Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

पश्चिम नवलपरासीमा शनिबार रातिदेखि निषेधाज्ञा

३० साउन, काठमाडौं । नजिकिँदै गरेको तीज पर्वमा हुने भिडभाडलाई लक्षित गरी पश्चिम नवलपरासीमा शनिबार रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले शनिबार राति १२ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक जानकारी दिए । निषेधाज्ञाको समयमा […]

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०० नाघ्यो

३० साउन, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या १०० नाघेको छ । पछिल्लो २४ घण्टामा धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ का ५० बर्षीय पुरुषको मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या भएपछि उनलाई बिहीबार प्रादेशिक अस्पताल, जनकपुरधाम ल्याइएको थियो । यहाँबाट काठमाडौं रिफर गरिएका उनको बाटोमै मृत्यु भएको प्रदेशको […]

प्रदेश २ मा थपिए १९९ संक्रमित, ४८ जना डिस्जार्च

३० साउन, जनकपुरधाम। पछिल्लो २४ घण्टामा प्रदेश २ मा १ सय ९९ जना कोरोना संक्रमित देखापरेका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ६ सय २७ पुगेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी धनुषामा ५४ जना कोरोना संक्रमित थपिएका छन् । पर्सामा ३२ जना थपिएका छन् भने सर्लाहीमा २७, रौतहटमा २४, सप्तरीमा […]

रंगेलीमा मृतक पुरुषको परिवारबाट फैलियो कोरोना

३० साउन, विराटनगर । मोरङको रंगेली नगरपालिका–७ मा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ । शुक्रबार थप १८ जनामा संक्रमण पुष्टि भएसँगै एउटै वडामा संक्रमितको संख्या ५८ पुगेको हो । ती संक्रमित रंगेली बजार क्षेत्रका हुन् । संक्रमितमध्ये १४ जना एकै परिवारका छन् । रंगेली नगरपालिका स्वास्थ्य संयोजक भुपेन्द्र मण्डलका अनुसार नगरपालिकाभित्र कोरोना संक्रमितको संख्या […]

प्रदेश ५ मा ४७ जना कोरोना संक्रमित थपिए 

३० साउन, बुटवल । रुपन्देहीका १४ सहित शुक्रबार प्रदेश ५ मा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालाहरूमा गरिएको पीसीआर परीक्षणमा रूपन्देहीका १४ जनासहित प्रदेश ५ मा कुल ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश ५ अन्तर्गत शुक्रबार रूपन्देहीका १४, […]

पशुपतिको समस्या सुल्झाउने प्रयास सुरु, स्थानीयले अडान छोडेनन्

३० साउन, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले ल्याएको नयाँ गुरुयोजनाको विवाद चर्किरहँदा गुरुयोजनाविरुद्ध संघर्ष गरिरहेको समितिले भने गुरुयोजना र कोषको खारेजीको मागलाई बटमलाइनको रूपमा यथावत राखेको छ । गुरुयोजनाका कारण सुरु भएको विवादले चरम रूप लिएपछि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईको निर्देशनमा गुरुयोजनाको काम रोकिएको छ । काम रोकिएपछि जारी समस्या […]

डाक्टरको घरमा कोरोना संक्रमितको ब्यानर !

३०, साउन, चितवन । साउन २८ गते पूर्वी चितवनको रत्ननगर बकुलहर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ड डा. विश्ववन्धु बगाले र उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भयो । १२ वर्षका छोरासहित भरतपुर महानगरपालिका- ४ मा आफ्नै घरमा बस्दै आएका डा. बगालेले शुक्रबार बिहान निकै नमिठो दृश्य आफ्नो घर अगाडि देखे । बिहान करिव ८ बजेतिर टोल सुधार समितिकी […]

भदौ १६ सम्म सर्वोच्चले बन्दी प्रत्यक्षीकरण र जरुरी मुद्धामात्र हेर्ने

३० साउन, काठमाडौं । सर्वोच्च अदालतले भदौ १५ गतेसम्मका लागि बन्दी प्रत्यक्षीकरण रिटसहित केही संवेदनशील मुद्धामात्र सुनुवाई गर्ने गरी सेवा प्रवाह संकुचित बनाएको छ । कोरोना महामारीको जोखिम न्युनीकरणका लागि अदालतमा भिडभाड हुन नदिन बन्दी प्रत्यक्षीकरणको रिट, विषयवस्तुको संवेदनशीलता र तत्काल सुनुवाई गर्नुपर्ने प्रकृतिको रिटको दर्ता र सुनुवाई मुद्धा फिर्ता र मिलापत्रसम्बन्धी काम कारबाही मात्र […]

ग्लोबल आइएमईमा रत्नराजको ‘कमब्याक’, अध्यक्ष भन्छन्– बैंक अब थप मजबुद बन्छ

३० साउन, काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले बज्राचार्यलाई आगामी चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । १ भदौदेखि कार्यभार सम्हाल्ने गरी नियुक्त गर्ने निर्णय गरिएको बैंकका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए । ग्लोबल आइएमई बैंकमै कम […]

काठमाडौं उपत्यकामा भेला, प्रदर्शन र जात्रा सञ्चालनमा रोक

३० साउन, काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा सार्वजनिक स्थलमा भेला हुन, प्रदर्शन गर्न र पारिवारिक जमघटमा पनि रोक लगाइएको छ । शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले खुला स्थानमा भेला हुने, भिडभाड गर्ने र सभाजुलुस गर्न निषेध गरेको हो । साउन ३० गते राति १२ बजेदेखि भदौ १५ गते राति […]

हेटौंडामा आइसोलेसनमा भन्दा दोब्बर संक्रमित घरमै

३० हेटौंडा, साउन । बागमती प्रदेशको राजधानी हेटौंडामा व्यवस्थित आइसोलेसन कक्षको अभाव हुँदा संक्रमण पुष्टि भएकाहरु घरमै बसेका छन् । हेटौंडामा सञ्चालन भएको आइसोलेसन वार्डमा बेडको अभाव भएपछि ६० जना बिरामी होम आइसोलेसनमा छन् । कर्राको श्रमिक माविमा सञ्चालन भएको आइसोलेसनमा ३५ वटा मात्र बेड छ । यस हिसाबले आइसोलेसनमा भन्दा झण्डै दोब्बर संख्यामा संक्रमितहरु […]

नेपालको नयाँ नक्सा अंग्रेजीमा, राष्ट्र संघमा पठाउने बाटो खुल्यो

३० साउन, काठमाडौं । लिम्पियाधुरा सहितको नेपालको राजनीतिक तथा प्रशासनिक नक्साको अंग्रेजी संस्करण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्विकृत गरेको छ । नापी विभागले तयार पारेको नक्सा भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार स्विकृत गरेकी हुन । अद्यावधिक नक्साको नेपाली संस्करण ८ जेठमा मन्त्री अर्यालले सार्वजनिक गरेकी थिइन् । सोही नक्साको अंग्रेजी संस्करण […]

मलखाद्य कालोबजारी गरेको आरोपमा दुई जना पक्राउ

३० साउन, वीरगञ्ज । बाराबाट प्रहरीले मलखाद्यको कालोबजारी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले कलैया उपमहानगरपालिका–१७ बस्ने मुरारी साह तेली र महागढीमाई नगरपालिका–७ घर भई हाल कलैया–१ मा बस्ने धनञ्जयप्रसाद साह पक्राउ परेका हुन् । मुरारी कलैया–१ राजदेवी टोल स्थित कुशवाहा बीज भण्डारका सञ्चालक हुन् भने धनञ्जय श्री आसकामिनिमाई कृषि सहकारी संस्था […]

जुम्लामा स्याउको उत्पादन ५० प्रतिशत घट्ने अनुमान

३० साउन, खलङ्गा (जुम्ला) । गत वर्ष १२ हजार मेट्रिक टन स्याउ फलेको जुम्लामा यस वर्ष ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ । स्याउबाटै समृद्ध बनेका जुम्लाका किसान यस वर्ष नफलेपछि चिन्तित छन् । वर्षभरि दुःख गर्दा पनि स्याउ नफल्दा १० जनाको परिवार कसरी पाल्ने भन्ने पिरलो हुन थालेको तिला गाउँपालिका – १ राराका […]

भैरहवामा भदौ ५ सम्म लकडाउन

३० साउन, बुटवल । सिद्धार्थनगर नगरपालिकाले भैरहवामा भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । नगरपालिकाको कोरोना भाइरस उपचार, रोकथाम, नियन्त्रण समितिले साउन ३१ गते राति १२ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म सम्पूर्ण नगर क्षेत्रलाई लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउनको अवधिमा स्वास्थ्य सेवा, दमकल, सरसफाइ तथा अन्य अत्यावश्यक सेवाहरु मात्र […]

ठोरीमा करेन्ट लागेर एकजनाको मृत्यु

३० साउन, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा करेन्ट लागेर शुक्रबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठोरी गाउँपालिका–१ सरस्वतीनगरका ४० वर्षीय दुर्गाबहादुर मोक्तान रहेका छन् । घर नजिकै रहेको ससुरालीमा १३ औं दिनको मृत्यु संस्कार चलिरहेको स्थानमा जडान गरिएको बिजुलीको तारबाट अचानक करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । घाइते मोक्तानलाई उपचारका लागि […]

चितवनमा अत्यावश्यकबाहेकका पसल र गाडी बन्द

३० साउन, काठमाडौं । चितवन जिल्लामा शुक्रबार रातिदेखि भदौ ५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा बजार, कार्यालय र यातायातका साधन बन्द हुनेछन् । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी निषेधाज्ञाको समयमा अत्यावश्यक सामान किन्न विहान ५ देखि ८ बजेसम्म र बेलुका ५ देखि ८ बजेसम्म मात्र घर बाहिर निस्कन पाइने उल्लेख गरेको […]

सांसद डा. सूर्यनारायण यादवलाई कोरोना संक्रमण

३० साउन, जनकपुरधाम। संघीय सांसद डा. सूर्यनारायण यादवलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित डा. यादवमा बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको हो । ६४ बर्षीय डा. यादव लामो समयदेखि जनकपुरधाममा निजी क्लिनिक संचालन गर्दै आएका छन् । बाल रोग विशेषज्ञ डा. यादव आफू अहिले स्वस्थ्य रहेको प्रतिक्रिया […]

बाबुरामको प्रश्न : अहिले राम मन्दिर बनाउने कि अस्पताल ?

३० साउन, गोरखा । जनता समाजवादी पार्टीका बरिष्ठ नेता डा.बाबुराम भट्टराइले राम मन्दिरको कुरा छाडेर अस्पताल र आइसोलेसन निर्माणमा जोड दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । शुक्रबार गृह जिल्ला गोरखा आएका नेता भट्टराईले राम मन्दिरको चिन्तन छाड्न सुझाव दिदै प्रधानमन्त्री ओलीलाई प्रश्न गरे, ‘अहिले राम मन्दिर बनाउने समय हो कि अस्पताल बनाउने […]

पर्यटनमन्त्रीलाई व्यवसायीको चिठ्ठी : धैर्यको बाँध टुट्न नदिनुस्

३० साउन, काठमाडौं । पर्यटन व्यवसायीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई चिठ्ठी लेखेका छन् । ६ महिनाभन्दा लामो समयदेखि आम्दानीबिहीन बनेका व्यवसायी र काम गुमाएका मजदुरको धैर्यको बाँध नटुटदै व्यवसाय बचाउने गरी उचित कदम चाल्न माग गर्दै पत्र पठाइएको हो । पर्यटनमा आवद्ध अनेक विधाका दुई दर्जन संघसंस्थाले संयुक्त रुपमा चिठ्ठी लेख्दै […]

नेपालका पर्यटकीय क्षेत्र सुरक्षित छन् भन्ने सन्देश दिनुपर्छ : जोशी

३० साउन, काठमाडौं । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालका पर्यटकीय गन्तव्य सुरक्षित छन् भन्ने सन्देश प्रवाह गर्न सके पर्यटन क्षेत्रको पुनरुत्थान सहज हुने बताएका छन् । लकडाउनपछि पर्यटन क्षेत्र खुला गरिएको अवस्थामा नेपालसुरक्षित गन्तव्य हो भन्ने सन्देश बाह्य र आन्तरिक बजारमा पुर्‍याउनुपर्ने जोशीले बताए । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा पूर्वसीईओ […]



from समाचार – Online Khabar https://ift.tt/33Y3hZc
via IFTTT
Powered by Blogger.