समाचार
५ असार, बुटवल । भिरबाट लडेर अर्घाखाँचीका बेग्लाबेग्लै स्थानमा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालारानी गाउँपालिका–५ का ४९ वर्षीय मनबहादुर खत्री र सन्धिखर्क नगरपालिका–२ स्थित भलायडाँडाका ५५ वर्षीय बसन्त कुमाल रहेका छन् । खेतमा रोपाइँ गरी फर्कने क्रममा घर नजिकै बाटोदेखि अन्दाजी ५० मिटर तल खस्दा गम्भीर घाइते भएका खत्रीको उपचारको लागि जिल्ला […]
५ असार, बुटवल । रुपन्देहीको तिलोत्तमामा आफ्नै बाबुले ८ वर्षको छोरालाई जिउँदै गाडेको स्थानीयले आरोप लगाएका छन् । तिलोत्तमा–४ प्रगतिनगरमा राजु परियारले बिरामी छोरालाई मृत्यु नहुँदै बोरामा हालेर घर नजिकै झाडीमा खाल्डो खनेर गाडेको स्थानीयको आरोप रहेको प्रहरीले जनाएको छ । गाडिएका बच्चाको खाल्डोबाट निकालेपछि मृत्यु भइसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतीतसिंह राठौरले […]
५ असार, काठमाडौं । दार्चुलामा र्यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्टको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर गएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मार्मा गाउँपालिका–३ का २१ वर्षीय युवक छन् । गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीका अनुसार बिहीबार साँझपख उनको घरमै मृत्यु भएको हो । मृतक युवकको बिहीबार साँझ नै स्वाब संकलन गरी परीक्षणका लागि धनगढी […]
५ असार, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डिन नियुक्तिमा विरोध जनाएका छन् । त्रिविले बुधबार वरिष्ठता मिचेर डिनमा डा. दिव्या सिंह शाहलाई नियुक्त गरेकामा केसीले विरोध जनाएका हुन् । वरिष्ठताकै आधारमा डिनलगायतका पदाधिकारीहरु नियुक्त हुनुपर्छ भनेर बारम्बार आन्दोलन गर्दा पनि प्रकिया मिचेको भन्दै केसीले भनेका […]
५ असार, चितवन । चितवनमा फोक्सोको क्यान्सरका बिरामी रहेका ७४ वर्षीय वृद्ध पनि कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । उनी शुक्रबार भरतपुर अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएका हुन् । भरतपुर महानगरपालिका– ६ का वृद्धको उपचारमा संलग्न भरतपुर अस्पतालका फिजिसियन डा. प्रमोद पौडेलले ७४ वर्षका फोक्सोको क्यान्सरबाट पीडित वृद्ध कोरोना संक्रमणबाट निको हुनु खुसीको खबर […]
५ असार, काठमाडौं । पूर्वको मेची नाका भएर निर्यात हुन लागेको चिया, अलैंची र अम्रिसोलाई भारतीय प्रहरीले रोकेका छन् । भारत र बंगलादेश निकासी हुन लागेको ३५ ट्रक कृषि उपज भारतको पश्चिम बंगाल सरकारको निर्देशनमा सीमामा प्रहरीले रोकेको भन्सार विभागले जनाएको छ । विभागका महानिर्देशक सुमन दाहालले भने, ‘चिया, अलैंची र अम्रिसो बोकेको ३५ वटा ट्रक […]
५ असार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या तीन लाख ८० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन लाख ८० हजार ५३२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका १३ हजार ५८६ नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै अहिलेसम्म दुई […]
५ असार, काठमाडौं । सरकारले कोभिड–१९ (नोवेल कोरोना भाइरस) महामारी नियन्त्रणका लागि लगाएको ८३ दिने लकडाउनमा अत्यावश्यकबाहेकका सरकारी कार्यालय बन्द थिए । तर यो अवधिमा पनि भ्रष्टाचारमा भने कमी नआएको प्रमाण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीबाट देखिन्छ । चैत, वैशाख र जेठ करिब दुई हजार उजुरी परेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । […]
५ असार, जनकपुरधाम । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा घर भत्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । चन्द्रनगर गाउँपालिका ७ बस्ने कैलाश साहको नयाँ बनाउँदै गरेको घरमा खपडाको छाना छाउने क्रममा अचानक घर भत्किँदा सोही ठाउँ बस्ने हुकुम सिंहकी ६५ वर्षीया पत्नी देवकली साहको मृत्यु भएको हो । गम्भीर घाइते […]
५ असार, जनकपुरधाम । प्रहरीले सिराहाबाट लागूऔषध बोकेका एक भारतीयसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको भगवानपुर गाउँपालिका ३ अभयनगरबाट उनीहरुलाई पक्राउ गरिएको हो । भारतबाट लागूओषध लिएर आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय लहान र प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सिराहाको भगवानपुर […]
५ असार, काठमाडौं । बनेपाको हार्डवेयर पसलमा चोरी गरेर फरार व्यक्ति नवलपरासीको सुनवल-१ बाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, बनेपाको टोलीले चितवनको रत्नगर-१ का २७ वर्षीय प्रकाशजंग कुँवरलाई चोरीको रकम मध्ये एक लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिम्सिनाको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको […]
५ असार, काठमाडौं । पार्टीको विदेश विभागलाई थाहै नदिई चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागसँग कार्यशाला गोष्ठी आयोजना गरेको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले असन्तुष्टि जनाएका छन् । वैदेशिक सम्बन्धका कार्यक्रमहरु विदेश विभागमार्फत हुनुपर्ने भन्दै विभागसँग सम्बन्धित नेताहरु असन्तुष्ट भएका हुन् । चिनियाँ कम्युनिस्ट पार्टी -सीपीसी) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु शुक्रबार संयुक्त […]
५ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ज्यान गुमाएकाहरुको अन्त्येष्टि पीडादायी हुन्छ । मृत्युपछि अन्त्येष्टिका लागि घाटमा लैजान खोज्दा स्थानीयले विरोध समेत सामना गर्नु परेका घटना छन् । तर कैलालीकी कोरोना सङक्रमित महिलाको भने सम्मानपूर्वक अन्त्येष्टि गरिएको छ । लम्कीचुहा २ की ४३ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको […]
५ असार, पोखरा । गण्डकी प्रदेशमा थप ३२ जना कोरोना संक्रमित थपिएका छन् । बागलुङमा १०, तनहुँमा १७ र पर्वतमा पाँचजना कोरोना संक्रमित थपिएका हुन् । बागलुङ नगरपालिकामा ५ जना पुरूष, ढोरपाटन नगरपालिकामा ४ जना पुरूष र बागलुङकै पालिका नखुलेकी एक महिलामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ । तनहुँको घिरिङ नगरपालिकामा […]
५ असार, काठमाडौं । सरकारले लगानी बोर्डको (प्रमुख कार्यकारी अधिकृत) सीईओ नियुक्तिका लागि प्रक्रिया सुरु गरेको छ। बोर्डका तत्कालीन सीईओ महाप्रसाद अधिकारीलाई सरकारले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नियुक्त गरेपछि बोर्डको सीईओ पद रिक्त थियो । रिक्त सीईओ पदपूर्तिका प्रतिपर्धाका आधारमा नियुक्त गर्ने भन्दै सरकारले सार्वजनिक सूचना निकाल्दै दरखास्त आह्वान गरेको छ । सार्वजनिक-निजी साझेदारी तथा लगानी […]
५ असार, काठमाडौं । सहकारी संस्थाहरुले सर्वसाधारणहरुको निक्षेप लिएर मनपरी गर्ने गरेका समाचारहरु बेलाबखतमा आउँछन् । साधारण समयमा पनि सर्वसाधारणहरुलाई सास्ती दिने सहकारी संस्थाहरुले लकडाउन पछि झनै तनाब दिन थालेका छन् । सर्वसाधारणहरुलाई फकाएर निक्षेप राख्न लगाउने अनि पछि ब्याज होइन साँवा समेत फिर्ता गर्न सहकारीहरुले आनाकानी गर्ने गरेका छन् । सिभिल बैंकका अध्यक्ष तथा […]
५ असार, अत्तरिया । कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले गौरीगङ्गा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गौरीगङ्गा नगरपालिका–४ बस्ने वर्ष १९ का नवीन सावद र सोही ठाउँका वर्ष २० का चन्द्र सावदलाई पक्राउ गरेको जनाएको छ । पीडित बालिकाको बयानअनुसार बलात्कारको आरोपमा ती दुई जनालाई […]
५ असार, काठमाडौं । सेयर बजारको पुँजीकरण १० महिनामा ३१ अर्बले घटेको छ । बजार धेरै जसो ओरालो लाग्दा सेयर बजारको पुँजीकरण १० महिनामा ३१ अर्ब ८ करोड रुपैयाँले घटेको हो । नेपाल राष्ट्र बैङ्कले सेयर कारोबार मापक नेप्से परिसूचकसँगै पुँजीकरण समेत घटेको जानकारी दिएको छ । २०७६ असार मसान्तमा १५ खर्ब ६७ अर्ब ५० […]
५ असार, काठमाडौं । द्वन्द्वकालको स्मरण गराउने गरी बुधबार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले कालापानी नजिकै सशस्त्र प्रहरीका जवानहरुलाई सम्बोधन गरे । ०६२/०६३ को आन्दोलनका वेला युटिफाइड कमाण्डमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँगै हिँड्ने र एकअर्काको एजेन्सीमा गएर सम्बोधन गर्ने गर्थें । त्यसैको झल्को दिँदै सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र […]
५ असार, काठमाडौँ । विश्वभर फैलिएको कोभिड १९ का कारण लकडाउनमा घरमै बस्न बाध्य नेपाली बालबालिकाको आफ्नो अनुभव साटासाट गरेका छन् । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको विश्व स्वास्थ्य समितिको संयोजनमा जुममार्फत भएको भेलामा २० देशका १२ वर्षमुनिका नेपाली बालबालिका सहभागी भए । सहभागीको कोरोना कहरमा आफूले भोगेको अनुभव मन खोलेर सुनाएका थिए । सभ्यता शर्मा (१०) […]
४ असार, काठमाडौं । स्वास्थ्य सम्बन्धी नागरिकको मौलिक हक कार्यान्वयनबारे १५ दिनभित्र लिखित जवाफ दिन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । आदेशको जानकारी पाएका मितिले बाटोको म्याद बाहेक १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत जवाफ दिन सर्वोच्चले आदेश दिएको हो । अधिवक्ता सविन श्रेष्ठ, नविन श्रेष्ठ, सोनाली रेग्मी लगायतको रिटमा सुनुवाइ गर्दै न्यायाधीश […]
from समाचार – Online Khabar https://ift.tt/2V2oBrs
via IFTTT






















