समाचार
१३ माघ, काठमाडौं । भारतले आज ७२ औं गणतन्त्र दिवस मनाउँदै छ । गणतन्त्र दिवसको अवसरमा राजपथमा विशेष समारोह आयोजना गरिएको छ । भारतको सैन्य शक्ति, बिभिन्न झाँकीसमेत प्रदर्शन हुने समारोहलाई प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने छन् । दिवसको अवसरमा प्रधानमन्त्री मोदीले ट्वीट गरेर सम्पूर्ण देशवासीलाई बधाई दिएका छन् । २६ जनवरी १९५० मा भारतमा […]
१३ माघ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद विघटनविरुद्धको आन्दोलनबारे छलफल हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने कि अदालतको निर्णय पर्खिने भन्ने अलमलका बीच बस्न लागेको केन्द्रीय समिति बैठकबाट […]
१३ माघ, काठमाडौं । कुनै पनि देशको परराष्ट्र नीतिलाई आन्तरिक नीतिको विस्तारित रुप मानिन्छ । त्यसैले कुनै देशको आन्तरिक राजनीति अस्थिर हुँदाको असर स्वतः वैदेशिक मामिलामा पर्छ । संसद भंग गरी निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयपछि उत्पन्न राजनीतिक संकटसँगै अन्तर्राष्ट्रिय समुदाय ‘पर्ख र हेर’ को नीतिमा छ । भारत, चीन, अमेरिका लगायत मुलुकले […]
१३ माघ, काठमाडौं । नेपाली खेलाडी प्रेरणा कोइराला केन्यामा सोमबारदेखि सुरु जे फोर आइटिएफ टेनिस सर्किट टु अन्तर्गत गर्ल्स सिंगल्सको दोस्रो चरणमा प्रवेश गरेकी छिन् । नैरोबीमा सोमबार भएको पहिलो चरणको खेलमा नेपालकी प्रेरणाले केन्याकी साइनथिया वान्जालालाई ७-५, ७-५ ले पराजित गरिन् । प्रतियोगितामा प्रेरणाले १४औं वरियता प्राप्त गरेकी छिन् । प्रेरणाले अब दोस्रो चरणमा ग्रेट ब्रिटेनकी […]
१२ माघ, काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले गत पुस १२ गते पदभार ग्रहण गर्दै भनेका थिए, ‘म्यानपावर कम्पनीलाई पारदर्शी रुपका काम गर्न भनिने छ । मापदण्ड विपरीत भइरहेका ठगी लगायतका काम रोक्न प्रयास हुन्छ ।’ तर, मन्त्री चौधरीले ठगी रोकेर हैन, अवैध काम गर्ने र ठगीमा संलग्न म्यानपावर कम्पनीलाई […]
१२ माघ, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइमा सोमबार दुईजनाले मात्रै बहस गरे । आइतबार बहस गरेका अधिवक्ता मेघनाथ पोखरेलले सोमबार दुई घण्टा समय लिए । उनीपछि आएका वरिष्ठ अधिवक्ता शम्भु थापाले करिब डेढ घण्टा बहस गरे । थापाको बहस नसकिएपछि मंगलबारका लागि सारिएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले बारम्बार सोध्ने प्रश्न […]
१२ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजनलाई कानूनतः पुरानै अवस्थामा फर्काइदिएको निर्वाचन आयोगले अब केपी ओली पक्ष र प्रचण्ड-माधव पक्षका ५/५ जना शीर्षनेतालाई छलफलका लागि बोलाउने भएको छ । दुबै पक्षका नेताहरुलाई यसैसाता आयोगमा बोलाउन लागिएको हो । आयोगका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘अब केही दिनभित्रै नेकपाका दुबै पक्षका उच्च नेताहरुलाई छलफलका […]
१२ माघ, काठमाडौं । नेकपाका दुबै समूहलाई कानूनी मान्यता नदिने निर्वाचन आयोगको आइतबारको निर्णयलाई आफ्नो जीतका रुपमा केपी ओली पक्षका नेताले विश्लेषण गरेका थिए । तर, सोमबार आयोगको पत्र पढेपछि भने ओली पक्षका नेताहरु केही निराश बने । अर्कोतिर, प्रचण्ड-माधव पक्षका नेता चाहिँ आफ्नो जीत भएको भन्दै उत्साहित देखिए । आयोगले ओलीद्वारा मनोनित करिब एक […]
१२ माघ, काठमाडौं । रामेछाप मन्थलीका विशाल तामाङ आइतबार वैदेशिक रोजगार विभागमा आफू ठगिएको उजुरी लिएर पुगे । ठगी गर्ने म्यानपावर कम्पनीलाई कडा कारवाही गर्दै रकम फिर्ता दिलाउन उजरीमा माग गरिएको थियो । तर, तामाङ पुग्दा विभागको मूल गेटमै म्यानपावर व्यवसायीहरुको ठूलो समूहले चर्को नारा लगाइरहेका थियो, ‘छड्के अनुगमन बन्द गर, सेवा शुल्क वृद्धि गर, […]
१२ माघ, काठमाडौं । सांसदहरुले सन् २०२२ मै नेपाल विकासशील राष्ट्रमा स्तरोन्नती हुन नहुने बताएका छन् । नेपालले सन् २०२२ सम्म अति कम विकसित मुलुकको सूचीबाट विकासशील देशमा स्तरोन्नति हुने प्रतिवद्धता व्यक्त गरेको छ । सोमबार संसदको दिगो विकास तथा सुशासन समितिले विकासशील राष्ट्रमा स्तरोन्नती हुने आधार तयार भएको छ कि छैन ? भन्ने विषयमा […]
१२ माघ, काठमाडौं । सवारीको जाम भइरहने भन्द्रकालीदेखि रत्नपाकसम्मको बाटो शुक्रबार मान्छेहरुले जाम थियो । खुलामञ्चलाई घेरेको सडकमा सवारी गुड्न छाडेर मान्छेहरुको जाम भयो भने बुझ्नुपर्छ – देशमा केही अनिष्ट भइरहेको छ, या हुँदैछ । वा देशमा केही फेरबदल आउनेवाला छ । इतिहासको पाना पल्टाउने हो भने देखिने चित्र यही हो । शुक्रबार काठमाडौंका नौ […]
१२ माघ, काठमाडौं । संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । नारायणकाजी श्रेष्ठ नेतृत्वको संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । घोषित कार्यक्रमअनुसार १३ गते काठमाडौंमा सिट्टी जुलुस हुनेछ भने १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना दिइनेछ । […]
१२ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा निकालिएको नागरिक मार्चमा प्रहरीले हस्तक्षेप गर्दा १२ जना भन्दा धेरै घाइते भएका छन् । प्रधानमन्त्री निवास बालुवाटाबार बाहिर भएको भेलामा सहभागी नागरिकमाथि प्रहरीले प्रहार गरेको लाठी, पानीको फोहोरा हानेको थियो । वृहत् नागरिक आन्दोलनका अनुसार घाइतेमध्ये संघर्ष दाहाल, कुमार बर्तौला, सिएन थारु, स्वर्णिम दिनेश, राम नरेश यादव, प्राध्यापक […]
१२ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध निकालिएको नागरिक मार्चमा प्रहरीले हस्तक्षेप गर्यो । बृहत नागरिक आन्दोलनको आह्वानमा जम्मा भएका नागरिकहरुलाई प्रहरीले लाठी र पानीको पोहोरा हान्यो । नागरिक आन्दोलनमा ऐक्यवद्धता जनाउन पुगेका नेता रघुजी पन्तलाई पनि पटकपटक पानीको पोहोरा लाग्यो । पन्त भन्छन्, आज शान्तिपूर्ण प्रदर्शनमा जसरी प्रहरी दमन भयो, यो अलोकतान्त्रिक छ । यसको […]
१२ माघ, काठमाडौं । स्थानीय विकास साझेदारी कार्यक्रमका लागि सरकारले चालु आर्थिक वर्ष २०७७/७८ का लागि छु्टयाएको ६ अर्ब ६० करोड रुपैयाँमध्ये ६ अर्ब ७ करोड रुपैयाँ सम्बन्धित स्थानीय तहमा बाँडफाँट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआएस)मा अहिलेसम्म ६ अर्ब ७ करोड रुपैयाँ […]
१२ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने कि अदालतको निर्णय पर्खने भन्ने अलमलका बीच नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि मंगलबार बस्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद विघटनविरुद्धको आन्दोलनबारे छलफल हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । तर संसद विघटनविरुद्ध आन्दोलन घोषणा […]
१२ माघ, काठमाडौं । भाटभटेनी पीपलबोटमा उभिएर पत्रकार नारायण वाग्लेले ‘तेस्रो जनआन्दोलन सुरु भएको’ घोषणा गरेपछि नागरिक अभियन्ताको टोली बालुवाटार घेराउ गर्न अघि बढ्यो । तर दुई सय मिटरअगाडि पुग्दा–नपुग्दै प्रहरीले एकाएक लाठी बर्साउन सुरु गर्यो । अग्रमोर्चामा रहेकाहरूले प्रहरी घेरालाई धकेल्दै अघि बढ्ने क्रममा मुठभेड भयो । त्यहीक्रममा युवा अभियन्ता निर्गराज जैशीमाथि प्रहरीले निरन्तर […]
१२ माघ, काठमाडौं । प्रहरीले बालुवाटारमा आयोजित शान्तिपूर्ण विरोध कार्यक्रम गरिरहेका अधिकारकर्मीलाई पक्राउ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकाले अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास, राज्य संयन्त्रको दुरुपयोग, प्रधानमन्त्री/मन्त्रीहरूको आपत्तिजनक अभिव्यक्ति र किर्तेतन्त्रको विरोधमा आयोजित कार्यक्रमबाट २६ जनालाई पक्राउ गरेको मानव अधिकार तथा शान्ति समाजले जनाएको छ । समाजका संस्थापक सभापति कृष्ण पहाडी, […]
१२ माघ, सुर्खेत । चीनबाट अवैधरुपमा भित्र्याइएका मदिरा हुम्ला प्रहरीले बरामद गरेको छ । जिल्लाको खार्पुनाथ गाउँपालिका–४, खार्पुबाट प्रहरीले ठूलो परिमाणमा चीनबाट अवैधरुपमा भित्र्याएका मदिरा बरामद गरेको हो । खार्पुनाथ–५, मुचुबाट सोही गाउँपालिकाको लाँलीतर्फ लैजाँदै गरेको एक सय १० पेटी मदिरा बरामद गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता हरि वाग्लेले जानकारी दिए । प्रवक्ता वाग्लेका […]
१२ माघ, सुर्खेत । नेकपा प्रचण्ड–माधव समूहका नेता कार्यकर्ताले कालीकोटमा गृहमन्त्री रामबहादुर थापाविरुद्ध विरोध प्रदर्शन गरेका छन् । नेकपा ओली समूहले आयोजा गरेको आमसभालाई सम्बोधन गर्न कालीकोट पुगेका गृहमन्त्री थापाविरुद्ध उनीहरुले टायर बालेर प्रदर्शन गरेका हुन् । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृहजिल्ला समेत रहेको कालिकोटमा गृहमन्त्री थापाविरुद्ध कालो झण्डा र कालो बेलुन समेत […]
१२ माघ, जनकपुरधाम । प्रदेश २ मा बुधबारदेखि सुरु हुने कोरोनाविरुद्वको खोप अभियान आठै जिल्लामा एकैसाथ सुरु गरिने भएको छ । प्रदेश २ मा ३४ हजार ८ सय ४ जनालाई खोप लगाउने तयारी गरिएको छ । प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले आठवटै जिल्लाबाट एकै साथ अभियान सुरु गर्ने निर्णय गरेको छ । […]
from समाचार – Online Khabar https://ift.tt/3t6ObLk
via IFTTT






















