Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रेरणा जे फोर आइटिएफ टेनिसको दोस्रो चरणमा

१३ माघ, काठमाडौं । नेपाली खेलाडी प्रेरणा कोइराला केन्यामा सोमबारदेखि सुरु जे फोर आइटिएफ टेनिस सर्किट टु अन्तर्गत गर्ल्स सिंगल्सको दोस्रो चरणमा प्रवेश गरेकी छिन् । नैरोबीमा सोमबार भएको पहिलो चरणको खेलमा नेपालकी प्रेरणाले केन्याकी साइनथिया वान्जालालाई ७-५, ७-५ ले पराजित गरिन् । प्रतियोगितामा प्रेरणाले १४औं वरियता प्राप्त गरेकी छिन् । प्रेरणाले अब दोस्रो चरणमा ग्रेट ब्रिटेनकी […]

श्रममन्त्रीको सेटिङ ! ठगी धन्दावाल म्यानपावरको निलम्वन फुकुवा 

१२ माघ, काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले गत पुस १२ गते पदभार ग्रहण गर्दै भनेका थिए, ‘म्यानपावर कम्पनीलाई पारदर्शी रुपका काम गर्न भनिने छ । मापदण्ड विपरीत भइरहेका ठगी लगायतका काम रोक्न प्रयास हुन्छ ।’ तर, मन्त्री चौधरीले ठगी रोकेर हैन, अवैध काम गर्ने र ठगीमा संलग्न म्यानपावर कम्पनीलाई […]

‘यो इजलासले अर्को प्रधानमन्त्री खोज्ने होइन’

१२ माघ, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइमा सोमबार दुईजनाले मात्रै बहस गरे । आइतबार बहस गरेका अधिवक्ता मेघनाथ पोखरेलले सोमबार दुई घण्टा समय लिए । उनीपछि आएका वरिष्ठ अधिवक्ता शम्भु थापाले करिब डेढ घण्टा बहस गरे । थापाको बहस नसकिएपछि मंगलबारका लागि सारिएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले बारम्बार सोध्ने प्रश्न […]

अनुगमन र कारबाही रोक्न म्यानपावर व्यवसायीको आन्दोलन

१२ माघ, काठमाडौं । रामेछाप मन्थलीका विशाल तामाङ आइतबार वैदेशिक रोजगार विभागमा आफू ठगिएको उजुरी लिएर पुगे । ठगी गर्ने म्यानपावर कम्पनीलाई कडा कारवाही गर्दै रकम फिर्ता दिलाउन उजरीमा माग गरिएको थियो । तर, तामाङ पुग्दा विभागको मूल गेटमै म्यानपावर व्यवसायीहरुको ठूलो समूहले चर्को नारा लगाइरहेका थियो, ‘छड्के अनुगमन बन्द गर, सेवा शुल्क वृद्धि गर, […]

सन् २०२२ मै विकासशील राष्ट्रमा स्तरोन्नती नहुन सुझाव

१२ माघ, काठमाडौं । सांसदहरुले सन् २०२२ मै नेपाल विकासशील राष्ट्रमा स्तरोन्नती हुन नहुने बताएका छन् । नेपालले सन् २०२२ सम्म अति कम विकसित मुलुकको सूचीबाट विकासशील देशमा स्तरोन्नति हुने प्रतिवद्धता व्यक्त गरेको छ । सोमबार संसदको दिगो विकास तथा सुशासन समितिले विकासशील राष्ट्रमा स्तरोन्नती हुने आधार तयार भएको छ कि छैन ? भन्ने विषयमा […]

आन्दोलन कति कति, फेरिएन दुर्गति !

१२ माघ, काठमाडौं । सवारीको जाम भइरहने भन्द्रकालीदेखि रत्नपाकसम्मको बाटो शुक्रबार मान्छेहरुले जाम थियो । खुलामञ्चलाई घेरेको सडकमा सवारी गुड्न छाडेर मान्छेहरुको जाम भयो भने बुझ्नुपर्छ – देशमा केही अनिष्ट भइरहेको छ, या हुँदैछ । वा देशमा केही फेरबदल आउनेवाला छ । इतिहासको पाना पल्टाउने हो भने देखिने चित्र यही हो । शुक्रबार काठमाडौंका नौ […]

प्रचण्ड-माधव समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा, २८ गते काठमाडौंमा वृहत प्रदर्शन

१२ माघ, काठमाडौं । संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । नारायणकाजी श्रेष्ठ नेतृत्वको संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । घोषित कार्यक्रमअनुसार १३ गते काठमाडौंमा सिट्टी जुलुस हुनेछ भने १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना दिइनेछ । […]

निर्वाचन क्षेत्रमा जाने ६ अर्ब ७ करोड बजेट स्थानीय तहमा पठाइयो

१२ माघ, काठमाडौं । स्थानीय विकास साझेदारी कार्यक्रमका लागि सरकारले चालु आर्थिक वर्ष २०७७/७८ का लागि छु्टयाएको ६ अर्ब ६० करोड रुपैयाँमध्ये ६ अर्ब ७ करोड रुपैयाँ सम्बन्धित स्थानीय तहमा बाँडफाँट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआएस)मा अहिलेसम्म ६ अर्ब ७ करोड रुपैयाँ […]

कांग्रेस बैठक भोलि, आन्दोलन घोषणा गर्नुपर्ने पौडेल पक्षको जोड

१२ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने कि अदालतको निर्णय पर्खने भन्ने अलमलका बीच नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि मंगलबार बस्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद विघटनविरुद्धको आन्दोलनबारे छलफल हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । तर संसद विघटनविरुद्ध आन्दोलन घोषणा […]

नागरिक आन्दोलनका घाइते भन्छन् : प्रहरीले नियोजित आक्रमण गर्‍यो

१२ माघ, काठमाडौं । भाटभटेनी पीपलबोटमा उभिएर पत्रकार नारायण वाग्लेले ‘तेस्रो जनआन्दोलन सुरु भएको’ घोषणा गरेपछि नागरिक अभियन्ताको टोली बालुवाटार घेराउ गर्न अघि बढ्यो । तर दुई सय मिटरअगाडि पुग्दा–नपुग्दै प्रहरीले एकाएक लाठी बर्साउन सुरु गर्‍यो । अग्रमोर्चामा रहेकाहरूले प्रहरी घेरालाई धकेल्दै अघि बढ्ने क्रममा मुठभेड भयो । त्यहीक्रममा युवा अभियन्ता निर्गराज जैशीमाथि प्रहरीले निरन्तर […]

बालुवाटारबाट २६ अधिकारकर्मी गिरफ्तार

१२ माघ, काठमाडौं । प्रहरीले बालुवाटारमा आयोजित शान्तिपूर्ण विरोध कार्यक्रम गरिरहेका अधिकारकर्मीलाई पक्राउ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकाले अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास, राज्य संयन्त्रको दुरुपयोग, प्रधानमन्त्री/मन्त्रीहरूको आपत्तिजनक अभिव्यक्ति र किर्तेतन्त्रको विरोधमा आयोजित कार्यक्रमबाट २६ जनालाई पक्राउ गरेको मानव अधिकार तथा शान्ति समाजले जनाएको छ । समाजका संस्थापक सभापति कृष्ण पहाडी, […]

चीनबाट अवैधरुपमा भित्र्याइएका मदिरा बरामद

१२ माघ, सुर्खेत । चीनबाट अवैधरुपमा भित्र्याइएका मदिरा हुम्ला प्रहरीले बरामद गरेको छ । जिल्लाको खार्पुनाथ गाउँपालिका–४, खार्पुबाट प्रहरीले ठूलो परिमाणमा चीनबाट अवैधरुपमा भित्र्याएका मदिरा बरामद गरेको हो । खार्पुनाथ–५, मुचुबाट सोही गाउँपालिकाको लाँलीतर्फ लैजाँदै गरेको एक सय १० पेटी मदिरा बरामद गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता हरि वाग्लेले जानकारी दिए । प्रवक्ता वाग्लेका […]

कालीकोटमा गृहमन्त्रीविरुद्ध प्रदर्शन

१२ माघ, सुर्खेत । नेकपा प्रचण्ड–माधव समूहका नेता कार्यकर्ताले कालीकोटमा गृहमन्त्री रामबहादुर थापाविरुद्ध विरोध प्रदर्शन गरेका छन् । नेकपा ओली समूहले आयोजा गरेको आमसभालाई सम्बोधन गर्न कालीकोट पुगेका गृहमन्त्री थापाविरुद्ध उनीहरुले टायर बालेर प्रदर्शन गरेका हुन् । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृहजिल्ला समेत रहेको कालिकोटमा गृहमन्त्री थापाविरुद्ध कालो झण्डा र कालो बेलुन समेत […]

प्रदेश २ मा ३४ हजारलाई कोरोनाविरुद्धको खोप

१२ माघ, जनकपुरधाम । प्रदेश २ मा बुधबारदेखि सुरु हुने कोरोनाविरुद्वको खोप अभियान आठै जिल्लामा एकैसाथ सुरु गरिने भएको छ । प्रदेश २ मा ३४ हजार ८ सय ४ जनालाई खोप लगाउने तयारी गरिएको छ  । प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले आठवटै जिल्लाबाट एकै साथ अभियान सुरु गर्ने निर्णय गरेको छ । […]

प्रदेश १ मा ३५ हजारलाई कोरोनाविरुद्धको खोप

१२ माघ, विराटनगर । संघीय सरकारले प्रदेश १ का लागि पठाएको कोरोना विरुद्धको भ्याक्सिन विराटनगर आइपुगेको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका प्रशासकीय अधिकृत काशीराज पराजुलीका अनुसार प्रदेश १ मा पहिलो चरणमा ३५ हजार ५७६ जनालाई खोप लगाउने कार्यक्रम छ । विराटनगर आइपुगेको खोप बुधबारबाट लगाउन सुरु गरिने उनले बताए । कुन जिल्लामा […]

इन्स्पेक्टरकै अगाडिबाट थुनुवा भागेपछि…

१२ माघ, काठमाडौं । महानगरीय प्रहरी वृत्त, नागढुंगाले लागूऔषध सम्बन्धी मुद्दामा पक्राउ गरेका थुनुवा प्रहरी अधिकृतकै अगाडिबाट फरार भएका छन् । थानकोटका प्रहरी निरीक्षक रामप्रसाद सापकोटा नेतृत्वको प्रहरी टोलीसँग ललितपुरको पाटन गएका वेला छक्काउँदै सर्लाहीका मोहम्मद इल्ताज भागेका हुन् । अनुसन्धानका क्रममा उनले पाटनमा लागूऔषधको मुख्य कारोबारी रहेको इन्स्पेक्टर सापकोटासहितको टोलीलाई बताएका थिए । त्यसपछि […]

सर्लाहीमा कुखुरा फर्ममा आगलागी

१२ माघ, जनकपुरधाम । सर्लाहीको कौडेना गाउँपालिकास्थित एक कुखुरा फर्ममा आगलागी भएको छ । प्रहरीका अनुसार आगलागीमा परेर ३ हजार चल्ला र २ सय कुखुरा जलेर नष्ट भएको  छ । कोडैना गाउँपालिका वडा नम्बर ३ स्थित केबल साहको मंगलबाबा पोल्ट्री फर्ममा सोमबार बिहान विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा २ सय […]

संसदलाई रङ्गीबिरङ्गी झाँकी देखाउने थलो बनाउनु हुन्न : ओली

१२ माघ, दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई रङ्गीबिरङ्गी झाँकी देखाउने थलो बनाउन नहुने बताएका छन् । नेकपा ओली समूहले दाङमा गरेको आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘ठीक ढंगका प्रतिनिधि छानेनौं भने संसद त झाँकी जस्तो हुन्छ, संसदलाई जनताको साँचो प्रतिनिधिको थलो बनाउनुपर्छ ।’ चुनाव हुन्छ भन्नेमा आशंका नगर्न र प्रचार प्रसारमा लाग्न आग्रह […]

प्रचण्ड–माधवबारे ओलीको टिप्पणी : सिङ फुक्लिएको तिल्के गोरू

१२ माघ, दाङ । काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई सिङ फुक्लेको तिल्के गोरुको संज्ञा दिएका छन् । दाङ पुगेका ओलीले तिल्के गोरुको उदाहरण सुनाउँदै अशान्ति मच्याउने यो समूहसँग क्षमता नभएको बताए । ‘एउटा तिल्के गोरु थियो । त्यो गोरुले अर्को गोरु देख्नै नहुने । झम्टी हाल्ने, सिंगौरी खेल्ने […]

ओली समूहका १०५६ केन्द्रीय सदस्य कानूनतः खारेज

१२ माघ, काठमाडौं । संसद् विघटन गर्ने निर्णयपछि कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ६ मा केन्द्रीय कमिटीको संख्या विस्तार गरेर ११९९ पुर्‍याए । त्यसको भोलिपल्ट आफ्नो समूहको केन्द्रीय कमिटी बैठक राखेर विधान संशोधन गर्दै ओलीले विस्तार गरेको केन्द्रीय कमिटी संख्या अनुमोदन गरियो र निर्वाचन आयोगमा पत्राचार गरियो । पुस २२ मा मातहतको कमिटीलाई पठाइएको […]

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसले जनायो आपत्ति

१२ माघ, काठमाडौं । ‘संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन्‘ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु नैसर्गिक अधिकार भएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएको हो । कांग्रेसका […]



from समाचार – Online Khabar https://ift.tt/36eRgPt
via IFTTT
Powered by Blogger.