Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बझाङमा युवकले गरे क्वारेन्टिनमै आत्महत्या

९ असार, काठमाडौं । बझाङमा एकजना युवकले क्वारेन्टिनमै आत्महत्या गरेका छन् । छबिस पाथिभेरा गाउँपालिका-७ स्थित विद्यालयको क्वारेन्टिनमा बसेका सोही ठाउँका ३० वर्षीय युवकले आत्महत्या गरेका हुन् । विद्यालयको अलग्गै कोठामा बसेका युवक बिहान नउठेपछि हेर्न जाँदा झुण्डिएको अवस्थामा फेला परेको गाउँपालिकाका अधयक्ष अक्कल धामीले जानकारी दिए । भारतबाट आएका युवक यही असार ६ गतेदेखि […]

२५९ नेपाली बोकेर सिड्नीबाट काठमाडौं उड्यो नेपाल एयरलाइन्स

सिड्नी । अष्ट्रेलियाको सिड्नीबाट २५९ जना नेपालीहरु बोकेर नेपाल एयरलाइन्सको जहाज आज काठमाडौं प्रस्थान गरेको छ । स्थानीय समय अनुसार साढे ३ बजे नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाज काठमाडौं प्रस्थान गरेको हो । आफ्ना छोराछोरीलाई भेट्न अष्ट्रेलिया आएका अभिभावक र केही पर्यटकहरु छन् जो चार महिनादेखि लकडाउनमा परेका थिए । सोही फ्लाइटमा न्यूजिल्याण्डमा रहेका ११ जना […]

तिलोत्तमामा बाँझो रहने खेतमा धमाधम रोपाइँ

९ असार, बुटवल । रुपन्देहीको तिलोत्तमा–८ का निर्मल अर्यालले घडेरी बनाई बिक्री गर्ने प्रयोजनले वडा नं. १७ गंगोलियामा किनेको एक बिघा भन्दा बढी खेत केही वर्षयता बाँझो थियो । असारको शुरुवातमै उनको खेतमा यसपालि अरु कसैले धान रोपे । आफ्नो खेतमा आफूलाई जानकारी नै नदिई अरुले नै धान रोपेको थाहा पाएपछि उनी हतारहतार आफ्नो खेतमा […]

१९ जना कोरोना संक्रमित भरतपुर अस्पतालबाट डिस्चार्ज

९ असार, चितवन । चितवनको भरतपुर अस्पतालबाट १९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार डिस्चार्ज गरिएकाहरुमा भरतपुर महानगरका १० जना, माडी नगरपालिकाका ६ जना, नवलपरासी बर्दघाट–सुस्ता पूर्वका २ जना र कपिलवस्तुका १ जना छन् । उनीहरुमध्ये तीन जनाको पीसीआर नतिजा नेगेटिभ आएपछि र बाँकी १६ जनाको १४ दिनसम्म […]

जब संक्रमित नै बिरामीलाई उपचार गराउन हिँडे

९ असार, डोटी । डोटीको आदर्श गाउँपालिका–२ का ६२ वर्षीय एक पुरुष गत जेठ १३ गते भारतको गुजरातबाट आए । उनी स्थानीय शारदा माविको क्वारेन्टिनमा १५ दिन बसे । २९ गते उनको र्‍यापिड डाइग्नोष्टिक टेष्ट गर्दा नतिजा नेगेटिभ आयो । उनीसँगै क्वारेन्टिनमा बसेका केही व्यक्तिहरुको पीसीआर परीक्षणका लागि स्वाव संकलन पनि गरियो । र्‍यापिड टेस्ट […]

बाँदर धपाउने ‘बन्दुक’ : एकपटक पड्काएपछि हाइसन्चो !

९ असार, काठमाडौं । कोरोना र यसबाट बच्न गरिएको लामो लकडाउनका कारण सबैतिर निराशा र समस्याहरूको मात्रै चर्चा छ । तर लकडाउनले फुर्सदिलो बनेका स्याङ्जाका एक युवकले फुर्सदको समय सदुपयोग गर्दै देशैभरिका किसानको साझा समस्या बनेको बाँदर आतंक समाधान गर्ने नयाँ प्रविधि आविष्कार गरेका छन् । स्याङ्जाको भिरकोट नगरपालिका ७ का भविश्वर कोइरालाले लकडाउन अवधिभित्रै […]

बन्दिपुरमा अस्पताल र प्रहरी कार्यालयसमेत बन्द गर्ने निर्णय

९ असार, तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका क्षेत्र एक हप्तासम्म पूर्ण बन्द गरिने भएको छ । सोमबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै आपतकालीन बैठक बसेर गाउँपालिकाको सम्पूर्ण क्षेत्र एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको अध्यक्ष पूर्णसिंह थापाले बताए । बैठकले बन्दिपुर अस्पतालको सबै सेवा, गाउँपालिका भित्रका सबै सरकारी कार्यालय, गैरसरकारी संस्था, निजी क्षेत्र, […]

गोरखाका ११ संक्रमित भारतबाट आएका

९ असार, गोरखा । गोरखामा थप ११ जनामा कोरोना संक्रमण देखिएको छ । सोमवार भीमसेन थापा गाउँपालिकाका ५, शहिद लखन र गण्डकी गाउँपालिकाका ३/३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमित हुनेमा दुई महिला र ९ जना रहेका छन् । महिलाहरु भीमसेन थापा गाउँपालिकाका हुन् । सोमबार कोरोना पुष्टि भएका गण्डकी गाउँपालिकाका […]

रिपोर्ट आउन ढिलो भएको विरोधमा क्वारेन्टिनबाट निस्किएर प्रदर्शन

९ असार, दाङ । पीसीआर परीक्षण रिपोर्ट दिन ढिलो गरेको विरोधमा दाङको घोराहीस्थित रझेना मावि क्वारेन्टिनमा बसेकाहरु बाहिर सडकमा निस्किएर प्रदर्शन गरेका छन् । उनीहरु रझेनाबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म आएर प्रदर्शन गरेका थिए । जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले सोमबार साँझ करिब ४०–५० जना व्यक्तिहरुले प्रतिष्ठान अगाडि विरोध प्रदर्शन गरेको र सम्झाइ […]

१ नम्बर पिल्लर पुगेर फर्कियो छाङरुको फौज

९ असार, काठमाडौं । सरकारले दार्चुलाको छाङरुमा राखेको बोडर आउट पाेष्ट (बीओपी) को टोली नेपाल–भारत-चीन सीमाको १ नम्बर पिल्लर पुगेर फर्किएको छ । बीओपी स्थापनापछि नजिकै मात्र गस्ती गरिरहेको सशस्त्र प्रहरी हालै १ नम्बर स्तम्भसम्म पुगेको हो । बीओपीका प्रमुख प्रहरी निरीक्षक लिलिबहादुर चन्द नेतृत्वको २५ जनाको टोली गस्ती १ नम्बर स्तम्भसम्म पुगेर फर्किएको सशस्त्र […]

पम्फा भुसालको प्रश्न- आफ्ना चेलीको वास्ता छैन, विदेशीको चिन्ता लिएर बस्ने ?

९ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले महिला अधिकारका लागि विभिन्न मोर्चाबाट संघर्ष गरिन् । चार दशकभन्दा लामो राजनीतिक इतिहास बोकेकी उनलाई अहिले एकथरिले ‘महिला विरोधी’ को आरोप लगाउन थालेका छन् । सन्दर्भ हो संशोधित नागरिकता ऐनको । दुई वर्षदेखि संसदमा अनिर्णयको बन्दी बनिरहेको विधेयकलाई आइतबार राज्यव्यवस्था समितिले किनारा लगायो । यससँगै […]

पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक सवारी साधन अलपत्र

९ असार, मेलम्ची । ढुङ्गासहितको पहिरोले बाटो अवरुद्ध पारिदिएपछि अहिले तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनरहरु बाटोमै अलपत्र परेर थन्किएका छन् । ढुङ्गासहित पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक सवारी साधन बीच बाटैमा अलपत्र परेका हुन् । तातोपानीको लिपी बजारदेखि २०० मिटर नजिकै भीरमा पहिरो गएपछि १४ कन्टेनर बाटोमै रोकिएका हुन् । लिपी भिरमा […]

बर्सेनि बढ्दैछ सवारी दुर्घटना, न्यूनीकरणमा राज्य उदासीन

९ असार, काठमाडौं । सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्दै गएको पाइएको छ । प्रहरी प्रधान कार्यालयको ट्राफिक व्यवस्थापन महाशाखाका अनुसार आर्थिक वर्ष २०६८/०६९ मा सवारी दुर्घटनामा १ हजार ८३७ जनाको मृत्यु भएको थियो भने अघिल्लो आर्थिक वर्षमा २ हजार ७७९ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा मात्रै १३ हजार ३६६ वटा सवारी […]

अस्ट्रेलियाबाट आज २५९ नेपाली काठमाडौं फर्किंदै

सिड्नी । अष्ट्रेलियाबाट आज पहिलो ‘उद्धार’ उडान हुँदै छ । नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत् २५९ जना नेपालीहरु अष्ट्रेलियाबाट काठमाडौं फर्किन लागेका हुन् । नेपाल एयरलाइन्सको जहाज सिड्नीबाट स्थानीय समयअनुसार १ बजे काठमाडौंतर्फ उड्ने छ । सो जहाजमा चार महिनादेखि लकडाउन परेका नेपालीहरु छन् । उनीहरु आफ्ना छोराछोरीलाई भेट्न अष्ट्रेलिया आएका अभिभावकहरु हुन् । सो फ्लाइटमा […]

लकडाउनमा समातिए फरार अभियुक्त

९ असार, काठमाडौं । लकडाउनको समयमा लुकिछिपी बसेका दुई जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी सम्बन्धी मुद्दामा अघिल्लो वर्ष ३ असारदेखि फरार रहेका राजन महर्जन र चोरी एवं लागूऔषध मुद्दाका फरार रोमन महर्जनलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी राजकुमार केसीका अनुसार राजनलाई वसन्तपुर र रोमनलाई बलम्बुबाट […]

साउदीले कोरोना महामारीबीच हज आयोजना गर्ने, अन्य देशका नागरिकलाई निषेध

९ असार, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका बाबजुद साउदी अरबले यस वर्ष पनि हज आयोजना गर्ने भएको छ । तर, यस वर्ष साउदी अरबका नागरिकले मात्रै हज गर्न पाउने छन् । साउदी अरब सरकारको हज मन्त्रालयले सोमबार सूचना जारी गरी सीमित हाजीलाई मात्र हज गर्न अनुमति दिइने जानकारी दिएको छ । यसै सूचनामा कोरोना […]

आफूखुसी शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

८ असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क नलिन निर्देशन दिएको छ । निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी काय गरी माथिल्लो कक्षामा विद्यार्थीको अभिलेखीकरण गराई बक्यौता शुल्क बुझाउन आज सार्वजनिक आग्रह गरेका थिए । शिक्षा मन्त्रालयले कोरोना महामारी र बन्दाबन्दीको विद्यमान […]

‘बुहारी’ले नेपालको पीआर पाउँछिन्, पासपोर्टका लागि दूतावास जानुपर्छ !

८ असार, काठमाडौं । प्रस्तावित नागरिकता विधेयकमाथि लामो माथापच्ची गरिरहेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले गत मंगलबार विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गरेको ७ वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता लिन सक्ने प्रावधान प्रस्ताव गर्‍यो । आइतबार यो प्रस्ताव समितिबाट पारित नै भइसकेको छ । सात वर्षसम्म वैवाहिक अंगीकृत नागरिकता नपाउने महिलाहरूलाई आर्थिक, सामाजिक र […]

क्वारेन्टिनबाट घर गएका ५८ जनामा कोरोना संक्रमण पुष्टि

८ असार, कैलाली । कैलालीमा क्वारेन्टिनबाट घर गएका ५८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरु सबै लम्किचुहा नगरपालिकाका हुन् । ‘उनीहरुलाई २१ दिन क्वारेन्टाइनमा राखेर घर पठाएका हौं’ महादेब जजगाईँले अनलाइनखबरसँग भने ‘घर गएको ४/५ दिनपछि आज (सोमबार) बल्ल संक्रमित भएको रिर्पाेट आयो ।’ नगरपालिककाको क्वारेन्टिनमा २४२ जना थिए । उनीहरुको र्‍यापिड डायग्नोस्टिक […]

ओम्नी प्रकरणमा स्वास्थ्यमन्त्री र सल्लाहकार कार्कीमाथि प्रश्नै प्रश्न

८ असार, काठमाडौं । स्वास्थ्य सामग्री खरिद प्रकरणमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल र उनका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीको भूमिका शंकास्पद देखिएको सार्वजनिक लेखा समितिका सदस्यहरूले बताएका छन् । संसदको लेखा समितिले सोमबार प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारी, स्वास्थ्यसचिव लक्ष्मण अर्याल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंह र स्वास्थ्य मन्त्रालयका प्रशासन प्रमुख रघुराम बिष्टसँग […]

‘पब्लिक कम्पनी’ को भ्रष्टाचार छानबिनको अधिकार अख्तियारलाई

८ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारी लगानी वा अनुदान नभएको पब्लिक कम्पनीको पनि अनुसन्धान गर्ने दिइने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयकमार्फत यस्तो व्यवस्था गर्न लागिएको हो । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सोमबार राष्ट्रिय सभामा पेश गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन गर्न बनेको विधेयक सम्बन्धी प्रतिवेदनमा […]



from समाचार – Online Khabar https://ift.tt/3hWH42y
via IFTTT
Powered by Blogger.