समाचार
९ असार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीले प्रदेश मन्त्रालयका सचिव खटनपटनबारे आफ्नो पूर्ववत अडान छाडेका छन् । यसअघि मुख्यसचिव केन्द्रले पठाए पनि सचिवहरु प्रदेश सरकारकै हुनुपर्ने उनको अडान थियो । तर प्रधानमन्त्री केपी शर्मा ओली र सचिवहरु पनि केन्द्र सरकारकै हुने र उनीहरुको खटनपटन पनि केन्द्र सरकारले नै गर्ने अडानमा थिए […]
पछिला दिनहरुमा किस्ता किस्तामा लकडाउन खुकुलो बन्दै गइरहेको छ । भारतका विभिन्न स्थानमा नेपाली दिदीबहिनी दाजुभाईहरु रोजगारीका लागि गएका छन् । उनीहरु मध्ये केही स्वदेश फिर्ता आएसँगै क्वारेन्टिनमा बस्नेको संख्या बढेको छ । क्वारेन्टिन अव्यवस्थित छ । पीसीआर परीक्षणमा चाप अत्यधिक छ । पछिल्ला दिनमा दुवैतिरका सुरक्षा निकायको आँखा छलेर नेपाली र भारतीय नागरिक छिर्न […]
९ असार, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले अर्थतन्त्र थला पर्न लागेको बताएका छन् । कोभिड–१९ का कारण अर्थतन्त्र संकटमा परेको उनको भनाई छ । पूर्व अर्थमन्त्री समेत रहेका डा. भट्टराईले सामाजिक सञ्जालमा ट्विटरमा लेखेका छन्, ‘अर्थतन्त्र थला पर्दैछ, विदेशबाट फर्केका र स्वदेशमै रहेका लाखौं वेरोजगार युवाको ताँती बढ्दैछ […]
९ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अंगीकृत नागरिकतासम्बन्धी नयाँ व्यवस्थाले राजनीतिक दुर्घटना हुने प्रमुख विपक्षी नेपाली कांग्रेसको चेतावनीको प्रतिवाद गरेको छ । राष्ट्रियसभाको मंगलबार बसेको बैठकमा नेकपा सांसद वेदुराम भुसालले धम्कीपूर्ण भाषा प्रयोग भएको भन्दै आपत्ति जनाए । आइतबारको बैठकमा कांग्रेस सांसद जितेन्द्रनारायण देवले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्ष नेपालमा […]
९ असार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १४ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसको कारण १४ हजार ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ३१२ जनाको मृत्यु भएको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि चार […]
९ असार, काठमाडौं । बझाङमा एकजना युवकले क्वारेन्टिनमै आत्महत्या गरेका छन् । छबिस पाथिभेरा गाउँपालिका-७ स्थित विद्यालयको क्वारेन्टिनमा बसेका सोही ठाउँका ३० वर्षीय युवकले आत्महत्या गरेका हुन् । विद्यालयको अलग्गै कोठामा बसेका युवक बिहान नउठेपछि हेर्न जाँदा झुण्डिएको अवस्थामा फेला परेको गाउँपालिकाका अधयक्ष अक्कल धामीले जानकारी दिए । भारतबाट आएका युवक यही असार ६ गतेदेखि […]
सिड्नी । अष्ट्रेलियाको सिड्नीबाट २५९ जना नेपालीहरु बोकेर नेपाल एयरलाइन्सको जहाज आज काठमाडौं प्रस्थान गरेको छ । स्थानीय समय अनुसार साढे ३ बजे नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाज काठमाडौं प्रस्थान गरेको हो । आफ्ना छोराछोरीलाई भेट्न अष्ट्रेलिया आएका अभिभावक र केही पर्यटकहरु छन् जो चार महिनादेखि लकडाउनमा परेका थिए । सोही फ्लाइटमा न्यूजिल्याण्डमा रहेका ११ जना […]
९ असार, बुटवल । रुपन्देहीको तिलोत्तमा–८ का निर्मल अर्यालले घडेरी बनाई बिक्री गर्ने प्रयोजनले वडा नं. १७ गंगोलियामा किनेको एक बिघा भन्दा बढी खेत केही वर्षयता बाँझो थियो । असारको शुरुवातमै उनको खेतमा यसपालि अरु कसैले धान रोपे । आफ्नो खेतमा आफूलाई जानकारी नै नदिई अरुले नै धान रोपेको थाहा पाएपछि उनी हतारहतार आफ्नो खेतमा […]
९ असार, चितवन । चितवनको भरतपुर अस्पतालबाट १९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार डिस्चार्ज गरिएकाहरुमा भरतपुर महानगरका १० जना, माडी नगरपालिकाका ६ जना, नवलपरासी बर्दघाट–सुस्ता पूर्वका २ जना र कपिलवस्तुका १ जना छन् । उनीहरुमध्ये तीन जनाको पीसीआर नतिजा नेगेटिभ आएपछि र बाँकी १६ जनाको १४ दिनसम्म […]
९ असार, डोटी । डोटीको आदर्श गाउँपालिका–२ का ६२ वर्षीय एक पुरुष गत जेठ १३ गते भारतको गुजरातबाट आए । उनी स्थानीय शारदा माविको क्वारेन्टिनमा १५ दिन बसे । २९ गते उनको र्यापिड डाइग्नोष्टिक टेष्ट गर्दा नतिजा नेगेटिभ आयो । उनीसँगै क्वारेन्टिनमा बसेका केही व्यक्तिहरुको पीसीआर परीक्षणका लागि स्वाव संकलन पनि गरियो । र्यापिड टेस्ट […]
९ असार, काठमाडौं । कोरोना र यसबाट बच्न गरिएको लामो लकडाउनका कारण सबैतिर निराशा र समस्याहरूको मात्रै चर्चा छ । तर लकडाउनले फुर्सदिलो बनेका स्याङ्जाका एक युवकले फुर्सदको समय सदुपयोग गर्दै देशैभरिका किसानको साझा समस्या बनेको बाँदर आतंक समाधान गर्ने नयाँ प्रविधि आविष्कार गरेका छन् । स्याङ्जाको भिरकोट नगरपालिका ७ का भविश्वर कोइरालाले लकडाउन अवधिभित्रै […]
९ असार, तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका क्षेत्र एक हप्तासम्म पूर्ण बन्द गरिने भएको छ । सोमबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै आपतकालीन बैठक बसेर गाउँपालिकाको सम्पूर्ण क्षेत्र एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको अध्यक्ष पूर्णसिंह थापाले बताए । बैठकले बन्दिपुर अस्पतालको सबै सेवा, गाउँपालिका भित्रका सबै सरकारी कार्यालय, गैरसरकारी संस्था, निजी क्षेत्र, […]
९ असार, गोरखा । गोरखामा थप ११ जनामा कोरोना संक्रमण देखिएको छ । सोमवार भीमसेन थापा गाउँपालिकाका ५, शहिद लखन र गण्डकी गाउँपालिकाका ३/३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमित हुनेमा दुई महिला र ९ जना रहेका छन् । महिलाहरु भीमसेन थापा गाउँपालिकाका हुन् । सोमबार कोरोना पुष्टि भएका गण्डकी गाउँपालिकाका […]
९ असार, दाङ । पीसीआर परीक्षण रिपोर्ट दिन ढिलो गरेको विरोधमा दाङको घोराहीस्थित रझेना मावि क्वारेन्टिनमा बसेकाहरु बाहिर सडकमा निस्किएर प्रदर्शन गरेका छन् । उनीहरु रझेनाबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म आएर प्रदर्शन गरेका थिए । जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले सोमबार साँझ करिब ४०–५० जना व्यक्तिहरुले प्रतिष्ठान अगाडि विरोध प्रदर्शन गरेको र सम्झाइ […]
९ असार, काठमाडौं । सरकारले दार्चुलाको छाङरुमा राखेको बोडर आउट पाेष्ट (बीओपी) को टोली नेपाल–भारत-चीन सीमाको १ नम्बर पिल्लर पुगेर फर्किएको छ । बीओपी स्थापनापछि नजिकै मात्र गस्ती गरिरहेको सशस्त्र प्रहरी हालै १ नम्बर स्तम्भसम्म पुगेको हो । बीओपीका प्रमुख प्रहरी निरीक्षक लिलिबहादुर चन्द नेतृत्वको २५ जनाको टोली गस्ती १ नम्बर स्तम्भसम्म पुगेर फर्किएको सशस्त्र […]
९ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले महिला अधिकारका लागि विभिन्न मोर्चाबाट संघर्ष गरिन् । चार दशकभन्दा लामो राजनीतिक इतिहास बोकेकी उनलाई अहिले एकथरिले ‘महिला विरोधी’ को आरोप लगाउन थालेका छन् । सन्दर्भ हो संशोधित नागरिकता ऐनको । दुई वर्षदेखि संसदमा अनिर्णयको बन्दी बनिरहेको विधेयकलाई आइतबार राज्यव्यवस्था समितिले किनारा लगायो । यससँगै […]
९ असार, मेलम्ची । ढुङ्गासहितको पहिरोले बाटो अवरुद्ध पारिदिएपछि अहिले तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनरहरु बाटोमै अलपत्र परेर थन्किएका छन् । ढुङ्गासहित पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक सवारी साधन बीच बाटैमा अलपत्र परेका हुन् । तातोपानीको लिपी बजारदेखि २०० मिटर नजिकै भीरमा पहिरो गएपछि १४ कन्टेनर बाटोमै रोकिएका हुन् । लिपी भिरमा […]
९ असार, काठमाडौं । सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्दै गएको पाइएको छ । प्रहरी प्रधान कार्यालयको ट्राफिक व्यवस्थापन महाशाखाका अनुसार आर्थिक वर्ष २०६८/०६९ मा सवारी दुर्घटनामा एक हजार ८३७ जनाको मृत्यु भएको थियो भने अघिल्लो आर्थिक वर्षमा दुई हजार ७७९ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा मात्रै १३ हजार ३६६ वटा सवारी […]
सिड्नी । अस्ट्रेलियाबाट आज पहिलो ‘उद्धार’ उडान हुँदैछ । नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत् २५९ जना नेपालीहरू अस्ट्रेलियाबाट काठमाडौं फर्किन लागेका हुन् । नेपाल एयरलाइन्सको जहाज सिड्नीबाट स्थानीय समयअनुसार १ बजे काठमाडौंतर्फ उड्ने छ । सो जहाजमा चार महिनादेखि लकडाउनमा परेका नेपालीहरू छन् । उनीहरू आफ्ना छोराछोरीलाई भेट्न अस्ट्रेलिया आएका अभिभावकहरू हुन् । सो फ्लाइटमा न्युजिल्याण्डमा […]
९ असार, काठमाडौं । लकडाउनको समयमा लुकिछिपी बसेका दुई जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणीसम्बन्धी मुद्दामा अघिल्लो वर्ष ३ असारदेखि फरार रहेका राजन महर्जन र चोरी एवं लागुऔषध मुद्दाका फरार रोमन महर्जनलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी राजकुमार केसीका अनुसार राजनलाई वसन्तपुर र रोमनलाई बलम्बुबाट पक्राउ […]
९ असार, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका बाबजुद साउदी अरबले यस वर्ष पनि हज आयोजना गर्ने भएको छ । तर यस वर्ष साउदी अरबका नागरिकले मात्रै हज गर्न पाउने छन् । साउदी अरब सरकारको हज मन्त्रालयले सोमबार सूचना जारी गरी सीमित हाजीलाई मात्र हज गर्न अनुमति दिइने जानकारी दिएको छ । यसै सूचनामा कोरोना […]
from समाचार – Online Khabar https://ift.tt/2CoMNO3
via IFTTT





















