Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सामुदायिक विद्यालयमा अध्ययन गर्नेलाई साइकल उपहार

१८ असार,नवलपरासी । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत नवलपरासी (बर्दघाट -सुस्ता पश्चिम) स्थित सरावल गाउँपालिकामा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहनस्वरुप साइकल प्रदान गरिएको छ । गाउँपालिकाका १० सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरीब र विपन्न समुदायका ५५ जेहेन्दार छात्रछात्रालाई साइकल प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । शिक्षामा छात्रछात्राको पहुँचमा थप सहजता पुर्‍याउने उद्देश्यले सबै विद्यालयबाट जेहेन्दार […]

खोटाङ अस्पतालमा डिजिटल एक्स–रे सञ्चालनमा   

१८ असार, खोटाङ । जिल्ला अस्पताल खोटाङमा डिजिटल एक्स–रे (कम्प्युटराइज रेडियोग्राफी) मेसिन सञ्चालनमा ल्याइएको छ । वर्षौंदेखि मेनुअल एक्स–रे मेसिनबाट सेवा प्रवाह गर्दै आएको अस्पतालले रु १६ लाख मूल्य पर्ने डिजिटल एक्स–रे मेसिन जडान गरेर सेवा दिन थालेको छ । डिजिटल एक्स–रे मेसिन चलेपछि रिपोर्टका लागि सेवाग्राहीले घण्टौँ कुर्नुपर्ने बाध्यता हटेको छ । सो मेसिन […]

बिहीबार ८ जहाजमा भित्रिए १२४२ यात्रु

१८ असार, काठमाडौं । बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कुल ८ वटा चार्टर्ड जहाज अवतरण गरेका छन् । यी उडानबाट एकै दिन १२४२ यात्रु नेपाल भित्रिएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार बिहीबार दमामबाट २ वटा शवसमेत नेपाल ल्याइएको छ । नेपालीको उद्धार अन्तर्गत नेपाल एयरलाइन्सले कुवेतबाट २ सय ५५ जना नेपालीलाई घर […]

संसद अधिवेशन हठात अन्त्य गर्नु आपत्तिजनक : कांग्रेस

१८ असार, काठमाडौं । प्रमुख विपक्षी नेपलाी कांग्रेसले संघीय संसदको अधिवेशन हठात अन्त्य गरिएको भन्दै आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै सत्तारुढ दलभित्रको द्वन्द्वको दुश्प्रभाव संसद अधिवेशनमा पर्नु आपत्तिजनक भएको बताएका हुन् । ‘अधिवेशन आहृवान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया छन्, तर त्यसलाई अवलम्बन नगरी, कोरोना सिर्जित चुनौती सामना […]

सत्याग्रहीसँग वार्ता गर्न स्वास्थ्यमन्त्रीलाई आग्रह

१८ असार, काठमाडौं । कोरोना रोकथामको प्रभावकारी काम गर्न माग गर्दै अनशनमा बसेकाहरुसँग वार्ता गरी माग गपूरा गर्न आग्रह गर्दै एक समूहले बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग भेट गरेको छ । अभियन्ताहरु नयनतारा गुरुङ कक्षपति, आलोक सुवेदी, सञ्जय अधिकारी, प्रितम सुवेदी र ब्रबिम कुमारले स्वास्थ्य मन्त्री ढकाललाई ज्ञापनपत्र बुझाउँदै सत्याग्रह अभियानका अभियन्तासँग तत्काल वार्ता […]

घरको पर्खाल भत्किँदा एक जना बालकको मृत्यु

१८ असार, काठमाडौं । सप्तरीमा घरको पर्खालले च्यापिएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका–१ बस्ने राजकुमार मण्डलको १० वर्षीय छोरा शिवकुमार मण्डल रहेका छन् । नगरपालिकाको रोलरले निर्माणाधिन बाटो सम्याउने क्रममा रोलरको कम्पनले बाटो छेउमै रहेको बाबुलाल झाको घरको ईंट्टाको पर्खाल भत्किँदा पर्खालले च्यापिएर मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ […]

असारमा तिर्नुपर्ने ऋणको भाका नसारिने

१८ असार, काठमाडौं । लकडाउन लम्बिएसँगै नेपाल राष्ट्र बैङ्कले ऋणीहरूका लागि एउटा सुविधा दिने घोषणा गर्‍यो। राष्ट्र बैङ्कले चैतमा तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज एक महिना ढिला तिरे पनि हुने नीति बनायो । राष्ट्र बैङ्कले प्रारम्भिक रुपमा घोषणा गरेको यो नीतिले निजी क्षेत्र खुसी भएनन् । त्यसपछि राष्ट्र बैङ्कले २ प्रतिशत ब्याज छुट दिन बैङ्कहरूलाई […]

सशस्त्र प्रहरीले बनायो तिंकर भञ्ज्याङसम्मको गोरेटो बाटो

१८ असार, काठमाडौं । दार्चुलाको छाङ्‍रुस्थित बोर्डर आउट पोस्टका सशस्त्र प्रहरी बलले तिङ्कर भञ्ज्याङसम्मको गोरेटो बाटो मर्मत गरेको छ । सशस्त्र प्रहरीले स्थानीय बासिन्दासँग मिलेर सुक्खा पहिरो हटाएर गोरेटो बाटो सञ्चालनमा ल्याएको सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दले जानकारी दिए । सुख्खा पहिरोका कारण लामो समयदेखि सो गोरेटो बाटोमा आवतजावत बन्द भएको थियो ।

सदाद्वयलाई न्याय माग्दै भएको प्रदर्शनमा अश्रु ग्यास प्रहार

१८ असार, जनकपुरधाम । आइसोलेसनमा छटपटिएर ज्यान गुमाएका राजु सदा र हिरासतमै मृत फेला परेका शम्भु सदाको न्यायका लागि जनकपुरधाममा भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ । राजु र शम्भुको मृत्यु सम्बन्धमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै दलित संघर्ष समितिको अगुवाइमा बिहीबार भएको प्रदर्शनमा प्रहरीले अश्रु ग्यास सँगसँगै लाठी पनि प्रहार गरेको […]

कर्णालीमा ६ जना कोरोना संक्रमित थपिए, ४९ जना डिस्चार्ज

१८ असार, सुर्खेत । कर्णाली  प्रदेशमा थप ६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगञ्ज बाँके र कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये सुर्खेतका ३ जना, दैलेख, कालीकोट र स्याङजाका एक/एक जना रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रम्ाुख डा. लक्ष्मीनारायाण […]

शान्ति मिसनका लागि नेपाली सैनिक असार २४ मा अफ्रिका जाँदै

१८ असार, काठमाडौं । कोरोना महामारीकै बीच नेपाली सैनिक संयुक्त राष्ट्र संघको शान्ति मिसनका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिक र माली जाने भएका छन् । शान्ति  मिसनका लागि खटिने नेपाली सेनाका अधिकृत र जवानलाई लिएर नेपाल एयरलाइन्सको विमान असार २४ गते ती दुई देशमा पुग्नेछ । यी दुई मुलुकमा हुने उडानका सम्बन्धमा नेपाली सेना र नेपाल […]

ग्राभेल नगरेपछि सडकमै धान रोपेर विरोध

१८ असार, बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-६ को पर्सा गाउँका स्थानीयवासीले सडकमै धान रोपेर विरोध जनाएका छन् । सडक ग्राभेलका लागि बजेट विनियोजन भएको र गत फागुनमै उपभोक्ता समितिसमेत गठन भए पनि काम नभएपछि उनीहरुले हिलाम्य सडकैमै धान रोपेर विरोध गरेका हुन् । करिब सय घरधरी रहेको गाउँमा पुग्न निर्माण गरिएको सडकको स्तरोन्नती (ग्राभेल) […]

म्यानमारको खानीमा पहिरो जाँदा १०० जनाभन्दा बढीको मृत्यु

१८ असार, काठमाडौं । म्यानमारको एक जेड (हरियो रङ्गको बहुमूल्य पत्थर) खानीमा पहिरो जाँदा कम्तीमा ११३ जनाको मृत्यु भएको छ । अन्य धेरै मानिसहरु हराइरहेका छन् । अधिकारीहरुका अनुसार उत्तरी म्यानमारको कचिन राज्यको हपकान्ट क्षेत्रमा रहेको उक्त खानीमा पहिरो गएको हो । भारी वर्षापछि आएको पहिरोमा परी मुनि ढुङ्गा जम्मा पारिरहेका मानिसहरु पुरिएका थिए । म्यानमारमा […]

गण्डकी प्रदेशमा थपिए १७ कोरोना संक्रमित, १६ जना लमजुङका

१८ असार, काठमाडौं । गण्डकी प्रदेशमा १७ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा भएको परीक्षणबाट बिहीबार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निदेशनालयले जानकारी दिएको छ । निर्देशनालयका अनुसार नयाँ संक्रमितमध्ये १६ जना लमजुङका हुन् भने एकजना कास्कीको पोखरा महानगरपालिकाका ३३ वर्षीय पुरुष हुन् […]

सरकार कुर्ची होइन, जनता बचाऊ भन्दै पोखरामा अनशन

१८ असार, पोखरा । कोरोना रोकथाममा प्रभावकारी काम गर्न माग गर्दै पाटनमा अनशन बसेकाहरुको समर्थनमा पोखरामा पनि अनशन सुरु भएको छ । बिहीबार पोखराका ७ युवाले बिहान ११ बजेदेखि अनशन सुरु गरेका छन् । उनीहरुले बिहीबार ७ घण्टा अनशन बस्ने जनाएका छन् । ‘काठमाडौंमा ईः, सुदिन गुरुङलगायत अनशन बसेको आज ७ दिन भयो । अहिलेसम्म […]

प्रधानमन्त्रीले अध्यादेशको संकेत दिएपछि शीतल निवास पुगे प्रचण्ड

१८ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास पुगेका छन् । नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको अधिवेशन स्थगित गरेपछि आशंका र अविश्वास झन् बढेको छ । प्रधानमन्त्रीले वैशाख दोस्रो साता ल्याएको राजनीतिक दल फुटाउन सहज हुने […]

लोडरको कम्पनले पर्खाल भत्किँदा बालकको मृत्यु

१८ असार, सप्तरी । सप्तरीमा  ढलान गर्ने क्रममा चलाएको लोडर मेसिनको कम्पनले पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ । खड्ग नगरपालिका–१ सिस्वामा नगरस्तरीय बजेटबाट आरसीसी ढलान गर्ने क्रममा बिहीबार बा २ क ९८६३ नम्बरको लोडर चलाइएको थियो । लोडरको कम्पनले स्थानीय नखेलाल मण्डलको माटोले जोडिएको इँटाको पर्खाल भत्किँदा उनका १० बर्षीय छोरा उमेशको पुरिएका […]

नेपालमा भेटिएको कोरोना भाइरसबारे अध्ययन सुरु

१८ असार, काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)ले कोरोना भाइरस (कोभिड–१९) का १५ संक्रमितको ‘जीन सिक्वेन्सिङ’को काम सुरु गरेको छ । जीन सिक्वेनिङबाट विदेशबाट आएका संक्रमित, नेपालमा संक्रमित भएकाहरुको अवस्था र भाइरसको प्रकार थाहा हुन्छ । यसबाट संक्रमितको मुत्युदर कम हुनु र ९८ प्रतिशतभन्दा बढी संक्रमितमा लक्षण नहुनुको कारण पनि पत्ता लाग्ने एनएचआरसीको अनुसन्धान […]

दोबाटोमा प्रधानमन्त्री : राजीनामा दिने कि अडिने ?

१८ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहानै सात/आठ बजेतिर आफूनिकटका स्थायी कमिटी सदस्य एवं बहालवाला मन्त्रीहरुलाई बालुवाटारमा बोलाएर भने, ‘यहाँहरुले मलाई सहयोग गर्नुपर्‍यो, ममाथि चौतर्फी एट्याक (आक्रमण) भयो ।’ बुधबार बेलुका जब झम्सीखेलमा स्थायी कमिटीका ३० जना नेताहरुको भेलाले एकस्वरमा प्रधानमन्त्रीबाट हट्नुपर्ने निश्कर्ष निकाल्यो, प्रधानमन्त्रीले पक्कै पनि आफूमाथि थप ‘एट्याक’ भएको महसुस […]

सभामुखलाई थाहै नदिई संसद अधिवेशन अन्त्य, कांग्रेस पनि असन्तुष्ट

१८ असार, काठमाडौं । सरकारले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग छलफल नै नगरी स‌ंसदको चालु अधिवेशन अन्त्य गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कां‌ग्रेसले पनि आफूहरूसँग परामर्श नै नगरी अधिवेशन अन्त्य गरेकामा असन्तुष्टि जनाएको छ । मन्त्रिपरिषद‍्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ ५ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गरेको जानकारी स‌ंसद सचिवालयलाई […]

संघीय संसदको बजेट अधिवेशन अन्त्य

१८ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छन् । उनले मन्त्रिपरिषद्को सिफारिस अनुसार बिहीबार अपराह्न ५ बजे बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिएकी हुन् । यसअघि बिहीबार नै बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । बैठकमा प्रधानमन्त्रीले कानुनमन्त्री डा.शिवमाया तुम्बाहाङ्फेतिर हेरेर […]



from समाचार – Online Khabar https://ift.tt/2Ao7h9b
via IFTTT
Powered by Blogger.