Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

मुआब्जाको विरोधमा ड्राइपोर्ट क्षेत्रका वासिन्दा प्रदर्शनमा

२० असोज, काठमाडौं । वीरगञ्जको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) र सुख्खा बन्दरगाहबीचको जग्गाका वासिन्दा मुआब्जाको विरोधमा प्रदर्शनमा उत्रिएका छन् । हालै जिल्ला मुआब्जा निर्धारण समितिले तोकेको आईसीपी र सुख्खा बन्दरगाहबीचको ६२ विघा जग्गाको मुआब्जा कम भएको भन्दै उनीहरुले ड्राइपोर्टदेखि परवानीपुर जाने छ लेन सडक अवरुद्ध गरेका छन् । सरकारले अधिग्रहण गरेको उक्त जग्गालाई १३ […]

कमलबहादुर कास्यमा सीमित

२० मंसिर, पोखरा । भारोत्तोलनमा नेपालका कमलबहादुर अधिकारी कास्य पदक जितेका छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ६७ केजी समूहमा प्रतिस्पर्धा गरेका उनी तेस्रो भएका हुन् । उनले स्न्याच र क्लिन एण्ड जर्क गरी कुल २५२ केजी भार उठाए । पाकिस्तानका तल्हा ताबिलले स्वर्ण र श्रीलंकाका जेएससी ल्याकमलले रजत पदक जितेका छन् । […]

‘सरकार हामीलाई चिनी ‘तितो’ भयो !’

२० मंसिर, काठमाडौं । महोत्तरी, गौशलाका नरेशसिंह कुशहवाले उखुखेती गर्न थालेको ३२ वर्ष नाघ्यो । उनका बाबु र बाजेले सामान्य आयआर्जनका लागि सानो क्षेत्रमा उखुखेती गर्थे । ०५३ मा घरनजिकै चिनी उद्योग स्थापना भएपछि कुशहवाले यसलाई विस्तार गरे । कुशहवाजस्तै धेरै किसानहरू हौसिए– अब दुःखका दिन गए । नगदेबालीका रूपमा रहेको उखुले अब आर्थिक अवस्था […]

मुस्ताङबाट ६५ हजार मेट्रिक टन स्याउ निकासी   

२० मंसिर, ठिनी । मुस्ताङबाट यस वर्ष ६५ हजार मेट्रिक टन स्याउ निकासी भएको छ । स्याउ बेचेर कृषकले मुस्ताङमा रु साठी करोडभन्दा बढी रकम भित्र्याएका छन् । जिल्लामा उत्पादन भएको मध्ये ८० प्रतिशत स्याउ देशका विभिन्न बजारमा निकासी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख माधव लम्सालले जानकारी दिए । “जिल्लाभर एक हजार ५०० हेक्टर […]

दोलखाका सीडीओ रिजाल काठमाडौं तानिए

२० कात्तिक, काठमाडौं । दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल काठमाडौं तानिएका छन् । अभद्र व्यवहार सम्बन्धी कसूरका अभियुक्तसँग रकम असुली गरेको सार्वजनिक भएपछि रिजाललाई छानविनका लागि तानिएको हो । गृह प्रवक्ता सह-सचिव केदारनाथ शर्माले शुक्रबार रिजाललाई गृहमन्त्रालयमा तानिएको बताए । उनले अनलाइनखबरसँग भने, ‘उहाँमाथि लागेको आरोपको सम्बन्धमा अब छानविन हुन्छ ।’ रिजालले मेलुङ गाउँपालिका-४, […]

प्रवेश परीक्षा शुल्कवृद्धिको विरोधमा कृषि विश्वविद्यालयका विद्यार्थी आन्दोलनमा

२०, मंसिर, चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतको कृषि संकायले प्रवेश परीक्षा शुल्क पाँच हजार तोकेको विरोधमा विद्यार्थी आन्दोलित भएका छन् । कृषि शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीको ढाड सेक्ने गरी प्रवेश परीक्षा शुल्क बढाएको भन्दै फिर्ता लिन विद्यार्थी संगठनहरुले माग गरेका छन् । कृषि संकायले आइतबार सूचना प्रकाशन गरी प्रवेश परीक्षा […]

‘खोसिएको स्वर्ण फिर्ता ल्याउन सफल भएँ’

२० मंसिर, काठमाडौं । दौडकै लागि भनेर २०६७ मा सशस्त्र प्रहरीमा भर्ति भए । ६/६ पटक म्याराथन दौडिसकेका थिए । तर नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा भने पाँच हजार मिटरमा झरेर प्रतिस्पर्धा गरे । धेरैलाई लागेको थियो, गोपीचन्द्र पार्की किन यसो गर्दैछन् ? शुक्रबार सागको मध्यम दूरी (५ हजार मिटर) दौडमा स्वर्ण […]

जलेश्वरबाट भारतीय कम्पनीको पेस्तोल र गोली बरामद

२० मंसिर, जनकपुरधाम । सशस्त्र प्रहरीले महोत्तरीको जलेश्वरबाट अत्याधुनिक पेस्तोल र त्यसमा प्रयोग हुने गोली र म्याग्जिन बरामद गरेको छ । जलेश्वर नगरपालिका-६ स्थित सडक छेउबाट शुक्रबार विहान साढे १० बजे पेस्तोल बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निरकृष्ण अधिकारीले जानकारी दिए । एसपी अधिकारीका अनुसार सडक छेउको खर झाडीमा राखिएको अवस्थामा भारतको आरडनान्स कम्पनीको […]

भुटानमाथि बंगलादेशको १० विकेटको जित

१३ औं सागअन्तर्गत भुटान र बंगलादेशविरुद्धको पुरुष क्रिकेटमा बंगलादेशले १० विकेटको जित हात पारेको छ । भुटानले दिएको ७० रनको लक्ष्य बंगलादेशले विकेट क्षतिबिना ६.५ ओभरमा भेट्टाएको हो । टस जितेर भुटानले पहिले ब्याटिङ रोजेको थियो । टेस्ट राष्ट्र बंगलादेशको बलिङमा भुटानी ब्याट्सम्यानहरुले संघर्षपूर्वक २० ओभर ब्याटिङ गरे । भुटानका ओपनरहरुले पहिलो विकेटका लागि २९ […]

सिद्धबाबामाथिको अनुसन्धान सकिएन, म्याद थपका लागि अदालत लगियो

२० मंसिर, विराटनगर । आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका सिद्धाबबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले अस्पतालबाट अदालत लगेको छ । अनुसन्धानका लागि अदालतले दिएको चारदिने म्याद सकिएपछि प्रहरीले पुनः म्याद थपका लागि उनलाई अस्पतालबाट जिल्ला अदालत, सुनसरीमा उपस्थित गराएको हो । आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गत मंसिर १६ गते विराट […]

डाक्टरलाई बलात्कारपछि जलाउने ४ भारतीय ‘इन्काउन्टर’मा मारिए

भारतको हैदराबादमा भएको सामूहिक बलत्कारका ४ आरोपीहरूलाई भारतीय प्रहरीले गोली हानी मारेको छ । बिहीबार अबेर नेसनल हाइवे ४४ मा प्रहरी कारबाहीमा उनीहरू मारिएका हुन् । प्रहरीले आरोपीहरूलाई एनएच–४४ मा अपराधको दृष्य ‘रि–क्रियट’ गर्न लगेको थियो । चारैजना आरोपीहरूले भाग्ने प्रयास गर्दा गोली हानिएको प्रहरीको दाबी छ । तर, सञ्चारमाध्यमले भने उनीहरूलाई प्रहरी नियन्त्रणमै गोली […]

सन्तोषी पदक जित्न चुकिन्

२० मंसिर, काठमाडौं । नेपालकी सन्तोषी श्रेष्ठ पाँच हजार मिटर दौडमा पदक जित्न असफल भएकी छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा उनले मंगलबार १० हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण जितेकी थिइन् । त्यसैले ५ हजार मिटरमा पनि स्वर्ण अपेक्षा गरिएको थियो । तर शुक्रबार भएको पाँच हजार मिटर दौडमा सन्तोषी चौथो भएकी छन् । […]

केपी ओलीका पालामा सीमा मिचियो नभन्दिनुहोला : उपप्रधानमन्त्री पोखरेल

२० मंसिर, काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले छिमेकी देशसँगको सीमा समस्या विरासतका रुपमा आएको बताएका छन् । सीमा बचाऔं अभियानकर्मीहरूले तयार पारेको नक्सा ग्रहण गर्दै बिहीबार उपप्रधानमन्त्री पोखरेलले सीमा विवादमा वर्तमान सरकारलाई दोष लगाउन नमिल्ने बताएका हुन् । ‘सीमा विवाद हिजोदेखिकै हो, केपी ओली सरकारको पालामा आएर यस्तो भएको नभन्नुहोला’, उपप्रधानमन्त्री पोखरेलले […]

५००० मिटर दौडमा नेपाललाई स्वर्ण र कास्य

२० मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत ५००० मिटर दौडमा नेपालले स्वर्ण र कास्य पदक हासिल गरेको छ । शुक्रबार बिहान भएको खेलमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण जितेका हुन् । उनले १४ मिनेट ५४.२० सकेन्डमा निर्धारित दूरी पार गरे । त्यस्तै रजत पदक भारतको पोल्टामा परेको छ । भारतका सुनील […]

भ्रमण वर्ष : पर्यटक आउलान्, तर यस्तै सडकमा रमाउलान् ?

२० मंसिर, काठमाडौं । २० लाख विदेशी पर्यटकलाई स्वागत गर्ने भन्दै सरकारले ‘भ्रमण वर्ष सन् २०२०’ को निकै प्रचारप्रसार गरिरहेको छ । तर, पर्यटकको नेपाल बसाइ सुविधाजनक र स्मरणीय बनाउनेतर्फ भने खासै काम भएको छैन । आउनुस्, सडक पूर्वाधारको कुरा गरौं । अहिले काठमाडौंसहित देशका धेरै सडकमार्गको दुर्गति छ । यस्तो सडकमा यात्रा गर्दा विदेशी […]

अर्थ मन्त्रीले गरे बिग मर्जरको औपचारिक शुभारम्भ

२० मंसिर, काठमाडौं । अर्थ मन्त्री युवराज खतिवडाले बिग मर्जरको औपचारिक शुभारम्भ गरेका छन् । शुक्रबार बिहान आयोजित एक कार्यक्रमबीच मन्त्री खतिवडाले ‘क’ वर्गका दुई बैंकहरु ग्लोबल आईएमई र जनता बैंक नेपाल गाभिएको घोषणा गरेर बिग मर्जर शुभारम्भ गरेका हुन् । राष्ट्र बैंकले ठूला बैंक धेरै भएको भन्दै गाभ्ने नीति लिएको छ । योसँगै बिग […]

आजबाट बक्सिङ, स्क्वास, फेन्सिङ र कुस्तीका खेल हुँदै, कुन खेल कहाँ ?

२० मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं दिन आज विभिन्न १९ खेलहरू हुँदैछन् । सुरु भइसकेका खेलले  निरन्तरता पाउनेछन् भने बक्सिङ स्क्वास फेन्सिङ र कुस्तीका खेलहरु आजबाट सुरु हुनेछन् । बक्सिङ र स्क्वास सातदोबाटोमा हुनेछ । यस्तै फेन्सिङ कीर्तिपुरको कभर्डहलमा सञ्चालन हुनेछ र आजदेखि सुरु हुनेछ कुस्ती जनकपुरमा सञ्चालन […]

अमेरिकी तल्लो सदनकी सभामुख भन्छिन्– ट्रम्पविरुद्धको महाभियोग अब अघि बढ्छ

२० मंसिर, काठमाडौं । अमेरिकाको तल्लो सदन प्रतिनिधिसभाकी सभामुख तथा विपक्षी दलकी वरिष्ठ नेता न्यान्सी पेलोसीले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाइने बताएकी छन् । सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनका आफ्ना प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध भ्रष्टाचारको अनुसन्धान गर्न युक्रेनी समकक्षीलाई दबाव दिएको आरोप ट्रम्पमाथि छ । ट्रम्पले शक्तिको दुरुपयोग गरे/नगरेबारे सुनुवाइ गरेको त्यहाँको प्रतिनिधिसभाकी सभामुख पेलोसीले […]

उपत्यकाका सडक सुधारका लागि कार्यदल गठन

२० मंसिर, काठमाडौं । काठमाडौं उपत्यकाको समग्र सडक सुधारका लागि सरकारले कार्यदल बनाएर अध्ययन थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव छवि रिजालको नेतृत्वको टोलीले समग्र सडकको अवस्थाका बारेमा अध्ययन गरी त्यसको सुधारका लागि कार्ययोजना बनाउनेछ । कार्यदलमा यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल, सडक विभागका निर्देशक शिवहरि सापकोटा, महानगरीय ट्राफिक महाशाखाका वरिष्ठ प्रहरी […]

काठमाडौं उपत्यकाका यी क्षेत्रमा आज दिनभर हुनेछ विद्युत कटौती

२० मंसिर, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको ११ केभी ओम फिडरबाट वितरित क्षेत्रमा आज दिनभर विद्युत कटौती हुने भएको छ । चक्रपथ विस्तारका लागि नेपाल वन निगमले शुक्रबार रूख कटानको तयारी गरेपछि यहाँबाट वितरित क्षेत्रमा आज दिनभर विद्युत् आपूर्ति बन्द हुन लागेको नेपाल विद्युत् प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रले जनाएको छ । यो […]

टुटल र पठाओको अन्तरकथा : किन रोक्छ सरकार ?

२० मंसिर, काठमाडौं । भारतीय नाकाबन्दीका बेला ०७२ सालमा सवारी साधनमा ‘लिफ्ट कल्चर’ लोकप्रिय भयो । धेरै मोटरसाइकल र निजी गाडीले सवारी साधन कुरिरहेका यात्रुलाई आफ्नो रुटमा लिफ्ट दिएर सहयोग गरे । नाकाबन्दीपछि पनि नेपाली युवाको समूहले त्यही ‘लिफ्ट कल्चर’लाई व्यवसायिक रुप दिने गरी ‘टुटल एप’ प्रयोगमा ल्यायो । यस्तो एप धेरै देशहरु सुरु भइसकेको […]



from समाचार – Online Khabar https://ift.tt/2s3DCh6
via IFTTT
Powered by Blogger.