समाचार
७ असार, वीरगञ्ज । पन्ध्र वर्षपछि वीरगञ्ज स्थित सिर्सिया सुख्खा बन्दरगाह सञ्चालनको सञ्चालक फेरिने भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले गरेको नयाँ ठेक्कामा पि्रन्स्टाइन मेगा लजिस्टिकले सर्वाधिक ३ अर्ब ३३ करोड रुपैयाँको प्रस्ताव पेश गरेपछि कम्पनीले ठेक्का पाउने निश्चित भएको हो । नेपाल इन्टरमोडल यातायात विकास समिति (एनआईटीडीबी) ले न्यूनतम २ अर्ब रकम […]
७ असार, जनकपुरधाम । सर्लाहीमा हातखुट्टा बाँधेर एक अधवैंसेको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । रामनगर गाउँपालिका ४ बैरिया टोलका ४० वर्षीय रामजुलुम रायको शव हत्या गरिएको अवस्थामा घरभन्दा केही दुरीमा रहेको खेतमा फेला परेको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए । ‘दुवै खुट्टा र हात बाँधिएको अवस्थामा उनको शव फेला परेको […]
७ असार, सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा क्वारेन्टिनबाट घर फर्किएका एक जनाको मृत्यु भएको छ । भेरीगंगा नगरपालिका-५ का ३५ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको हो । गत जेठ १६ थते भारतको हिमाञ्चलबाट फर्किएका उनी छिन्चुमा रहेको शारदा माध्यमिक विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेर जेठ २९ गते घर गएका थिए । क्वारेन्टिनमा आरडीटी परीक्षण […]
७ असार, कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार नजिक पुगेको छ । आइतबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ९१ पुगेको हो । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा ६ जिल्लाका ४३ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । कैलालीको धनगढीमा १८ ,गोदावरीमा […]
७ असार, काठमाडौं । सञ्चारसंवद्ध विभिन्न पेशागत संस्थाहरुले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पत्रकारहरुको केही सीमित संस्थालाई मात्र अनुदान दिएकामा विरोध गरेको छ । हालै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट सत्तारुढ दल निकटका पत्रकार संगठनहरुलाई १० लाख रुपैयाँ अनुदान दिएकामा समावेशी सञ्चार अभियानमा आवद्ध विभिन्न संस्थाहरुले विरोध जनाएका हुन् । ‘विगतमा पाउँदै आएका […]
७ असार, विराटनगर । प्रदेश १ मा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार आइतबार प्रदेश १ का चार जिल्लामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार कोसी अस्पताल प्रयोगशालामा ११ जना र प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ४ जनामा संक्रमण […]
७ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका एक सामुदायिक विद्यालयका प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक सन्तोषप्रसाद गुप्ताविरुद्ध ६ लाख माग दाबीसहित आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार गुप्ताले जिल्ला शिक्षा कार्यालय पर्साबाट भवन र शौचालय […]
७ असार, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्ष (आव) २०७६/७७ लाई ‘अधुरा आयोजना सम्पन्न गर्ने वर्ष’का रुपमा घोषणा गरेका थिए । सोहीअनुसार सरकारले नीति तथा कार्यक्रम र बजेट समेत ल्याएर कार्यान्वयन थाल्यो । तर, आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा अधुरा आयोजना त परै जाओस, अनिवार्य दायित्वको भुक्तानीमा समेत सरकारले समस्या आएको बताइरहेको छ […]
७ असार, काठमाडौं । नेपाली बजारमा सुनको प्रतितोला मूल्य ९० हजार नाघेको छ । अघिल्लो दिनको तुलनामा आइतबार तोलामा ७ सय रुपैयाँले बढेर छापावल सुनको भाउ ९० हजार ६ सय र तेजाबी सुनको प्रतितोला भाउ ९० हजार तीन सय रुपैयाँ पुगेको हो । आइतबारको मूल्य नेपाली बजारको अहिलेसम्मकै सबैभन्दा उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले […]
७ असार, काठमाडौं । गोरखाको भीमसेनथापा गाउँपालिका– ८ मा हिरासतबाट छुटेर गाउँ फर्किएका युवकमा कोरोना संक्रमण पुष्टि भएपछि त्रास बढेको छ । वडा नम्बर ८ महादेवटारका २८ वर्षका युवकमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि उनको गाउँ र छिमेकी गाउँमा त्रास बढेको हो । उनी जेठ २२ गते हिरासतबाट छुटेर गाउँ फर्किएको दुई दिनपछि हिरासतमा सँगै […]
७ असार, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का नेता राजेन्द्र महतोले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव संविधानको मर्म विपरीत भएको बताएका छन् । संसदको राज्य व्यवस्था समितिले नागरिक विधेयकमा विदेशी महिलालाई ७ वर्षसम्म अंगीकृत नागरिकता नदिने र त्यसबेलासम्म आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न स्थायी […]
६ असार, वीरगञ्ज । भारतमा नेपालको राष्ट्रिय झण्डा जलाइएको विरोधमा वीरगञ्जमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर २ जनालाई नियन्त्रणमा लिएको छ । जनता समाजवादी पार्टीको मुस्लिम विभाग केन्द्रीय कार्य समिति वीरगञ्जले गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै पार्टीकाे महानगर कमिटीका अध्यक्ष लियाकत अली र विद्यार्थी नेता मोहसिन राजालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई जिल्ला […]
७ असार, कैलाली । कैलालीमा थप एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको जानकी गाउँपालिकामा रहेको पथरीया स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले बताए । लामो समयदेखि क्वारेन्टिनमा रहेकाहरूको स्वास्थ्य परीक्षणमा खटिएकी २८ वर्षीया महिला स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको चौधरीले जानकारी दिए । उनले भने, […]
७ असार, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावमा फरक मत राखेको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा यसबारे आइतबार भएको छलफलमा कांग्रेस सांसदहरू दिलेन्द्रप्रसाद बडू, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला पन्त, अमरेशकुमार सिंह, मीना पाण्डे र विनोद चौधरीले फरक मत […]
७ असार, वीरगञ्ज । वीरगञ्जलाई सुन्दर र व्यवस्थित बनाउन अभियान सुरु गरिने भएको छ । अभियानमा कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिनेछ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका, वीरगञ्ज उद्योग वाणिज्य संघ, व्यवस्थित वीरगञ्ज अभियानलगायतसँग सहकार्य गर्दै अभियान सञ्चालन गर्न लागेको हो । उद्योग […]
७ असार, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्रर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालमा भएको परीक्षणबाट आइतबार ११ जनामा कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये सल्यानका ६, दैलेखका र सुर्खेतका २/२ जना र रुकुम पश्चिमका […]
६ असार, वीरगञ्ज । नागरिकता ऐन संसोधन विद्येयकमा ल्याइएको प्रावधानप्रति असन्तुष्ट जनता समाजवादी पार्टीका युवाहरुले वीरगञ्जमा प्रदर्शन गरेका छन् । युवाहरुले भारत तथा तेस्रो मुलुकबाट विवाह गरेर आएकी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान नराख्न माग गर्दै प्रदर्शन गरेका हुन् । सामाजिक साँस्कृतिक रीतिअनुसार विवाह गरेर ल्याइएकी महिलामाथि अन्याय गर्न लागिएको उनीहरुको भनँइ […]
७ असार, काठमाडौं । आसार कृष्ण औँसीका दिन आइतबार बिहान १० : ५५ बजेदेखि खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लागिरहेको छ । बिहान १०: ५५ बजे स्पर्श भएको सूर्यग्रहण मध्याह्न १२ : ३८ बजे मध्य र अपराह्न २ : २३ बजे मोक्ष प्राप्त गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले बताएको छ । सूर्यग्रहण हेर्न चाहनेलाई तक्षशिला […]
७ असार, काठमाडौं । संखुवासभामा पहिरो खरुदा अरूण नदी आंशिक रूपमा थुनिन पुगेको छ । आइतबार बिहान करिब साढे ९ बजेको समयमा मकालु गाउँपालिका वडा नम्बर-२ तर्फको ओयाङ भन्ने स्थानमा पहिरो खस्दा अरुण नदी आंशिक रुपमा थुनिन पुगेको संखुवासभाका प्रहरी नायब उपरीक्षक नवराज मल्लले अनलाइनखबरलाई जानकारी दिए । मल्लले भने, ‘माटोको ढिस्को खसेर आंशिक रुपमा […]
७ असार विराटनगर । गत माघ ७ गते सिंघिया खोलामा मृत अवस्थामा भेटिएका विराटनगर– २ तीनपैनीका लेखापरीक्षक प्रबल घिमिरेको मृत्यु भवितव्य दुर्घटनाबाट भएको निश्कर्ष निकालेको छ । पाँच महिनाअघिको घटनाबारे जानकारी दिँदै मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले घिमिरेको हत्या नभई अत्यधिक मादक पदार्थ सेवनपछिको भवितव्य मृत्यु भएको बताए । ‘हाम्रो अनुसन्धानले कसैको संलग्नता […]
७ असार, काठमाडौं । नेपालमा अहिले खण्डग्रास सूर्य ग्रहण लागिरहेको छ । नेपालमा बिहान १० बजेर ५५ मिनेटबाट सुरु भएको सूर्य ग्रहण अपराह्न दुई बजेर २४ मिनेटमा समाप्त हुने छ । वाल्मीकि क्याम्पसका सहप्राध्याक तथा वरिष्ठ खगोलविद् जयन्त आचार्यका अनुसार मध्याह्न १२ बजेर ४१ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब ८८ प्रतिशत ढाकिएको देखिन्छ । उक्त […]
from समाचार – Online Khabar https://ift.tt/2CsiHcG
via IFTTT





















