समाचार
१२ माघ, काठमाडौं । नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले दुई शर्तमा पार्टी एकता हुनसक्ने बतााएका छन् । २३ गते काठमाडौंमा गर्न लागिएको प्रदर्शनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पोखरेलले २८ कात्तिकमा दर्ता भएको ‘आरोप पत्र’ फिर्ता लिन र चुनावमा सहभागी हुन सहमत भए पार्टी एकता हुनसक्ने बताए । ‘अहिले पनि जुन अराजकता सिर्जना गर्न […]
१२ माघ, काठमाडौं । केपी ओली नेतृत्वको सरकारले अदालतलाई नै प्रभाव पार्ने दुष्प्रयास गरेको भन्दै मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरुले प्रम ओली आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, ओली सरकार : कीर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, राज्य संयन्त्रको दुरुपयोग बन्द गर लेखिएका […]
१२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा विवेकशील पार्टीले प्रदर्शन गरेको छ । पुस ५ गते भएको संसद विघटन असंवैधानिक भएको भन्दै विवेकशीलले सोमबार माइतीघर मण्डलामा विरोध कार्यक्रम गरेको हो । प्रदर्शनकारीहरूले ‘नराम्रो हेर्दिन, नराम्रो सुन्दिन, नराम्रो बोल्दिन, नराम्रो विरुद्ध आवाज उठाउँछु’, ‘यो समय भ्याक्सिनको हो, कूमतिमा नलाग्नुस प्रधानमन्त्रज्यू’ लेखिएको […]
१२ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा वकिलहरुले संविधानसभाका अध्यक्ष र सदस्यको अभिव्यक्तिको जिकिर गरेपछि न्यायाधीशले संविधानको मनसाय के मा हेर्ने भनेर प्रश्न गरेका छन् । सभाध्यक्ष सुवास नेम्वाङ र संविधानसभाका सदस्य अग्नि खरेलले प्राधनमन्त्रीले सनकको भरमा प्रतिनिधिसभा विघटन गर्न नपाइने व्यवस्था गरेको भनेर केही पहिले दिएको अभिव्यक्ति ५ पुसमा प्रतिनिधिसभा भंग भएपछि […]
१२ माघ, दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले दाङ देउखुरीको राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पक्की पुल उदघाटन गरेका छन् । राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुल प्रधानमन्त्री ओलीले आइतबार मध्याह्न उदघाटन गरेका हुन् । उदघाटन कार्यक्रममा नेकपा ओली समूहका नेता, पत्रकार, सुरक्षाकर्मी र निर्माण कम्पनीका प्रतिनिधिहरुमात्र सहभागी थिए […]
१२ माघ, वीरगञ्ज । वीरगञ्जबाट पीजी तथा एमडीको तयारी गरिरहेका चिकित्सकहरुले अध्ययनका लागि रुम भाडामा लिनु नपर्ने भएको छ । नेपाल चिकित्सक संघ नारायणी शाखाले विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) तथा स्टडी रुम सञ्चालनमा ल्याएपछि उनीहरुले रुम भाडामा लिनु नपर्ने भएको हो । शाखा कार्यालय भवनकै माथिल्लो तलामा ई–लाइब्रेरी तथा स्टडी रुम सञ्चालनमा ल्याइएको छ । जुनियर […]
१२ माघ, काठमाडौं । भारतको सिक्किमस्थित भारत–चीन सीमाक्षेत्रमा दुई मुलुकका सेनाबीच झडप भएको छ । टाइम्स अफ इन्डियाका अनुसार तीनदिनअघि सिक्किमको नाकुला पासमा उक्त झडप भएको हो । समाचारमा उल्लेख गरिएअनुसार उक्त झडपमा दुवै पक्षका सेनाहरु घाइते भएका छन् । यद्यपि अहिले भने उक्त क्षेत्रको अवस्था सामान्य रहेको समाचारमा उल्लेख छ । भारत–चीन सीमाक्षेत्रमा बेलाबेलामा झडप […]
१२ माघ, गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा २ वटा पक्की पुल बन्ने भएका छन् । गाउँपालिकाको वडानम्बर ३ र ४ को सिमानामा पर्ने सिलादी,घमिर, अर्खावाग, दलिङ्ग, भिमघिटी सडक जोड्ने पुलको शिलान्यास गरिएको छ । गाउँपालिकाको वडा नम्बर-६ अर्जै स्थित अर्जैबेसी खोलामा सिन पक्की पुल शिलान्यास गरिएको छ । फूलबारी, अर्जै, बोम, नेटा, बाग्लुङ सडक खण्ड […]
१२ माघ, प्युठान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई पुनः एकता गराउने भन्दै उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्ने चर्चा चलिरहेका बेला प्युठानमा कमिटी नै गठन भएको छ । पार्टी एकताका लागि दबाव सिर्जना गर्न भन्दै १०१ सदस्यीय कमिटी गठन गरिएको हो । एकता पक्षधरका अगुवा कार्यकर्ताको भेलाले टिकाबहादुर गुरुङको संयोजकत्वमा कमिटी गठन […]
१२ माघ, जनकपुरधाम । महोत्तरीको औरही नगरपालिकामा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ४ कठुवारमा सोमबार बिहान ना ८ ख ९८० नम्बरको टिपरले ज ६ प १४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक १९ वर्षीय प्रमोद राम र पछाडि सवार १३ वर्षीय बालक गुड्डु नदाफको मृत्यु भएको महोत्तरी […]
१२ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली समूहले गर्ने भनिएको सभा पञ्च र्यालीभन्दा फरक नहुने बताएका छन् । सोमबार प्रदेश २ का नेता–कार्यकर्तालाई सम्बोधन गर्दै उनले आफूहरुको सभापछि प्रधानमन्त्री केपी शर्मा ओलीले साँचो सभा हामी गर्छौं भनेको सुनाए । उनले अघि भने, ‘केपीले जत्रो (सभा) गरेपनि पञ्च र्याली भन्दा फरक […]
१२ माघ, काठमाडौं । सवारीको जाम भइरहने भन्द्रकालीदेखि रत्नपाकसम्मको बाटो शुक्रबार मान्छेहरुले जाम थियो । खुलामञ्चलाई घेरेको सडकमा सवारी गुड्न छाडेर मान्छेहरुको जाम भयो भने बुझ्नुपर्छ – देशमा केही अनिष्ट भइरहेको छ, या हुँदैछ । वा देशमा केही फेरबदल आउनेवाला छ । इतिहासको पाना पल्टाउने हो भने देखिने चित्र यही हो । शुक्रबार काठमाडौंका नौ […]
१२ माघ, काठमाडौं । संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । नारायणकाजी श्रेष्ठ नेतृत्वको संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । घोषित कार्यक्रमअनुसार १३ गते काठमाडौंमा सिट्टी जुलुस हुनेछ भने १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना दिइनेछ । […]
१२ माघ, वीरगञ्ज । बारामा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृतक अन्दाजी ५० वर्षीय पुरुषको परिचय खुल्न सकेको छैन । उनी मागेर हिँड्ने मानिस रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । पूर्वपश्चिम राजमार्ग अन्र्तगत बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ आदाभार जंंगलमा उनलाई बिहान नम्बर नखुलेको गाडीले ठक्कर […]
१२ माघ, काठमाडौं । संसद् विघटनसँगै राजनीतिक रुपमा प्रष्ट विभाजित भइसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कानूनी रुपमा फुट्न नमिल्ने निर्वाचन आयोगले निर्णय गरेको छ । आइतबार साँझ आयोगले १७ पृष्ठ लामो निर्णय गर्दै पार्टी विभाजनलाई वैधानिकता दिएन । २०७५ जेठ ३ कै कमिटी कायम रहेको र पुस ५ यताका निर्णयहरुलाई मान्यता नदिएपछि नेकपा प्रचण्ड–माधव समूहले […]
१२ माघ, काठमाडौं । सन् १९९२ मा पहिलो पटक नेपाल आएकी डेबोरा मेरोला सन् २००३ र २०११मा पुनः नौ/नौ महिनाका लागि नेपाल आइन्, अमेरिकी सरकारको फुलब्राइट सांस्कृतिक आदान-प्रदान कार्यक्रमअन्तर्गत । सन् २०११ मा आउँदा उनको एउटा उद्देश्य थियो : काठमाडौँको गुरुकुल नाटकघरसँग मिलेर एउटा नाटक निर्देशन र प्रदर्शन गर्ने । गुरुकुलसँगको अनुभवले उनलाई नेपालप्रति झनै […]
१२ माघ, काठमाडौं । विकास बजेटको ठूलो अंश ओगटेर बसेका मन्त्रालय नै पुँजीगत खर्चमा उदासिन देखिएपछि चालु आर्थिक वर्षमा समेत विकास निर्माणले गति लिन सकेको छैन । अर्थ मन्त्रालयले सरोकारवाला निकाय तथा मन्त्रालयले बजेट कार्यान्वयनमा तत्परता नदेखाउँदा पुँजीगत खर्च अपेक्षित बढ्न नसकेको बताएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक समीक्षा गर्दै अर्थले मन्त्रालयगत […]
१२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विधिपूर्वक पूजा गरेका छन् । पत्नी राधिका शाक्य र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालसहित बिहानै पशुपतिनाथ मन्दिर गएर प्रधानमन्त्री ओलीले पूजा गरेका हुन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले अनलाइनखबरसँग भने, ‘मन्दिरभित्र संकल्पसहित गर्ने पूजा सम्माननीय प्रधानमन्त्रीज्यूबाट […]
१२ माघ, काठमाडौं । केही वर्ष अघिदेखि नै नेपाली सेयर बजारमा स्टक डिलर कम्पनी आवश्यकताबारे चर्चा हुन्थ्यो । भलै ढिलै भए पनि नागरिक स्टक डिलर कम्पनीलाई कारोबार गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । धितोपत्र व्यापार सम्बन्धी कारोबार गर्न नागरिक स्टक डिलरलाई अनुमति प्रदान गरिएको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिए । धितोपत्र […]
१२ माघ, काठमाडौं । लिगलिगे कोटमा साइकल दौड प्रतियोगिता हुने भएको छ । आगामी फागुन ७ गते गोरखाको पालुङटार गाउँपालिका, सिरानचोक गाउँपालिका, लमजुङको राइनास नगरपालिकालाई समेत जोडेर ५५ किलोमिटर लामो साइकल दौड प्रतियोगिता आयोजना गर्न लागिएको पालुङटार नगरपालिकाका प्रमुख दीपकबाबु कँडेलले जानकारी दिए । सिरानचोक कोट तत्कालीन गोरखा राज्यको रक्षा किल्लाको रुपमा रहेको थियो भने […]
११ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्ने उद्देश्यकासाथ तयार गरिएको नेपाल राष्ट्रिय एकद्वार प्रणाली सञ्चालनका लागि तयार भएको छ । अन्तर्राष्ट्रिय व्यापार तथा पारवहनसँग सम्बन्धित सबै पक्षहरुले सम्पूर्ण कागजात तथा सूचनाहरु एकैपटक एउटै बिन्दुबाट प्रस्तुत गर्न सक्ने डिजिटल सेवा केन्द्र आगामी मंगलबारबाट सञ्चालनमा ल्याउने गरी सम्पूर्ण तयारी सकिएको नेपाल राष्ट्रिय एकद्वार प्रणाली परियोजना कार्यान्वयन […]
from समाचार – Online Khabar https://ift.tt/2Ye2gbo
via IFTTT






















