Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

अधुरा आयोजनालाई बेवास्ता, आगामी वर्षलाई जगेडामा फेरि १० अर्ब

७ असार, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्ष (आव) २०७६/७७ लाई ‘अधुरा आयोजना सम्पन्न गर्ने वर्ष’का रुपमा घोषणा गरेका थिए । सोहीअनुसार सरकारले नीति तथा कार्यक्रम र बजेट समेत ल्याएर कार्यान्वयन थाल्यो । तर, आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा अधुरा आयोजना त परै जाओस, अनिवार्य दायित्वको भुक्तानीमा समेत सरकारले समस्या आएको  बताइरहेको छ […]

सुनको भाउ तोलामै ९० हजार नाघ्यो

७ असार, काठमाडौं । नेपाली बजारमा सुनको प्रतितोला मूल्य ९० हजार नाघेको छ । अघिल्लो दिनको तुलनामा आइतबार तोलामा ७ सय रुपैयाँले बढेर छापावल सुनको भाउ ९० हजार ६ सय र तेजाबी सुनको प्रतितोला भाउ ९० हजार तीन सय रुपैयाँ पुगेको हो । आइतबारको मूल्य नेपाली बजारको अहिलेसम्मकै सबैभन्दा उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले […]

हिरासतबाट छुटेका युवक गाउँ आएपछि कोरोना पुष्टि

७ असार, काठमाडौं । गोरखाको भीमसेनथापा गाउँपालिका– ८ मा हिरासतबाट छुटेर गाउँ फर्किएका युवकमा कोरोना संक्रमण पुष्टि भएपछि त्रास बढेको छ । वडा नम्बर ८ महादेवटारका २८ वर्षका युवकमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि उनको गाउँ र छिमेकी गाउँमा त्रास बढेको हो । उनी जेठ २२ गते हिरासतबाट छुटेर गाउँ फर्किएको दुई दिनपछि हिरासतमा सँगै […]

भारतमा नेपालको झण्डा जलाइएको विरोधमा वीरगञ्जमा प्रदर्शन

६ असार, वीरगञ्ज । भारतमा नेपालको राष्ट्रिय झण्डा जलाइएको विरोधमा वीरगञ्जमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर २ जनालाई नियन्त्रणमा लिएको छ । जनता समाजवादी पार्टीको मुस्लिम विभाग केन्द्रीय कार्य समिति वीरगञ्जले गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै पार्टीकाे महानगर कमिटीका अध्यक्ष लियाकत अली र विद्यार्थी नेता मोहसिन राजालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई जिल्ला […]

कैलालीमा क्वारेन्टिनमा खटिएकी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

७ असार, कैलाली । कैलालीमा थप एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको जानकी गाउँपालिकामा रहेको पथरीया स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले बताए । लामो समयदेखि क्वारेन्टिनमा रहेकाहरूको स्वास्थ्य परीक्षणमा खटिएकी २८ वर्षीया महिला स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको चौधरीले जानकारी दिए । उनले भने, […]

७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावमा कांग्रेसको फरक मत

७ असार, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावमा फरक मत राखेको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा यसबारे आइतबार भएको छलफलमा कांग्रेस सां‌सदहरू दिलेन्द्रप्रसाद बडू,  देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला पन्त, अमरेशकुमार सिंह, मीना पाण्डे र विनोद चौधरीले फरक मत […]

वीरगञ्जलाई सुन्दर र व्यवस्थित बनाउन अभियान सञ्चालन गरिने

७ असार, वीरगञ्ज । वीरगञ्जलाई सुन्दर र व्यवस्थित बनाउन अभियान सुरु गरिने भएको छ । अभियानमा कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिनेछ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका, वीरगञ्ज उद्योग वाणिज्य संघ, व्यवस्थित वीरगञ्ज अभियानलगायतसँग सहकार्य गर्दै अभियान सञ्चालन गर्न लागेको हो । उद्योग […]

कर्णालीमा थपिए ११ जना कोरोना संक्रमित

७ असार, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्रर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालमा भएको परीक्षणबाट आइतबार ११ जनामा कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये सल्यानका ६, दैलेखका र सुर्खेतका २/२ जना र रुकुम पश्चिमका […]

नागरिकता ऐन संशोधन विधेयकविरुद्ध वीरगञ्जमा प्रदर्शन

६ असार, वीरगञ्ज । नागरिकता ऐन संसोधन विद्येयकमा ल्याइएको प्रावधानप्रति असन्तुष्ट जनता समाजवादी पार्टीका युवाहरुले वीरगञ्जमा प्रदर्शन गरेका छन् । युवाहरुले भारत तथा तेस्रो मुलुकबाट विवाह गरेर आएकी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान नराख्न माग गर्दै प्रदर्शन गरेका हुन् । सामाजिक साँस्कृतिक रीतिअनुसार विवाह गरेर ल्याइएकी महिलामाथि अन्याय गर्न लागिएको उनीहरुको भनँइ […]

सूर्यग्रहण हेर्ने रहर (फोटो फिचर)

७ असार, काठमाडौं । आसार कृष्ण औँसीका दिन आइतबार बिहान १० : ५५ बजेदेखि खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लागिरहेको छ । बिहान १०: ५५ बजे स्पर्श भएको सूर्यग्रहण मध्याह्न १२ : ३८ बजे मध्य र अपराह्न २ : २३ बजे मोक्ष प्राप्त गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले बताएको छ । सूर्यग्रहण हेर्न चाहनेलाई तक्षशिला […]

संखुवासभामा पहिरो खस्दा अरुण नदी आंशिक रुपमा थुनियो

७ असार, काठमाडौं । संखुवासभामा पहिरो खरुदा अरूण नदी आंशिक रूपमा थुनिन पुगेको छ । आइतबार बिहान करिब साढे ९ बजेको समयमा मकालु गाउँपालिका वडा नम्बर-२ तर्फको ओयाङ भन्ने स्थानमा पहिरो खस्दा अरुण नदी आंशिक रुपमा थुनिन पुगेको संखुवासभाका प्रहरी नायब उपरीक्षक नवराज मल्लले अनलाइनखबरलाई जानकारी दिए । मल्लले भने, ‘माटोको ढिस्को खसेर आंशिक रुपमा […]

पाँच महिनापछि प्रहरीले भन्यो : लेखापरीक्षकको हत्या होइन, भवितव्य मृत्यु

७ असार विराटनगर । गत माघ ७ गते सिंघिया खोलामा मृत अवस्थामा भेटिएका विराटनगर– २ तीनपैनीका लेखापरीक्षक प्रबल घिमिरेको मृत्यु भवितव्य दुर्घटनाबाट भएको निश्कर्ष निकालेको छ । पाँच महिनाअघिको घटनाबारे जानकारी दिँदै मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले घिमिरेको हत्या नभई अत्यधिक मादक पदार्थ सेवनपछिको भवितव्य मृत्यु भएको बताए । ‘हाम्रो अनुसन्धानले कसैको संलग्नता […]

काठमाडौंबाट यस्तो देखियो सूर्य ग्रहण

७ असार, काठमाडौं । नेपालमा अहिले खण्डग्रास सूर्य ग्रहण लागिरहेको छ । नेपालमा बिहान १० बजेर ५५ मिनेटबाट सुरु भएको सूर्य ग्रहण अपराह्न दुई बजेर २४ मिनेटमा समाप्त हुने छ । वाल्मीकि क्याम्पसका सहप्राध्याक तथा वरिष्ठ खगोलविद् जयन्त आचार्यका अनुसार मध्याह्न १२ बजेर ४१ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब ८८ प्रतिशत ढाकिएको देखिन्छ । उक्त […]

खाद्यले फेरि बेच्न थाल्यो इन्डक्सन चुल्हो, उपत्यकामा होम डेलिभरी सेवा

७ असार काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले इनडक्सन चुल्होको बिक्री सुरु गरेको छ । शनिबारदेखि काठमाडौं उपत्यकामा होम डेलीभरी सेवासंगै इन्डक्सनको पुःन बिक्रि सुरु गरेको कम्पनीले जनाएको छ । बाल्ट्रा कम्पनीको इन्फ्रारेड इन्डक्सन चुल्हो, जडिबुटी कम्पनीको स्यानिटाइजर, साल्ट ट्रेडिङको आयो नुन, गहुँको पिठो र दुग्ध विकास संस्थानको शुद्ध घिउ पनि बिक्री थालिएको कम्पनीले […]

ग्रहणका समयमा स्नान गर्न देवघाट नआउन अनुरोध

७ असार, चितवन । देवघाट क्षेत्र विकास समितिले खण्डग्रास सूर्य ग्रहणका समयमा पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न नआउन भक्तजनलाई अनुरोध गरेको छ । कालीगण्डकी र त्रिशूलीको सङ्गमस्थल सो स्थलमा ग्रहणका समयमा स्नान गरेमा मोक्ष प्राप्ति हुने जनविश्वास रहिआएको छ । समितिले आज सार्वजनिक सूचना जारी गर्दै कोरोनाको सम्भावित जोखिमका कारण घरमा नै स्नान गर्न अनुरोध […]

बारामा थपिए तीनजना कोरोना संक्रमित

६ असार, वीरगञ्ज । बारामा थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा तीनजना पुरुषमा संक्रमण देखिएको हो । संक्रमितमध्ये एकजना २४ वर्षीय पुरुष हुन् । अन्य दुईजनाको उमेर खुलेको छैन । फर्ममा दुई संक्रमितको उमेर उल्लेख भएको छैन । संक्रमित तीनै जनाको स्वाब सिम्रौनगढ नगरपालिकाबाट पठाइएको थियो […]

राष्ट्रव्यापी कर्फ्यु हटाउँदै साउदी

७ असार, काठमाडौं । साउदी अरेबियाले आइतबारदेखि मुलुकभर लगाइएको कर्फ्यु हटाउने निर्णय गरेको छ । यद्यपि अझै पनि धेरै प्रतिबन्धहरु कायम रहने बताइएको छ । साउदी अरेबियाका अनुसार आइतबारदेखि सबै आर्थिक तथा व्यावसायिक गतिविधिहरु शुरु हुनेछन् । यद्यपि अन्तर्राष्ट्रिय यात्रा तथा धार्मिक यात्रामा लगाइएको प्रतिबन्ध भने कायम रहनेछ । साउदी अरेबियाले अहिलेसम्म जुलाईमा शुरु हुने […]

दानव नदीको बाढीले भत्कायो छपियाको निर्माणाधीन पक्की पुल

७ असार, बुटवल । रुपन्देहीको सियारी र मायादेवी गाउँपालिकालाई जोड्न छपियाको कालिकादिह मन्दिर क्षेत्रमा निर्माणाधीन पक्की पुल भत्किएको छ । पुल भत्किँदा दुईजना इन्जिनियरसहित पाँचजना घाइते भएका छन् । प्रिस्ट्रेसिङ प्रविधिबाट बनाइएको पुल ढलान भएको १३औं दिनमा भत्किएको हो । दानव नदीमा आएको बाढीले पुलका स्टेजिङ (टेका)हरु बगाएर खल्बल्याएपछि पुल भत्किएको सडक डिभिजन बुटवलले जनाएको […]

विभूषण पाउने व्यक्तिको संख्या तोकियो

७ असार, काठमाडौं । कामभन्दा पहुँचको भरमा दिन थालेपछि सरकारले हरेक वर्ष दिने विभूषण विवादित मात्र भएको छैन, यसको महत्व पनि घट्दै गएको छ । गृह मन्त्रालयले गत वर्ष संविधान दिवस (३ असोज) मा हालसम्मकै सबैभन्दा धेरै ६३४ जनालाई मानपदवी, अलंकार र पदकबाट विभूषित गर्ने निर्णय गरको थियो । जसमा सत्तारुढ दल निकट, विवादास्पद र […]

भारतमा एकैदिन भेटिए १५ हजारभन्दा धेरै कोरोना संक्रमित

७ असार, काठमाडौं । भारतमा एकैदिन कोरोना भाइरस (कोभिड–१९) का १५ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ४१३ संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि चार लाख नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चार लाख […]

सुदूरपश्चिममा कोरोना : संक्रमण तीव्र, परीक्षण सुस्त

७ असार, कैलाली । सुदूरपश्चिम प्रदेशमा चैत मसान्तसम्म तीव्र गतिमा कोरोना संक्रमण बढेको थियो । चैत २२ गतेसम्म नेपालमा ९ जना संक्रमित भेटिएका थिए । तीमध्ये ४ जना संक्रमित सुदूरपश्चिमकै थिए । बैशाख १ गते कैलालीमा थप एक जनामा संक्रमण देखियो । चैत मसान्तसम्म तीव्र रुपमा बढेको संक्रमण त्यसपछि एक महिना बढी समय शून्य जस्तै […]



from समाचार – Online Khabar https://ift.tt/3enhFwr
via IFTTT
Powered by Blogger.