समाचार
१६ साउन, चितवन । सरकारले साउन १५ गतेदेखि पर्यटन र होटल क्षेत्र सुरक्षा सर्तकता र सावधानी अपनाएर खोल्ने निर्णय गरेपछि चितवनको सौराहाका होटल सञ्चालनमा आए । तर, चितवनकै पर्यटकीय गन्तव्य पटिहानी र मेघौलीका ठुला होटल भने सञ्चालनमा आएका छैनन् । मध्य बर्खाको सिजन तत्कालै पर्यटक आउने सम्भावना कम भएकाले हतारमा होटल खोल्नुनपर्ने सञ्चालकहरु बताउँछन् । […]
१६ साउन, काठमाडौं । मन्त्रिपरिषद्को २३ असारको बैठकले उपत्यकामा तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सार्वजनिक सवारी चल्न दिने निर्णय गर्यो । त्यसका लागि शर्त छ, सीट क्षमताको बढीमा ५० प्रतिशत यात्रु राख्ने, एक पङ्क्तिको सिटमा एक जनामात्र राख्ने, सबै यात्रुले मास्क लगाउने, स्यानिटाइजर राख्ने, चालक र सहचालकले पनि मास्क र ग्लोब्स लगाउनुपर्ने । सार्वजनिक […]
१६ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको नाम लिँदा अचेल मानिसहरुको दिमागमा एउटा अस्थिर एवं ढुलमुले चित्र सामुन्नेमा देखा पर्छ । पार्टीभित्र जारी दुई लाइन संघर्षमा वामदेव कहिले प्रचण्ड-माधव समूहतिर, कहिले केपी ओलीतिर ढल्कने गरेको देखिन्छ । तर, नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास हेर्दा वामदेव गौतमको नाम अहिलेजस्तो धमिलो थिएन, […]
१६ साउन, काठमाडौं । ललितपुरको नखिपोटमा बरामद भएको गाडी पन्ध्र किलो पहेँलो धातु बरामद प्रकरणमै प्रयोग गरिएको गाडी भएको पुष्टि भएको छ । गाडीको इञ्जिन र च्याचिस नम्बर घटनामा प्रयोग भएको गाडीको कागजपत्रसँग मेल खाएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले गाडीको कागजपत्रसँग इञ्जिन र च्याचिस नम्बर मिलेको अनलाइनखबरलाई बताए । प्रहरीले बिहीबार […]
१६ साउन, काठमाडौं । नेपाली सेनाले विभिन्न वित्तिय संस्थामा जोखिममा रहेको ८० करोड रुपैयाँ उठाएको छ । अब ५ करोड २ लाख ६६ हजार रुपैयाँ मात्र उठाउन बाँकी छ । अघिल्लो वर्षसम्म सेनाको करिब २३ करोड रुपैयाँ नोक्सान हुने जोखिम थियो । तर, प्रभावकारी व्यवस्थापन एवं निक्षेप नीति अवलम्बन गरिएकाले हाल उल्लेख्य रुपमा घटेको सैनिक […]
१६ साउन, वीरगञ्ज । उच्च अदालत जनकपुरधामको वीरगञ्ज इजलासले भारतबाट घर फर्किने नेपालीबाहेक अरुलाई कुनै पनि तरिकाले नेपाल प्रवेश गर्न निदन प्रदेश २ का जिल्लाका प्रशासन कार्यालयहरुलाई आदेश दिएको छ । अधिवक्ता सुधीरकुमार कर्णले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश डिल्लीराज आचार्यको इजलासले नेपाली नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी प्रवेश गर्नु दिनुबाहेक अरु कसैलाई […]
१६ साउन, काठमाडौं । काठमाडौंको शान्तिनगरबाट नक्कली नोटसहित शुक्रबार एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङजाको चापाकोट नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-३१ शान्तिनगरस्थित नोगेन्द्र कान्छा चोकमा स्टेशनरी पसल सञ्चालन गर्दै आइरहेका ३८ वर्षीय नारायण पौडेल रहेका छन् । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरी टोलीले नक्कली नोट फोटोकपी गर्दै गरेको अवस्थामा पौडेललाई नियन्त्रणमा लिएको […]
१६ साउन, काठमाडौं । राष्ट्रिय गौरवका आयोजना निर्माणमा यसै पनि ढिलाइ भइरहेको छ । अन्तिम चरणमा पुगेका आयोजनाहरुको काममा भएका गम्भीर त्रुटि र लापरवाही परीक्षणका क्रममा उदांगो हुन थालेको छ । सिक्टा सिँचाइदेखि मेलम्ची खानेपानी आयोजनासम्म एकै खालको नियति दोहोरिएपछि नेपालमा ठूलो लगानीका आयोजनाको भविष्यमाथि प्रश्न उठिरहेको छ । मध्यम लगानीका सडक, भवन, पुल लगायतका […]
१६ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसामू निकास दिने तत्परतासहित गम्भीर छलफलमा बस्न प्रस्ताव राखेका छन् । मंगलबार बोलाइएको स्थायी कमिटी बैठक ओलीले एकपक्षीय रुपमा स्थगित गरेपछि प्रचण्डको अध्यक्षमा बहुमत स्थायी कमिटीको बैठक बसेको थियो र, यसरी बैठक स्थगित गर्नु अनुचित भएको […]
१६ साउन, काठमाडौं । सरकारले मोबाइल सेवाप्रदायक कम्पनीको लाइसेन्स नवीकरण शुल्क २० अर्बबाट घटाउने तयारी गरेको छ । मोबाइल सेवा सञ्चालन गर्ने कम्पनीले सुरुमा अनुमति पाएको १० वर्षपछि थप पाँच वर्षको लाइसेन्स नवीकरण गर्न २० अर्ब रुपैयाँ तिर्नुपर्ने कानुनी व्यवस्था छ । यही व्यवस्थाका कारण नेपाल सरकारको स्वामित्व रहेको नेपाल टेलिकम र निजी क्षेत्रबाट सञ्चालित […]
१६ साउन, वीरगञ्ज । कोरोना महामारीको उच्च जोखिममा परेको भन्दै पर्साको पर्सागढी नगरपालिका अनिश्चितकालका लागि बन्द गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम ढकालले शुक्रबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नगरपालिका बन्द हुने जानकारी दिएका हुन् । महामारीको जोखिम बढेपछि नगरपालिकाबाट प्रदान हुने अति आवश्यक सेवा बाहेक अन्य सेवा बन्द […]
१६ साउन, बुटवल । तिनाउ नदीमा डुबेर रुपन्देहीमा दुई जना वेपत्ता भएका छन् । सियारी गाउँपालिका–३ जगहताकी ६ वर्षकी ज्योति चौधरी र बुटवल उपमहानगरपालिका–११ झोलुंगेपुलका १९ वर्षका हरि दर्जी बेपत्ता भएका रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले जानकारी दिए । मामाघर गएकी ज्योति हजुरआमासँग बाख्रा चराउन गएका बेला तिनाउमा नुहाउने क्रममा डुबेकी हुन् । यस्तै […]
१६ साउन, जनकपुरधाम । महोत्तरी सदरमुकाम जलेश्वरबाट लागूऔषधसहित शुक्रबार एकजना भारतीय नागरिक पक्राउ परेका छन् । जलेश्वर नगरपालिका-३ स्थित छड्की बाँध नजिकबाट भारतको बिहार राज्य अन्तर्गत सितामी जिल्ला श्रीखण्डी भिट्टा बस्ने २५ वर्षीय कृष्णा दास पक्राउ परेका हुन् । भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका उनलाई शंकाको आधारमा चेकजाँच गर्दा लागूऔषध बरामद भएको महोत्तरीका प्रहरी प्रबक्ता […]
१६ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाराले आइतबारदेखि लागू हुने गरी बढी भिडभाड हुने स्थान तोकेर अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार छिमेकी जिल्ला पर्सामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएको र बारामा समेत दैनिक संक्रमितको संख्या बढ्दै गएकोले स्थान निर्धारण गरेर आइतबार बिहान ५ बजेदेखि अर्को […]
१६ साउन, वीरगञ्ज । संघीय सांसद प्रदीप यादवले वीरगञ्जमा कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्राचार गर्दै महामारी नियन्त्रणका लागि आवश्यक सहयोग गर्न माग गरेका हुन् । उनले प्रधानमन्त्रीलाई पठाएको पत्रमा वीरगञ्जमा ५०० शय्याको कोभिड अस्पताल स्थापना गरिदिन आग्रह गरेका छन् । ५ सय बेडको अस्पताल […]
१६ साउन, काठमाडौं । ओखलढुंगामा गत साउन १ गते एकैदिन १५ जनामा कोरोना संक्रमण पुष्टि भयो । संक्रमण पुष्टि हुने सबै जना भारतीय नागरिक थिए । सोलु करिडोर १३२ केभी प्रशारण लाइनमा काम गर्न काँकडभिट्टा नाका हुँदै उनीहरु असार २७ गते ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका आइपुगेका थिए । आयोजनाले ठेकेदारमार्फत भारतीय नागरिक ल्याएको थाहा पाएपछि उनीहरुको […]
१६ साउन, हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशीले पद तथा गोपनीयताको सपथ लिएका छन् । बुधबार प्रदेश मन्त्रिपरिषद बैठकबाट नियुक्त भएका जोशीलाई मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनीयताको सपथ गराए भने प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले नियुक्तिपत्र प्रदान गरे । सपथ लिएपछि डा. जोशीले जिम्मेवारी अनुसार काम गरेर देखाउने बताए […]
१६ साउन, जनकपुरधाम । प्रहरीले महोत्तरीबाट स्रोत नखुलेको १९ लाख ५० हजार रुपैयाँसहित शुक्रबार २ जनालाई नियन्त्रणमा लिएको छ । सदरमुकाम जलेश्वर नगरपालिका २ जिरोमाइलबाट मोटसाइकलमा सवार उनीहरुलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश बिष्टले जानकारी दिए । पक्राउ पर्नेमा प्रदेश २–०२–००१ प ०४८८ नम्बरको मोटरसाइकलमा सवार महोत्तरीकै लोहापट्टी नगरपालिका १ बगडा बस्ने २४ वर्षीय […]
१६ साउन, काठमाडौं । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले काभ्रेमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुलिखेल-११ का २१ वर्षीय सञ्जिव मैनाली र २३ वर्षीयरुपेन्द्रमान लामा छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक -एसपी) रविकुमार पौडेलका अनुसार बिहीबार पाँचखाल-१० मा भेटिएको धुलिखेल-११, कैदीटोलीका ५४ वर्षीय कामिसिङ तामाङको शवको विषयमा अनुसन्धान […]
१६ साउन, बुटवल । विप्लव समूहका रुपन्देही इन्चार्ज संगम पुनसहित १० भन्दा धेरै नेता कार्यकर्ता पक्राउ परेका छन् । बुटवलको मोतीपुर क्षेत्रबाट विप्लवका जिल्ला इन्चार्ज संगम पुन र नेताहरु विश्वास भट्टराई, नवीन थारु, माधव न्यौपाने, अजमहमद मियालगायतलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । विप्लव निकट एक नेताले जिल्ला इन्चार्जसहित नेता कार्यकर्ता पक्राउ परेको जानकारी […]
१६ साउन, कर्णाली (सुर्खेत) । ‘लो भोल्टेज’का कारण हैरानी खेप्दै आएका कर्णालीवासीका लागि खुशीको खबर ! कोहलपुर-सुर्खेत १३२ केभीए प्रसारण लाइन बन्ने पक्का भएपछि कर्णालीका हिमाली तथा पहाडी जिल्लामा विद्युत् विस्तार गर्न बाटो खुलेको छ । कर्णालीवासीको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको यो आयोजना झण्डै ३२ वर्षपछि सुरु हुन लागेको हो । विसं २०४५ मा १३२ […]
from समाचार – Online Khabar https://ift.tt/3gjWr3w
via IFTTT