचारप्रसार गरिरहेको छ । तर, पर्यटकको नेपाल बसाइ सुविधाजनक र स्मरणीय बनाउनेतर्फ भने खासै काम भएको छैन । आउनुस्, सडक पूर्वाधारको कुरा गरौं । अहिले काठमाडौंसहित देशका धेरै सडकमार्गको दुर्गति छ । यस्तो सडकमा यात्रा गर्दा विदेशी […]

अर्थ मन्त्रीले गरे बिग मर्जरको औपचारिक शुभारम्भ

२० मंसिर, काठमाडौं । अर्थ मन्त्री युवराज खतिवडाले बिग मर्जरको औपचारिक शुभारम्भ गरेका छन् । शुक्रबार बिहान आयोजित एक कार्यक्रमबीच मन्त्री खतिवडाले ‘क’ वर्गका दुई बैंकहरु ग्लोबल आईएमई र जनता बैंक नेपाल गाभिएको घोषणा गरेर बिग मर्जर शुभारम्भ गरेका हुन् । राष्ट्र बैंकले ठूला बैंक धेरै भएको भन्दै गाभ्ने नीति लिएको छ । योसँगै बिग […]

आजबाट बक्सिङ, स्क्वास, फेन्सिङ र कुस्तीका खेल हुँदै, कुन खेल कहाँ ?

२० मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं दिन आज विभिन्न १९ खेलहरू हुँदैछन् । सुरु भइसकेका खेलले  निरन्तरता पाउनेछन् भने बक्सिङ स्क्वास फेन्सिङ र कुस्तीका खेलहरु आजबाट सुरु हुनेछन् । बक्सिङ र स्क्वास सातदोबाटोमा हुनेछ । यस्तै फेन्सिङ कीर्तिपुरको कभर्डहलमा सञ्चालन हुनेछ र आजदेखि सुरु हुनेछ कुस्ती जनकपुरमा सञ्चालन […]

अमेरिकी तल्लो सदनकी सभामुख भन्छिन्– ट्रम्पविरुद्धको महाभियोग अब अघि बढ्छ

२० मंसिर, काठमाडौं । अमेरिकाको तल्लो सदन प्रतिनिधिसभाकी सभामुख तथा विपक्षी दलकी वरिष्ठ नेता न्यान्सी पेलोसीले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाइने बताएकी छन् । सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनका आफ्ना प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध भ्रष्टाचारको अनुसन्धान गर्न युक्रेनी समकक्षीलाई दबाव दिएको आरोप ट्रम्पमाथि छ । ट्रम्पले शक्तिको दुरुपयोग गरे/नगरेबारे सुनुवाइ गरेको त्यहाँको प्रतिनिधिसभाकी सभामुख पेलोसीले […]

उपत्यकाका सडक सुधारका लागि कार्यदल गठन

२० मंसिर, काठमाडौं । काठमाडौं उपत्यकाको समग्र सडक सुधारका लागि सरकारले कार्यदल बनाएर अध्ययन थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव छवि रिजालको नेतृत्वको टोलीले समग्र सडकको अवस्थाका बारेमा अध्ययन गरी त्यसको सुधारका लागि कार्ययोजना बनाउनेछ । कार्यदलमा यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल, सडक विभागका निर्देशक शिवहरि सापकोटा, महानगरीय ट्राफिक महाशाखाका वरिष्ठ प्रहरी […]

काठमाडौं उपत्यकाका यी क्षेत्रमा आज दिनभर हुनेछ विद्युत कटौती

२० मंसिर, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको ११ केभी ओम फिडरबाट वितरित क्षेत्रमा आज दिनभर विद्युत कटौती हुने भएको छ । चक्रपथ विस्तारका लागि नेपाल वन निगमले शुक्रबार रूख कटानको तयारी गरेपछि यहाँबाट वितरित क्षेत्रमा आज दिनभर विद्युत् आपूर्ति बन्द हुन लागेको नेपाल विद्युत् प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रले जनाएको छ । यो […]

टुटल र पठाओको अन्तरकथा : किन रोक्छ सरकार ?

२० मंसिर, काठमाडौं । भारतीय नाकाबन्दीका बेला ०७२ सालमा सवारी साधनमा ‘लिफ्ट कल्चर’ लोकप्रिय भयो । धेरै मोटरसाइकल र निजी गाडीले सवारी साधन कुरिरहेका यात्रुलाई आफ्नो रुटमा लिफ्ट दिएर सहयोग गरे । नाकाबन्दीपछि पनि नेपाली युवाको समूहले त्यही ‘लिफ्ट कल्चर’लाई व्यवसायिक रुप दिने गरी ‘टुटल एप’ प्रयोगमा ल्यायो । यस्तो एप धेरै देशहरु सुरु भइसकेको […]

कीर्तिमानी स्वर्ण विजेताको पीडा : बरु पार्ट टाइम जागिर दिए हुन्थ्यो !

१९ मंसिर, पोखरा । भारोत्तोलनकी सञ्जु चौधरीले १३औं दक्षिण एसियाली खेलकुद -साग)मा स्वर्ण जित्नै इतिहास रचेकी छन् । तर भविश्यको चिन्ताले उनलाई यो सफलतामा पूर्ण खुुसी हुन दिएको छैन । खेलभन्दा जागिर गर भनेर घरबाट आउने दबावबाट आजित उनी भन्छिन्, ‘बरु बिहान बेलुका खेल्थ्यौं । दिउँसो पार्टटाइम जागिर पाए आफ्नो पनि जीवन चल्थ्यो, घरपरिवार पनि […]

सागमा नेपाली चेली छाएको दिन, थपियो ७ स्वर्ण

१९ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकद (साग) को पाँचौं दिन बिहीबार नेपालको लागि ऐतिहासिक रहृयो । सागको इतिहासमा एकै संस्करणमा सर्वाधिकदेखि विभिन्न विधामा पहिलो पटक स्वर्णको कीर्तिमान बनेको छ । यसअघि सन् १९९९ मा आफैंले आयोजना गरेको आठौं सागमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ३१ स्वर्ण जितेको थियो । १३औं सागमा यो रेकर्ड तोकिएको […]

अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री

१९ मंसिर, काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले डिस्चार्ज भएका छन् । उनी बिहीबार दिउँसो बालुवाटारस्थित निवास गउका हुन् । प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।अस्पतालबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीले आफू स्वस्थ भएर फर्किएको प्रतिक्रिया दिए । चिकित्सकका अनुसार अप्रेसन गरेको बाहिरी घाउ निको भए […]

सडक पिच गर्दागर्दै जब एक पुरुषले खाल्डो खन्न थाले…

१९ मंसिर, काठमाडौं । मध्यपुर थिमी नगरपालिकाको भीमसेनचोक–बोडे खण्डमा बिहीबार धमाधम सडक कालोपत्रे भइरहेको थियो । कालोपत्रेको लागि रोलर मेसिन अघि–पछि गर्दैगर्दा एक पुरुष आएर भर्खरै हालिएको आलो पिच धमाधम खन्न थाले । कालोपत्रे भइरहेको स्थानमा स्थानीय बासिन्दा लामबद्ध भएर हेरिरहेका थिए । प्रहरी पनि तैनाथ थिए त्यहाँ । तर, ती व्यक्तिले पिक ल्याएर भर्खरै […]

उपचार अभावमा एक जना बेवारिसे बिरामीको मृत्यु

१९ मंसिर, विराटनगर । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री मन्त्री भानुभक्त ढकाल सार्वजनिक कार्यक्रममा उपचार नपाएर कोही नेपालीले मर्न नपर्ने दाबी गर्दै आएका छन् । भर्खरै जिम्मेवारी सम्हालेका ढकालले उपचार नपाएर कसैले मर्नु नपर्ने दाबी गरे पनि उनकै निर्वाचन क्षेत्रबाट उद्दार गरिएका नागरिकको उपचार अभावमा मृत्यु भएको छ । कोसी अञ्चल अस्पतालको इमरजेन्सी विभाग अगाडिको […]

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु

१९ मंसिर,बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना १० फायरलाइनमा ट्रकमा मोटरसाइकल ठोक्किंदा बिहीबार साँझ एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लु ५७ प ६५८५ नम्बरको मोटरसाइकल चालक सैनामैना १ का ३४ वर्षिय केदारनाथ थारु रहेका छन् । सडकमा रोकिराखेको लु १ ख ६४५९ नम्बरको ट्रकमा पश्चिमबाट सैनामैनातर्फ आउँदै गरेको मोटरसाइकल ठोक्किंदा थारुको मृत्यु […]

‘नेपाल भ्रमण दशक’ घोषणाको गृहकार्य

१९ मंसिर, काठमाडौं । सरकारले सन् २०२० देखि २०३० सम्मलाई नेपाल भ्रमण दशक घोषणा गर्ने तयारी गरेको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को सरकारको नीति तथा कार्यक्रममा यसाबरे प्रस्ताव राख्ने गृहकार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको हो । ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई प्रवेश विन्दु मानेर त्यसपछिको एक दशकलाई भ्रमण दशक घोषणा […]

बलात्कृत बालिकाको उपचारमा अस्पतालको लापरवाही

१९ मंसिर, वीरगञ्ज । बाराको कलैयामा मंगलबार साँझ ६ वर्षकी बालिका बलात्कृत भएकी छन् । घर बाहिर खेलेर फर्किने क्रममा उनको बलात्कार भएको परिवारका सदस्यले बताएका छन् । योनांगबाट रगत आइरहेको अवस्थामा परिवारका सदस्यले उनलाई वीरगञ्जको नारायाणी अस्पताल पुर्‍याएका थिए । तर नारायणी अस्पतालले विभिन्न वाहना बनाएर उपचार नगरेको भन्दै अभिभावकले नेशनल मेडिकल कलेज पुर्‍याए […]

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

१९ मंसिर, काठमाडौं । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । सर्लाहीको मलगंवा नगरपालिका-११ गम्हरियास्थित सडकमा ना.४३ प ५६९१ नम्बरको मोटरसाइकलले बिहीबार दिउँसो ठक्कर दिँदा पैदलयात्री गणेसिया बस्ने ६० वर्षीय धरीक्षण रामको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका रामको उपचारका लागि जिल्ला अस्पताल मलंगवा लैजाने क्रममा बाटोमै मृत्यु भएको […]

वैदिकलाई न्यायाधीश सिफारिस गर्ने प्रस्तावमा सहमति जुटेन

१९ मंसिर, काठमाडौं । न्यायपरिषद सदस्यबाट बुधबार राजिनामा दिएका पदमप्रसाद वैदिकलाई सर्वोच्च अदालतको न्यायाधीश सिफारिस गर्ने प्रस्तावमा न्याय परिषद् बैठकमा सहमति जुटेन । बिहीबार बसेको बैठकमा परिषद अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश चालेन्द्रशम्शेर राणाले वैदिकलाई न्यायाधीश सिफारिस गर्ने प्रस्ताव गरेका थिए । तर कानूनमन्त्री उपेन्द्र यादव र सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीले विरोध गरेका छन् । […]

निजी गुठीमा हस्तक्षेप गर्ने उद्देश्य छैन : मन्त्री अर्याल

१९ मंसिर, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमाकुमारी अर्यालले निजी गुठीका विषयमा गुठियारले भनेअनुसार नै अघि बढ्न सरकार तयार रहेको बताएकी छन् । बिहीबार गुठी बचाउ अभियानका अगुवासँगको छलफलमा उनले निजी गुठीका विषयमा सरकारले गुठीयारहरुको भनाइ मान्न तयार रहेको बताएकी हुन् । ‘निजी गुठीको हकमा यो नै यसको समाधान हो भनेर […]

सप्तरीमा विद्युत सर्ट भएर आगलागी हुँदा ४ घरमा क्षति

१९ मंसिर, सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा बिहीबार आगलागी हुँदा ४ घर पूर्णरूपमा जलेर नष्ट भएको छ । कङ्कालिनी–३ पोर्ताहा बस्ने शिवनारायण भिन्दवारको घरमा विद्युत् चुहावट भई आगलागी हुँदा भिन्दवारसहित मनोज पघैया, विनोद पघैया र श्याम शर्माको घर जलेर नष्ट भएको सप्तरी प्रहरीले जनाएको छ । घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपातसमेत जलेर नष्ट […]



from समाचार – Online Khabar https://ift.tt/33RiV5a
via IFTTT
Powered by Blogger.