समाचार
७ असार, काठमाडौं । पास नलिएरै काठमाडौं उपत्यका प्रवेश गर्न लागेका सार्वजनिक सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको नयाँ मोडालिटीको नियम पालना नगरी प्रवेश गर्न खोजेपछि नेपालगञ्ज र झापाबाट आएका तीनवटा बस र एउटा हाइससहित चालकलाई नागढुंगा नाकाबाट नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । नेपालगञ्जबाट आएको बा४ख ७३६३, ना७ख ५३९५ नम्बरको […]
७ असार, काठमाडौं । दाङमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासी रामग्राम नगरपालिका–१४ घर भएका २७ वर्षीय जितेन्द्र चौधरी रहेका छन् । तुलसीपुर उपमहानगरपलिका–२ स्थित कुमलगढीमा रा १ त ७५७ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको लु ५८ प १८४३ नम्बरको मोटरसाइकललाई आइतबार ठक्कर दिँदा चौधरी […]
७ असार, काठमाडौं । नेपाल भारत सीमानामा तारबार लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । आइतबार अधिवक्ता शालिकराम सापकोटा, नवल खड्का, गीता सापकोटा, सुवास विश्वकर्माले नेपाल- भारतबीचको १८८० किलोमिटर सीमाना रक्षा र संरक्षणका निम्ति चरणवद्ध रुपमा यसै अर्थिक वर्षदेखि तारजाली लगाउन सुरु गर्न सरकारको नाममा परमादेशको आदेश माग गर्दै रिट दायर गरेका […]
७ असार, जनकपुरधाम । प्रदेश २ मा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका ७ महिलासहित ७८ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश २ मा पछिल्लो पटक सबैभन्दा बढी संक्रमित सिराहा जिल्लामा देखा परेका छन् । सिराहामा ४ महिलासहित ५२ जना नयाँ संक्रमित देखापरेका […]
७ असार, वीरगञ्ज । पर्साबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको ६ लाख नेपाली रुपैयाँ बरामद गरेको छ । सीमावर्ती भारतीय बजारबाट भिस्वा नाका हुँदै नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको ६ लाख नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । गस्ती टोलीलाई देखपछि पैसा बोकेर आउँदै गरेका व्यक्ति झोला फालेर भारततर्फ नै भागेकाे सशस्त्र प्रहरीको […]
७ असार, सुर्खेत । कोरोना भाइरसको सम्भावित संक्रमितलाई राखिने क्वारेन्टिनहरु व्यवस्थित नहुँदा त्यहाँ बस्ने व्यक्तिहरु अत्यासलाग्दो दैनिकी बिताइरहेका छन् । समुदायमा हुन सक्ने सम्भावित संक्रमण जोगाउन जोखिम क्षेत्रबाट आएकाहरुलाई क्वारेन्टिनमा राखे पनि कतिपय ठाउँमा क्वारेन्टिनमै कोरोना संक्रमण हुने जोखिम छ । यस्ता कारणले गर्दा क्वारेन्टिनमा बस्नेहरुमा चिन्ता लाग्ने, भोक र निन्द्रा नलाग्ने, बेचैनी र उदासिनताजस्ता […]
७ असार, काठमाडौं । खानाबाट मात्रै नपुगेपछि शरीरलाई आवश्यक पर्ने भिटामिन र मिनरल लगायतका विभिन्न तत्वको मात्रा अतिरिक्त सेवन गर्ने नेपालीहरुको संख्या बढ्दै गएको पाइएको छ । फुड सप्लिमेन्टको रुपमा विश्वभर प्रयोग हुने प्रोटिन, भिटामिन, क्याल्सियम, कार्बोनेट, कार्बमेट लगायतका पदार्थको खपत नेपालमा बढ्दै गएको भन्सार विभागले जनाएको छ । आर्थिक वर्ष ७४/७५ मा नेपालमा फुड […]
७ असार, वीरगञ्ज । पन्ध्र वर्षपछि वीरगञ्ज स्थित सिर्सिया सुख्खा बन्दरगाह सञ्चालनको सञ्चालक फेरिने भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले गरेको नयाँ ठेक्कामा पि्रन्स्टाइन मेगा लजिस्टिकले सर्वाधिक ३ अर्ब ३३ करोड रुपैयाँको प्रस्ताव पेश गरेपछि कम्पनीले ठेक्का पाउने निश्चित भएको हो । नेपाल इन्टरमोडल यातायात विकास समिति (एनआईटीडीबी) ले न्यूनतम २ अर्ब रकम […]
७ असार, जनकपुरधाम । सर्लाहीमा हातखुट्टा बाँधेर एक अधवैंसेको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । रामनगर गाउँपालिका ४ बैरिया टोलका ४० वर्षीय रामजुलुम रायको शव हत्या गरिएको अवस्थामा घरभन्दा केही दुरीमा रहेको खेतमा फेला परेको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए । ‘दुवै खुट्टा र हात बाँधिएको अवस्थामा उनको शव फेला परेको […]
७ असार, सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा क्वारेन्टिनबाट घर फर्किएका एक जनाको मृत्यु भएको छ । भेरीगंगा नगरपालिका-५ का ३५ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको हो । गत जेठ १६ थते भारतको हिमाञ्चलबाट फर्किएका उनी छिन्चुमा रहेको शारदा माध्यमिक विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेर जेठ २९ गते घर गएका थिए । क्वारेन्टिनमा आरडीटी परीक्षण […]
७ असार, कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार नजिक पुगेको छ । आइतबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ९१ पुगेको हो । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा ६ जिल्लाका ४३ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । कैलालीको धनगढीमा १८ ,गोदावरीमा […]
७ असार, काठमाडौं । सञ्चारसंवद्ध विभिन्न पेशागत संस्थाहरुले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पत्रकारहरुको केही सीमित संस्थालाई मात्र अनुदान दिएकामा विरोध गरेको छ । हालै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट सत्तारुढ दल निकटका पत्रकार संगठनहरुलाई १० लाख रुपैयाँ अनुदान दिएकामा समावेशी सञ्चार अभियानमा आवद्ध विभिन्न संस्थाहरुले विरोध जनाएका हुन् । ‘विगतमा पाउँदै आएका […]
७ असार, विराटनगर । प्रदेश १ मा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार आइतबार प्रदेश १ का चार जिल्लामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार कोसी अस्पताल प्रयोगशालामा ११ जना र प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ४ जनामा संक्रमण […]
७ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका एक सामुदायिक विद्यालयका प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक सन्तोषप्रसाद गुप्ताविरुद्ध ६ लाख माग दाबीसहित आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार गुप्ताले जिल्ला शिक्षा कार्यालय पर्साबाट भवन र शौचालय […]
७ असार, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्ष (आव) २०७६/७७ लाई ‘अधुरा आयोजना सम्पन्न गर्ने वर्ष’का रुपमा घोषणा गरेका थिए । सोहीअनुसार सरकारले नीति तथा कार्यक्रम र बजेट समेत ल्याएर कार्यान्वयन थाल्यो । तर, आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा अधुरा आयोजना त परै जाओस, अनिवार्य दायित्वको भुक्तानीमा समेत सरकारले समस्या आएको बताइरहेको छ […]
७ असार, काठमाडौं । नेपाली बजारमा सुनको प्रतितोला मूल्य ९० हजार नाघेको छ । अघिल्लो दिनको तुलनामा आइतबार तोलामा ७ सय रुपैयाँले बढेर छापावल सुनको भाउ ९० हजार ६ सय र तेजाबी सुनको प्रतितोला भाउ ९० हजार तीन सय रुपैयाँ पुगेको हो । आइतबारको मूल्य नेपाली बजारको अहिलेसम्मकै सबैभन्दा उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले […]
७ असार, काठमाडौं । गोरखाको भीमसेनथापा गाउँपालिका– ८ मा हिरासतबाट छुटेर गाउँ फर्किएका युवकमा कोरोना संक्रमण पुष्टि भएपछि त्रास बढेको छ । वडा नम्बर ८ महादेवटारका २८ वर्षका युवकमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि उनको गाउँ र छिमेकी गाउँमा त्रास बढेको हो । उनी जेठ २२ गते हिरासतबाट छुटेर गाउँ फर्किएको दुई दिनपछि हिरासतमा सँगै […]
७ असार, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का नेता राजेन्द्र महतोले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव संविधानको मर्म विपरीत भएको बताएका छन् । संसदको राज्य व्यवस्था समितिले नागरिक विधेयकमा विदेशी महिलालाई ७ वर्षसम्म अंगीकृत नागरिकता नदिने र त्यसबेलासम्म आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न स्थायी […]
७ असार, काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव भएको छ । नागरिकता नपाउँदासम्म आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न स्थायी आवासीय अनुमति पत्र प्रदान गरिनेछ । प्रस्तावअनुसार यो अनुमतिपत्रका आधारमा चलअचल सम्बन्धी आर्जन गर्न, भोग गर्न, बेचविखन गर्न, व्यवसायिक […]
६ असार, वीरगञ्ज । भारतमा नेपालको राष्ट्रिय झण्डा जलाइएको विरोधमा वीरगञ्जमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर २ जनालाई नियन्त्रणमा लिएको छ । जनता समाजवादी पार्टीको मुस्लिम विभाग केन्द्रीय कार्य समिति वीरगञ्जले गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै पार्टीकाे महानगर कमिटीका अध्यक्ष लियाकत अली र विद्यार्थी नेता मोहसिन राजालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई जिल्ला […]
७ असार, कैलाली । कैलालीमा थप एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको जानकी गाउँपालिकामा रहेको पथरीया स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले बताए । लामो समयदेखि क्वारेन्टिनमा रहेकाहरूको स्वास्थ्य परीक्षणमा खटिएकी २८ वर्षीया महिला स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको चौधरीले जानकारी दिए । उनले भने, […]
from समाचार – Online Khabar https://ift.tt/3dgv6wR
via IFTTT






















