समाचार
५ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा कित्ताकाट रोकिदा अनियमितता बढेको भन्दै खुला गर्न सुझाव दिएको छ । भूमि व्यवस्था मन्त्रालयले कृषियोग्य जमिनको खण्डीकरण नियन्त्रण गर्ने नाममा गरेको जग्गा रोक्काको निर्णयका कारण सर्वसाधारणले हैरानी पाउने गरेको आयोगले ठहर गरेको छ । जग्गा कित्ताकाटको सन्दर्भमा सर्वोच्च अदालतको २०७४ फागुन २ गतेको आदेश समेत पूर्ण […]
५ असार, काठमाडौं । नागरिकता विधेयकबारे छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सहमति जुटाउन ५ दिनको समय लिएपछि प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेका थिए । दुबै […]
५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थानको डीनलगायत विभिन्न निकायहरूमा गरेको नयाँ नियुक्तिप्रति त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले आपत्ति जनाएको छ । सरकारले वरीयता मिचेर गरेको नियुक्तिले विश्वविद्यालयको गरिमामा आँच पुर्याएको भन्दै आपत्ति जनाएको हो । बुधबार त्रिभुवन विश्वविद्यालयको कार्यकारिणी परिषद्ले संस्थानको डीनमा वरीयता मिचेर डा दिव्या सिंह शाहलाई नियुक्त गरेको थियो । सो […]
५ असार, गोरखा । गोरखामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भिमसेन थापा गाउँपालिकाका–५ का तीन जना, वडा नम्बर ७ र ८ का एक/एक जना गरी कुल ५ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए । संक्रमण पुष्टि भएका मध्ये तीन जना भारतबाट आएका हुन् भने दुइ […]
५ असार, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले कृषिमा आत्मनिर्भर हुंदै खाद्यान्न निर्यात गर्ने लक्ष्यसहित भूमि बैंक स्थापना गर्ने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७–७८ का लागि शुक्रबार नगरसभामा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा कृषिलाई पहिलो प्राथमिकता दिइएको छ । नगरपालिकाले भूमि बैंकको स्थापना गरी सामुहिक खेती, करार खेती र व्यवसायिक खेतीलाई प्रवद्र्धन गर्ने […]
५ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोसुकैको नमुना संकलन र कोरोना संक्रमण परीक्षण नगर्न आग्रह गरेको छ । कोरोना परीक्षण को कसको गर्ने भनी निर्देशिकामा तोकिएको भन्दै मन्त्रालयले त्यसभन्दा फरक तरिकाले नमुना संकलन र परीक्षण नगर्न आग्रह गरेको हो । निर्देशिकाविपरीत नमुना संकलन गरेको र परीक्षणका लागि दबाब दिने गरेको बुझिन आएको भन्दै […]
५ असार,काठमाडौं । युजे पोत्तरको ‘उठ जाग ए भोका नांगा, जाग संसारका दुःखी बोलको डेढ सय वर्ष पुरानो कम्युनिस्टहरुको अन्तर्राष्ट्रिय गीतबाट शुरु भएको नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको भर्चुअल कार्यशाला माक्र्सवादको प्रयोग कसरी गर्ने भन्नेमा केन्द्रित रहेको छ । नेकपा केन्द्रीय कार्यालय धुम्बाराही र चिनियाँ कम्युनिस्ट पार्टीको हेडक्वार्टरमा एकैपटक कम्युनिस्ट अन्तर्राष्ट्रिय गीत बज्दा […]
५ असार, वीरगञ्ज । यस वर्षको स्वर्गीय विन्दु पाण्डे स्मृति महिला पत्रकारिता पुरस्कार वीरगञ्जकी पत्रकार विमला गुप्तालाई प्रदान गरिएको छ । स्व. पाण्डेको चौथो बार्षिक पूण्यतिथिको अवसरमा नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा उनलाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कार राशी नगद १२ हजार रुपैयाँ छ । १२ हजारको चेक, कदरपत्र सहित उनलाई दोसल्ला ओढाएर सम्मान […]
५ असार, काठमाडौं । सरकारले मरिच आयातमा लागाएको प्रतिबन्ध शसर्त खुकुलो गरेको छ । असार २ गते बसेको मन्त्रिपरिषद बैठकले औद्योगिक प्रयोजनका लागि मरिच आयात गर्न दिने निर्णय गरेको हो । गत चैत २४ गते सरकारले राजपत्रमा सूचना निकालेर सबै प्रकारको मरिचको आयात रोक्ने निर्णय गरेको थियो । कोरोनाका कारण अर्थतन्त्रमा असर पर्ने भन्दै सरकारले […]
५ असार, वीरगञ्ज । प्रवेशद्वार बनाउने विषयमा विवाद भएपछि पर्साका सांसद बिमलप्रसाद श्रीवास्तवले बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । आफूले बनाउन लागेको ठाउँमा प्रवेशद्वार बनाउन नदिएको भन्दै उनले आफ्ना प्रतिनिधि पुरुषोत्तम झामार्फत शुक्रबार मेयर साहविरुद्ध उजुरी दर्ता गराएका हुन् । पर्सा २ बाट निर्वाचित श्रीवास्तवले स्थानीय पूर्वाधार विकास साझेदारी […]
५ असार, डोटी । परम्परागत योजना र प्रशासनिक खर्चमा कटौती गर्ने व्यवस्थासहित डोटीको के.आई.सिंह गाउँपालिकाको सभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत छ । ‘गाउमै खोजौं रोजगारी, विकासमा गरौं साझेदारी’ भन्ने मूल नारासहितको नीति तथा कार्यक्रममा लघु उद्यम र कृषिका माध्यमबाट स्वरोजगारलाई प्राथमिकता दिइएको छ । नीति तथा कार्यक्रममा एक वडा, एक लघु उद्यम […]
५ असार, काठमाडौं । कोरोना संक्रमितको संख्या बढेपछि शुक्रबार दिउँसो तीन बजेदेखि डडेलधुरा अनिश्चितकालका लागि सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले शुक्रबार दिउँसो तीन बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्लाभित्र व्यापार व्यवसाय सञ्चालन गर्न, व्यक्ति तथा सवारी साधन आउजाउमा पूर्ण रुपमा बन्देज लगाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम […]
५ असार, काठमाडौं । मुख्य चाड पर्वमा अभाव हुन नदिन सरकारले चिनी आयत गर्ने भएको छ । बजारमा चिनीको उपलब्धता र आवश्यकता अध्ययनपछि चिनी खरिद गर्न अर्थमन्त्रालयसँग सहमति मागिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । ‘कति चिनी आयात गर्ने भन्ने स्पष्ट भइसकेको छैन तर अपुग चिनी ल्याउनका लागि अर्थसँग सहमति मागिएको छ,’ मन्त्रालयका […]
५ असार, काठमाडौं । नेपाल बैंकर्स संघले कर्जा लगानीमा हस्ताक्षर गरेकै भरमा बैकरलाई बेंकिङ कसूर लगाउनु उचित नभएको बताएको छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा आफ्नो लिखित सुझाव दिदै संघले यस्तो व्यवस्था हुनु गलत हुने धारणा राखेको हो । राम्रै नियतले काम गर्दा पछिल्ला दिनहरुमा बैंकरमाथि मुद्दा चलेको भन्दै संघले सुझावमै राष्ट्र बैंकको […]
५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डीन नियुक्तिप्रति विवेकशील नेपाली दलले विरोध जनाएको छ । योग्यता, क्षमता र बरिष्ठताको आधारविनै प्रधानमन्त्रीको निजी चिकित्सकसमेत रहेकी प्राध्यापक डा दिव्या सिंहलाई डिन नियुक्ति गरिएको भन्दै विवेकशीलले विरोध जनाएको हो । विवेकशीलकी उपाध्यक्ष अजीता राईले विज्ञप्ति जारी गर्दै आईओएमको डीन नियुक्ति सत्याग्रही प्राध्यापक डाक्टर गोविन्द […]
५ असार, सुर्खेत । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले शुक्रबार कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसम्बन्धी सार्वजनिक महत्वको प्रस्तावमा छलफल अघि नबढाइएको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो । कांग्रेस संसदीय दलले असार ४ गते संसदमा छलफलका लागि कोरोना नियन्त्रणसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव प्रदेशसभामा दर्ता गरेको थियो । प्रस्तावलाई […]
५ असार, हेटौंडा । बुहारी हत्याको आशंकामा मकवानपुर प्रहरीले ससुरा र नन्दलाई नियन्त्रणमा लिएको छ । गत मंगलबार हेटौंडा ४ गर्दोइस्थित घरमा मृत अवस्थामा भेटिएकी सुस्मिता थापाको हत्याको आशंकामा प्रहरीले ससुरा र नन्दलाई नियन्त्रणमा लिएको हो । तीन दिनअघि घरको भान्छा कोठामा सुस्मिता मृत भेटिएकी थिइन् । प्रहरीले अनुसन्धानको क्रममा सुस्मिताको हत्या पुष्टि हुने आधार […]
५ असार, गुल्मी । गुल्मीमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा धुर्कोट गाउँपालिकाका २०, गुल्मीदरबार गाउँपालिकाका १४, इस्मा गाउँपालिकाका १२ र मालिका गाउँपालिकाका २ जना गरी ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । यससँगै गुल्मीमा संक्रमितको संख्या १५३ […]
५ असार, काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले वन फडानी अध्ययन उपसमिति गठन गरेको छ । वैज्ञानिक वन व्यवस्थापनको नाममा वन फडानी भइरहेको भन्दै त्यसबारे अध्ययन गर्न लेखा समितिले समाजवादी पार्टीका सांसद प्रदीप यादवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा नेकपाका सांसद प्रेम आले मगर र कांग्रेस सांसद मीना सुब्बा […]
५ असार, काठमाडौं । रसुवाको टिमुरेमा रहेको सीमा प्रहरी चौकीमा कार्यरत रहँदा प्रहरी निरीक्षक खेमप्रसाद नेपालले ५३३ ग्राम सुन गायब बनाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट खुलेको छ । कार्यालयमा कार्यरत हवल्दार रामशरण रिमालसँग मिलेमतो गरेर सुन आपसमा बाँडेको निष्कर्षसहित अख्तियारले भ्रष्टाचारसम्बन्धी कसुरमा विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार […]
५ जेठ, काठमाडौं । गत १५ जुनको रात लद्दाखमा चीन र भारतका सैनिकहरूबीच भएको भिडन्तका धेरै पाटाहरू खुल्न बाँकी नै छन् । तर अहिलेसम्म सार्वजनिक भएका तथ्यहरूबाट भिडन्तमा भारतीय पक्षले गम्भीर क्षति व्यहोर्नुपरेको स्पष्ट भएको छ। भिडन्तको भोलिपल्ट बिहान भारतीय मिडियाले लद्दाखमा भारतीय सेनाका एक सैनिक अधिकारीसहित तीनजना मारिएको समाचार दिए । यसलाई भारतीय सेनाले […]
from समाचार – Online Khabar https://ift.tt/3hIKfL0
via IFTTT






















