Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

भागरथी हत्याको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग

४ फागुन, काठमाडौ । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गरेका छन् । नेविसंघका पूर्वअध्यक्ष समेत रहेका महरले मंगलबार घटनास्थलको अवलोकन, पीडित परिवारसँग भेटघाट, स्थानीय जनप्रतिनिधिसँग छलफल र घटनाका बारेमा प्रहरीले गरेको अनुसन्धानका विषयमा प्रदेश प्रहरी प्रमुखसँग छलफल गर्ने क्रममा सत्यतथ्य […]

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखले गरे वसन्त श्रवण 

४ फागुन, काठमाडौं । आज वसन्त पञ्चमी एवं सरस्वती पूजा । देशभर विद्याकी देवी सरस्वतीको पूजाआजा गरी धुमधामका साथ मनाइँदैछ । आजकै दिनबाट वसन्त ऋतु सुरु हुने विश्वास रहेकोले पनि यसलाई वसन्त पञ्चमी समेत भन्ने गरिन्छ । यसैबीच वसन्त पञ्चमीको अवसरमा काठमाडौंको वसन्तपुरमा वसन्त श्रवण कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, […]

अब म पनि क…लेख्छु है !

४ फागुन, काठमाडौं । आज श्री पञ्चमी । विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ । काठमाडौं उपत्यकाका स्वयम्भू, मैतिदेवी, ललितपुरको लेलेलगायतका मन्दिरमा बिहानैदेखि सरस्वती पूजा गर्नेको घुइँचो छ । आजको दिन बालबालिकाहरुलाई अक्षाराम्भ गराउने चलन भएकोले अभिभावकहरु बालबालिकालाई लिएर मन्दिर पुगेका छन् । बालबालिकाले मन्दिरको भित्तामा लेखेर अक्षाराम्भ गरेका छन् । आजको दिन […]

भागरथीका हत्यारालाई कानुनी दायरामा ल्याउन महिला कानुन व्यवसायीको माग

४ फागुन, काठमाडौं । कानुन व्यवसायी महिलाहरुले बलात्कारपछि हत्या गरिएका भागरथी भट्ट र निर्मला पन्तलगायतका हत्यारालाई कानुनी दायरामा ल्याउन गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । बलात्कारलगायत महिला हिंसा, अपराध नियन्त्रण र सरकारको जाफदेहिता सम्बन्धमा वक्तव्य जारी गर्दै उनीहरुले यस्ता जघन्य अपराधका घटनाको प्रभावकारी अनुसन्धान गरी पीडितलाई शीघ्र न्याय दिन गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराएका हुन् । […]

धनुषामा महिला मृत फेला, श्रीमान भने फरार

४ फागुन, जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा मंगलबार एकजना महिला मृत अवस्थामा फेला परेकी छन् । कमला नगरपालिका-२ माचिझिटकैयामा अन्दाजी ३५ वर्षकी संगीतादेवी गडेरी राउत मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी बिहानै घर नजिकैको खेतमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले जानकारी दिए । मृतक महिलाको […]

आयोग नै चुनावको पक्षमा नरहेको पूर्वप्रमुख निर्वाचन आयुक्त यादवको आरोप

४ फागुन, काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन आयोग नै चुनावको पक्षमा नरहेको आरोप लगाएका छन् । आयोगकै कारण अब वैशाख १७ र २७ का लागि तोकिएको चुनाव लगभग असम्भव रहेको उनको भनाइ छ । हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै डा. यादवले नेकपामा देखिएको विवाद समाधानमा सक्रियता नदेखाएका कारण […]

प्रदेश सरकारका अप्ठ्यारा : कानुनी अड्चन, असीमित आकांक्षा

लामो संघर्ष र बलीदानीबाट प्राप्त संघीयताको मर्म अनुसार प्रदेश सरकार गठन हुँदा शून्यमा थियौं । कानुन, संरचना, कर्मचारी केही पनि थिएनन् । फागुनमा सरकार गठनपछि हामीले यस्तो अवस्थामा नीति तथा कार्यक्रम ल्यायौं । जम्मा २ अर्बको बजेट प्रस्तुत गर्‍यौं । कति बजेट भन्नुभन्दा पनि त्यो हाम्रो जग थियो । प्रदेश सरकार कुन बाटो हिँड्छ भन्ने […]

७ महिनामै सेयर लगानीकर्ताको पुँजी १६ खर्बले बढ्यो

४ फागुन, काठमाडौैं । लामो समय ठूलो परिमाणमा घट्दै आएको सेयर बजारको पुँजीकरण पछिल्लो ७ महिनामा भने उल्लेख्य वृद्धि भएको छ । सेयर लगानीकर्ताहरुको पुँजी ७ महिनामा १६ खर्ब भन्दा धेरैले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार चालु आर्थिक वर्षको७ महिनामा सेयर बजारको पुँजीकरण १६ खर्ब १३ अर्ब ४१ करोड रुपैयाँले बढेको हो […]

‘प्रधानमन्त्रीले भ्रष्टाचार रोकेको खुट्टी देखेरै पत्याएँ’

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षमा आफूले गरेको कामको विवरण प्रस्तुत गर्ने क्रममा भ्रष्टाचार रोक्ने प्रतिवद्धता पुनः दोहोर्‍याउनुभयो । ‘म आफू भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ, दूराचारी र दूराचार, भ्रष्ट र भ्रष्टचारका सन्दर्भमा मुखमा पानी हालेर बोल्ने मेरो बानी छैन । जो जतिसुकै उच्च ओहोदावाल होस् या कथित पहुँचवाला, तिनको मुख हेरेर सजाय […]

संसद विघटनबारे प्रधानमन्त्रीको विरोधाभाषपूर्ण ‘बयान’

४ फागुन, काठमाडौं । संसदले सरकारलाई काम गर्न नदिएका कारण प्रतिनिधिसभा विघटन गरेको बताउँदै आएका प्रधानमन्त्री ओलीले सोमबारको सम्वोधनमा केही विरोधाभाषपूर्ण अभिव्यक्ति दिएका छन् । उनले आफूलाई संसदबाट कुनै चुनौती नभएको र तीन वर्षको अवधिमा सरकारले उल्लेख्य काम गरेको बताएका छन् । सरकार गठनको तीन वर्ष पूरा भएको उपलक्ष्यमा सोमबार सिंहदरबारमा आयोजित प्रेस ब्रिफिङमा प्रधानमन्त्री […]

‘अब नगद कारोबारमा शुल्क र डिजिटलमा निःशुल्क गर्नुपर्छ’

४ फागुन, काठमाडौं । पछिल्लो समय बैंकहरुले क्यूआर कोड बोकेर तरकारी बजार चहारिरहेका छन् । माघ पहिलो साता सानिमा बैंकले नक्सालको तरकारी बजारमा क्यूआर पेमेन्टको सुरुआत गर्‍यो। प्रभु बैंकले कालिमाटी फलफूल तथा तरकारी बजार, ग्लोबल आइएमई बैंकले बल्खु तरकारी बजार र नबिल बैंकले कुलेश्वर फलफूल बजारमा क्यूआर पेमेन्ट सुरु गरे । राष्ट्र बैंकका गभर्नर महाप्रसाद […]

शान्तिपूर्ण राजनीतिमै रहन्छु, अतिवादमा जान्नँ : प्रचण्ड

४ फागुन, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू शान्तिपूर्ण राजनीतिमै रहने र अतिवादमा नजाने बताएका छन् । चितवनको भरतपुरमा बन्दै गरेको सिटी हलको स्थलगत अनुगमनपछि आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा प्रचण्डले सो धारणा राखेका हुन् । असंवैधानिक र अलोतान्त्रिक ढंगले चुनाव गराए देश अराजकताको भूमरीमा फस्ने र अतिवाद […]

विद्यालयमा ‘जंक फुड’ निषेध, सरकारले तोक्यो ६० प्रकारका ‘मेनु’

४ फागुन, काठमाडौं । सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जंक फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जंक फुड’ खुवाउन निषेध गरिएको छ । केन्द्रले स्थानीयस्तरमा उत्पादन हुने खानेकुरालाई […]

गण्डकी सरकारको ३ वर्ष : योजनामै सीमित

४ फागुन, पोखरा । २०७४ साल फागुन ४ मुख्यमन्त्रीको सपथ खाएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको पहिलो मन्त्रिपरिषद बैठकले निर्णय गर्‍यो, ‘२ वर्षभित्रै सबै घरधुरीमा खानेपानी र बिजुली पुर्‍याउँछौं ।’ आज सरकार गठन भएको ठ्याक्र्क ३ वर्ष पूरा भएको छ । सरकारले २ वर्षमा पूरा गर्ने भनेको लक्ष्य भने अझै पूरा गर्न सकेको छैन । […]

कांग्रेसको विरोध प्रदर्शन : नेतैपिच्छे फरक राजनीतिक लाइन

४ फागुन, काठमाडौं । राजनीतिक दलले किन विरोध प्रदर्शनका कार्यक्रम आयोजना गर्छन् ? सामान्यतया कुनै पनि विषयमा राज्य र गैरराज्यले पक्षले लिएका कुनै निर्णय वा गतिविधिको विरोध गर्न । जनतालाई आफ्नो कुरा भनेर आफ्नो पक्षमा समर्थन जुटाउन अनि आवश्यक परेमा आन्दोलनका लागि जनतालाई उत्प्रेरित गर्न । अनि कुनै पनि राजनीतिक घटनाक्रमको बारेमा पार्टीको राजनीतिक लाइन […]

पञ्चायतको जुठोबाट जन्मेको कम्युनिस्टसँग कांग्रेसको कदापी सहकार्य हुँदैन : बस्नेत

४ फागुन, काठमाडौं । नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कम्युनिस्ट पार्टीसँग कदापी सहकार्य र समझदारी हुन नसक्ने बताएका छन् । ‘पञ्चायतको गर्भबाट जन्मेको, पञ्चायतको जुठोबाट जन्मेको कम्युनिस्ट पार्टीसँग नेपाली कांग्रेसको कदापी सहकार्य हुन सक्दैन,’ अध्यक्ष बस्नेतले भने । उनले यो धारणा सोमबार ललितपुरको लगनखेलमा आयोजित विरोधसभामा राखेका हुन् । ‘बन्दुक लिएको […]

संसद विघटन : आजबाट एमिकस क्युरीको राय

४ फागुन, काठमाडौं । संसद विघटनका विषयमा राय लिन सर्वोच्च अदालतले गठन गरेको एमिकस क्युरीले आजबाट राय दिने छ । संसद विघटनविरुद्ध परेका रिटहरुमा पक्ष-विपक्षका वकिलहरुको बहस सकिएपछि आजबाट एमिकस क्युरीको बहस सुरु हुन लागेको हो । एमिकस क्युरी सर्वोच्च अदालतको सहयोगी हो । कुनै मुद्दाका विषयमा राय लिनुपरेमा सर्वोच्चले एमिकस क्युरी गठन गर्ने गर्दछ […]

हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् : प्रधानमन्त्री

४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने कामना गरेका छन् । वसन्त पञ्चमी (श्रीपञ्चमी) तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उनले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने कामना गरेका हुन् । प्रधानमन्त्री ओलीले […]

आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरेर मनाइँदै

४ फागुन, काठमाडौं । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आˆना कला-साधनाका वस्तु […]

शिक्षक श्रेष्ठ हत्या प्रकरण : विप्लवसहित ४२ जनाविरुद्ध अपहरण र ज्यान मुद्दा

३ फागुन, विराटनगर । मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठ हत्या प्रकरणमा प्रतिबन्धित विप्लव समूहका ४२ जना नेता तथा कार्यकर्ताविरुद्ध जिल्ला अदालत मोरङमा अपहरण र कर्तब्य ज्यान मुद्दा दर्ता भएको छ । मिक्लाजुङ गाउँपालिका – १ को सरस्वती आधरभूत विद्यालयका प्रधानध्यापक ५३ वषर्ीय श्रेष्ठको २३ मंसिरमा अपहरणपछि घाटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । […]

अभिव्यक्ति स्वतन्त्रता नियन्त्रित गर्ने चक्रव्यूह अस्वीकार्य

३ फागुन, काठमाडौं । अदालतको अवहेलना मुद्दा खेपेका चार पूर्वप्रधानन्यायाधीशले अभिव्यक्ति स्वतन्त्रता नियन्त्रित गर्ने चक्रव्यूह रचिए स्वीकार्य नहुने बताएका छन् । साथै प्रतिनिधिसभा विघटन गैरसंवैधानिक हो भनी जारी गरेको विज्ञप्तिमा आफूहरुको प्रतिवद्धता कायमै रहेको भन्दै उनीहरुले आफूहरुविरुद्ध परेको मुद्दालाई संवैधानिक इजलासमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्धासँगै राखेर सुनुवाइ गरेपनि आपत्ति नहुने बताएका छन् । संसद विघटनबारे […]



from समाचार – Online Khabar https://ift.tt/2N2Eiy8
via IFTTT
Powered by Blogger.