Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सभामुख र भूगर्भविदसहितको टोली सिन्धुपाल्चोक जाँदै

१० भदौ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र भूगर्भविदसहितको टोली आज सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि जाँदै छ । यो टोलीले जोखिमयुक्त वस्तीको अध्ययन गर्ने र स्थानान्तरणको पहल गर्ने बताइएको छ । टोलीमा सभामुख सापकोटा, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका भूगर्भविद लेखप्रसाद भट्टलगायत छन् […]

मनाङका स्वास्थ्य प्रमुखलाई नै संक्रमण, जिल्ला अस्पताल सिल

१० भदौ, मनाङ । मनाङमा मंगलबार थप दुई जनामा कोरोना पुष्टि भएको छ । स्याङ्जा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले जानकारी दिए । स्वास्थ्य प्रमुख नै संक्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका लागि जिल्ला अस्पतालको आकस्मिक सेवाबाहेक अरु सबै बन्द गरिएको मेडिकल अधिकृत डाक्टर सन्तोष […]

रुकुमपश्चिममा गोली हानेर दुई जना पक्राउ

१० भदौ, काठमाडौं । रुकुमपश्चिममा दुई जना लागुऔषध कारोबारीलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । जिल्लाको मुसीकोट नगरपालिका–४ ठाराढुंगाबाट प्रहरीले गोली प्रहार गरी दुई जनालाई पक्राउ गरेको हो । गोली प्रहारबाट एकजना घाइते भएका छन् भने उनीसँगै रहेका अर्का एकजना पक्राउ परेका छन् । एकजना भने भागेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । […]

कोरोना संक्रमित पुरुषको पाटन अस्पतालमा मृत्यु

१० भदौ, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको हो । स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्ति जारी गर्दै संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरेको छ । उनी गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

बाँकेमा कोरोनाबाट ३७ वर्षीय पुरुषको मृत्यु

१० भदौ, बुटवल । बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय पुरुषको मृत्यु भएको हो । दुवै फोक्सोमा निमोनियाको समस्या भएका उनलाई भदौ ८ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएकोमा अर्को दिन कोरोना पोजिटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन […]

चितवनमा थप ४० जनामा कोरोना, भरतपुरका मात्रै ३६ संक्रमित

१० भदौ, चितवन । चितवनमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३६ जना संक्रमित भरतपुर महानगरपालिकाका छन् । भरतपुर अस्पताल कोभिड ल्याबमा गएराति गरिएको परीक्षणअनुसार भरतपुर महानगरपालिकामा २० महिला र १६ पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरु ५ देखि ५४ वर्ष उमेर समूहका छन् । भरतपुर महानगरपालिका २, ४, ५, ७, […]

१० वर्षपछि इंग्ल्याण्डले पाकिस्तानविरुद्ध जित्यो टेष्ट सिरिज, एण्डरसनको ६०० विकेट

१० भदौ, काठमाडौं । जेम्स एण्डरसनको ६०० टेष्ट विकेट । तेस्रो टेष्ट बराबरी अनि सिरिज इंग्ल्याण्डको पक्षमा । एण्डरसन टेष्ट क्रिकेटमा ६०० विकेट पूरा गर्ने पहिलो फास्ट बलर बन्दा घरेलु टोली इंग्ल्याण्डको १० वर्ष लामो प्रतिक्षा पनि सकिएको छ । इंग्ल्याण्डले १० वर्षपछि टेष्टमा पाकिस्तानलाई पराजित गरेको हो । तेस्रो तथा अन्तिम टेष्ट बराबरीमा सकिएपछि […]

मेसीले भने– म क्लब छाड्न चाहन्छु

१० भदौ काठमाडौं । अन्तत: लिओनल मेसीले आफ्नो भविष्यबारे मुख खोलेका छन् । झण्डै दुई दशक स्पानिस जायन्ट बार्सिलोनामा बिताएका मेसीले आफूले क्लब छाड्न चाहेको बताएका छन् । कप्तानसमेत रहेका मेसीले मंगलबार क्लबका अध्यक्ष जोसेफ मारिया बार्तामेउ समक्ष आफूले क्लब छाड्न चाहेको जानकारी गराएका हुन् । उनले यसबारे आफ्नो धारणा क्लबलाई फ्याक्समार्फत पठाएको स्पानिस अनलाइन […]

‘योभन्दा खराब अवस्था आउन सक्छ, तर आत्तिनु पर्दैन’

९ भदौं, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपाल कार्यालय प्रमुख डा. जोस भान्देलारले नेपालमा कोभिड-१९ को संक्रमण सुरुवात मात्र रहेको बताएका छन् । आगामी महिनामा योभन्दा खराब परिस्थिति आउने तर आत्तिन नहुने उनले बताए । उनले भने, ‘पहिला विदेशबाट आउनेहरूमा संक्रमण थियो । अहिले दीर्घरोगी र वृद्धवृद्धामा संक्रमण बढी देखिन सक्छ, सोही कारण मृत्युदर बढ्नसक्छ […]

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु पुष्टि

९ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा काठमाडौं, महोत्तरी र बाराका दुई/दुई जना तथा पर्सा, रुपन्देही र कैलालीका एक/एक जना छन् । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७२ पुगेको छ । काठमाडौं, चाबहिलकी ७१ वर्षीया महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको […]

ईश्वर पोखरेलका सम्धी राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष !

९ भदौं, काठमाडौं । देशको एकमात्रै पूर्ण सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा प्रा.डा. उपेन्द्रकुमार कोइराला नियुक्त हुने भएका छन् । कोइराला उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी अर्थात् छोराका ससुरा हुन् । कोइरालालाई नेपाल सरकार (मन्त्री स्तर) बाट निर्णयले सोमबार बैंकको सञ्चालकमा नियुक्त गरिएको छ । बैंकका अध्यक्ष रहेका निर्मलहरि अधिकारीलाई सरकारले राजश्व […]

मुख्यमन्त्रीको सुरक्षामा खटिएका तीन प्रहरीमा कोरोना

९ भदौ, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको सुरक्षामा खटिँदै आएका तीनजना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । मुख्यमन्त्रीको स्कर्टिङमा खटिएका तीनजना सुरक्षाकर्मीमा कोरोना संक्रमण भएको बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख कुन्दनकुमार सिंहले पुष्टि गरे । संक्रमित हुनेमा एकजना हवल्दार र २ जना प्रहरी जवान छन् । मुख्यमन्त्री कार्यालयका कर्मचारी र सुरक्षाकर्मीहरुको […]

निजगढ विमानस्थल निर्माण स्थलका ६० हजार रुखको गणना सकियो

९ भदौ, काठमाडौं । राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल निर्माणका लागि रुख गणनाको काम प्रारभ भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार अहिलेससम्म ६० हजार रुखको गणना भइसकेको छ । सरकारले यो विमानस्थलको निर्माणका सन्दर्भमा उचित समन्वय गर्न नसक्दा रुख कटान प्रक्रिया अगाडि बढ्न सकेको छैन । विश्वकै सबैभन्दा ठूला […]

विज्ञले ‘झापातर्फ रेलमार्ग बनाउनु औचित्यहीन’ भनेपछि मन्त्री नेम्वाङले मागे रसियासँग ऋण

९ भदौ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात एवम शहरी विकास मन्त्री बसन्तकुमार नेम्वाङले इनरुवा-बर्दिवास खण्डको रेलमार्ग निर्माणमा लगानीसहितको सहकार्य गर्न रसियासँग प्रस्ताव गरेका छन् । नेपालका लागि रसियाका राजदुत एलेक्सी नोभिकोभले भेटवार्तामा मन्त्री नेम्वाङले रसियलाई रेलमार्गको झापाको काँकडभिट्टादेखि सुनसरीको इनरुवासम्म सरकारले आफ्नै खर्चमा रेलमार्ग बनाउन लागेको जानकारी दिँदै इनरुवादेखि बर्दिबाससम्म रेलमार्ग बनाउन रसियाले सहयोग […]

भेन्टिलेटर र आईसीयूका लागि प्रत्येक प्रदेशलाई २ करोड

९ भदौ, काठमाडौं । संघीय सरकारले प्रत्येक प्रदेशमा ४ वटा भेन्टिलेटर र १० आईसीयूका लागि २–२ करोड रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले मंगलबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले गरेको भर्चुंअल बैठकमा आईसीयू र भेन्टिलेटर किन्न रकम निकासा भइसकेको जानकारी दिएका हुन् । उनले कोरोना संक्रमणको बढि जोखिम […]

मल नपाएका किसान भन्छन् : कृषिमन्त्रीको भाषणमात्रै राम्रो

९ भदौ, विराटनगर । मंगलबार साल्ट ट्रेडिङ कर्पोरेसनले मल बाँड्ने सुनेका कानेपोखरी गाउँपालिकाका चार सय भन्दा बढी कृषक भौसबारी चोकमा भेला भए । तर लाइनमा बसेका १५० जना जति किसानले मल नपाई रित्तै फर्किए । प्रतिव्यक्ति ११ किलोमात्र मल दिइएकाले पाउनेहरु पनि सन्तुष्ट हुन सकेनन् । ‘एक विघा खेतलाई एक बोरा युरिया चाहिन्छ’ स्थानीय कृषक […]

दैलेखका दुई बालक कर्णाली नदीमा बेपत्ता

९ भदौ, सुर्खेत । दैलेखका दुई बालक कर्णाली नदीमा बेपत्ता भएका छन् । आठबिस नगरपालिका –४, भेल्तडीका दुई बालक मंगलबार दिउँसो कर्णाली नदीमा पौडी खेल्न जाँदा बेपत्ता भएका हुन् । १४ वर्षका भरत माझी र १३ वर्षका विनोद माझी बेपत्ता भएका दैलेखका डीएसपी हरि वलीले जानकारी दिए । प्रहरीका अनुसार उनीहरु दुबै जना बाख्रा चराउन […]

‘नेपाल फर्किँदा हवाई टिकट र होटल खर्च नलेऊ’

९ भदौ, काठमाडौ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विदेशमा अप्ठेरोमा परेर फर्किने नेपालीसँग हवाई टिकट र क्वारेन्टिन खर्च नलिन सरकारलाई निर्देशन दिएको छ । ‘विदेशबाट आएका नेपाली कामदारलाई क्वारेन्टिन, खाना बस्नेको व्यवस्था सरकारले गर्नुपर्ने’ मंगलबार समितिले दिएको निर्देशनमा भनिएको छ, ‘खाडी राष्ट्रमा भिसा अवधि समाप्त भई अलपत्र परिरहेका, टिकट किन्न नसक्नेहरुलाई सरकारले टिकटको व्यवस्था […]

१६ भदौबाट हुने नियमित तथा चार्टर्ड उडानको तालिका तय

९ भदौ, काठमाडौं । सरकारले १६ भदौबाट हुने नियमित तथा चार्टर्ड उडानको तालिका तय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस्तो तालिका स्वीकृत गरी कार्यान्वयनका लागि मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाएको हो । मन्त्रालयले उडानका लागि शर्तहरुसमेत तोकेको छ । पहिलो चरणमा पीसीआर परीक्षण सम्भव हुने मुलुकमा उडानका अनुमति दिइएको छ […]

नोबेल मेडिकल कलेजका ५५ स्वास्थ्यकर्मीले दिए सामूहिक राजीनामा

९ भदौ, विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा कार्यरत ५५ स्वास्थ्यकर्मीले मंगलबार सामूहिक राजीनामा दिएका छन् । कलेजको इमर्जेन्सी विभागमा काम गर्ने ५५ स्वास्थ्यकर्मीले राजीनामा दिएका हुन् । नोबेल मेडिकल कलेजका कर्मचारीले समयमा नै पारिश्रमिक पाएका छैनन् । पारिश्रमिक नियमित पाउनु पर्ने र महामारीमा काम गर्दा अतिरिक्त जोखिम भत्ता पाउनुपर्ने माग गरेका थिए । तर […]

कोरोनाको साङ्लोले जोड्दैछ वीरगञ्ज र राजविराज

९ भदौ, काठमाडौं । जनस्वास्थ्य विज्ञहरु भन्ने गर्छन्, ‘संक्रामक रोगमा एउटा गल्ती दोहोरियो भने त्यसले महामारीको रुप लिन लामो समय लाग्दैन । घना जंगलमा डढेलो सल्किएझैं महामारी नियन्त्रण गर्न नसक्ने गरी सल्किन्छ ।’ प्रदेश २ मा त्यस्तै गल्ती दोहोरिएको छ, पटक पटक । यही कारण असार अन्तिम साता नियन्त्रणमा आइसकेको अनुमान गरिएको संक्रमण अहिले अनियन्त्रित […]



from समाचार – Online Khabar https://ift.tt/2CZHJAp
via IFTTT
Powered by Blogger.