Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सीटीईभीटीको उपाध्यक्षमा झापाका अधिकारी मनोनित

५ असार, काठमाडौं । सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) को उपाध्यक्षमा झापाका खगेन्द्रप्रसाद अधिकारीलाई मनोनयन गरेको छ । असार २ गते बसेको मन्त्रिपरिषद बैठकले उनलाई मनोनयन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । त्यस्तै वौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको अध्यक्षमा ताप्लेजुङ […]

सुरुङ मार्गमा पर्ने गुठी जग्गाका मोहीले मुआब्जाको आधा रकम क्षतिपूर्ति पाउने

५ असार, काठमाडौं । सरकारले कलंकी–थानकोट–नागढुंगा सुरुङ मार्ग आयोजनाको क्षेत्रभित्र पर्ने जग्गा अधिग्रहण गर्दा सरकारी गुठीका मोहीलाई ५० प्रतिशत क्षतिपूर्ति रकम दिने भएको छ । आयोजना क्षेत्रमा रहेको श्री ५ को वायु गुठीको जग्गा भोगचलन गरिरहेका मोहीहरुलाई तोकिएको मुआब्जाको आधा रकम मात्र क्षतिपूर्ति दिने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री […]

अर्घाखाँचीमा भिरबाट लडेर दुई जनाको मृत्यु

५ असार, बुटवल । भिरबाट लडेर अर्घाखाँचीका बेग्लाबेग्लै स्थानमा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालारानी गाउँपालिका–५ का ४९ वर्षीय मनबहादुर खत्री र सन्धिखर्क नगरपालिका–२ स्थित भलायडाँडाका ५५ वर्षीय बसन्त कुमाल रहेका छन् । खेतमा रोपाइँ गरी फर्कने क्रममा घर नजिकै बाटोदेखि अन्दाजी ५० मिटर तल खस्दा गम्भीर घाइते भएका खत्रीको उपचारको लागि जिल्ला […]

छोरालाई जिउँदै गाडेको आरोपमा राजु पक्राउ

५ असार, बुटवल । रुपन्देहीको तिलोत्तमामा आफ्नै बाबुले ८ वर्षको छोरालाई जिउँदै गाडेको स्थानीयले आरोप लगाएका छन् । तिलोत्तमा–४ प्रगतिनगरमा राजु परियारले बिरामी छोरालाई मृत्यु नहुँदै बोरामा हालेर घर नजिकै झाडीमा खाल्डो खनेर गाडेको स्थानीयको आरोप रहेको प्रहरीले जनाएको छ । गाडिएका बच्चाको खाल्डोबाट निकालेपछि मृत्यु भइसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतीतसिंह राठौरले […]

दार्चुलामा क्वारेन्टिनबाट घर गएका युवकको मृत्यु

५ असार, काठमाडौं । दार्चुलामा र्‍यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्टको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर गएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मार्मा गाउँपालिका–३ का २१ वर्षीय युवक छन् । गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीका अनुसार बिहीबार साँझपख उनको घरमै मृत्यु भएको हो । मृतक युवकको बिहीबार साँझ नै स्वाब संकलन गरी परीक्षणका लागि धनगढी […]

आईओएमको डिन नियुक्ति सच्याउन डा. केसीको माग

५  असार, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले त्रिभुवन  विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डिन नियुक्तिमा विरोध जनाएका छन् । त्रिविले बुधबार वरिष्ठता मिचेर डिनमा डा. दिव्या सिंह शाहलाई नियुक्त गरेकामा केसीले विरोध जनाएका हुन् । वरिष्ठताकै आधारमा डिनलगायतका पदाधिकारीहरु नियुक्त हुनुपर्छ भनेर बारम्बार आन्दोलन गर्दा पनि प्रकिया मिचेको भन्दै केसीले भनेका […]

विदेशमा मृत्यु भएका २३ नेपालीको शव काठमाडौं ल्याइयो

५ असार, काठमाडौं । विदेशमा मृत्यु भएका २३ नेपालीको शव शुक्रबार काठमाडौं ल्याइएको छ । कतारबाट २० वटा, दुबईबाट एउटा र कुवेतबाट दुईवटा शव बोकेर आएको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए । यी शवहरू ६ महिनादेखि विभिन्न कारणले विदेशमा रोकिएका थिए । गत चैत पहिलो हप्तापछि अन्तर्राष्ट्रिय उडान रोकिँदा […]

फोक्सोको क्यान्सर पीडित ७४ वर्षका वृद्धले पनि जिते कोरोना

५ असार, चितवन । चितवनमा फोक्सोको क्यान्सरका बिरामी रहेका ७४ वर्षीय वृद्ध पनि कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । उनी शुक्रबार भरतपुर अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएका हुन् । भरतपुर महानगरपालिका– ६ का वृद्धको उपचारमा संलग्न भरतपुर अस्पतालका फिजिसियन डा. प्रमोद पौडेलले ७४ वर्षका फोक्सोको क्यान्सरबाट पीडित वृद्ध कोरोना संक्रमणबाट निको हुनु खुसीको खबर […]

चिया, अलैंची र अम्रिसो निर्यातमा भारतको अवरोध

५ असार, काठमाडौं । पूर्वको मेची नाका भएर निर्यात हुन लागेको चिया, अलैंची र अम्रिसोलाई भारतीय प्रहरीले रोकेका छन् । भारत र बंगलादेश निकासी हुन लागेको ३५ ट्रक कृषि उपज भारतको पश्चिम बंगाल सरकारको निर्देशनमा सीमामा प्रहरीले रोकेको भन्सार विभागले जनाएको छ । विभागका महानिर्देशक सुमन दाहालले भने, ‘चिया, अलैंची र अम्रिसो बोकेको ३५ वटा ट्रक […]

भारतमा कोरोना संक्रमित तीन लाख ८० हजार नाघे, दुई लाखभन्दा बढी डिस्चार्ज

५ असार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या तीन लाख ८० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन लाख ८० हजार ५३२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका १३ हजार ५८६ नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै अहिलेसम्म दुई […]

लकडाउनमा पनि रोकिएन भ्रष्टाचार, अख्तियारमा दुई हजार उजुरी

५ असार, काठमाडौं । सरकारले कोभिड–१९ (नोवेल कोरोना भाइरस) महामारी नियन्त्रणका लागि लगाएको ८३ दिने लकडाउनमा अत्यावश्यकबाहेकका सरकारी कार्यालय बन्द थिए । तर यो अवधिमा पनि भ्रष्टाचारमा भने कमी नआएको प्रमाण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीबाट देखिन्छ । चैत, वैशाख र जेठ करिब दुई हजार उजुरी परेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । […]

सर्लाहीमा घर भत्किँदा एक जनाको मृत्यु, तीन जना घाइते

५ असार, जनकपुरधाम । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा घर भत्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । चन्द्रनगर गाउँपालिका ७ बस्ने कैलाश साहको नयाँ बनाउँदै गरेको घरमा खपडाको छाना छाउने क्रममा अचानक घर भत्किँदा सोही ठाउँ बस्ने हुकुम सिंहकी ६५ वर्षीया पत्नी देवकली साहको मृत्यु भएको हो । गम्भीर घाइते […]

लागूऔषधसहित दुई जना पक्राउ

५ असार, जनकपुरधाम । प्रहरीले सिराहाबाट लागूऔषध बोकेका एक भारतीयसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको भगवानपुर गाउँपालिका ३ अभयनगरबाट उनीहरुलाई पक्राउ गरिएको हो । भारतबाट लागूओषध लिएर आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय लहान र प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सिराहाको भगवानपुर […]

बनेपामा चोरेर फरार व्यक्ति सुनवलबाट समातिए

५ असार, काठमाडौं । बनेपाको हार्डवेयर पसलमा चोरी गरेर फरार व्यक्ति नवलपरासीको सुनवल-१ बाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, बनेपाको टोलीले चितवनको रत्नगर-१ का २७ वर्षीय प्रकाशजंग कुँवरलाई चोरीको रकम मध्ये एक लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिम्सिनाको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको […]

चिनियाँ कम्युनिस्ट पार्टीसँगको कार्यशालाबारे नेकपा विदेश विभाग बेखबर

५ असार, काठमाडौं । पार्टीको विदेश विभागलाई थाहै नदिई चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागसँग कार्यशाला गोष्ठी आयोजना गरेको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले असन्तुष्टि जनाएका छन् । वैदेशिक सम्बन्धका कार्यक्रमहरु विदेश विभागमार्फत हुनुपर्ने भन्दै विभागसँग सम्बन्धित नेताहरु असन्तुष्ट भएका हुन् । चिनियाँ कम्युनिस्ट पार्टी -सीपीसी) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु शुक्रबार संयुक्त […]

कोरोनाबाट मृत्यु भएकी महिलाको सम्मानपूर्वक अन्त्येष्टि

५ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ज्यान गुमाएकाहरुको अन्त्येष्टि पीडादायी हुन्छ । मृत्युपछि अन्त्येष्टिका लागि घाटमा लैजान खोज्दा स्थानीयले विरोध समेत सामना गर्नु परेका घटना छन् । तर कैलालीकी कोरोना सङक्रमित महिलाको भने सम्मानपूर्वक अन्त्येष्टि गरिएको छ । लम्कीचुहा २ की ४३ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको […]

गण्डकीका ३ जिल्लामा थप ३२ जनामा कोरोना संक्रमण, आजमात्र ५६ जना थपिए

५ असार, पोखरा । गण्डकी प्रदेशमा थप ३२ जना कोरोना संक्रमित थपिएका छन् । बागलुङमा १०, तनहुँमा १७ र पर्वतमा पाँचजना कोरोना संक्रमित थपिएका हुन् । बागलुङ नगरपालिकामा ५ जना पुरूष, ढोरपाटन नगरपालिकामा ४ जना पुरूष र बागलुङकै पालिका नखुलेकी एक महिलामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ । तनहुँको घिरिङ नगरपालिकामा […]

लगानी बोर्डको सीईओका लागि दरखास्त आह्वान

५ असार, काठमाडौं । सरकारले लगानी बोर्डको (प्रमुख कार्यकारी अधिकृत) सीईओ नियुक्तिका लागि प्रक्रिया सुरु गरेको छ। बोर्डका तत्कालीन सीईओ महाप्रसाद अधिकारीलाई सरकारले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नियुक्त गरेपछि बोर्डको सीईओ पद रिक्त थियो । रिक्त सीईओ पदपूर्तिका प्रतिपर्धाका आधारमा नियुक्त गर्ने भन्दै सरकारले सार्वजनिक सूचना निकाल्दै दरखास्त आह्वान गरेको छ । सार्वजनिक-निजी साझेदारी तथा लगानी […]

सहकारीले दिएको तनाव : बचतकर्ताको साँवा पनि गुम्ने खतरा

५ असार, काठमाडौं । सहकारी संस्थाहरुले सर्वसाधारणहरुको निक्षेप लिएर मनपरी गर्ने गरेका समाचारहरु बेलाबखतमा आउँछन् । साधारण समयमा पनि सर्वसाधारणहरुलाई सास्ती दिने सहकारी संस्थाहरुले लकडाउन पछि झनै तनाब दिन थालेका छन् । सर्वसाधारणहरुलाई फकाएर निक्षेप राख्न लगाउने अनि पछि ब्याज होइन साँवा समेत फिर्ता गर्न सहकारीहरुले आनाकानी गर्ने गरेका छन् । सिभिल बैंकका अध्यक्ष तथा […]

बालिका बलात्कारकाे आरोपमा दुई पक्राउ

५ असार, अत्तरिया । कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले गौरीगङ्गा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गौरीगङ्गा नगरपालिका–४ बस्ने वर्ष १९ का नवीन सावद र सोही ठाउँका वर्ष २० का चन्द्र सावदलाई पक्राउ गरेको जनाएको छ । पीडित बालिकाको बयानअनुसार बलात्कारको आरोपमा ती दुई जनालाई […]

३१ अर्बले घट्यो सेयर बजारको पुँजीकरण

५ असार, काठमाडौं । सेयर बजारको पुँजीकरण १० महिनामा ३१ अर्बले घटेको छ । बजार धेरै जसो ओरालो लाग्दा सेयर बजारको पुँजीकरण १० महिनामा ३१ अर्ब ८ करोड रुपैयाँले घटेको हो । नेपाल राष्ट्र बैङ्कले सेयर कारोबार मापक नेप्से परिसूचकसँगै पुँजीकरण समेत घटेको जानकारी दिएको छ । २०७६ असार मसान्तमा १५ खर्ब ६७ अर्ब ५० […]



from समाचार – Online Khabar https://ift.tt/3fF6XSu
via IFTTT
Powered by Blogger.