समाचार
९ भदौं, काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो एटीएम बुथहरुमा स्यानिटाइजर र टिस्यू पेपर राख्नै पर्ने भएको छ । कोरोना संक्रमण फैलन सक्ने भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई स्यानिटाइजर र टिस्यू पेपर अनिवार्य राख्न निर्देशन दिएका हुन् । सबै बैंकहरुलाई सुरक्षा सतर्कताका लागि मौखित निर्देशन दिइएको राष्ट्र बैंकका बैंक तथा […]
९ भदौ, काठमाडौं । पाँचवटा एकल अध्याय सार्वजनिक गरिसकेका सुजीव शाक्यको नयाँ पुस्तक ‘अर्थात् परिवर्तन’ ई-बुकमा सार्वजनिक भएको छ । पब्लिकेसन्स् नेपालयले पहिलो ‘ई-बुक’को रूपमा शाक्यको पुस्तकलाई प्रकाशन गरी सार्वजनिक गरेको छ । निबन्धहरूको सँगालोको रूपमा रहेको यो पुस्तक शाक्यको अघिल्लो पुस्तक ‘अर्थात् अर्थतन्त्र’ कै परिवेशमा लेखिएको लेखक शाक्यले बताएका छन् । यस पुस्तकमार्फत शाक्यले नेपाली […]
९ भदौ, काठमाडौं । चीनले क्लिनिकल परीक्षण नसकिए पनि एक महिनादेखि नै कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको सार्वजनिक प्रयोग भइरहेको बताएको छ । चीनले जुलाईको अन्तिमबाट अति जोखिममा रहेका मानिसहरुमा निर्माणको क्रममा रहेको खोपको प्रयोग शुरु गरेको हो । चीनको दाबी अनुसार रुसले आधिकारिक रुपमा दाबी गर्नुभन्दा तीन साता पहिला नै चीनले कोरोना खोपको प्रयोग […]
९ भदौ, सुर्खेत । सुर्खेतमा चिया पसल सञ्चालक, सुरक्षाकर्मी र कालिगढमा कोरोना संक्रमण देखिएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा वीरेन्द्रनगर नगरपालिका–८ इत्रामका चिया पसल सञ्चालकको परिवारका ४ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबार वीरेन्द्रनगर– ६ का एक सुनचाँदी पसलका कालिगढलाई पनि कोरोना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय […]
९ भदौ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात एवम शहरी विकास मन्त्री बसन्तकुमार नेम्वाङले इनरुवा-बर्दिवास खण्डको रेलमार्ग निर्माणमा लगानीसहितको सहकार्य गर्न रसियासँग प्रस्ताव गरेका छन् । नेपालका लागि रसियाका राजदुत एलेक्सी नोभिकोभले भेटवार्तामा मन्त्री नेम्वाङले रसियलाई रेलमार्गको झापाको काँकडभिट्टादेखि सुनसरीको इनरुवासम्म सरकारले आफ्नै खर्चमा रेलमार्ग बनाउन लागेको जानकारी दिँदै इनरुवादेखि बर्दिबाससम्म रेलमार्ग बनाउन रसियाले सहयोग […]
९ भदौ, विराटनगर । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका २१ जना थुनुवालाई कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाका अनुसार आइतबार स्वाब संकलन गरिएका २१ थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरु हत्या, बलात्कार, लागूऔषध, सवारी ज्यानलगायत मुद्धाका प्रतिवादी हुन् । उनीहरुलाई थुनुवाबाटै कोरोना सरेको आशंका […]
९ भदौ, डोटी । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा अहिले सामाजिक सञ्जालमा चर्चाका पात्र बनेका छन् । लौरो टेक्दै बाढी प्रभावित बस्ती डुलेका तस्वीरहरु राखेर बोहरालाई धन्यवाद दिनेहरुको कमी छैन । भदौ २ गते रातिको अविरल वर्षासँगै कैलाश खोलामा आएको बाढीले अछामको रामारोशन गाउँपालिका–५ सैनीबजारका २२ घर बगायो, १७ जना […]
९ भदौ, काठमाडौं । मध्यपुर थिमि नगरपालिकामा कोरोना संक्रमितको संख्या ११४ पुगेको छ । गत ३१ साउनसम्म जम्मा ४३ जना संक्रमित रहेको नगरपालिकामा पछिल्लो दश दिनमा मात्र ७१ जना संक्रमित थपिएको नगरपालिकाका जनस्वास्थ्य अधिकृत भागिरथ अधिकारीले जानकारी दिए । संक्रमितमध्ये १३ जना निको भइसकेको नगरपालिकाकाले जनाएको छ । अधिकांश संक्रमितले आफ्नै पहलमा पीसीआर परीक्षण गरेका […]
९ भदौ, भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या बढेपछि भक्तपुर अस्पतालले १०० शय्याको आइसोलेसन बनाउने तयारी गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको निर्णय अनुसार भक्तपुर अस्पतालले कोभिडका बिरामीका लागि एक सय शय्याको अस्पताल बनाउने तयारी गरेको हो । अस्पतालले अहिले सम्भावित कोरोना संक्रमितलाई स्वाब दिएपछि बस्नको लागि १० शय्या र संक्रमण […]
९ भदौ, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना संक्रमण परीक्षण गर्नुपर्ने स्वाब धेरै जम्मा भएपछि परीक्षणका लागि धुलिखेल पठाइएको छ । हेटौंडामा १ हजार स्वाब जम्मा भएपछि ५ सय स्वाब परीक्षणका लागि धुलिखेल अस्पतालमा पठाइएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य अधिकृत डा. पुरुषोत्तम सेढाईंले जानकारी दिए । पछिल्लो समय अघिक मात्रामा स्वाब संकलन भएपछि […]
९ भदौ, काठमाडौं । नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सुरु गर्ने तयारी थालेको छ । यद्यपी पहिलो चरणमा आन्तरिक उडान भने काठमाडौंबाट हिमाली र पहाडी भेगका विमानस्थलमा मात्र हुने भएको छ । सो प्रयोजनका लागि निजी क्षेत्रका वायुसेवा कम्पनीसँग छलफल थालिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए । चाडबाड आएका […]
९ भदौ, काठमाडौं । राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल निर्माणका लागि रुख गणनाको काम प्रारभ भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार अहिलेससम्म ६० हजार रुखको गणना भइसकेको छ । सरकारले यो विमानस्थलको निर्माणका सन्दर्भमा उचित समन्वय गर्न नसक्दा रुख कटान प्रक्रिया अगाडि बढ्न सकेको छैन । विश्वकै सबैभन्दा ठूला […]
९ भदौ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीलाई बोलाएर उपचारका लागि आएका बिरामीलाई नफर्काउन निर्देशन दिएका छन् । मंगलबार वीपीका उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्टार मोहन रेग्मीलाई आफ्नो कार्यकक्षमा बोलाएर मुख्यमन्त्री राईले प्रतिष्ठानले बिरामी फर्काउन थालेको गुनासो आएको बताए । उनले प्रतिष्ठानमा ५०० […]
९ भदौं, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को जोखीम न्युनीकरण र रोकथाममा सरकारले गरेका गतिविधि अनुगमन गर्न संसदीय उपसमिति गठन भएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको भर्चुअल बैठकले सात सदस्यीय उपसमिति गठन गरेको हो । उपसमतिलाई बढ्दो संक्रमण रोक्न सरकारले गरेका कामको अनुगमन गर्न र सरकारलाई सुझाव दिने जिम्मेवारी दिइएको […]
९ भदौ, सुर्खेत । कोरोना भाइरस संक्रमण फैलिने जोखिम बढेको भन्दै कर्णाली प्रदेशका ७ जिल्लामा हाल निषेधाज्ञा लगाइएको छ । प्रदेशका १० जिल्लामध्ये सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, मुगु, जाजरकोट र रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको आदेश जारी गरेका छन् । जुम्ला, मुगु, कालीकोट र दैलेखमा जिल्लाभर निषेधाज्ञा छ भने सुर्खेतको वीरेन्द्रनगर, रुकुम पश्चिमको मुसीकोट, […]
९ भदौ, काठमाडौं । विश्व बैंकले कोभिड-१९को महामारी सुरु हानासाथै भनेको थियो, नेपाल आउने रेमिट्यान्समा यस वर्ष १४ प्रतिशतसम्म गिरावट आउन सक्छ । नेपाल राष्ट्र बैंकले पनि ५ देखि १० प्रतिशतशसम्म रेमिट्यान्स आप्रवाह घट्ने अनुमान गरेको थियो । तर, रेमिट्यान्स आप्रवाहमा आर्थिक वर्ष २०७६/७७मा ०.५ प्रतिशतको मात्रै गिरावट आयो । आर्थिक वर्ष २०७५/७६ मा १६.५ […]
९ भदौ, जनकपुरधाम । महोत्तरीमा मंगलबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको मनरा सिस्वा नगरपालिका-३ का ७५ बर्षीय बृद्ध र बलवा नगरपालिका- ३ का ७७ बर्षीय बृद्धको मृत्यु भएको हो । मनरा सिस्वाका बृद्धको जलेश्वर अस्पतालमा मंगलबार विहान साढे ११ बजे मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार केही […]
९ भदौ, काठमाडौं । जनस्वास्थ्य विज्ञहरु भन्ने गर्छन्, ‘संक्रामक रोगमा एउटा गल्ती दोहोरियो भने त्यसले महामारीको रुप लिन लामो समय लाग्दैन । घना जंगलमा डढेलो सल्किएझैं महामारी नियन्त्रण गर्न नसक्ने गरी सल्किन्छ ।’ प्रदेश २ मा त्यस्तै गल्ती दोहोरिएको छ, पटक पटक । यही कारण असार अन्तिम साता नियन्त्रणमा आइसकेको अनुमान गरिएको संक्रमण अहिले अनियन्त्रित […]
८ भदौ, जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका–३ फुलगाका श्याम साहलाई श्वासप्रश्वासमा समस्या भएपछि परिवारका सदस्यले ४ भदौमा प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा पुर्याए । उनलाई अक्सिजन दिनुपर्ने, तर आईसीयू कक्ष खाली नभएको भन्दै चिकित्सकले अयन्त्र लैजान रिफर गरे । परिवारले काठमाडौं लैजाने निर्णय गरे, तर सिन्धुलीको खुर्काेट पुग्दा निधन भयो । मृत्युपछि गरिएको परीक्षणमा उनमा कोरोना […]
९ भदौ, काठमाडौं । संघीय सरकारले प्रत्येक प्रदेशमा ४ वटा भेन्टिलेटर र १० आईसीयूका लागि २–२ करोड रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले मंगलबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले गरेको भर्चुंअल बैठकमा आईसीयू र भेन्टिलेटर किन्न रकम निकासा भइसकेको जानकारी दिएका हुन् । उनले कोरोना संक्रमणको बढि जोखिम […]
९ भदौ, बुटवल । प्युठानमा आफ्नै घरको शौचालय जाने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । प्युठान नगरपालिका–२ साडेखोलाका ३५ वर्षका दोर्णकुमार विष्टको मृत्यु भएको हो । प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता राजकुमार बैदवारले विष्टको शौचालय जाने क्रममा लडेर टाउकोमा चोट लाग्दा घटनास्थलमै मृत्यु भएको जानकारी दिए । विष्ट सशस्त्र प्रहरी बल नं. ६ […]
from समाचार – Online Khabar https://ift.tt/3grAoaG
via IFTTT






















