समाचार
११, पुस, चितवन । चितवनको भरतपुर अस्पतालमा आँखा रोग उपचार सेवा सुरु हुने भएको छ । अस्पतालका अनुसार यहीँ पुस महिनाभित्र आँखाको उपचार सेवा सुरु गर्न लागिएको हो । त्यसका लागि आवश्यक पर्ने सामाग्रीहरु किन्ने प्रकृया सुरु भैसकेको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए । अस्पतालमा आँखा उपचार सेवा सुरु गर्न […]
११ पस, कैलाली । केही दिन अघिसम्म कैलालीमा रहेका श्रममन्त्री गौरीशंकर चौधरीले कैलालीका विभिन्न क्षेत्रमा आफूनिकटका कार्यकर्तालाई भेला गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरे । उनले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएको बताए । सुरुदेखि नै नेकपा अध्यक्ष प्रचण्डनिकट रहेका पूर्वकृषि मन्त्री चौधरी दोस्रोपटक ओली क्याबिनेटमा सुटुक्क मन्त्री बनेपछि उनको निर्वाचन क्षेत्रमा तरङ्ग […]
११ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट नेता तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रिय सल्लाकार परिषद्का सदस्य स्वनाम साथी (शशी शेरचन)को निधनप्रति दु:ख व्यक्त गरेका छन् । शनिबार शोक वक्तव्य जारी गरी प्रचण्डले स्वनामको निधनप्रति दुख व्यक्त गरेका हुन् । स्नामको समर्पण, वर्गीय मुक्ति, देशभक्ति र निजी स्वार्थको तलाञ्जली कम्युनिस्ट आन्दोलनका लागि प्रेरणादायी […]
११, पुस,चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको पार्टी कार्यालयमा ओली समूहले ताला लगाएको छ । शनिबार बिहान पार्टी कार्यालयमा पुगेका ओली समूहका कार्यकर्ताले पार्टी कार्यालयबाट गुट चलाएको आरोप लगाउँदै ताला लगाएका छन् । साविक एमालेको पार्टी कार्यालय रहेको मदन आश्रति भवनलाई कुनै एक पक्षको गुटको कार्यालय बनाइएकोले ताला लगाइएको अनेरास्ववियु चितवनका अध्यक्ष प्रकाश आचार्यले […]
११ पुस, दमक । टाटा सुमो गाडीले ठक्कर दिँदा शनिबार बिहान झापाको कमल गाउँपालिका-५ स्थित सडकखण्डमा एकजना साइकलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गतको लभडाँडा सडकखण्डमा शनिबार बिहान ८ बजेतिर पूर्व जाँदै गरेको मे१ज २००४ नम्बरको टाटा सुमोले बाटो काट्दै गरेका कमल-६ बस्ने ५३ वर्षीय साइकलयात्री झुलानाथ खनाललाई ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी […]
११ पुस, काठमाडौं । विभिन्न सामाजिक तथा नागरिक संघ-संस्थाहरुले संसद विघटनको विरोध गरेका छन् । शिनबार विभिन्न ३२ वटा संस्थाका प्रमुख तथा प्रतिनिधिले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै सत्तारुढ राजनीतिक दलको आन्तरिक कलह र शक्ति संघर्षको सिकार संसदलाई बनाइनु न्यायोचित नहुने बताएका हुन् । असंवैधानिक रुपमा संसद विघटन हुनु लोकतन्त्रको मूल्य, मान्यता र प्रतिपादित सिद्धान्तविपरीत भएको […]
११ पुस, काठमाडौं । उपन्यास, निबन्ध र कथामा ख्याती कमाएका कृष्ण धराबासी यस वर्ष कथासंग्रह ‘वर्तमान’ लिएर पाठक माझ आएका छन् । केही नयाँ, केही पूर्वप्रकाशित र आफ्नो पहिलो कथासमेत गरेर उनले संग्रहमा १२ थान कथाहरू समावेश गरेका छन् । आठ वर्षपछि प्रकाशित उनको यो तेस्रो कथासंग्रहका १२ कथामध्ये ४ वटा नेपाली परिवेशका छन् भने […]
११ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रचण्ड-माधव समूहले वैधानिकता पाउनेमा शङ्का व्यक्त गरेका छन् । अध्यक्षद्वय पुस्पकमल दाहाल र मावधकुमार नेपालले पार्टी वैधानिकताको दाबी गर्दै निर्वाचन आयोगमा पुग्दा आफूले राप्रपा विभाजनको घटना सम्झिएको भन्दै उनले आशङ्का व्यक्त गरेका हुन् । तत्कालीन समयमा निर्वाचन आयोगले प्रचण्डकै प्रत्यक्ष दबाबमा विनासनाखत कानुनविपरीत राप्रपा […]
११ पुस, वीरगञ्ज । महिनावारीको समयमा प्रयोग गर्न बजारमा विभिन्न कम्पनीका सेनेटरी प्याड उपलब्ध हुन्छन् । तर त्यस्ता प्याड सबैको पहुँचमा हुँदैनन् । कुनै ठाउँमा प्याड नै पाइँदैन भने कमजोर आर्थिक अवस्थाका कारण कतिपयले खरिद गर्न नै सक्दैनन् । जसका कारण महिनावारीको समयमा कपडा नै प्रयोग गर्नेहरुको धेरै छन् । कपडा प्रयोग गर्दा समस्या मात्रै […]
११ पुस, काठमाडौं । तीन दिनसम्म देशैभरको मौसममा आंशिकरुपमा बदली हुने र तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्ने मौसमविद्हरुले पूर्वानुमान गरेका छन् । आज शनिबार सुदूरपश्चिम, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम, आइतबार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती, गण्डकी, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश र सोमबार प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा मौसम […]
११ पुस, गुल्मी । गुल्मीमा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) आएकी छन् । सीडीओे रुद्रादेवी शर्मा रामेछापबाट सरुवा भएर गुल्मी आएकी हुन् । ११ महिनासम्म रामेछाप जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी रुऽादेवी शर्मा ३९औं प्रमुख जिल्ला अधिकारी हुन् । यसअघिका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको गृहमन्त्रालयमा सरुवा भएपछि उनको यहाँ सरुवा भएको हो । […]
१० पुस, काठमाडौं । सरकारी लगानी रहेको राष्ट्रिय बिमा कम्पनी सरकारकै निर्देशनहरुलाई समेत अटेर गर्दै चरम अपारदर्शीरुपमा सञ्चालन भइरहेको पाइएको छ । कम्पनीले ८ वर्षदेखि वार्षिक साधारणसभा गरेको छैन भने लेखापरीक्षण प्रतिवेदनसमेत पेस गर्न सकेको छैन । कम्पनीको नेतृत्व अहिले नेपाल सरकारकै कर्मचारी डिल्ली अर्यालले सम्हालेका छन् । उनलाई तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले नियुक्त […]
१० पुस, काठमाडौं । रामशाहपथमा रहेको सर्वोच्च अदालतभित्र प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सुनुवाई चलिरहँदा बाहिर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भइरहेको थियो । कडा सुरक्षा व्यवस्थाका बीच भइरहेको प्रदर्शनमा सहभागीले लगाएको नारा इजलाससम्मै सुनिन्थ्यो । चर्को नाराबाजी सुन्दा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा, प्रधानन्यायाधीश हरिकृष्ण कार्की मुसुमुसु हाँसिरहेका देखिन्थे । बहसको अधिकांश समयमा भने प्रधानन्यायाधीश जबरा कानुन […]
१० पुस, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलाई संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्र बतायो र केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलायो । पुस ७, ८, ९ र १० गते गरी चार दिनसम्म चलेको बैठकमा १७ केन्द्रीय सदस्यले बोले । संसद विघटनको विरोधमा १३ पुसमा १६५ वटै निर्वाचन […]
१० पुस काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सुनुवाई गर्दै संवैधानिक इजलाशले २२ पुसदेखि निरन्तर सुनुवाई गर्ने आदेश दिएको छ । आम मानिसहरुलाई चासो छ, सर्वोच्च अदालतले यो राष्ट्रिय सरोकारको मुद्दाको टुंगो कहिलेसम्म लगाउला ? सर्वोच्चमा दायर एक दर्जन रीटमाथि अदालतले कस्तो फैसला गर्छ भन्ने विषय मुलुकको सिंगो राजनीतिसँग जोडिएको छ । त्यसैले होला, संसद पुनस्र्थापना […]
१० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ८ मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका छन् । साथै, केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विभाजन भएको थियो । र, प्रचण्ड–माधव समूहमा रहेका ७ मन्त्रीले राजीनामा दिएका थिए । प्रधानमन्त्री […]
१० पुस, काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरू, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल शुक्रबार माइतीघर मण्डलामा पलेटी मारेर बसेको तस्वीरले धेरैको ध्यान खिच्यो । पाँच वर्षलाई स्थिर सरकारको जनमत प्राप्त दलका शीर्षनेताहरु सडकमा पलेटी मार्न पुग्नुले अहिलेको राजनीतिक संकटबारे त प्रष्ट पारेको छ नै, सँगै आगामी राजनीतिक घटनाक्रम कसरी बढ्ला भन्ने पनि थोरै संकेत […]
१० पुस, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा प्रचण्ड–माधव समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । शालिकराम जम्मरकट्टेल प्रस्तावक र अरुण नेपाल समर्थक रहेको अविश्वासको प्रस्तावमा पौडेललाई पदमुक्त गरेर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन् । त्यसअघि सरकारमा रहेका तीन मन्त्रीले राजीनामा दिएका […]
१० पुस काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ८० मध्ये ४५ सांसदले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध बागमती प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । आफ्नै पार्टीका बहुमत सांसदहरू मुख्यमन्त्री पौडेलको विपक्षमा देखिएपछि बागमतीमा नयाँ सरकार गठनबारे चर्चा सुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेपछि स्पष्ट दुई खेमामा विभाजित […]
१० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई विहीबारको एक सम्वोधनमा ‘कानून नजानेका, किर्ते सभामुख’को संज्ञा दिएका थिए । तर, शुक्रबार मन्त्री परिषद हेरफेर कार्यक्रममा सभामुख सापकोटाले पनि शीतलनिवास पुगेर सहभागिता जनाएका छन् । सपथ ग्रहण कार्यक्रममा सभामुख सापकोटाका साथै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना पनि उपस्थित थिए । सपथ ग्रहण कार्यक्रममा […]
१० पुस, काठमाडौं । पूर्वमाओवादी समूहका नेता मणिचन्द्र थापालाई प्रधानमन्त्री ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउने आश्वासन दिएका थिए । तर, शीतलनिवासमा पुगेपछि थापाले धोका पाए । अन्ततः सपथ ग्रहण गर्नेबेलामा थापाले यसअघि विना मगरले सम्हालेको खानेपानी मन्त्रीमा चित्त बुझाउनुपरेको छ । र, उनले सो जिम्मेवारी स्वीकार गर्दै सपथ लिएका छन् । ओली […]
from समाचार – Online Khabar https://ift.tt/3rwxUyc
via IFTTT






















