समाचार
२९ साउन, काठमाडौं । वडाभित्र ३९ जना कोरोना सक्रमित फेला परेपछि काठमाडौं महानगरपालिका वडा नम्बर १४ मा अत्यावश्यकबाहेक सबै सेवा १५ दिनका लागि बन्द गरिएको छ । वडाध्यक्ष शोभा सापकोटका अनुसार कोरोना भाइरसको संक्रमण समुदायस्तरमै फैलिँदै गएका कारण यसको जोखिम न्यूनिकरणका लागि अत्यावश्यकबाहेक अन्स सबै सेवा १५ दिन बन्द गर्ने निर्णय गरिएको हो । उनका […]
२९ साउन, काठमाडौं । सरकारले कोरोना संक्रमण परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसनमा बस्न आग्रह गरेको छ । बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्वाब परीक्षणका लागि स्वाब दिएकाहरु अनिवार्य आइसोलेसनमा बस्न आग्रह गरेका हुन् । उनीहरुलाई नमुना परीक्षणको रिपोर्ट आएपछि आफ्नो सम्पर्कमा रहेकाहरुलाई खबर गर्न आग्रह गरिएको छ । […]
२९ साउन, राजापुर (बर्दिया) । बर्दियामा जारी निषेधाज्ञा तीन दिनका लागि थप भएको छ । कोभिड -१९ सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिन नदिन यही साउन ३२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए । बैठकले मुक्तिनाथ विकास बैंक गुलरिया र सिटिजन्स […]
२९ साउन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मातहतका निकायलाई बढीमा ५० प्रतिशत कर्मचारीलाई मात्रै कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । बाँकी कर्मचारीहरूले आलोपालो हुने गरी घरैबाट काम गर्नुपर्ने मन्त्रालयद्वारा बिहीबार जारी परिपत्रमा उल्लेख छ । २६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले दुई सय भन्दा बढी संक्रमित भएका जिल्लामा बढीमा ५० प्रतिशत कर्मचारी राखेर […]
२९ साउन, काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाले पूर्वमन्त्री मोहनबहादुर बस्नेतको परिवारलाई स्वाब संकलनमा सहयोग गर्न आग्रह गरेको छ । बस्नेतका बुबा खड्गबहादुरको उपचारका क्रममा २२ गते मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको थियो । परिवारले बाह्रबिसे लगेर अन्त्यष्टि गरे । तर पाँच दिनपछि मृतकमा कोरोना संक्रमण पुष्टि भयो । बुधबार जिल्ला जनस्वास्थ्य कार्यालयको […]
२९ साउन, विराटनगर । प्रदेश १ मा बिहीबर ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६० जना मोरङको विराटनगर महानगरपालिकाका छन् । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ८८, सुनसरीमा १९, इलाममा ४, झापा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका २ जनामा बिहीबार संक्रमण पुष्टि भएको छ । बिहीबार […]
२९ साउन, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी कामदारको अधिकार संरक्षण गर्न तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेको छ । ‘कोभिड–१९ महामारीको चपेटामा नेपाली आप्रवासी श्रमिकको अधिकार’ सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आयोगले गन्तव्य मुलुकमा एकतर्फी करार भङ्ग गर्ने, बेतलबी बिदामा बस्न बाध्य पार्ने तथा कामबाट निष्कासन गर्नेलगायतका गैरकानूनी काम रोक्न कूटनीतिक पहल […]
२९ साउन,पोखरा । पोखरा-६ लेकसाइड गौरीघाटकी ५६ वर्षीय जमुना भुजेललाई घर अगाडिको सार्वजनिक धारामा प्लाष्टिकका बोत्तल र जार लिएर पानी भर्न आउने सर्वसाधरणको घुइँचो देख्दा आफ्ना पालाको तामाको गाग्रीको झझल्को आउँछ । अचेल कता गए होलान् तामाका गाग्री ? उहाँको रन्को छ । आफ्ना पालामा मेवाखोला र तालबाट डोकोमा बोकेर तामा, पित्तलको गाग्री र माटोको […]
२९ साउन, काठमाडौं । श्रीमती हत्यामा तीनै तहको अदालतबाट दोषी ठहर भएका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जनकुमार कोइरालाको सर्वस्वसहित जन्मकैदको सजायलाई साढे ८ वर्षमा झार्ने सर्वोच्च अदालतको फैसलाको व्यापक आलोचना भयो । चौतर्फी आलोचनापछि फैसलाको विरुद्धमा सरकारले न्यायिक पुनरावलोकनमा जाने निर्णय गर्यो । र, सर्वोच्चले यो मुद्दाको पुनरावलोकन गर्ने निर्णय पनि गरिसकेको छ । प्रधानन्यायाधीश […]
२९ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उपत्यका आवतजावतका लागि सवारी पास जारी नगर्ने भएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार बिहीबारदेखि सवारी पास बन्द गरिएको प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिए । बाहिरका जिल्लाहरूबाट उपत्यका भित्रिनको लागि दिँदै आएको ‘सवारी पास स्वीकृति’ समेत अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रुपमा बन्द गरिएको पाण्डेले बताए […]
२९ साउन, सुर्खेत । पछिल्लो २४ घण्टामा सुर्खेतमा मात्रै १८ जना कोरोना संक्रमित थपिएका छन् । कर्णालीका अन्य जिल्लामा भने यो अवधिमा संक्रमित थपिएका छैनन् । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षक्षणमा सुर्खेतको वीरेन्द्नगर नगरपालिकाका १७ जना र लेखबेसी नगरपालिकाका एकजना गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सामाजिक विकास […]
२९ साउन, सुर्खेत । कोरोना संक्रमणको जोखिम बढेपछि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले एक हप्ता सेवा बन्द गर्ने भएको छ । साउन ३० गतेदेखि भदौ ५ गतेसम्म नगरपालिका, सबै वडा कार्यालय र नगरपालिका मातहतका सबै कार्यालय बन्द हुने प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिए । संक्रमितको संख्या बढ्दै गएकाले नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले […]
२९ साउन, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले भदौ दोस्रो साता लिने भनेको परीक्षा स्थगित गरेको छ । सरकारले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १६ भदौबाट मात्रै गर्न पाइने निर्णय गरेपछि परीक्षा स्थगित गरेको सीटीईभीटीका प्रवक्ता अनोज भट्टराईले जानकारी दिए । १ भदौबाट परीक्षा सञ्चालन गर्न पाइने सरकारको निर्णय अनुसार सीटीईभीटीले […]
२९ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजगढ विमानस्थलमा रहेका विभिन्न प्रकारका समस्या समाधानमा अन्तर निकाय समन्वय हुन नसकेको भन्दै योजना आयोगसँग सहयोग मागेको छ । निगजढ विमानस्थलको साइट क्लियरेन्सका सन्दर्भमा अन्तर निकाय समन्वयको अभाव देखिएको छ । पर्यटनले मागेको रुख कटान आदेश वन मन्त्रालयका कारण अड्किएको छ । पर्यटनले दुई वर्ष […]
२९ साउन, वीरगञ्ज । बुधबार राति पक्राउ परेका नेपाल विद्यार्थी संघ पर्साका नेता विकास तिवारीलाई रिहा गर्न उनको संगठनले माग गरेको छ । वीरगञ्जमा बिहीबार पत्रकार सम्मेलन गरी नेविसंघले तिवारीलाई अनाहकमा पक्राउ गरी प्रहरीले दुख दिएको बताएको छ । ‘उसको कुनै दोष छ भने प्रमाणित गरेर देखाउनुपर्छ, होइन भने अनाहकमा पटक पटक पक्राउ गरेर दुःख […]
२९ साउन, काठमाडौं । असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग भएपछि विभाजनको डिलमा पुगेको सत्तारुढ नेकपाको विवाद मिलाउन दुई अध्यक्ष पुनःवार्तामा बसेका हुन् । प्रधानमन्त्री ओलीले बुधवार एक टेलिभिजनसँगको अन्तर्वार्तामा पाँच दिनभित्रै नेकपाको संकट समाधान हुने बताएका थिए । त्यसको भोलिपल्टै दुई अध्यक्ष र सहयोगी नेताहरुसहितको वार्तामा समाधानका […]
२९ साउन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा-३ स्थित बसामाडीको तीनताप्के भन्ने स्थानमा ट्रक र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा अटोमा सवार मनहरी गाउँपालिका-५ डिल्लीपुरका करिब ३२ वर्षीय बाबुराम रुम्बा र ३५ वर्षीय अमृत लोप्चन रहेका छन् । घाइते […]
२९ साउन, गुल्मी । गुल्मीमा दुबै मिर्गौला खराब भएका २१ महिनाका बालकलाई उपचार खर्चको अभावमा घरमै राखिएको छ । जिल्लाको मालिका गाउँपालिका–५ का २१ महिनाका जक्सन गिरीको दुबै मृगौलाले काम गर्न छोडेपछि परिवारले उपचारका लागि सहयोगको याचना गरेका छन् । उपचारको लागि पाल्पाको मिसन अस्पतालमा लगे पनि धेरै रकम लाग्ने भएपछि अभिभावकले घरमै ल्याएका हुन् […]
२९ साउन, काठमाडौं । धुम्बाराहीस्थित ह्याम्स हस्पिटलमा सोमबार कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका एक बिरामी आइसोलेसनमा भर्ना भए । तर उनलाई लिएर आएकी श्रीमतीलाई के गर्ने भन्ने प्रश्न उठ्यो । न उनी काठमाडौंमा आफन्त कहाँ जान सक्ने अवस्था रह्यो, न हस्पिटलमा श्रीमानसँग बस्न । हस्पिटलका संक्रामक रोग विशेषज्ञ अनुप सुवेदीका अनुसार उनलाई कतै क्वारेन्टिनमा पठाउन […]
२९ साउन, सुर्खेत । सुर्खेतमा प्रहरीले सुनजस्तै देखिने पहेँलो धातुका गहनासहित एकजनालाई पक्राउ गरेको छ । बुधबार राति वीरेन्द्रनगर-३, स्थित मनबहादुर सुनारको घरबाट गहनासहित एकजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । डीएसपी घर्तीका अनुसार हातमा लगाउने दुईवटा कडा, १६ वटा चुरा, तीनवटा कानमा लगाउने झुम्का, तीनवटा काँटा र […]
२९ साउन, काठमाडौं । कोरोनाबाट संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोमामा राखिएको छ । बिहीबार बिहान नयाँ दिल्लीस्थित उनको उपचार भइरहेको आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलले उनलाई कोमामा राखिएको जानकारी दिएको हो । यद्यपि उनको अवस्था स्थिर रहेको अस्पताललले बताएको छ । गत सोमबार उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि […]
from समाचार – Online Khabar https://ift.tt/2DX95r1
via IFTTT