समाचार
१० पुस, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलाई संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्र बतायो र केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलायो । पुस ७, ८, ९ र १० गते गरी चार दिनसम्म चलेको बैठकमा १७ केन्द्रीय सदस्यले बोले । संसद विघटनको विरोधमा १३ पुसमा १६५ वटै निर्वाचन […]
१० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई विहीबारको एक सम्वोधनमा ‘कानून नजानेका, किर्ते सभामुख’को संज्ञा दिएका थिए । तर, शुक्रबार मन्त्री परिषद हेरफेर कार्यक्रममा सभामुख सापकोटाले पनि शीतलनिवास पुगेर सहभागिता जनाएका छन् । सपथ ग्रहण कार्यक्रममा सभामुख सापकोटाका साथै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना पनि उपस्थित थिए । सपथ ग्रहण कार्यक्रममा […]
१० पुस, काठमाडौं । पूर्वमाओवादी समूहका नेता मणिचन्द्र थापालाई प्रधानमन्त्री ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउने आश्वासन दिएका थिए । तर, शीतलनिवासमा पुगेपछि थापाले धोका पाए । अन्ततः सपथ ग्रहण गर्नेबेलामा थापाले यसअघि विना मगरले सम्हालेको खानेपानी मन्त्रीमा चित्त बुझाउनुपरेको छ । र, उनले सो जिम्मेवारी स्वीकार गर्दै सपथ लिएका छन् । ओली […]
१० पुस, काठमाडौं । अघिल्लो हप्ता युरोपियन युनियन (ईयू)ले हवाई सुरक्षा सूची अद्यावधिक गर्यो । हरेक ६ महिनामा हुने अध्यावधिक रिर्पोट अनुसार नेपालमा दर्ता भएका सबै वायुसेवा कम्पनी युरोपेली आकाशमा प्रतिवन्धित छन् । यो क्रम सन् २०१३ यता जारी छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार प्राधिकरण स्थापना र व्यवस्था गर्न बनेको […]
१० पुस, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघ र प्रदेशमा जे भए पनि गण्डकीमा मिलेर सरकारमा रहन प्रस्ताव गरेका छन् । बागमती प्रदेशमा प्रचण्ड–माधवसमूहले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि गण्डकीका मुख्यमन्त्रीले संघ र अरु प्रदेशमा जे भए पनि गण्डकीमा मिलेर जान प्रस्ताव गरेका हुन् । संसद विघटनको स्वागत र प्रधानमन्त्री केपी शर्मा ओलीको […]
१० पुस काठमाडौं । बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवदेन पुस १४ गतेदेखि खुल्ने भएको छ । चैत गत ११ देखि बन्द रहेको सवारी लाइसेन्स वितरणका लागि आवेदन, लिखित परीक्षा र ट्रायल नौ महिनापछि खुला गर्ने निर्णय भएको हो । यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार कोरोना भाइरस (कोभिड-१९) विरुद्ध स्वास्थ्य मन्त्रालयले […]
१० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । शुक्रबार सात मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका उनले केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइएको छ । स्वास्थ्यमा हृदयेश त्रिपाठी आएका छन् । त्रिपाठीले सम्हाल्दै आएको […]
१० पुस, काठमाडौं । सरकारले आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभाको चुनाव घोषणा गरेको छ । तर, यहीबेला विश्वभर कोभिड–१९ विरुद्धका खोप अभियान सुरु भएकाले नेपालमा पनि खोप छिट्टै आउने अपेक्षा जनतामा छ । तर, खोप खरिद प्रक्रिया अघि बढाउने बेलामा नै सरकारले चुनाव घोषणा गरेपछि अब के हुन्छ भन्ने अन्योल छ । […]
१० पुस, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूह छाडेका ५ जना पूर्वमाओवादी नेताले मन्त्री पद पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्दा पूर्व माओवादी खेमाका पाँच जना मन्त्री बनेका हुन् । पुष्पकमल दाहाल प्रचण्डलाई छाडेका टोपबहादुर रायमाझी, मणि थापा, गौरीशंकर चौधरी, प्रभु शाह र दावा तामाङले मन्त्री पद पाएका हुन् । रायमाझीलाई […]
१० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई मन्त्रिपरिषद्बाट हटाएका छन् । विश्वकर्मा २ चैत ०७४ मा खेलकुदमन्त्री बनेका थिए भने दुगड ८ मंसिर ०७६ मा भएको मन्त्रिमण्डल पुनर्गठनमा मन्त्री बनेका थिए । विश्वकर्माको ठाउँमा प्रचण्ड समूहबाट ओलीलाई साथ दिन आएका दावा लामालाई मन्त्री बनाइएको […]
१० पुस, काठमाडौं । संसद भंग गरेर निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदममा भारतको साथ र समर्थन होला ? राजनीतिज्ञ र कूटनीतिक विश्लेषकहरुसँग यसको यकिन जवाफ छैन । तर, संसद भंग हुनुअघिका केही हप्तामा भएका भ्रमण र गतिविधिले आशंका चाहिँ बढाएको कूटनीतिक मामिलाका जानकारहरु बताउँछन् । पछिल्ला दुई महिनामा भारतबाट एकपछि अर्काे उच्चस्तरीय भ्रमणहरु […]
१० पुस, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा जनता समाजवादी पार्टी(जसपा) का नेता तथा कार्यकर्ताहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । शुक्रबार साँझ जिल्ला प्रशासन कार्यालय अगाडि नै जसपाका नेता तथा कार्यकर्ताहरुले राष्ट्रपति भण्डारी तथा प्रधानमन्त्री ओलीको पुत्ला जलाएका थिए । पुत्ला दहनपछि बोल्दै जसपा गुल्मीका वरिष्ठ उपाध्यक्ष घनश्याम […]
काठमाडौंको घनावस्तीमा गुम्सिरहँदा तपाईलाई लाग्छ, उपत्यका कंक्रिटको जंगल हो । यहाँ अब खाली जमिन नै बाँकी छैन । तर, काठमाडौंबाट २-३ घण्टा मात्र पैदलयात्रा गर्नुभयो भने फरक माहोलमा रम्न पुग्नुहुनेछ । हामी कुरा गर्दैछौं, काठमाडौंको उत्तरी भेगमा पर्ने डाँडा तारेभीरको । शिवपुरी राष्ट्रिय निकुञ्जकै एक भाग हो तारेभीर । त्यहाँबाट स्पष्ट देखिन्छ, काठमाडौंका दुई स्वरुप […]
१० पुस, काठमाडौं । चितुवाको छाला र हड्डीसहित कैलालीमा ३ जना पक्राउ परेका छन् । जिल्लाको अत्तरियामा कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले चितुवाको छाला र हड्डी सहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–४ का ३१ वर्षीय किरण पुन, डोटी आदर्श गाउँपालिका–५ का ३५ वर्षीय वीरबहादुर धामी र २२ […]
१० पुस, काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले स्टेजमा एकल सांगीतिक प्रस्तुति दिने पहिलो बहालवाला मन्त्रीको कीर्तिमान राखेका छन् । वर्ल्ड बुक अफ यूकेमा आफ्नो नाम लेखाउने क्रममा शुक्रबार उनी ४ घन्टाभन्दा बढी समय स्टेजमा गुञ्जिए । बालाजुस्थित अष्टनारायण चलचित्रहलमा शुक्रबार दिउँसो सवा एक बजेदेखि राज्य मन्त्री मानन्धरको कन्सर्ट सुरु भएको थियो । कन्सर्टमा उनले […]
१० पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी सुरु भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड– नेपाल पक्षका सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी गरेका हुन् । नेकपाको केपी शर्मा ओली समूहमा रहेका मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको सूचना पाएको ओली समूहकै नेताहरुले बताएका छन् […]
१० पुस, जनकपुरधाम । संसद विघटन गर्ने सरकारको कदमको असर विस्तारै प्रदेशसभाहरुमा पनि देखिन थालेको छ । शुक्रबार नै बागमती प्रदेश सरकारका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेको छ । प्रधानमन्त्री ओलीले प्रदेशमा आफू निकटका मुख्यमन्त्रीविरुद्व अविश्वासको प्रस्ताव ल्याइए त्यहाँको संसद पनि विघटन गरिदिने चेतावनी दिएका छन् । प्रदेश २ का कांग्रेस संसदीय दलका नेता रामसरोज […]
१० पुस, काठमाडौं । तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्ड २०६७ वैशाख १९ देखि २२ गतेसम्म माधव नेपाल नेतृत्वको सरकारविरुद्ध सडकमा ओर्लेका थिए । त्यसको करिब १० वर्षपछि उनी फेरि सडक आन्दोलनमा ओर्लिएका छन् । तर, माधव नेपाललाई पनि साथमा लिएर । तत्कालीन माओवादीले ६ दिने आम हडतालका क्रममा वैशाख २१ गते मानव हाते साङलोले राजधानीको […]
१० पुस, काठमाडौं । संसद विघटनको विरोधमा बृहत नागरिक आन्दोलनले काठमाडौंमा साताव्यापी विरोध कार्यक्रम घोषणा गरेको छ । संसद विघटन सामान्य राजनीतिक दाउपेच मात्र नभई प्रतिगमनको रोडम्याप नै भएको भन्दै बृहत नागरिक आन्दोलनले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । ‘प्रतिगमनको ठूलो कदमले दैलैमा टेकेपछि हालसम्म प्राप्त उपलब्धि नै गुमेर मुलुक अँध्यारो सुरुङमा प्रवेश गर्न लागेको […]
१० पुस, मकवानपुर । हेटौंडा–नारायणगढ सडकखण्डअन्तर्गत पर्ने नेवारपानीबाट जिल्लाकै उत्तरीभेगमा पर्ने राक्सिराङ गाउँपालिका–१ ठूलो भावरतर्फ जाँदै गर्दा ग १ ज ७२८९ नम्बरको जिप शुक्रबार अनियन्त्रित भई दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन् । घाइते यात्रुलाई स्थानीय प्रहरी र गाउँलेले तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते […]
१० पुस, काठमाडौं । नागरिक समाजको एक समूहले संसद विघटनले नेपाल पुनः एकपटक राजनीतिक अस्थिरताको दलदलमा र विदेशी शक्तिको सम्भावित चलखेलतिर धकेलिएको भन्दै चिन्ता जनाएको छ । शुक्रबार संयुक्त विज्ञप्ति निकालेर उनीहरुले संसद विघटनको कदमले अन्तर्राष्ट्रिय समदायमा नेपाललाई अत्यन्त लज्जितसमेत बनाएको बताएका छन् । देशको आर्थिक–सामाजिक संरचनामा ब्यापक परिवर्तन गरेर समाजवादको जग हाल्नका लागि प्राप्त […]
from समाचार – Online Khabar https://ift.tt/38xxTBK
via IFTTT






















