Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

अब कक्षा १० मा पनि भर्ना हुन पाइने

४ फागुन, काठमाडौं । सरकारले कक्षा १० मा पनि भर्ना हुन पाइने व्यवस्था गरेको छ । शिक्षा नियमावलीको नवौं संशोधन गरेर कक्षा ९ मा भर्ना भएर रजिस्ट्रेसन फाराम भरेपछि त्यही विद्यालयबाट एसईई (माध्यमिक शिक्षा परीक्षा) दिनु पर्ने प्रावधान हटाएको हो । मूल नियमावलीको ८० मा ‘…महामारी वा यस्तै अन्य विपद्का कारण पठन पाठन अवरुद्ध भई […]

झापामा पुरुषमाथि करणी, कानुन नहुँदा छुटे आरोपी

४ फागुन, विराटनगर । झापामा पुरुषमाथि अप्राकृतिक करणी भएको छ । कनकाई नगरपालिका–७ बिरीङ खोला किनारमा स्थानीय ३० वर्षीय पुरुषमाथि अप्राकृतिक करणी भएको हो । घटनापछि पीडित पुरुष उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल भर्ना भएका छन् । घटना शनिबारको हो । करणीमा संलग्न भएको आरोपमा प्रहरीले कनकाई नगरपालिका ६ निवासी १९ वर्षीय पारस तामाङ र […]

बैंकिङले उचाल्यो नेप्से परिसूचक, बजार बढे पनि अधिकांशको सेयर मूल्य घट्यो

४ फागुन, काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । दिनभर भएको तीव्र उचारचढाव पछि अन्तत सेयर कारोबार माकक नेप्से परिसूचक बढेर बन्द भएको छ । १५ दशमलव ५० प्रतिशतले बढेर नेप्से परिसूचक २ हजार ६ सय १ दशमलव ५१ अंकमा पुगेर रोकिएको छ । उता क वर्गका कम्पनीहरुको सेयर कारोबार मापन […]

फागुन ७ र ८ गते स्याङ्जामा आलु महोत्सव हुने   

४ फागुन, वालिङ । स्याङ्जाको भीरकोट– ५ पकानमा प्रथम आलु महोत्सव हुने भएको छ ।आलु खेतीका लागि उर्वरभूमिका रुपमा चिनिएका सो स्थानमा यही फागुन ७ र ८ गते महोत्सव हुने जनाइएको छ । क्षेत्रीय कृषि निर्देशनालय पोखरा, कृषि ज्ञान केन्द्र स्याङ्जा, भीरकोट नगरपालिका र स्थानीय महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा महोत्सव हुन लागेको […]

अमित शाहको भनाइप्रति नेपालले गरायो भारतको ध्यानाकर्षण

४ फागुन, काठमाडौं । भारतीय गृहमन्त्री अमित शाहले नेपालको सम्बन्धमा दिएको भनिएको आपत्तिजनक अभिव्यक्तिप्रति नेपालले भारतको ध्यानाकर्षण गराएको छ । भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यले हालै भारतीय विदेश मन्त्रालयका अधिकारीहरुसँगको भेटमा सो कुरा उठाएको समाचार स्रोतले बतायो । भारतीय विदेश मन्त्रालयले यस विषयमा के भएको हो बुझ्ने काम भइरहेको जवाफ दिएको छ । शाहले […]

प्रधानमन्त्रीविरुद्ध अश्लील नारा लगाएको आरोपमा कांग्रेस कार्यकर्ता पक्राउ

४ फागुन, काठमाडौं । प्युठानमा सरकारविरुद्ध भएको प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अश्लील गालीगलौज गरेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेता पुनराम खत्री र कार्यकर्ता सागर जिएम छन् । जिल्ला प्रहरी कार्यालय, प्युठानका प्रमुख डीएसपी सुनिल मल्लका अनुसार दुई जनाले अश्लील नारा लगाएको […]

आरआर क्याम्पसमा ओली र प्रचण्ड-माधव समूहका विद्यार्थीबीच झडप

४ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई समूहका विद्यार्थी बीच रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा झडप भएको छ । सरस्वती पूजाको विषयमा विवाद हुँदा नेकपा ओली समूह र प्रचण्ड-माधव समूहका विद्यार्थीबीच झडप भएको हो । झडपमा परी प्रचण्ड–माधव समूहका एकजना विद्यार्थी घाइते भएका छन् । कुटपिटमा परी दीपक बस्नेतको दाँत भाँचिएको क्याम्पसका स्ववियू […]

‘फेरि नेपाल टिमबाट खेल्न चाहन्छु’

४ फागुन, काठमाडौं । उत्कृष्ट लयमा रहेको क्रिकेट करियर चोटका कारण चौपट भयो । निरन्तरको प्रयासका बाबजुद राष्ट्रिय टिममा फर्कन नसकेपछि व्यवसाय गर्न खोजे, त्यहाँ त खाँदै नखाएको विष लागेझैँ भयो । माघमा भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितासँगै उनले फेरि नेपालका लागि खेल्ने सपना देख्न थालेका छन् । उनी अर्थात् पृथु बास्कोटा । झण्डै […]

भागरथी प्रकरणको दोषी नजिक प्रहरी पुगिसक्यो : गृहमन्त्री थापा

३ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न व्यक्ति नजिक प्रहरी पुगेको बताएका छन् । सर्वोच्च अदालत, बार एशोसिएसन, महिला समितिले ज्ञापन पत्र बुझाएपछि संक्षिप्त कुरा गर्दै थापाले प्रहरी घटनाको दोषी नजिक पुगेको बताएका हुन् । उनले भनेका छन्, ‘घटनाको दोषीलाई छिट्टै कानुनी कठघरामा उभ्याउने प्रतिबद्धतासमेत […]

भागरथी हत्याको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग

४ फागुन, काठमाडौ । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गरेका छन् । नेविसंघका पूर्वअध्यक्ष समेत रहेका महरले मंगलबार घटनास्थलको अवलोकन, पीडित परिवारसँग भेटघाट, स्थानीय जनप्रतिनिधिसँग छलफल र घटनाका बारेमा प्रहरीले गरेको अनुसन्धानका विषयमा प्रदेश प्रहरी प्रमुखसँग छलफल गर्ने क्रममा सत्यतथ्य […]

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखले गरे वसन्त श्रवण 

४ फागुन, काठमाडौं । आज वसन्त पञ्चमी एवं सरस्वती पूजा । देशभर विद्याकी देवी सरस्वतीको पूजाआजा गरी धुमधामका साथ मनाइँदैछ । आजकै दिनबाट वसन्त ऋतु सुरु हुने विश्वास रहेकोले पनि यसलाई वसन्त पञ्चमी समेत भन्ने गरिन्छ । यसैबीच वसन्त पञ्चमीको अवसरमा काठमाडौंको वसन्तपुरमा वसन्त श्रवण कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, […]

‘संविधानमा एउटा लेख्या छ, अर्को होला भन्न पाइन्न’

४ फागुन, काठमाडौं । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रतिनिधिसभा विघटनको मुद्धामा फैसला गर्दा संविधानमा के लेखेको छ, त्यतिमात्र हेनुपर्ने बताएका छन् । संवैधानिक इजलासमा मंगलबारदेखि सुरु भएको एमिकस क्युरीको राय लिने क्रममा वरिष्ठ अधिवक्ता कार्कीले जसले संविधान बनाए, उनीहरु संविधान दुर्घटनामा पर्‍यो भनेर सडक आन्दोलनमा रहेको बताए । यस्तो स्थितिमा ५ जना (संवैधानिक इजलास)ले निर्णय […]

अब म पनि क…लेख्छु है !

४ फागुन, काठमाडौं । आज श्री पञ्चमी । विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ । काठमाडौं उपत्यकाका स्वयम्भू, मैतिदेवी, ललितपुरको लेलेलगायतका मन्दिरमा बिहानैदेखि सरस्वती पूजा गर्नेको घुइँचो छ । आजको दिन बालबालिकाहरुलाई अक्षाराम्भ गराउने चलन भएकोले अभिभावकहरु बालबालिकालाई लिएर मन्दिर पुगेका छन् । बालबालिकाले मन्दिरको भित्तामा लेखेर अक्षाराम्भ गरेका छन् । आजको दिन […]

भागरथीका हत्यारालाई कानुनी दायरामा ल्याउन महिला कानुन व्यवसायीको माग

४ फागुन, काठमाडौं । कानुन व्यवसायी महिलाहरुले बलात्कारपछि हत्या गरिएका भागरथी भट्ट र निर्मला पन्तलगायतका हत्यारालाई कानुनी दायरामा ल्याउन गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । बलात्कारलगायत महिला हिंसा, अपराध नियन्त्रण र सरकारको जाफदेहिता सम्बन्धमा ज्ञापनपत्र बुझाउँदै उनीहरुले यस्ता जघन्य अपराधका घटनाको प्रभावकारी अनुसन्धान गरी पीडितलाई शीघ्र न्याय दिन गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराएका हुन् । नेपाल […]

धनुषामा महिला मृत फेला, श्रीमान भने फरार

४ फागुन, जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा मंगलबार एकजना महिला मृत अवस्थामा फेला परेकी छन् । कमला नगरपालिका-२ माचिझिटकैयामा अन्दाजी ३५ वर्षकी संगीतादेवी गडेरी राउत मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी बिहानै घर नजिकैको खेतमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले जानकारी दिए । मृतक महिलाको […]

आयोग नै चुनावको पक्षमा नरहेको पूर्वप्रमुख निर्वाचन आयुक्त यादवको आरोप

४ फागुन, काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन आयोग नै चुनावको पक्षमा नरहेको आरोप लगाएका छन् । आयोगकै कारण अब वैशाख १७ र २७ का लागि तोकिएको चुनाव लगभग असम्भव रहेको उनको भनाइ छ । हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै डा. यादवले नेकपामा देखिएको विवाद समाधानमा सक्रियता नदेखाएका कारण […]

प्रदेश सरकारका अप्ठ्यारा : कानुनी अड्चन, असीमित आकांक्षा

लामो संघर्ष र बलीदानीबाट प्राप्त संघीयताको मर्म अनुसार प्रदेश सरकार गठन हुँदा शून्यमा थियौं । कानुन, संरचना, कर्मचारी केही पनि थिएनन् । फागुनमा सरकार गठनपछि हामीले यस्तो अवस्थामा नीति तथा कार्यक्रम ल्यायौं । जम्मा २ अर्बको बजेट प्रस्तुत गर्‍यौं । कति बजेट भन्नुभन्दा पनि त्यो हाम्रो जग थियो । प्रदेश सरकार कुन बाटो हिँड्छ भन्ने […]

७ महिनामै सेयर लगानीकर्ताको पुँजी १६ खर्बले बढ्यो

४ फागुन, काठमाडौैं । लामो समय ठूलो परिमाणमा घट्दै आएको सेयर बजारको पुँजीकरण पछिल्लो ७ महिनामा भने उल्लेख्य वृद्धि भएको छ । सेयर लगानीकर्ताहरुको पुँजी ७ महिनामा १६ खर्ब भन्दा धेरैले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार चालु आर्थिक वर्षको७ महिनामा सेयर बजारको पुँजीकरण १६ खर्ब १३ अर्ब ४१ करोड रुपैयाँले बढेको हो […]

‘प्रधानमन्त्रीले भ्रष्टाचार रोकेको खुट्टी देखेरै पत्याएँ’

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षमा आफूले गरेको कामको विवरण प्रस्तुत गर्ने क्रममा भ्रष्टाचार रोक्ने प्रतिवद्धता पुनः दोहोर्‍याउनुभयो । ‘म आफू भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ, दूराचारी र दूराचार, भ्रष्ट र भ्रष्टचारका सन्दर्भमा मुखमा पानी हालेर बोल्ने मेरो बानी छैन । जो जतिसुकै उच्च ओहोदावाल होस् या कथित पहुँचवाला, तिनको मुख हेरेर सजाय […]

संसद विघटनबारे प्रधानमन्त्रीको विरोधाभाषपूर्ण ‘बयान’

४ फागुन, काठमाडौं । संसदले सरकारलाई काम गर्न नदिएका कारण प्रतिनिधिसभा विघटन गरेको बताउँदै आएका प्रधानमन्त्री ओलीले सोमबारको सम्वोधनमा केही विरोधाभाषपूर्ण अभिव्यक्ति दिएका छन् । उनले आफूलाई संसदबाट कुनै चुनौती नभएको र तीन वर्षको अवधिमा सरकारले उल्लेख्य काम गरेको बताएका छन् । सरकार गठनको तीन वर्ष पूरा भएको उपलक्ष्यमा सोमबार सिंहदरबारमा आयोजित प्रेस ब्रिफिङमा प्रधानमन्त्री […]

‘अब नगद कारोबारमा शुल्क र डिजिटलमा निःशुल्क गर्नुपर्छ’

४ फागुन, काठमाडौं । पछिल्लो समय बैंकहरुले क्यूआर कोड बोकेर तरकारी बजार चहारिरहेका छन् । माघ पहिलो साता सानिमा बैंकले नक्सालको तरकारी बजारमा क्यूआर पेमेन्टको सुरुआत गर्‍यो। प्रभु बैंकले कालिमाटी फलफूल तथा तरकारी बजार, ग्लोबल आइएमई बैंकले बल्खु तरकारी बजार र नबिल बैंकले कुलेश्वर फलफूल बजारमा क्यूआर पेमेन्ट सुरु गरे । राष्ट्र बैंकका गभर्नर महाप्रसाद […]



from समाचार – Online Khabar https://ift.tt/3pr3bAm
via IFTTT
Powered by Blogger.