समाचार
३० साउन, काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले बज्राचार्यलाई आगामी चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । १ भदौदेखि कार्यभार सम्हाल्ने गरी नियुक्त गर्ने निर्णय गरिएको बैंकका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए । ग्लोबल आइएमई बैंकमै कम […]
३० साउन, काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा सार्वजनिक स्थलमा भेला हुन, प्रदर्शन गर्न र पारिवारिक जमघटमा पनि रोक लगाइएको छ । शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले खुला स्थानमा भेला हुने, भिडभाड गर्ने र सभाजुलुस गर्न निषेध गरेको हो । साउन ३० गते राति १२ बजेदेखि भदौ १५ गते राति […]
३० हेटौंडा, साउन । बागमती प्रदेशको राजधानी हेटौंडामा व्यवस्थित आइसोलेसन कक्षको अभाव हुँदा संक्रमण पुष्टि भएकाहरु घरमै बसेका छन् । हेटौंडामा सञ्चालन भएको आइसोलेसन वार्डमा बेडको अभाव भएपछि ६० जना बिरामी होम आइसोलेसनमा छन् । कर्राको श्रमिक माविमा सञ्चालन भएको आइसोलेसनमा ३५ वटा मात्र बेड छ । यस हिसाबले आइसोलेसनमा भन्दा झण्डै दोब्बर संख्यामा संक्रमितहरु […]
३० साउन, काठमाडौं । लिम्पियाधुरा सहितको नेपालको राजनीतिक तथा प्रशासनिक नक्साको अंग्रेजी संस्करण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्विकृत गरेको छ । नापी विभागले तयार पारेको नक्सा भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार स्विकृत गरेकी हुन । अद्यावधिक नक्साको नेपाली संस्करण ८ जेठमा मन्त्री अर्यालले सार्वजनिक गरेकी थिइन् । सोही नक्साको अंग्रेजी संस्करण […]
३० साउन, वीरगञ्ज । बाराबाट प्रहरीले मलखाद्यको कालोबजारी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले कलैया उपमहानगरपालिका–१७ बस्ने मुरारी साह तेली र महागढीमाई नगरपालिका–७ घर भई हाल कलैया–१ मा बस्ने धनञ्जयप्रसाद साह पक्राउ परेका हुन् । मुरारी कलैया–१ राजदेवी टोल स्थित कुशवाहा बीज भण्डारका सञ्चालक हुन् भने धनञ्जय श्री आसकामिनिमाई कृषि सहकारी संस्था […]
३० साउन, खलङ्गा (जुम्ला) । गत वर्ष १२ हजार मेट्रिक टन स्याउ फलेको जुम्लामा यस वर्ष ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ । स्याउबाटै समृद्ध बनेका जुम्लाका किसान यस वर्ष नफलेपछि चिन्तित छन् । वर्षभरि दुःख गर्दा पनि स्याउ नफल्दा १० जनाको परिवार कसरी पाल्ने भन्ने पिरलो हुन थालेको तिला गाउँपालिका – १ राराका […]
३० साउन, बुटवल । सिद्धार्थनगर नगरपालिकाले भैरहवामा भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । नगरपालिकाको कोरोना भाइरस उपचार, रोकथाम, नियन्त्रण समितिले साउन ३१ गते राति १२ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म सम्पूर्ण नगर क्षेत्रलाई लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउनको अवधिमा स्वास्थ्य सेवा, दमकल, सरसफाइ तथा अन्य अत्यावश्यक सेवाहरु मात्र […]
३० साउन, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा करेन्ट लागेर शुक्रबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठोरी गाउँपालिका–१ सरस्वतीनगरका ४० वर्षीय दुर्गाबहादुर मोक्तान रहेका छन् । घर नजिकै रहेको ससुरालीमा १३ औं दिनको मृत्यु संस्कार चलिरहेको स्थानमा जडान गरिएको बिजुलीको तारबाट अचानक करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । घाइते मोक्तानलाई उपचारका लागि […]
३० साउन, काठमाडौं । चितवन जिल्लामा शुक्रबार रातिदेखि भदौ ५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा बजार, कार्यालय र यातायातका साधन बन्द हुनेछन् । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी निषेधाज्ञाको समयमा अत्यावश्यक सामान किन्न विहान ५ देखि ८ बजेसम्म र बेलुका ५ देखि ८ बजेसम्म मात्र घर बाहिर निस्कन पाइने उल्लेख गरेको […]
३० साउन, गोरखा । जनता समाजवादी पार्टीका बरिष्ठ नेता डा.बाबुराम भट्टराइले राम मन्दिरको कुरा छाडेर अस्पताल र आइसोलेसन निर्माणमा जोड दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । शुक्रबार गृह जिल्ला गोरखा आएका नेता भट्टराईले राम मन्दिरको चिन्तन छाड्न सुझाव दिदै प्रधानमन्त्री ओलीलाई प्रश्न गरे, ‘अहिले राम मन्दिर बनाउने समय हो कि अस्पताल बनाउने […]
३० साउन, काठमाडौं । पर्यटन व्यवसायीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई चिठ्ठी लेखेका छन् । ६ महिनाभन्दा लामो समयदेखि आम्दानीबिहीन बनेका व्यवसायी र काम गुमाएका मजदुरको धैर्यको बाँध नटुटदै व्यवसाय बचाउने गरी उचित कदम चाल्न माग गर्दै पत्र पठाइएको हो । पर्यटनमा आवद्ध अनेक विधाका दुई दर्जन संघसंस्थाले संयुक्त रुपमा चिठ्ठी लेख्दै […]
३० साउन, काठमाडौं । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालका पर्यटकीय गन्तव्य सुरक्षित छन् भन्ने सन्देश प्रवाह गर्न सके पर्यटन क्षेत्रको पुनरुत्थान सहज हुने बताएका छन् । लकडाउनपछि पर्यटन क्षेत्र खुला गरिएको अवस्थामा नेपालसुरक्षित गन्तव्य हो भन्ने सन्देश बाह्य र आन्तरिक बजारमा पुर्याउनुपर्ने जोशीले बताए । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा पूर्वसीईओ […]
साउन ३०, डोटी । कैलालीको अत्तरीया क्षेत्रमा रहेका छाडा गाई-गोरुको घाँटीमा रिफ्लेक्टिभ स्टिकर लगाउन सुरु गरिएको छ । छाडा चौपायाका कारण हुने सवारी दुर्घटना न्यून गर्न भन्दै सडकमा रहेका छाडा पशु चौपायाबाट दुर्घटना न्यूनीकरण गर्न भन्दै स्टिकर लगाउन सुरु गरिएको हो । रातिको समयमा गाईबस्तुहरु बीच सडकमै सुतिरहने र दु्रत गतिमा आएका सवारीहरु अनियन्त्रित भई […]
३० साउन, काठमाडौं । राष्ट्रिय जनमोर्चाले कोषाध्यक्ष ओमबहादुर केसीलाई पदबाट हटाएको छ । साउन २६ गते काठमाडौंमा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले केसीलाई कोषाध्यक्ष र केन्द्रीय सदस्य पदबाट हटाएको छ । अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गरी केसीको ठाउँमा सचिव हिमलाल पुरीलाई चयन गरेको जानकारी दिएका छन् । त्यसपछि रिक्त भएको सचिव र सचिवालय सदस्य […]
३० साउन, काठमाडौं । सरकारले १ भदौबाट व्यवसायिक उडान खोल्ने घोषणा गरेको थियो । तर, मुलुकभित्र कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले व्यवसायिक उडान स्थगन थप १५ दिन लम्ब्याएको छ । तर, बीचमा भने १५ दिन उद्धार उडानहरु भने नियमित हुने भएका छन् । नेपाल वायुसेवा निगमका अनुसार १७ अगष्टदेखि ३१ अगष्टसम्म अब उद्धार उडान हुने […]
३० साउन, काठमाडौं । नेपाल आयल निगम भैरहवा हवाई इन्धन डिपोका चार कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीमा संक्रमण पुष्टिसँगै १५ दिनका लागि डिपो सिल गरिएको निगमको प्रदेश पाँच कार्यालयले जनाएको छ । कोरोनासँग मिल्दो जुल्दो लक्षणपछि गराइएको परीक्षणमा चार कर्मचारीमा संक्रमण पुष्टि भएको निगम स्रोतले बतायो । ज्वरो आउने, खोकी लाग्ने लक्षणसहित […]
३० साउन, काठमाडौंं । मुलुकभरमा ८६.४४ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड)को विद्युत पुगेको छ । तर, अझै १३ प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारणलाइनबाट विद्युतीकरण हुन बाँकी छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको तथ्याङअनुसार, अहिले ९० प्रतिशतभन्दा बढी जनसंख्यामा विद्युत्को पहुँच पुगेको छ । सरकारले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत राष्ट्रिय ग्रिड पुग्न नसकेमा ठाउँमा सौर्य, […]
३० साउन, काठमाडौं । ललितपुर महानगरपालिकाले महिलाहरुका लागि छुट्टै क्वारेन्टिन निर्माण गरेको छ । काठमाडौं उपत्यकामा महिलाहरुका लागि छुट्टै क्वारेन्टिन निर्माण गर्ने पहिलो भएको महानगरको दाबी छ । महिलाहरुको संवेदनशीलतालाई ध्यानमा राखी निश्चित मापदण्डअनुसार वडानम्बर २६ स्थित पोषण पुनर्स्थापना गृहका दुईवटा भवनमा छुट्टै क्वारेन्टिन निर्माण गरिएको हो । मुख्य गरी विदेशबाट आएका महिला र उनीहरुको […]
३० साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पहिरो गएको सिन्धुपाल्चोकको जुगल गाउँपालिका गएका छन् । राहत सामग्री लिएर गृहमन्त्री थापा नेपाली सेनाको हेलिकप्टरमा सिन्धुपाल्चोक गएका हुन् । टोलीमा गृहसचिव महेश्वर न्यौपाने, विपद व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायत पनि छन् । गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार दैनिक उपभोग्य वस्तु, टेन्ट, त्रिपाल लगायत […]
३० साउन, काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । शुक्रबार देशभरमा ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
३० साउन, काठमाडौं । ए लेभलको परीक्षाको नतिजा चित्त नबुभेपछि विद्यार्थीहरुले शुक्रबार काठमाडौंको ब्रिटिश काउन्सिलबाहिर प्रदर्शन गरेका छन् । ए लेभलको ग्रेडिङ अन्यायपूर्ण रहेको भन्दै उनीहरुले सच्याउन माग गरेका छन् । उनीहरुले पुनः न्यायपूर्ण नतिजा प्रकाशन गर्नुपर्ने पनि माग गरेका छन् । हेर्नुहोस् तस्वीरहरु
from समाचार – Online Khabar https://ift.tt/3kKTI60
via IFTTT






















