समाचार
१७ असार, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना महामारी रोकथाममा प्रभावकारी काम गर्न माग गर्दै अनशनमा बसेकाहरुको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता वेद भट्टराईले बुधबार विज्ञप्ति निकालेर अनशनमा बसेका व्यक्तिहरुको स्वास्थ्यसम्बन्धी न्यायोचित माग सम्बोधन गरी जीवन रक्षाका लागि सार्थक संवाद गर्न सरकारलाई आग्रह गरेका हुन् । कोरोना महामारी रोकथाम […]
१७ असार, काठमाडौं । काभ्रेको धुलिखेलमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुलिखेल नगरपालिका–२ रविओपी बस्ने मोटरसाइकलमा सवार वेदप्रसाद कोइराला र गोवर्द्धन कोइराला रहेको काभ्रेका एसपी रवी पौडेलले जानकारी दिए । एसपी पौडेलका अनुसार मृतक दुवै जना दाजुभाइ हुन् । एसपी पौडेलले भने, ‘पाँचालबाट रविओपीतर्फ जाँदै गरेको बा […]
१७ असार, काठमाडौं । तनहुँको भानु नगरपालिकास्थित चुँदी खोलामा बुधबार दिउँसो डुबेर एक महिलाको मृत्यु भएको छ। भानु नगरपालिका–१ बस्ने २२ बर्षकी तिलकुमारी गुरुङको खोलामा पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय डुम्रेले जनाएको छ । खोलामा डुबेपछि स्थानीयले उद्दार गरी लक्ष्मी अस्पताल ल्याएपछि डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । शव परीक्षणका […]
१७ असार, काठमाडौं । भक्तपुरको टौमडीस्थित न्यातपोल (पाँचतले मन्दिर)को धमाधम जीर्णोद्धार भइरहेको छ । ०७२ सालको भूकम्पले क्षति भएको न्यातपोलको जीर्णोधारमा स्थानीवासी जुटेका हुन् । मन्दिरको जीर्णोद्धारमा सयौं स्थानीवासीले श्रमदान गरेका छन् । हरेक दिन चार/पाँच सयजनाले श्रमदान गर्ने गरेको उभोक्ता समितिले जनाएको छ । त्यसमा पनि महिलाको संख्या उल्लेख्य रहेको छ । अहले मन्दिरको […]
१७ असार, काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा मंगलबार गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । बुधबार विज्ञप्ति जारी गरी अध्यक्ष राजीव ढुंगानाले कोरोना महामारीका कारण नाजुग अवस्थामा पुगेका नागरिकको दुखिरहेको घाउमा मलम लगाउनुको सट्टा सरकारले इन्धनको मूल्यवृद्धि गरेर नुन चुक छरेको बताए । ‘पेट्रोलियम पदार्गको मूल्य बढ्नु भनेको […]
१७ असार, तनहुँ । तनहुँको भानु नगरपालिकास्थित चुँदी खोलामा बुधबार दिउँसो डुबेर एक महिलाको मृत्यु भएको छ। भानु नगरपालिका–१ बस्ने २२ वर्षकी तिलकुमारी गुरुङको खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय डुम्रेले जनाएको छ । खोलामा डुबेपछि स्थानीयले उद्धार गरी लक्ष्मीलाई अस्पताल पुर्याएको भएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
१७ असार, विराटनगर । प्रदेश १ मा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ जना महिला र १२ जना पुरुष गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ४ पुगेको छ । पछिल्लो समय झापामा […]
१७ असार, कैलाली । कञ्चनपुरको भीमदत्त नगरपालिकामा विषालु सर्पको डसाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका वडा १६ का १४ वर्षीय पर्वत गिरी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । गिरीलाई गएराति नै सर्पले डसेको थियो । उपचारको लागि महाकाली अस्पताल लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि सेती प्रादेशिक अस्पताल […]
१७ असार, काठमाडौं । बालुवाटारमा जोडतोडले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिँदै गर्दा सञ्चारमाध्यममा ‘ब्रेकिङ न्युज’ आयो– ‘नेकपा एमाले’ नाममा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता । यदि वर्तमान सरकार ढलेमा ओलीले पार्टी फुटाउन सक्ने आकलनकै बीचमा ‘नेकपा एमाले’ दर्ताका लागि निवेदन गएपछि त्यसले तरङ्ग ल्याउने नै भयो । नेकपाको स्थायी कमिटी बैठकमा […]
१७ असार, काठमाडौं । नेपाल प्रहरीको सर्वोच्च कमाण्डर महानिरीक्षक (आईजीपी) चयन हुने बेला हरेक पटक संगठनभित्रका कमीकमजोरी छताछुल्ल हुने गरेका थिए । आफूलाई अब्बल साबित गराउन प्रतिस्पर्धीले एकअर्काबीच हिलो छ्यापाछ्याप गर्न कुनै कसर बाँकी राख्ने गरेका थिएनन् । तर २७ औं महानिरीक्षकका रुपमा ठाकुर ज्ञवाली नियुक्त हुँदै गर्दा कुनै विवाद देखिएन । ज्ञवालीको कार्यकाल पूरा […]
१७ असार, काठमाडौं । कोरोना महामारी नियन्त्रणको काम प्रभावकारी बनाउन र खर्च पारदर्शी बनाउन दबाब दिँदै सामाजिक अभियन्ता ई: सहित चार जना युवा आमरण अनशन बसेको ६ दिन भएको छ । स्वास्थ्य अवस्था बिग्रिएपछि अननश बसेका २ अभियन्ता शिक्षण अस्पताल भर्ना भएका छन् । उनीहरु अस्पतालबाटै अनशनलाई निरन्तरता दिएका छन् । ई:सहित दुई जना हाल […]
१७ असार, काठमाडौं । संघीय संसदका दुवै सदनबाट नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित भएको छ । दिउँसो १ बजे बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भयो । २०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकबाट निर्वाचित छन्त्यालको बुधबार बिहान निधन भएको हो । छन्त्याल […]
१७ असार, वीरगञ्ज । वीरगञ्जकी सकुन्तला देवीले माईस्थानस्थित मिनाबजार क्षेत्रको सडकमा लामो समयदेखि तरकारी बेच्दै आएकी छन् । सकुन्तलादेवीजस्तै अलैजा खातुन पनि सोही क्षेत्रमा तरकारी बेच्दै आइरहेकी छन् । उनीहरू मात्रै होइन, नगवा घर भएकी राजेश्वरी देवी, राजकुमारी देवी, रानीघाटकी चन्दा देवीलगायत सडकमै एकाबिहानै देखि टोकरीमा तरकारी राखेर बेच्दै आइरहेका छन् । उनीहरूको दैनिक गुजारा […]
१६ असार, काठमाडौं । बुधबार सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ । अघिपछि पास देखाएपछि सहजै सिंहदरबार छिर्न पाइन्थ्यो । तर, बुधबार झोला, बाइकको डिकीसमेत खोलेर चेकजाँच गरिएको छ । प्रहरीका अनुसार बुधबारका लागि मात्रै थप कडाइ गरिएको हो । कारण- नासुहरुको प्रदर्शन । राज्य व्यवस्था समितिबाट पारित निजामती सेवा ऐनमा असन्तुष्ट नायब सुब्बाहरुले सिंहदरबारभित्रै प्रदर्शन […]
१७ असार, तुलसीपुर । दाङको शान्तिनगर गाउँपालिका –२ का वडाध्यक्ष फर्साराम डाँगीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सोधपुछ सुरु गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार नेत्रविक्रम चन्द समूहका तीन जनालाई मंगलबार राति शान्तिनगर २ बाट पक्राउ गरिएको हो । उनीहरुको नाम र ठेगाना भने सार्वजनिक […]
१७ असार, काठमाडौं । संघर्ष, सिकाइ, सफलता, उपलब्धि, जित, हार, यी सबै खेलाडी जीवनका अपरिहार्य चक्र हुन् । केहीलाई भाग्यले पनि साथ दिन्छ तर त्यसमा आफ्नो मेहनत मिसाएन भने त्यो अपुरो हुन्छ । प्रेरणा कोइरालाको खेल जीवनमा पनि यही लागु हुन्छ । नेपालमा महँगो खेलका रुपमा चिनिने टेनिसमा लागेर उनले छोटो समयमै स्मरणीय उपलब्धिहरू हासिल […]
१७ असार, काठमाडौं । काठमाडौं उपत्यकामा पनि सलको ठूलो समूह देखा परेको छ । टोखा नगरपालिकाको झोरमा मकैबालीमा छपक्कै सलह किरा बसेका छन् । स्थानीले सलहलाई समातेर बोतलमा संकलन गरेका छन् । बालबालिका पनि सलह समात्दै खेलिरहेका छन् । आकाशमा पनि प्रशस्त मात्रामा सलह उडेको देखिन्छ । मंगलबार दक्षिणी क्षेत्रबाट प्रवेश गरेको सलह काठमाडौंको रानीवन, […]
१७ असार, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको तीन वटा संस्थान तथा कार्यलयहरुले जनशक्ति माग गरेको छ । बुधबार छुट्टा छुट्टै सूचना प्रकाशित गर्दै मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी र इन्टरमोडल यातायात विकास समितिले जनशक्ति माग गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कार्यकारी प्रमुख, […]
१७ असार, काठमाडौं । नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा खैलाबैला मच्चिएको छ। बामदेव गौतमसहित कतिपय नेताले नेकपाकै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा एमाले दर्ता गर्न खोजिएको दाबी गरेका छन् । नेकपा एमाले दल दर्ता गर्न खोज्ने को-को हुन् ? केन्द्रीय समितिमा को-को छ […]
१७ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठकमा ५ जना नेताहरूले धारणा राखेपछि बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रतिनिधिसभा बैठकमा बुधबारै निधन भएकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक व्यक्त गर्न जानुपर्ने भन्दै बैठक स्थगित गरिएको हो । बैठक बिहीबार बिहान ११ बजे […]
१७ असार, काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा पनि सलह किरा देखिएपछि सावधानी अपनाउन नगरपालिकाले आग्रह गरेको छ । बुधबार विज्ञप्ति जारी गरी नगरपालिकाले खेतबारीमा थाल, टिन, मादल, लाउडस्पिकर र अन्य आवाज निस्कने साधन बजाएर सलह भागाउन सकिने बताएको छ । त्यस्तै खेतबारीमा आगो बालेर धुवाँ निकाल्ने, खेतको दुई छेउमा बसेर डोरी हल्लाउन पनि नगरपालिकाले अनुरोध […]
from समाचार – Online Khabar https://ift.tt/2Aju4CW
via IFTTT





















