Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

तत्काल संसद बैठक बोलाउन अन्तर पार्टी महिला सञ्जालको माग

१२ माघ, काठमाडौं । अन्तर पार्टी महिला सञ्जालले विघटित प्रतिनिधिसभाको बैठक तत्काल बोलाउन माग गरेको छ । अध्यक्ष सावित्रा भुसालसहितका नेतृहरुले सोमबार सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाउँदै यथाशिघ्र संसद बैठक बोलाउन माग गरेको हुन् । पत्रमा भनिएको छ, ‘प्रतिनिधिसभा विघटनको प्रावधान वर्तमान संविधानमै छैन । तसर्थ संविधान र कानूनी आधारविना गरिएको कथित विघटनको निर्णय […]

हत्याको आशंकामा पशुपतिमा जलाइँदै गरिएको शव प्रहरीद्वारा बरामद

१२ माघ, काठमाडौं । हत्यापछि सुटुक्क अन्त्येष्टि गर्न लागिएको आशंकामा प्रहरीले पशुपति मन्दिर परिसरको राम मन्दिर नजिकबाट सोमबार एकजना महिलाको शव बरामद गरेको छ । महानगरीय प्रहरी वृत्त, गौशालाका डीएसपी जितेन्द्र बस्नेतका अनुसार घटना शंकास्पद देखिएपछि अनुसन्धानका लागि बाराको श्रीपुर घर भएकी ३५ वर्षीया बबिता चौधरीको शव बरामद गरिएको हो । बरामद शवलाई पोष्टमार्टमका लागि […]

कतार प्रहरीमा लैजान अन्तरवार्ता लिएको आशंकामा कल्याण सेक्युरिटीमा छापा

१२ माघ, काठमाडौं । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअघिको म्यानपावर बजारस्थित कल्याण सेक्युरिटी सर्भिस प्रालिमा छापा मागरेको छ । कतार प्रहरीमा अवैध रुपमा पठाउन भन्दै अन्तरवार्ता लिएको सूचनाका आधारमा विभागले छापा मारेको हो । विभागकाअनुसार कतार प्रहरीका लागि अन्तरवार्ता लिइएका २२ जनाको शंकास्पद फारम बरामद भएको छ । म्यानपावर कम्पनीमा अन्तरवार्ता लिँदा छापा मार्ने […]

गन्धर्व संस्कृतिका धरोहर धनबहादुर गायकको निधन   

१२ माघ, पोखरा । यो दाजुको मिरमिरे आँखा कस्तो मेरो बिगार्‍यो दिमाख नरोऊ मायालु… (गायक प्रवीण गुरुङ बिमाकुमारी दुरा, सङ्गीत एवम् रचना धनबहादुर गायक) गन्धर्व संस्कृतिका धरोहर लोककलाकार धनबहादुर गायक निधन भएको छ । गायकको उपचारको क्रममा सोमबार बिहान मनिपाल अस्पताल पोखरामा निधन भएको हो । पोखरा–१६ बाटुलेचौरका गायक ‘यो दाजुको मिरमिरे आँखा’, ‘बेली र […]

‘आरोपपत्र’ फिर्ता लिएर चुनावमा सहभागी हुन सहमत भए पार्टी एकता हुन्छ : पोखरेल

१२ माघ, काठमाडौं । नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले दुई शर्तमा पार्टी एकता हुनसक्ने बतााएका छन् । २३ गते काठमाडौंमा गर्न लागिएको प्रदर्शनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पोखरेलले २८ कात्तिकमा दर्ता भएको ‘आरोप पत्र’ फिर्ता लिन र चुनावमा सहभागी हुन सहमत भए पार्टी एकता हुनसक्ने बताए । ‘अहिले पनि जुन अराजकता सिर्जना गर्न […]

प्रधानमन्त्रीविरुद्ध बालुवाटारमा प्रदर्शन, २६ जना अधिकारकर्मी पक्राउ

१२ माघ, काठमाडौं । केपी ओली नेतृत्वको सरकारले अदालतलाई नै प्रभाव पार्ने दुष्प्रयास गरेको भन्दै मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरुले प्रम ओली आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, ओली सरकार : कीर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, राज्य संयन्त्रको दुरुपयोग बन्द गर लेखिएका […]

संसद विघटनविरुद्ध विवेकशील पार्टीको प्रदर्शन

१२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा विवेकशील पार्टीले प्रदर्शन गरेको छ । पुस ५ गते भएको संसद विघटन असंवैधानिक भएको भन्दै विवेकशीलले सोमबार माइतीघर मण्डलामा विरोध कार्यक्रम गरेको हो । प्रदर्शनकारीहरूले ‘नराम्रो हेर्दिन, नराम्रो सुन्दिन, नराम्रो बोल्दिन, नराम्रो विरुद्ध आवाज उठाउँछु’, ‘यो समय भ्याक्सिनको हो, कूमतिमा नलाग्नुस प्रधानमन्त्रज्यू’ लेखिएको […]

न्यायाधीश मल्लको प्रश्न : संविधानको मनसाय केमा हेर्ने ?

१२ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा वकिलहरुले संविधानसभाका अध्यक्ष र सदस्यको अभिव्यक्तिको जिकिर गरेपछि न्यायाधीशले संविधानको मनसाय के मा हेर्ने भनेर प्रश्न गरेका छन् । सभाध्यक्ष सुवास नेम्वाङ र संविधानसभाका सदस्य अग्नि खरेलले प्राधनमन्त्रीले सनकको भरमा प्रतिनिधिसभा विघटन गर्न नपाइने व्यवस्था गरेको भनेर केही पहिले दिएको अभिव्यक्ति ५ पुसमा प्रतिनिधिसभा भंग भएपछि […]

सर्वसाधारणलाई निषेध गरेर प्रधानमन्त्रीद्वारा राप्ती पुल उदघाटन

१२ माघ, दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले दाङ देउखुरीको राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पक्की पुल उदघाटन गरेका छन् । राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुल प्रधानमन्त्री ओलीले आइतबार मध्याह्न उदघाटन गरेका हुन् । उदघाटन कार्यक्रममा नेकपा ओली समूहका नेता, पत्रकार, सुरक्षाकर्मी र निर्माण कम्पनीका प्रतिनिधिहरुमात्र सहभागी थिए […]

वीरगञ्जमा चिकित्सकका लागि ‘ई–लाइब्रेरी’ सञ्चालनमा

१२ माघ, वीरगञ्ज । वीरगञ्जबाट पीजी तथा एमडीको तयारी गरिरहेका चिकित्सकहरुले अध्ययनका लागि रुम भाडामा लिनु नपर्ने भएको छ । नेपाल चिकित्सक संघ नारायणी शाखाले विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) तथा स्टडी रुम सञ्चालनमा ल्याएपछि उनीहरुले रुम भाडामा लिनु नपर्ने भएको हो । शाखा कार्यालय भवनकै माथिल्लो तलामा ई–लाइब्रेरी तथा स्टडी रुम सञ्चालनमा ल्याइएको छ । जुनियर […]

सिक्किममा भारत–चीन सेनाबीच झडप

१२ माघ, काठमाडौं । भारतको सिक्किमस्थित भारत–चीन सीमाक्षेत्रमा दुई मुलुकका सेनाबीच झडप भएको छ । टाइम्स अफ इन्डियाका अनुसार तीनदिनअघि सिक्किमको नाकुला पासमा उक्त झडप भएको हो । समाचारमा उल्लेख गरिएअनुसार उक्त झडपमा दुवै पक्षका सेनाहरु घाइते भएका छन् । यद्यपि अहिले भने उक्त क्षेत्रको अवस्था सामान्य रहेको समाचारमा उल्लेख छ । भारत–चीन सीमाक्षेत्रमा बेलाबेलामा झडप […]

गुल्मीको मालिकामा २ वटा पक्की पुल शिलान्यास

१२ माघ, गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा २ वटा पक्की पुल बन्ने भएका छन् । गाउँपालिकाको वडानम्बर ३ र ४ को सिमानामा पर्ने सिलादी,घमिर, अर्खावाग, दलिङ्ग, भिमघिटी सडक जोड्ने पुलको शिलान्यास गरिएको छ । गाउँपालिकाको वडा नम्बर-६ अर्जै स्थित अर्जैबेसी खोलामा सिन पक्की पुल शिलान्यास गरिएको छ । फूलबारी, अर्जै, बोम, नेटा, बाग्लुङ सडक खण्ड […]

नेकपा एकताका लागि दबाव दिन प्युठानमा १०१ सदस्यीय कमिटी गठन

१२ माघ, प्युठान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई पुनः एकता गराउने भन्दै उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्ने चर्चा चलिरहेका बेला प्युठानमा कमिटी नै गठन भएको छ । पार्टी एकताका लागि दबाव सिर्जना गर्न भन्दै १०१ सदस्यीय कमिटी गठन गरिएको हो । एकता पक्षधरका अगुवा कार्यकर्ताको भेलाले टिकाबहादुर गुरुङको संयोजकत्वमा कमिटी गठन […]

महोत्तरीमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

१२ माघ, जनकपुरधाम । महोत्तरीको औरही नगरपालिकामा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ४ कठुवारमा सोमबार बिहान ना ८ ख ९८० नम्बरको टिपरले ज ६ प १४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक १९ वर्षीय प्रमोद राम र पछाडि सवार १३ वर्षीय बालक गुड्डु नदाफको मृत्यु भएको महोत्तरी […]

ओलीले गर्ने सभा पञ्च र्‍यालीभन्दा फरक हुन्न : प्रचण्ड

१२ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली समूहले गर्ने भनिएको सभा पञ्च र्‍यालीभन्दा फरक नहुने बताएका छन् । सोमबार प्रदेश २ का नेता–कार्यकर्तालाई सम्बोधन गर्दै उनले आफूहरुको सभापछि प्रधानमन्त्री केपी शर्मा ओलीले साँचो सभा हामी गर्छौं भनेको सुनाए । उनले अघि भने, ‘केपीले जत्रो (सभा) गरेपनि पञ्च र्‍याली भन्दा फरक […]

आन्दोलन कति कति, फेरिएन दुर्गति !

१२ माघ, काठमाडौं । सवारीको जाम भइरहने भन्द्रकालीदेखि रत्नपाकसम्मको बाटो शुक्रबार मान्छेहरुले जाम थियो । खुलामञ्चलाई घेरेको सडकमा सवारी गुड्न छाडेर मान्छेहरुको जाम भयो भने बुझ्नुपर्छ – देशमा केही अनिष्ट भइरहेको छ, या हुँदैछ । वा देशमा केही फेरबदल आउनेवाला छ । इतिहासको पाना पल्टाउने हो भने देखिने चित्र यही हो । शुक्रबार काठमाडौंका नौ […]

प्रचण्ड-माधव समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा, २८ गते काठमाडौंमा वृहत प्रदर्शन

१२ माघ, काठमाडौं । संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । नारायणकाजी श्रेष्ठ नेतृत्वको संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । घोषित कार्यक्रमअनुसार १३ गते काठमाडौंमा सिट्टी जुलुस हुनेछ भने १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना दिइनेछ । […]

गाडीको ठक्करबाट बारामा एक जनाको मृत्यु

१२ माघ, वीरगञ्ज । बारामा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृतक अन्दाजी ५० वर्षीय पुरुषको परिचय खुल्न सकेको छैन । उनी मागेर हिँड्ने मानिस रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । पूर्वपश्चिम राजमार्ग अन्र्तगत बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ आदाभार जंंगलमा उनलाई बिहान नम्बर नखुलेको गाडीले ठक्कर […]

आयोगको निर्णयप्रति प्रचण्ड-माधव समूह असन्तुष्ट, नेम्वाङ भन्छन्- हाम्रो कुरालाई मान्यता दियो

१२ माघ, काठमाडौं । संसद् विघटनसँगै राजनीतिक रुपमा प्रष्ट विभाजित भइसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कानूनी रुपमा फुट्न नमिल्ने निर्वाचन आयोगले निर्णय गरेको छ । आइतबार साँझ आयोगले १७ पृष्ठ लामो निर्णय गर्दै पार्टी विभाजनलाई वैधानिकता दिएन । २०७५ जेठ ३ कै कमिटी कायम रहेको र पुस ५ यताका निर्णयहरुलाई मान्यता नदिएपछि नेकपा प्रचण्ड–माधव समूहले […]

अमेरिकी नाट्यकर्मी भन्छिन् – नेपाली रङ्गमञ्चको पुनर्जागरणले छिट्टै गति लिनेछ

१२ माघ, काठमाडौं । सन् १९९२ मा पहिलो पटक नेपाल आएकी डेबोरा मेरोला सन् २००३ र २०११मा पुनः नौ/नौ महिनाका लागि नेपाल आइन्, अमेरिकी सरकारको फुलब्राइट सांस्कृतिक आदान-प्रदान कार्यक्रमअन्तर्गत । सन् २०११ मा आउँदा उनको एउटा उद्देश्य थियो : काठमाडौँको गुरुकुल नाटकघरसँग मिलेर एउटा नाटक निर्देशन र प्रदर्शन गर्ने । गुरुकुलसँगको अनुभवले उनलाई नेपालप्रति झनै […]

विकासे मन्त्रालयकै पुँजीगत खर्च दयनीय, ६ महिनामा १५ प्रतिशत पनि नाघेन प्रगति

१२ माघ, काठमाडौं । विकास बजेटको ठूलो अंश ओगटेर बसेका मन्त्रालय नै पुँजीगत खर्चमा उदासिन देखिएपछि चालु आर्थिक वर्षमा समेत विकास निर्माणले गति लिन सकेको छैन । अर्थ मन्त्रालयले सरोकारवाला निकाय तथा मन्त्रालयले बजेट कार्यान्वयनमा तत्परता नदेखाउँदा पुँजीगत खर्च अपेक्षित बढ्न नसकेको बताएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक समीक्षा गर्दै अर्थले मन्त्रालयगत […]



from समाचार – Online Khabar https://ift.tt/3og4Ng3
via IFTTT
Powered by Blogger.