Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

स्वास्थ्य मन्त्रालयले भन्यो : जोसुकैको कोरोना परीक्षण नगर्नू

५ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोसुकैको नमुना संकलन र कोरोना संक्रमण परीक्षण नगर्न आग्रह गरेको छ । कोरोना परीक्षण को कसको गर्ने भनी निर्देशिकामा तोकिएको भन्दै मन्त्रालयले त्यसभन्दा फरक तरिकाले नमुना संकलन र परीक्षण नगर्न आग्रह गरेको हो । निर्देशिकाविपरीत नमुना संकलन गरेको र परीक्षणका लागि दबाब दिने गरेको बुझिन आएको भन्दै […]

जब काठमाडौं र बेइजिङमा सँगै घन्कियो कम्युनिस्टको अन्तर्राष्ट्रिय गीत

५ असार,काठमाडौं । युजे पोत्तरको ‘उठ जाग ए भोका नांगा, जाग संसारका दुःखी बोलको डेढ सय वर्ष पुरानो कम्युनिस्टहरुको अन्तर्राष्ट्रिय गीतबाट शुरु भएको नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको भर्चुअल कार्यशाला माक्र्सवादको प्रयोग कसरी गर्ने भन्नेमा केन्द्रित रहेको छ । नेकपा केन्द्रीय कार्यालय धुम्बाराही र चिनियाँ कम्युनिस्ट पार्टीको हेडक्वार्टरमा एकैपटक कम्युनिस्ट अन्तर्राष्ट्रिय गीत बज्दा […]

विन्दु पाण्डे स्मृति महिला पत्रकारिता पुरस्कार विमला गुप्तालाई

५ असार, वीरगञ्ज । यस वर्षको स्वर्गीय विन्दु पाण्डे स्मृति महिला पत्रकारिता पुरस्कार वीरगञ्जकी पत्रकार विमला गुप्तालाई प्रदान गरिएको छ । स्व. पाण्डेको चौथो बार्षिक पूण्यतिथिको अवसरमा नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा उनलाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कार राशी नगद १२ हजार रुपैयाँ छ । १२ हजारको चेक, कदरपत्र सहित उनलाई दोसल्ला ओढाएर सम्मान […]

मरिच आयातमा लगाइएको प्रतिवन्ध खुकुलो

५ असार, काठमाडौं । सरकारले मरिच आयातमा लागाएको प्रतिबन्ध शसर्त खुकुलो गरेको छ । असार २ गते बसेको मन्त्रिपरिषद बैठकले औद्योगिक प्रयोजनका लागि मरिच आयात गर्न दिने निर्णय गरेको हो । गत चैत २४ गते सरकारले राजपत्रमा सूचना निकालेर सबै प्रकारको मरिचको आयात रोक्ने निर्णय गरेको थियो । कोरोनाका कारण अर्थतन्त्रमा असर पर्ने भन्दै सरकारले […]

गेट बनाउन नदिएको भन्दै सांसदले दिए मेयरविरुद्ध उजुरी

५ असार, वीरगञ्ज । प्रवेशद्वार बनाउने विषयमा विवाद भएपछि पर्साका सांसद बिमलप्रसाद श्रीवास्तवले बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । आफूले बनाउन लागेको ठाउँमा प्रवेशद्वार बनाउन नदिएको भन्दै उनले आफ्ना प्रतिनिधि पुरुषोत्तम झामार्फत शुक्रबार मेयर साहविरुद्ध उजुरी दर्ता गराएका हुन् । पर्सा २ बाट निर्वाचित श्रीवास्तवले स्थानीय पूर्वाधार विकास साझेदारी […]

के.आई.सिंह गाउँपालिकाको नीति-गाउमै खोजौं रोजगारी, विकासमा गरौं साझेदारी

५ असार, डोटी । परम्परागत योजना र प्रशासनिक खर्चमा कटौती गर्ने व्यवस्थासहित डोटीको के.आई.सिंह गाउँपालिकाको सभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत छ । ‘गाउमै खोजौं रोजगारी, विकासमा गरौं साझेदारी’ भन्ने मूल नारासहितको नीति तथा कार्यक्रममा लघु उद्यम र कृषिका माध्यमबाट स्वरोजगारलाई प्राथमिकता दिइएको छ । नीति तथा कार्यक्रममा एक वडा, एक लघु उद्यम […]

कोरोना संक्रमित बढेपछि डडेलधुरा अनिश्चितकालका लागि सिल

५ असार, काठमाडौं । कोरोना संक्रमितको संख्या बढेपछि शुक्रबार दिउँसो तीन बजेदेखि डडेलधुरा अनिश्चितकालका लागि सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले शुक्रबार दिउँसो तीन बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्लाभित्र व्यापार व्यवसाय सञ्चालन गर्न, व्यक्ति तथा सवारी साधन आउजाउमा पूर्ण रुपमा बन्देज लगाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम […]

सरकारले चिनी आयात गर्न थाल्यो प्रक्रिया

५ असार, काठमाडौं । मुख्य चाड पर्वमा अभाव हुन नदिन सरकारले चिनी आयत गर्ने भएको छ । बजारमा चिनीको उपलब्धता र आवश्यकता अध्ययनपछि चिनी खरिद गर्न अर्थमन्त्रालयसँग सहमति मागिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । ‘कति चिनी आयात गर्ने भन्ने स्पष्ट भइसकेको छैन तर अपुग चिनी ल्याउनका लागि अर्थसँग सहमति मागिएको छ,’ मन्त्रालयका […]

‘हस्ताक्षर गरेकै भरमा बैंकिङ कसूर लगाउनु ठिक भएन’

५ असार, काठमाडौं । नेपाल बैंकर्स संघले कर्जा लगानीमा हस्ताक्षर गरेकै भरमा बैकरलाई बेंकिङ कसूर लगाउनु उचित नभएको बताएको छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा आफ्नो लिखित सुझाव दिदै संघले यस्तो व्यवस्था हुनु गलत हुने धारणा राखेको हो । राम्रै नियतले काम गर्दा पछिल्ला दिनहरुमा बैंकरमाथि मुद्दा चलेको भन्दै संघले सुझावमै राष्ट्र बैंकको […]

आईओएमको डीन नियुक्तिप्रति विवेकशीलको विरोध

५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डीन नियुक्तिप्रति विवेकशील नेपाली दलले विरोध जनाएको छ । योग्यता, क्षमता र बरिष्ठताको आधारविनै प्रधानमन्त्रीको निजी चिकित्सकसमेत रहेकी प्राध्यापक डा दिव्या सिंहलाई डिन नियुक्ति गरिएको भन्दै विवेकशीलले विरोध जनाएको हो । विवेकशीलकी उपाध्यक्ष अजीता राईले विज्ञप्ति जारी गर्दै आईओएमको डीन नियुक्ति सत्याग्रही प्राध्यापक डाक्टर गोविन्द […]

कांग्रेसको प्रस्तावमा छलफल नभएपछि कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध

५ असार, सुर्खेत । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले शुक्रबार कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसम्बन्धी सार्वजनिक महत्वको प्रस्तावमा छलफल अघि नबढाइएको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो । कांग्रेस संसदीय दलले असार ४ गते संसदमा छलफलका लागि कोरोना नियन्त्रणसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव प्रदेशसभामा दर्ता गरेको थियो । प्रस्तावलाई […]

बुहारी हत्याको आशंकामा ससुरा र नन्द प्रहरी नियन्त्रणमा

५ असार, हेटौंडा । बुहारी हत्याको आशंकामा मकवानपुर प्रहरीले ससुरा र नन्दलाई नियन्त्रणमा लिएको छ । गत मंगलबार हेटौंडा ४ गर्दोइस्थित घरमा मृत अवस्थामा भेटिएकी सुस्मिता थापाको हत्याको आशंकामा प्रहरीले ससुरा र नन्दलाई नियन्त्रणमा लिएको हो । तीन दिनअघि घरको भान्छा कोठामा सुस्मिता मृत भेटिएकी थिइन् । प्रहरीले अनुसन्धानको क्रममा सुस्मिताको हत्या पुष्टि हुने आधार […]

गुल्मीमा थपिए ४८ जना कोरोना संक्रमित 

५ असार, गुल्मी । गुल्मीमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा धुर्कोट गाउँपालिकाका २०, गुल्मीदरबार गाउँपालिकाका १४, इस्मा गाउँपालिकाका १२ र मालिका गाउँपालिकाका २ जना गरी ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । यससँगै गुल्मीमा संक्रमितको संख्या १५३ […]

वन फडानी अध्ययन उपसमिति गठन

५ असार, काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले वन फडानी अध्ययन उपसमिति गठन गरेको छ । वैज्ञानिक वन व्यवस्थापनको नाममा वन फडानी भइरहेको भन्दै त्यसबारे अध्ययन गर्न लेखा समितिले समाजवादी पार्टीका सांसद प्रदीप यादवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा नेकपाका सांसद प्रेम आले मगर र कांग्रेस सांसद मीना सुब्बा […]

इन्स्पेक्टरले हवल्दारसँग मिलेर आधा किलो सुन गायब बनाएपछि…

५ असार, काठमाडौं । रसुवाको टिमुरेमा रहेको सीमा प्रहरी चौकीमा कार्यरत रहँदा प्रहरी निरीक्षक खेमप्रसाद नेपालले ५३३ ग्राम सुन गायब बनाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट खुलेको छ । कार्यालयमा कार्यरत हवल्दार रामशरण रिमालसँग मिलेमतो गरेर सुन आपसमा बाँडेको निष्कर्षसहित अख्तियारले भ्रष्टाचारसम्बन्धी कसुरमा विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार […]

लद्दाखमा भारतलाई चोटैचोट, खस्कियो मोदीको मनोबल

५ जेठ, काठमाडौं । गत १५ जुनको रात लद्दाखमा चीन र भारतका सैनिकहरूबीच भएको भिडन्तका धेरै पाटाहरू खुल्न बाँकी नै छन् । तर अहिलेसम्म सार्वजनिक भएका तथ्यहरूबाट भिडन्तमा भारतीय पक्षले गम्भीर क्षति व्यहोर्नुपरेको स्पष्ट भएको छ। भिडन्तको भोलिपल्ट बिहान भारतीय मिडियाले लद्दाखमा भारतीय सेनाका एक सैनिक अधिकारीसहित तीनजना मारिएको समाचार दिए । यसलाई भारतीय सेनाले […]

ईपीएस कामदार लैजान काठमाडौं आउने कोरियन एयरमा नेपाली आउन पाउने

५ असार, काठमाडौंं । शनिबार काठमाडौं आउने कोरियन एयरले कोरियाबाट नेपालीलाई काठमाडौं ल्याउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार कोरियन एयरलाई नेपाली ल्याएर काठमाडौं आउन सहजीकरण गरिएको छ । कोरियाबाट अवैधानिक रुपमा बसिरहेका, बिरामी, गर्भवती, भिसा सकिएका लगायत दूतावासको प्राथमिकतामा परेका नागरिकलाई नेपाल ल्याउन लागिएको हो । कोरियन […]

प्रदेश २ मा थपिए ९ जना कोरोना संक्रमित

५ असार, जनकपुरधाम । प्रदेश २ मा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा सप्तरीका १ महिलासहित ४ जना र सर्लाहीका एक महिलासहित पाँच जना छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सप्तरीको हनुमाननगर कंकालिनी […]

तिलोत्तमामा दुईदिने चित्रकला कार्यशाला

५ असार, बुटवल । रुपन्देहीको तिलोत्तमामा दुईदिने चित्रकला कार्यशाला सुुरु भएको छ । नेपाल कमर्सियल आर्टिस्ट संघको आयोजना र तिलोत्तमा नगरपालिकाको सहयोगमा तिलोत्तमा-६ कुञ्जपार्कमा चित्रकला कार्यशाला सुरु भएको हो । कार्यशालामा दुईजना महिलासहित रुपन्देहीका २५ जना कलाकारको सहभागिता छ । उनीहरुले स्थानीय आदिवासी-जनजाति, कला, संस्कृति र परम्परालाई क्यानभासमा उतार्नेछन् । कार्यशाला उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख […]

लमजुङमा पहिरोले धन्सार भत्किँदा ६ जना घाइते   

५ असार, लमजुङ । बेंसीसहर नगरपालिका–११ चितीका एक बासिन्दाको धन्सार पहिरोबाट भत्किँदा ६ जना घाइते भएका छन् । बिहीबार साँझ अविरल परेको वर्षाले जुद्धबहादुर थापाको धन्सारमाथिबाट पहिरो खसेर मानिस घाइते भएको प्रहरीले जनाएको छ । जुद्धबहादुरसहित उनकी श्रीमती किरण तथा धन्सारमा बस्दै आएका लुकबहादुर गुरुङ, अमृत गुरुङ, सरस्वती गुरुङ र सुशीला गुरुङ घाइते भएका छन् […]

थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८२७४ पुग्यो

५ असार, काठमाडौं । शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ । शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । शुक्रबार […]



from समाचार – Online Khabar https://ift.tt/3deUDqj
via IFTTT
Powered by Blogger.