Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

मन्त्रीको आग्रह-कार्यक्रममा नबोलाउनुस्, काम गर्न दिनुस्

२१ मंसिर, जनकपुरधाम । मन्त्री बनिसेकपछि शिलान्यास, उद्घाटन गर्न पाउँदा नेताहरु गौरव महसुस गर्छन् । यस्ता कार्यक्रममा गएर घण्टौं भाषण गर्ने मन्त्रीहरु आफ्नो पदीय दायित्व त्यसैलाई सम्झन्छन् । अझ अहिले संघ र प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्रीहरु शिलान्यास, उद्घाटन, पार्टीको कार्यक्रममा भाषण ठोक्दै हिँडेपछि मन्त्रालयको कामकाज अगाडि बढ्न सकेको छैन् । अन्य मन्त्रीहरुलाई यस्ता गतिविधीमा सरिक हुन […]

फुटबल सर्मथकको नारा : लिपुलेक हाम्रै हो, कालापानी हाम्रै हो

२१ मंसिर, पोखरा । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला फुटबलको फाइनलमा पुगिसकेका नेपाल र भारत समूह चरणको अन्तिम खेलमा भिडेका छन् । फाइनलको ‘प्रिभ्यू’का रुपमा रहेको खेल हेर्न पोखरास्थित फुटबल मैदानमा पोखरेली दर्शकहरुको बाक्लो उपस्थिति छ । दर्शकहरु नारा लगाइरहेका छन्, ‘लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो । ‘गोल हान्, गोल हान् ।’ बल […]

मलाई राष्ट्रयसभामा लैजाने प्रधानमन्त्रीकै प्रस्ताव हो : बामदेव

२१ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राष्ट्रियसभामा जान प्रस्ताव गरेको बताएका छन् । तर आफूले संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था गर्नुपर्ने बताएको उनले सुनाए । राष्ट्रिय समाचार समितिलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘एकदिन प्रधानमन्त्रीले ‘तपाईंलाई मैले तुरुन्तै संसदमा […]

विश्वचर्चित दुई साहित्यकारको प्रेमकथा : ‘डिभाइन कमेडी’ भर्सेस ‘ह्युमन कमेडी’

धार्मिक भावले जकडिएको समाजलाई चुनौती दिएर १३ औं शताब्दीमा इटालियन साहित्यकार अलिघेरी दाँतेले आफ्नी असफल प्रेमिकाको बखानमा ‘डिभाइन कमेडी’ को चर्चा गरे । एउटा असफल प्रेमीले लेखेको सो रचनाको अधिकांश भाव उनकी त्यही प्रेमिकाको बखानमा केन्दि्रत थियो । दैविक सुखान्तको ९ तहमध्ये सबैभन्दा उच्च बिन्दूमा उनले आफ्नी प्रेमिकाको नाम लेखेपछि त्यो कट्टर धार्मिक समाजले उनको […]

डा. तारानाथ शर्मा : घनघस्याको ओरालीतिर

डा. तारानाथ शर्मा, अर्थात् ताना शर्मा । उनी ‘घनघस्याको उकाली’का पर्याय हुन् । अहिले उनी व्यक्तिको शिखर उक्लिसकेर जीवनको उत्तरार्धमा यात्रा गरिरहेका छन् । यहाँ डा. शर्माको जीवनका केही रोचक पक्षहरुबारे चर्चा गर्ने प्रयास गरिएको छ । शर्माका यी रहस्यहरु धेरै मानिसलाई थाहा नहुन सक्छ । गत कात्तिक २७ गते नेपाल पर्यटन बोर्डमा आयोजित चौथो […]

विनय सरका दुई सपना !

‘तपाईँसँग जरुरी कुरा गर्नुछ । फुर्सद भए आउनुस् न ।’ दुई वर्षअघि बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानलाई एकाबिहानै फोन आयो । ०३२ सालदेखि परिचित साहित्यकार विनय कसजूको निमन्त्रणालाई अस्वीकार गर्ने कुरै भएन । बरु भेट हुनेवित्तिकै कसजूले व्यक्त गरेको कुराले भने असहज महसुस गरायो । ‘अब म कति दिन बाँच्छु र ?’ […]

वैदेशिक रोजगारीमा मानव तस्करी बढ्यो, प्रहरी र विभागवीच खटपट

२१ मंसिर, काठमाडौं । वैदेशिक रोजगारीका नाममा हुने मानव बेचविखन रोक्न सहकार्यका लागि वैदेशिक रोजगार विभागले गरेको प्रस्तावलाई प्रहरीले अटेर गरेको विभागका अधिकारीहरुको गुनासो छ । प्रहरीले भने यसमा विभागसँग सहकार्य भइरहेको दाबी गरेको छ । वैदेशिक रोजगार विभागले केही महिनाअघि नै प्रहरीलाई मानव बेचविखन नियन्त्रण र अन्य साझा मुद्दाहरुमा सहकार्य गर्न समझदारी (एमओयू) का […]

महिला क्रिकेटमा नेपालले काश्य जित्यो

काठमाडौं । अञ्जली चन्दको उत्कृष्ट बलिङसँगै नेपालले माल्दिभ्समाथि १० विकेटको जित हात पारेको छ । र, १३औं दक्षिण एसियाली खेदकुद -साग)को महिला क्रिकेटमा काश्य कदक जितेको छ । पोखरा मैदानमा भएको खेलमा नेपालले कमजोर टिम माल्दिभ्सलाई ८ रनमा अलआउट गरेको थियो । नेपालकी अञ्जलीले घातक बलिङ गरिन् । ४ ओभर बलिङ गरेकी उनले ३ मेडन […]

क्रिकेटमा नेपालको स्वर्ण सम्भावना सकियो

२१ मंसिर, काठमाडौं । नेपाल, बंगलादेश यू-२३ सँग ४४ रनले पराजित भएको छ । र, १३औं दक्षिण एसियाली खेलकुद -साग)मा पुरुष क्रिकेटको फाइनल पुग्न असफल रहृयो । यससँगै नेपालको क्रिकेटमा स्वर्ण सम्भावना सकियो । अब काश्य पदकका लागि खेल्नेछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बंगलादेशले दिएको १५६ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाएर १११ […]

महिला फुटबलमा माल्दिभ्सले जित्यो काश्य

२१ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार भएको महिला फुटबलको खेलमा मालदिभ्सले कास्य पदक जितेको छ । श्रीलंकालाई २-१ ले हराउँदै मालदिभ्सले कास्य पदक जितेको हो । राउन्ड रोबिनमा तल्लो अंकमा रहेकाले समूह चरणमै छिनोफानो भएको हो । आजै २ बजे नेपाल र भारत लिग चरणको अन्तिम खेल खेल्नेछन् । […]

म्याराथनमा किरणसिंह बोगटीले जिते स्वर्ण पदक

२१ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा नेपालले स्वर्ण पदक जितेको छ । पुरुषतर्फको स्पर्धामा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे । यस स्पर्धामा भारतीय खेलाडी दोस्रो र तेस्रो हुँदै रजत र कास्य पदक जिते […]

निजगढ विमानस्थलबारे सर्वोच्चमा बहस गर्न तयार छु : पर्यटन मन्त्री

२१ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अनुमती मिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सन्दर्भमा सर्वोच्च अदालतमा बहसका लागि आफैं जान तयार रहेको बताएका छन् । यो आयोजना राष्ट्रिय महत्व र देशको भविष्यसँग जोडिएका कारण आफैं बहसमा जान तयार रहेको बताएका हुन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन स्थापना दिवसको उपलक्ष्यमा शनिबार राजधानीमा […]

लोप हुँदै खरले छाएका परम्परागत घर

२१ मंसिर, रामेछाप । ढुङ्गामाटोको गारो, बहिरबाट लिप्सिएर सेतो कमेरो अनि रातो माटोले पोतेर टिलिक्क टल्कने भित्ता अनि खरको छानो । पुराना नेपाली घरको पहिचान हो यो । तर अब यो एकादेशको कथाजस्तो भएको छ । मानव स्वास्थ्यका लागि हितकर र वातानुकुलित यस्ता घरहरु लोप हुँदै गएका छन् । ढुङ्गा माटोको सट्टामा इँटा र सिमेन्टको […]

कुस्ती उदघाटनमा आतिसबाजी गरेर छाडिएको पटाका पड्कियो, एक बालक गम्भीर घाइते

२१ मंसिर, धनुषा । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत कुस्ती खेल भइरहेको जनकपुरधामस्थित कभर्ड हल नजिकै भएको पटाका बिष्फोटमा एक बालक घाइते भएका छन् । पटाका बिष्फोटबाट जनकपुरधाम उपमहानगरपालिका १३ निवासी ११ वर्षीय आलोक राउत घाइते भएका हुन् । कुस्ती प्रतियोगिताको उदघाटन सत्रमा बाहिर पटाका पड्काएर आतिसबाजी गरिएको थियो । आतिसबाजीका क्रममा पड्किन […]

काठमाडौंका स्मार्ट डस्टविन महानगरवासीले देखेनन् !

२१ मंसिर, काठमाडौं । ‘ए यो फोहोर फाल्ने ठाउँ हो ? मलाई त थाहै थिएन,’  माइतीघरमा पैदल लम्किरहेका उत्तमबहादुर गजमेर भन्दै थिए । माइतीघरबाट भद्रकालीतर्फ जाने एकतर्फी सडकको मुख नजिकै राखिएको डस्टबिनबारे हामीले उनलाई सोधेका थियौ । सडकको किनारामा सोलार बत्तीसहित राखिएको चिट्टिक्क परेको स्मार्ट डस्टबिनलाई उनले चार्जिङ स्टेसन भन्ठानेका रहेछन् । ‘म बसन्तपुर भन्दा […]

८ एसपीको सरुवा, बालाजु र थानकोटका डीएसपी पनि फेरिए (नामावलीसहित)

२१ मंसिर, काठमाडौं । नेपाल प्रहरीले ८ एसपी र २१ डिएसपीको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय कानुन शाखाका एसपी जनार्दन बीसीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जामा, स्याङ्जाका राजकुमार लम्साललाई जगेडापुल नक्सालमा सरुवा गरिएको छ । यसैगरी सर्लाहीका गोपाल चन्द्र भट्टराई प्रहरी प्रधान कार्यालयको कानुन शाखामा सुरुवा भएका छन् । सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयका […]

घनश्याम भुसाललाई उखु रोप्न छाड्ने चेतावनी !

२१ मंसिर, काठमाडौं । किसान र व्यवसायीको आ-आफ्ना अडानपछि उखुको समर्थन मूल्य सिफारिस प्रक्रिया लम्बिने भएको छ । उखु किसानहरुले मूल्य नबढाए उखु खेति नै छोड्ने चेतावनी कषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाललाई दिएका छन् । उद्योगीहरु भने मूल्य बढाउन नसकिने अडानमा छन् । सिंहदरबारमा भएको त्रिपक्षीय छलफलमा आफूहरुले मल, बीउ, श्रमिक लागत जस्ता […]

बंगलादेशले नेपाललाई दियो १५६ रनको लक्ष्य

२१ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको पुरुष क्रिकेटमा बंगलादेशले नेपाललाई १५६ रनको लक्ष्य दिएको छ । बंगलादेशले पुरै २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो । बंगलादेशले सम्मानजनक स्कोर तयार गर्ने क्रममा कप्तान होसिन सान्तोलले ६० बलमा ७५ रन बनाएर कप्तानी पारी खेले ।  अफिफ हुसेनले पनि आक्रामक पारी खेल्दै […]

अकुपाई टुँडिखेल : खेलाडीको उपस्थितिमा गरियो प्रदर्शन

२१ मंसिर, काठमाडौं । टुँडिखेललाई अतिक्रमणबाट जोगाउन भन्दै शुरु भएको अकुपाई टुँडिखेल अभियानको पाँचौ दिन शनिबार खेलाडीहरु सहभागी भएका छन् । ‘देशका लागि खेलाडी, खेलाडीका लागि टुँडिखेल’ भन्ने नाराका साथ अभियानको पाँचौ कार्यक्रम सम्पन्न गरिएको हो । शनिबार टुँडिखेलभित्र आयोजना गरिएको कार्यक्रममा खुला स्थानको महत्वबारे चर्चा गरियो । १३ औं दक्षिण एसियाली खेलकुद (साग) काठमाडौंमै […]

कर्मचारीलाई मन्त्री अर्यालको निर्देशन- गैंडासँग नलोभिनुस्, मुन्द्रा लाउनेसँग नडराउनुस्

२१ मंसिर, पोखरा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कर्मचारी मुन्द्रा लगाउनेसँग नडराउन र गैंडासँग नलोभिन कर्मचारीहरुलाई निर्देशन दिएकी छन् । शनिवार पोखरामा आयोजित ‘आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रगति समीक्षा गोष्ठी’लाई सम्बोधन गर्दै मन्त्री अर्यालले मालपोत र नापी सुध्रिएछन् भन्ने देखाउने गरी काम गर्न निर्देशन दिइन् । तर कमजोर मनस्थिती […]

बंगलादेशविरुद्धको ब्याटिङमा नेपालको खराव सुरुआत

२१ मंसिर, काठमाडौं । बंगलादेशविरुद्ध १५६ रनको लक्ष्य पछ्याएको नेपालले खराव सुरुआत गरेको छ । नेपालले १४ रन बनाउँदा नै ३ वकेट गुमाएको छ । पारस खड्का १६ बलमा ९ रन बनाएर आउट भएन भने पवन सर्राफ र आरिफ शेख एक रन पनि नजोडी आउट हुन पुगे । बंगलादेशका लागि तानवीर ईस्लामले २२ विकेट लिइसकेका […]



from समाचार – Online Khabar https://ift.tt/2DXbE9a
via IFTTT
Powered by Blogger.