समाचार
१९ मंसिर, काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले डिस्चार्ज भएका छन् । उनी बिहीबार दिउँसो बालुवाटारस्थित निवास गउका हुन् । प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।अस्पतालबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीले आफू स्वस्थ भएर फर्किएको प्रतिक्रिया दिए । चिकित्सकका अनुसार अप्रेसन गरेको बाहिरी घाउ निको भए […]
१९ मंसिर, काठमाडौं । मध्यपुर थिमी नगरपालिकाको भीमसेनचोक–बोडे खण्डमा बिहीबार धमाधम सडक कालोपत्रे भइरहेको थियो । कालोपत्रेको लागि रोलर मेसिन अघि–पछि गर्दैगर्दा एक पुरुष आएर भर्खरै हालिएको आलो पिच धमाधम खन्न थाले । कालोपत्रे भइरहेको स्थानमा स्थानीय बासिन्दा लामबद्ध भएर हेरिरहेका थिए । प्रहरी पनि तैनाथ थिए त्यहाँ । तर, ती व्यक्तिले पिक ल्याएर भर्खरै […]
१९ मंसिर, विराटनगर । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री मन्त्री भानुभक्त ढकाल सार्वजनिक कार्यक्रममा उपचार नपाएर कोही नेपालीले मर्न नपर्ने दाबी गर्दै आएका छन् । भर्खरै जिम्मेवारी सम्हालेका ढकालले उपचार नपाएर कसैले मर्नु नपर्ने दाबी गरे पनि उनकै निर्वाचन क्षेत्रबाट उद्दार गरिएका नागरिकको उपचार अभावमा मृत्यु भएको छ । कोसी अञ्चल अस्पतालको इमरजेन्सी विभाग अगाडिको […]
१९ मंसिर,बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना १० फायरलाइनमा ट्रकमा मोटरसाइकल ठोक्किंदा बिहीबार साँझ एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लु ५७ प ६५८५ नम्बरको मोटरसाइकल चालक सैनामैना १ का ३४ वर्षिय केदारनाथ थारु रहेका छन् । सडकमा रोकिराखेको लु १ ख ६४५९ नम्बरको ट्रकमा पश्चिमबाट सैनामैनातर्फ आउँदै गरेको मोटरसाइकल ठोक्किंदा थारुको मृत्यु […]
१९ मंसिर, काठमाडौं । सरकारले सन् २०२० देखि २०३० सम्मलाई नेपाल भ्रमण दशक घोषणा गर्ने तयारी गरेको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को सरकारको नीति तथा कार्यक्रममा यसाबरे प्रस्ताव राख्ने गृहकार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको हो । ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई प्रवेश विन्दु मानेर त्यसपछिको एक दशकलाई भ्रमण दशक घोषणा […]
१९ मंसिर, वीरगञ्ज । बाराको कलैयामा मंगलबार साँझ ६ वर्षकी बालिका बलात्कृत भएकी छन् । घर बाहिर खेलेर फर्किने क्रममा उनको बलात्कार भएको परिवारका सदस्यले बताएका छन् । योनांगबाट रगत आइरहेको अवस्थामा परिवारका सदस्यले उनलाई वीरगञ्जको नारायाणी अस्पताल पुर्याएका थिए । तर नारायणी अस्पतालले विभिन्न वाहना बनाएर उपचार नगरेको भन्दै अभिभावकले नेशनल मेडिकल कलेज पुर्याए […]
१९ मंसिर, काठमाडौं । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । सर्लाहीको मलगंवा नगरपालिका-११ गम्हरियास्थित सडकमा ना.४३ प ५६९१ नम्बरको मोटरसाइकलले बिहीबार दिउँसो ठक्कर दिँदा पैदलयात्री गणेसिया बस्ने ६० वर्षीय धरीक्षण रामको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका रामको उपचारका लागि जिल्ला अस्पताल मलंगवा लैजाने क्रममा बाटोमै मृत्यु भएको […]
१९ मंसिर, काठमाडौं । न्यायपरिषद सदस्यबाट बुधबार राजिनामा दिएका पदमप्रसाद वैदिकलाई सर्वोच्च अदालतको न्यायाधीश सिफारिस गर्ने प्रस्तावमा न्याय परिषद् बैठकमा सहमति जुटेन । बिहीबार बसेको बैठकमा परिषद अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश चालेन्द्रशम्शेर राणाले वैदिकलाई न्यायाधीश सिफारिस गर्ने प्रस्ताव गरेका थिए । तर कानूनमन्त्री उपेन्द्र यादव र सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीले विरोध गरेका छन् । […]
१९ मंसिर, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमाकुमारी अर्यालले निजी गुठीका विषयमा गुठियारले भनेअनुसार नै अघि बढ्न सरकार तयार रहेको बताएकी छन् । बिहीबार गुठी बचाउ अभियानका अगुवासँगको छलफलमा उनले निजी गुठीका विषयमा सरकारले गुठीयारहरुको भनाइ मान्न तयार रहेको बताएकी हुन् । ‘निजी गुठीको हकमा यो नै यसको समाधान हो भनेर […]
१९ मंसिर, सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा बिहीबार आगलागी हुँदा ४ घर पूर्णरूपमा जलेर नष्ट भएको छ । कङ्कालिनी–३ पोर्ताहा बस्ने शिवनारायण भिन्दवारको घरमा विद्युत् चुहावट भई आगलागी हुँदा भिन्दवारसहित मनोज पघैया, विनोद पघैया र श्याम शर्माको घर जलेर नष्ट भएको सप्तरी प्रहरीले जनाएको छ । घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपातसमेत जलेर नष्ट […]
१९ मंसिर, गोरखा । चुमनुब्री गाउँपालिका सिर्दिवासका शेरबहादुर गुरुङ १२ बर्षअघि आरुघाट झरेर ०६४ सालमा दश लाख रुपैयाँमा साढे दुई आना जग्गा जोडे । बजारमा एक टुक्रा जमिन किन्नका लागि बाबुवाजेको जग्गा मात्र बेचेनन्, ०५३ सालदेखि खादै आएको जागिरबाट जोहो गरेको रकम पनि खर्च गरे । तर अहिले करिव ९ लाख भन्दा बढी मुआब्जा नपाउने […]
१९ मंसिर, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजले लिएको शुल्कको अध्ययन र छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ । मेडिकल कलेजले शैक्षिक सत्र २०७२/७३ र ०७३/७४ मा लिएको शुल्कको विषयमा अध्ययन, छलफल र छानबिन गरी निर्णय लिन आयोगको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन भएको हो । […]
१९ मंसिर, काठमाडौं । नवलपरासी(पश्चिम) र पाल्पामा करेन्ट लागेर बिहीबार दुई जनाको मृत्यु भएको छ । करेन्ट लागेर नवलपरासी(पश्चिम)को पाल्हीनन्दन गाउँपालिका-२ पिपरहवा का २५ वर्षीय जयहिन्द नाउँ र धादिङको रोलाङ गाउँपालिका-४ का २६ वर्षीय नेत्र बहादुर विसुन्केको मृत्यु भएको प्रहरीले जनाएको छ । नवलपरासी(पश्चिम)को पाल्हीनन्दन गाउँपालिका-२ पिपरहवास्थित आफ्नै घरमा विद्युतको काम गर्ने क्रममा करेन्ट लाग्दा […]
१९ मंसिर, वीरगञ्ज । वीरगञ्जमा विभिन्न किसिमले सेवा कार्यमा संलग्न हुँदै आएका स्वयंसेवकहरुले जुटेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । अन्तर्राष्ट्रिय स्वयं सेवक दिवसको अवसरमा उनीहरुले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । वीरगञ्जमा बसेर समाजका विभिन्न क्षेत्रमा निस्वार्थ भावनासहित मन, वचन र कर्मले सेवा गर्नेहरुले जुटेर काम गर्ने भन्दै ऐक्यबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । ‘स्वयं […]
१९ मंसिर, चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले जनता विधिको शासनका पक्षमा रहेको बताएका छन् । कांग्रेस चितवनले बिहीबार यहाँ आयोजना गरेको उपनिर्वाचनमा विजयी वडाध्यक्षहरुलाई बधाई, सम्मान तथा शुभकामना कार्यक्रममा उनले जसले विधि मान्यो, त्यसैलाई जनताले छानेको बताए । उपनिर्वाचनमा कांग्रेसलाई ठाउँठाउँमा निर्वाचित गराएर जनताले यसअघि गरेका गल्ती सच्याएको भन्दै उनले सरकारप्रति […]
१९ मंसिर, काठमाडौं । संसदको विधायन व्यवस्थापन समितिले नेपाल इन्जिनियरिङ परिषद् विधेयक २०७६ लाई पुनर्लेखन गर्न सरकारलाई निर्देशन दिएको छ । सरकारले विश्वविद्यालय ऐनसँग बाझिने गरी विधेयक ल्याएको भन्दै आलोचना भएपछि समितिले अन्य ऐनसँग नबाझिने गरी पुनर्लेखन गर्न भनेको हो । इन्जिनियरिङको पाठ्यक्रम र विद्यार्थी भर्नाको आधार तोक्ने र सो को अनुगमन र मुल्याङ्कन गर्ने […]
१९ मंसिर, परासी । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले उच्च मनोबलका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । पश्चिम नवलपरासीस्थित जिल्ला प्रशासन कार्यालय परासीमा बिहीबार जिल्लाका कार्यालय प्रमुखलाई निर्देशन दिँदै मन्त्री त्रिपाठीले कर्मचारीको मनोबल खस्किन नदिने बताए । उनले भने,“तपाईहरुको मनोबल खस्किन दिन्न, तर जनताको मनोबल खस्किन दिनुभएन्, निराश नभइ काममा लाग्नुहोस्” […]
१९ मङ्सिर, धनगढी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिला राजनीतिक र कूटनीतिक पहलबाट संवाद गरेर कालापानी सीमा समस्याको समाधान गर्ने कोशिश गर्नुपर्ने बताएका छन् । प्रेस सङ्गठन नेपालद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले कालापानीको विषयलाई अन्तरराष्ट्रियकरण गर्न पाइँदैन, आवश्यक छैन भन्ने भाषामा आफूले नभनेको बताउँदै सुरुमा नै अन्तरराष्ट्रियकरण गरिएमा समस्या झन् जटिल […]
१९ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली १० दिन अस्पतालमा उपचार गराउँदा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठको अनुसार शल्यक्रिया, आईसीयू बेड र औषधि उपचारमा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको हो । यो अस्पतालमा प्रधानमन्त्रीलाई १० दिन आईसीयूमा राखिएको […]
१९ मंसिर, बुटवल । आकस्मिक रुपमा निम्तिन सक्ने विपद्को सहज व्यवस्थापनका लागि बुटवल उप–महानगरपालिकाले स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । त्यसको लागि उप–महानगरपालिकाले सबै वडाअध्यक्ष आन्तरिक मामिला तथा कानून मन्त्रालय र संघीय सरकारको सामान्य प्रशासन मनत्रालयका विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्ने जानकारहरूसँग बिहीबार बुटवलमा स्थानीय आपतकालिन कार्यसञ्चालन सम्बन्धी कार्यशाला राखेर […]
१९ मंसिर, काठमाडौं । मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि धनुषामा निर्माणाधीन ४०० केभी ढल्केबर सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ । पुसभित्र (डिसेम्बर २०१९) निर्माण सम्पन्न गरी संचालन गर्ने (चार्ज)लक्ष्यका साथ जिआइएस प्रविधियुक्त स्वचालित सबस्टेसनको काम भइरहेको छ । मुलुक भित्र पूर्व-पश्चिम विद्युत आपूर्ति र भारतसँग विद्युत व्यापारका लागि […]
from समाचार – Online Khabar https://ift.tt/2RmsIxg
via IFTTT






















