समाचार
४ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई समूहका विद्यार्थी बीच रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा झडप भएको छ । सरस्वती पूजाको विषयमा विवाद हुँदा नेकपा ओली समूह र प्रचण्ड-माधव समूहका विद्यार्थीबीच झडप भएको हो । झडपमा परी प्रचण्ड–माधव समूहका एकजना विद्यार्थी घाइते भएका छन् । कुटपिटमा परी दीपक बस्नेतको दाँत भाँचिएको क्याम्पसका स्ववियू […]
४ फागुन, काठमाडौं । उत्कृष्ट लयमा रहेको क्रिकेट करियर चोटका कारण चौपट भयो । निरन्तरको प्रयासका बाबजुद राष्ट्रिय टिममा फर्कन नसकेपछि व्यवसाय गर्न खोजे, त्यहाँ त खाँदै नखाएको विष लागेझैँ भयो । माघमा भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितासँगै उनले फेरि नेपालका लागि खेल्ने सपना देख्न थालेका छन् । उनी अर्थात् पृथु बास्कोटा । झण्डै […]
३ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न व्यक्ति नजिक प्रहरी पुगेको बताएका छन् । सर्वोच्च अदालत, बार एशोसिएसन, महिला समितिले ज्ञापन पत्र बुझाएपछि संक्षिप्त कुरा गर्दै थापाले प्रहरी घटनाको दोषी नजिक पुगेको बताएका हुन् । उनले भनेका छन्, ‘घटनाको दोषीलाई छिट्टै कानुनी कठघरामा उभ्याउने प्रतिबद्धतासमेत […]
४ फागुन, काठमाडौ । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गरेका छन् । नेविसंघका पूर्वअध्यक्ष समेत रहेका महरले मंगलबार घटनास्थलको अवलोकन, पीडित परिवारसँग भेटघाट, स्थानीय जनप्रतिनिधिसँग छलफल र घटनाका बारेमा प्रहरीले गरेको अनुसन्धानका विषयमा प्रदेश प्रहरी प्रमुखसँग छलफल गर्ने क्रममा सत्यतथ्य […]
४ फागुन, काठमाडौं । आज वसन्त पञ्चमी एवं सरस्वती पूजा । देशभर विद्याकी देवी सरस्वतीको पूजाआजा गरी धुमधामका साथ मनाइँदैछ । आजकै दिनबाट वसन्त ऋतु सुरु हुने विश्वास रहेकोले पनि यसलाई वसन्त पञ्चमी समेत भन्ने गरिन्छ । यसैबीच वसन्त पञ्चमीको अवसरमा काठमाडौंको वसन्तपुरमा वसन्त श्रवण कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, […]
४ फागुन, काठमाडौं । आज श्री पञ्चमी । विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ । काठमाडौं उपत्यकाका स्वयम्भू, मैतिदेवी, ललितपुरको लेलेलगायतका मन्दिरमा बिहानैदेखि सरस्वती पूजा गर्नेको घुइँचो छ । आजको दिन बालबालिकाहरुलाई अक्षाराम्भ गराउने चलन भएकोले अभिभावकहरु बालबालिकालाई लिएर मन्दिर पुगेका छन् । बालबालिकाले मन्दिरको भित्तामा लेखेर अक्षाराम्भ गरेका छन् । आजको दिन […]
४ फागुन, काठमाडौं । कानुन व्यवसायी महिलाहरुले बलात्कारपछि हत्या गरिएका भागरथी भट्ट र निर्मला पन्तलगायतका हत्यारालाई कानुनी दायरामा ल्याउन गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । बलात्कारलगायत महिला हिंसा, अपराध नियन्त्रण र सरकारको जाफदेहिता सम्बन्धमा ज्ञापनपत्र बुझाउँदै उनीहरुले यस्ता जघन्य अपराधका घटनाको प्रभावकारी अनुसन्धान गरी पीडितलाई शीघ्र न्याय दिन गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराएका हुन् । नेपाल […]
४ फागुन, जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा मंगलबार एकजना महिला मृत अवस्थामा फेला परेकी छन् । कमला नगरपालिका-२ माचिझिटकैयामा अन्दाजी ३५ वर्षकी संगीतादेवी गडेरी राउत मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी बिहानै घर नजिकैको खेतमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले जानकारी दिए । मृतक महिलाको […]
४ फागुन, काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन आयोग नै चुनावको पक्षमा नरहेको आरोप लगाएका छन् । आयोगकै कारण अब वैशाख १७ र २७ का लागि तोकिएको चुनाव लगभग असम्भव रहेको उनको भनाइ छ । हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै डा. यादवले नेकपामा देखिएको विवाद समाधानमा सक्रियता नदेखाएका कारण […]
लामो संघर्ष र बलीदानीबाट प्राप्त संघीयताको मर्म अनुसार प्रदेश सरकार गठन हुँदा शून्यमा थियौं । कानुन, संरचना, कर्मचारी केही पनि थिएनन् । फागुनमा सरकार गठनपछि हामीले यस्तो अवस्थामा नीति तथा कार्यक्रम ल्यायौं । जम्मा २ अर्बको बजेट प्रस्तुत गर्यौं । कति बजेट भन्नुभन्दा पनि त्यो हाम्रो जग थियो । प्रदेश सरकार कुन बाटो हिँड्छ भन्ने […]
४ फागुन, काठमाडौैं । लामो समय ठूलो परिमाणमा घट्दै आएको सेयर बजारको पुँजीकरण पछिल्लो ७ महिनामा भने उल्लेख्य वृद्धि भएको छ । सेयर लगानीकर्ताहरुको पुँजी ७ महिनामा १६ खर्ब भन्दा धेरैले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार चालु आर्थिक वर्षको७ महिनामा सेयर बजारको पुँजीकरण १६ खर्ब १३ अर्ब ४१ करोड रुपैयाँले बढेको हो […]
प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षमा आफूले गरेको कामको विवरण प्रस्तुत गर्ने क्रममा भ्रष्टाचार रोक्ने प्रतिवद्धता पुनः दोहोर्याउनुभयो । ‘म आफू भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ, दूराचारी र दूराचार, भ्रष्ट र भ्रष्टचारका सन्दर्भमा मुखमा पानी हालेर बोल्ने मेरो बानी छैन । जो जतिसुकै उच्च ओहोदावाल होस् या कथित पहुँचवाला, तिनको मुख हेरेर सजाय […]
४ फागुन, काठमाडौं । संसदले सरकारलाई काम गर्न नदिएका कारण प्रतिनिधिसभा विघटन गरेको बताउँदै आएका प्रधानमन्त्री ओलीले सोमबारको सम्वोधनमा केही विरोधाभाषपूर्ण अभिव्यक्ति दिएका छन् । उनले आफूलाई संसदबाट कुनै चुनौती नभएको र तीन वर्षको अवधिमा सरकारले उल्लेख्य काम गरेको बताएका छन् । सरकार गठनको तीन वर्ष पूरा भएको उपलक्ष्यमा सोमबार सिंहदरबारमा आयोजित प्रेस ब्रिफिङमा प्रधानमन्त्री […]
४ फागुन, काठमाडौं । पछिल्लो समय बैंकहरुले क्यूआर कोड बोकेर तरकारी बजार चहारिरहेका छन् । माघ पहिलो साता सानिमा बैंकले नक्सालको तरकारी बजारमा क्यूआर पेमेन्टको सुरुआत गर्यो। प्रभु बैंकले कालिमाटी फलफूल तथा तरकारी बजार, ग्लोबल आइएमई बैंकले बल्खु तरकारी बजार र नबिल बैंकले कुलेश्वर फलफूल बजारमा क्यूआर पेमेन्ट सुरु गरे । राष्ट्र बैंकका गभर्नर महाप्रसाद […]
४ फागुन, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू शान्तिपूर्ण राजनीतिमै रहने र अतिवादमा नजाने बताएका छन् । चितवनको भरतपुरमा बन्दै गरेको सिटी हलको स्थलगत अनुगमनपछि आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा प्रचण्डले सो धारणा राखेका हुन् । असंवैधानिक र अलोतान्त्रिक ढंगले चुनाव गराए देश अराजकताको भूमरीमा फस्ने र अतिवाद […]
४ फागुन, काठमाडौं । सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जंक फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जंक फुड’ खुवाउन निषेध गरिएको छ । केन्द्रले स्थानीयस्तरमा उत्पादन हुने खानेकुरालाई […]
४ फागुन, पोखरा । २०७४ साल फागुन ४ मुख्यमन्त्रीको सपथ खाएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको पहिलो मन्त्रिपरिषद बैठकले निर्णय गर्यो, ‘२ वर्षभित्रै सबै घरधुरीमा खानेपानी र बिजुली पुर्याउँछौं ।’ आज सरकार गठन भएको ठ्याक्र्क ३ वर्ष पूरा भएको छ । सरकारले २ वर्षमा पूरा गर्ने भनेको लक्ष्य भने अझै पूरा गर्न सकेको छैन । […]
४ फागुन, काठमाडौं । राजनीतिक दलले किन विरोध प्रदर्शनका कार्यक्रम आयोजना गर्छन् ? सामान्यतया कुनै पनि विषयमा राज्य र गैरराज्यले पक्षले लिएका कुनै निर्णय वा गतिविधिको विरोध गर्न । जनतालाई आफ्नो कुरा भनेर आफ्नो पक्षमा समर्थन जुटाउन अनि आवश्यक परेमा आन्दोलनका लागि जनतालाई उत्प्रेरित गर्न । अनि कुनै पनि राजनीतिक घटनाक्रमको बारेमा पार्टीको राजनीतिक लाइन […]
४ फागुन, काठमाडौं । नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कम्युनिस्ट पार्टीसँग कदापी सहकार्य र समझदारी हुन नसक्ने बताएका छन् । ‘पञ्चायतको गर्भबाट जन्मेको, पञ्चायतको जुठोबाट जन्मेको कम्युनिस्ट पार्टीसँग नेपाली कांग्रेसको कदापी सहकार्य हुन सक्दैन,’ अध्यक्ष बस्नेतले भने । उनले यो धारणा सोमबार ललितपुरको लगनखेलमा आयोजित विरोधसभामा राखेका हुन् । ‘बन्दुक लिएको […]
४ फागुन, काठमाडौं । संसद विघटनका विषयमा राय लिन सर्वोच्च अदालतले गठन गरेको एमिकस क्युरीले आजबाट राय दिने छ । संसद विघटनविरुद्ध परेका रिटहरुमा पक्ष-विपक्षका वकिलहरुको बहस सकिएपछि आजबाट एमिकस क्युरीको बहस सुरु हुन लागेको हो । एमिकस क्युरी सर्वोच्च अदालतको सहयोगी हो । कुनै मुद्दाका विषयमा राय लिनुपरेमा सर्वोच्चले एमिकस क्युरी गठन गर्ने गर्दछ […]
४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने कामना गरेका छन् । वसन्त पञ्चमी (श्रीपञ्चमी) तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उनले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने कामना गरेका हुन् । प्रधानमन्त्री ओलीले […]
from समाचार – Online Khabar https://ift.tt/2LSpCki
via IFTTT






















