Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीको सुरक्षा बढाइयो

६ फागुन, काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै प्रहरीसँग सुरक्षा मागेका छन् । अपरिचत व्यक्तिले टेलिफोनमा सम्पर्क गरेर भौतिक आक्रमण गर्ने धम्की दिइरहेको बताउँदै उनले सुरक्षा मागेका हुन् । ‘सामान्य धम्कीहरु आइरन्थे, वास्ता गरेको थिइन’, डा. गिरीले अनलाइनखबरसँग भने, ‘पिएसओ (निजी सुरक्षा अधिकृत) लाई पनि मेरो […]

मोदीद्वारा स्वास्थ्यकर्मीका लागि विशेष भिसा र क्षेत्रीय एम्बुलेन्सको प्रस्ताव

६ फागुन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली सहयोग संगठन(सार्क) का ८ सदस्य मुलुक र इन्डियन ओसन मुलुकका डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरुका लागि विशेष भिसा योजनाको प्रस्ताव गरेका छन् । सार्क लगायत भारतका १० वटा छिमेकी मुलुकबीच ‘कोभिड–१९ व्यवस्थापनः अनुभव, राम्रा अभ्यास र आगामी बाटो’ शीर्षकमा आयोजित भर्जुअल कार्यक्रमलाई सम्बोधन गदै मोदीले सो […]

राष्ट्रियसभाका अध्यक्ष र जापानी राजदूतबीच भेटवार्ता

६ फागुन, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले भेटवार्ता गरेका छन् । राजदूत सइगोले आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कनुअघि बिहीबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बिदाइ भेट गरेका हुन् । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मित्रता, समझदारी र द्विपक्षीय सहयोगको आधारमा अगाडि […]

टुँडिखेल आसपास हुने सैनिक गतिविधिलाई अन्यथा नलिन सेनाको आग्रह

६ फागुन, काठमाडौं । आजभोलि सडकमा सैनिक बख्तरबन्दी गाडी हिँडेको तस्वीरहरु सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आइराख्छ । फौज र ट्रकहरु हिँडेको विषयले पनि धेरैको ध्यान तान्ने गरेको छ । केही अघि नियमित अभ्यासका लागि बख्तरबन्द गाडी निकाल्न लागिएको सेनाले नै जनाएको थियो । तर, सैनिक कदम अर्थपूर्ण भएको जानकारहरुले टिप्पणी गरेका थिए । हालै सैनिक […]

प्रचण्ड–माधवलाई ओली पक्षको प्रस्ताव : अविश्वासको प्रस्ताव फिर्ता लिइदिनुस्

६ फागुन, बिराटनगर । नेकपा ओली समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन प्रचण्ड–माधव समूहलाई आग्रह गरेको छ । विकल्पमा निर्वाचन आयोग र नेपाली कांग्रेसको निर्णय पर्खिन प्रस्ताव गरेको थियो । तर प्रचण्ड–माधव समूहका नेताहरुले तीन वटै प्रस्ताव अस्वीकार गर्दै प्रदेशसभाको प्रक्रिया अगाडि बढाउनुपर्ने बताएपछि प्रदेशसभा भंग हुनसक्ने […]

सवारीमा इम्बोस्ड प्लेट जडानलाई अनिवार्य गरिँदै, ३६ सयसम्म शुल्क

६ फागुन, काठमाडौं । सरकारले सबै सवारीमा इम्बोस्ड नम्बर प्लेटको जडानलाई अनिवार्य गर्ने तयारी गरेको छ । अब सवारीको क्रमैसँग लट नम्बर तोकेर पुराना सवारीमा अनिवार्य जडान गर्ने व्यवस्था गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । उनका अनुसार नयाँ नम्बर प्लेट लिने सवारीलाईपनि यही प्लेट जोड्नुपर्ने व्यवस्था निकट भविष्यमै गरिनेछ । पटक-पटकको विवाद र […]

साताको अन्तिम सेयर कारोबार– बिमा र लघुवित्तले गुमाए, अधिकांशले कमाए

६ फागुन, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार सेयर बजार बढेर बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढ्दा अधिकांशक कम्पनीहरुको सेयर मूल्य बढेको छ । केहि दिन यता बैंकिङ क्षेत्रमा देखिदै आएको लगानीकर्ताको आकर्षण बिहीबार पनि कायमै रहेको छ । बैंकिङ, व्यापार, विकास बैंक लगायतका सबइन्डेक्सहरु बढेर हरियाली देखिदा बिमा […]

देउवालाई रामचन्द्रको प्रश्न : जे मन लाग्यो त्यही बोलेर हिँड्ने ?

६ फागुन, पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई भ्रममा नपार्न पार्टी नेतृत्वलाई चेतावनी दिएका छन् । पार्टी केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ को कदमलाई असंवैधानिक, लोकतान्त्रमाथि प्रहार र तानाशाही भनेको भन्दै उनले तानाशाहीको विरोध गर्नु कांग्रेसको कर्तव्य भएको बताए । बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेश […]

आन्दोलन गर्न हामीसँग पैसा छैन, जबरजस्ती बोलाउन सक्दैनौं : देउवा

६ फागुन, पोखरा । नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले हठात प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ध्रुविकरणमा लगेको बताएका छन् । देश संसद पुनस्र्थापनाको पक्ष र विपक्षमा बाँडिएको भन्दै उनले अदालतले गर्ने फैसला स्वीकार्य हुने बताए । बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै देउवाले अदालतले पुनस्र्थापना गरे स्वीकार गर्ने बताए […]

पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु

६ फागुन, काठमाडौं । कास्कीको पोखरामा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा पोखरा महानगरपालिका-११ का ७१ वर्षीय पुरुषको बुधबार राति १०:४७ बजे मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । मधुमेहका बिरामी समेत रहेका उनीमा […]

‘विद्यार्थीले लाउने खोप कहिले आउने ?’ भन्दै नेविसंघद्वारा प्रदर्शन

६ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानमा अब विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउनु पर्ने माग राख्दै नेपाल विद्यार्थी संघले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । विद्यालय र क्याम्पसहरु खुलेका कारण विद्यार्थीहरुलाई कोरोनाको जोखिम बढेको भन्दै उनीहरुले विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर कोरोना विरुद्धको खोप दिनुपर्ने माग राखेर प्रदर्शन गरेका हुन् । […]

प्राधिकरणले असारपछि मात्रै डेडिकेटेडको बक्यौता महसुल उठाउने

६ फागुन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी २०७८को असारपछि मात्रै डेडिकेटेड र ट्रंक लाइन बिजुलीको बक्यौता  महसुल उठाउने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले  बक्यौता महसुल तिर्न बाँकी रहेकाहरुसँग असारसम्म  प्रतिवद्धता मात्रै माग गर्ने निर्णय गरेको छ । असारभित्र महसुल तिर्ने गरी प्रतिवद्धता नजनाउने ग्राहकको आगामी २०७८को साउनबाट लाइन काट्न सुरु गरिने […]

मध्यराति जापानिज नागरिकलाई लुट्ने गिरोहको योजनाकार पक्राउ

६ फागुन, काठमाडौं । बौद्धमा एक वर्ष अगाडि जापानिज नागरिकलाई कुटपिट गरी मध्यराति लाखौं रुपैयाँ र बहुमूल्य जी–मालाको लुटपाट भएको घटनामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । भारतको नयाँ दिल्लीबाट प्रहरीले काठमाडौं–६, फुलबारी बस्ने ३२ वर्षीया जिना लामालाई पक्राउ गरेको हो । लामालाई भगाउन सहयोग गरेको आरोपमा काभ्रेको कानपुर कालापानी–५ का रामसिंह तामाङ […]

निजी क्षेत्रलाई पनि कोरोना खोप ल्याउन दिने तयारी

६ फागुन, काठमाडौं । सरकारले कोरोना खोप निजी कम्पनीलाई पनि ल्याउन दिने तयारी गरेको छ । यसका लागि मन्त्रिपरिषद्ले निश्चित मापदण्ड राखेर निर्णय गर्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले भने, ‘निजी कम्पनीले ल्याएको खोप सरकारले भने किन्दैन । निजी प्रयोजनमा नै दिन सकिन्छ ।’ सरकारले […]

डाक्टरको परामर्श शुल्क बढाउने निर्णयमा मन्त्रालयको असहमति

६ फागुन, काठमाडौं । चिकित्सकहरुको परामर्श शुल्क वृद्धि गर्ने निर्णयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असहमति जनाएको छ । मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘माघ ४ गते मन्त्रालयका प्रमुख विशेषज्ञको संयोजकत्वमा रहेको कमिटीसँग गरिएको सम्झौता कार्यान्वयन गर्न मन्त्रालयले थप निर्णय गर्नु पर्ने तथ्यलाई नबुझी एक्लौटी रुपमा नेपाल चिकिसत्क संघ र अफिनद्वारा गरिएको मूल्य वृद्धिप्रति […]

मूल्य वृद्धिको विरोधमा आयल निगम अगाडि प्रदर्शन

६ फागुन, काठमाडौं । सरकारले एक सातामा दुई पटकसम्म इन्धनको मूल्य वृद्धि गरेको विरोधमा अनेरास्ववियू (रञ्जित तामाङ समूह) ले बिहीबार नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि प्रदर्शनसहित धर्ना दिएको छ । बिहान देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको अनेरास्ववियूले दिउँसो बबरमहलस्थित आयल निगम कार्यालय अगाडि धर्ना बसेर नाराबाजी गरेको हो । अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले […]

सीआईबीका दुई अनुसन्धान अधिकृतले पाए अन्तर्राष्ट्रिय अवार्ड

६ फागुन, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का दुई जना अनुसन्धान अधिकृतले अन्तर्राष्ट्रिय अवार्ड पाएका छन् । कुख्यात वन्यजन्तु तस्कर कुन्जोक छिरिङ तामाङलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका खेलेका सीआईबीका प्रहरी निरीक्षक सुर्दशन पन्थी र नायब निरीक्षक वीरेन्द्रसिंह जोहरीले २०२० को पाँचौं एसिया पर्यावरण प्रवर्तन पुरस्कार पाएका हुन् । ब्युरोका प्रमुख डीआईजी सहकुलबहादुर […]

मोबाइल लुट्न कुटपिट, पानीमा डुबेपछि मृत्यु

६ फागुन, काठमाडौं । गुह्येश्वरी मन्दिर नजिकै बाग्मती नदी किनारमा एकजना व्यक्तिको हत्या भएको छ । काठमाडौं–७ घर भएका ४९ वर्षीय राजुमान श्रेष्ठको हत्या भएको पाइएपछि चार जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका एसएसपी अशोक सिंहले अनलाइनखबरलाई बताए । प्रहरीले शनिबार नदी किनारमा शंकास्पद अवस्थामा श्रेष्ठको शव भेटेको थियो । गाडी सिक्न भन्दै मध्यराति […]

४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने यातायात व्यवसायीको माग

६ फागुन, काठमाडौं । यातायात व्यवसायीहरुले तेल र सवारीजन्य पार्टपूर्जामा भएको मूल्यवृद्धिलाई कारण देखाएर ४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने माग गरेका छन् । सरकारले एक सातामै दुई पटक तेलको मूल्य बढाएपछि यात्रुबाहक तथा मालबाहक सवारीधनीहरुले अहिले भाडादरले व्यवसायमा टिक्न नसकिने बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गत माघ २९ गते नै विज्ञप्ति जारी गरेर […]

हामीले नेपाललाई प्रो-अमेरिकन हुन र कुनै एलायन्समा सहभागी हुन भनेका छैनौं : राजदूत बेरी

६ फागुन, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले आफूहरुले नेपाललाई कहिले पनि प्रो-अमेरिकन हुन र कुनै पनि अमेरिकी एलाइन्समा सहभागी हुन आग्रह नगरेको बताएका छन् । नेपाली सेनाको कमाण्ड र स्टाफ कलेजमा अधिकृतहरुलाई सम्बोधन गर्दै उनले बरु आफूहरुले नेपाललाई जहिले पनि प्रो-नेपाली हुन आग्रह गरेको बताए । उनले भने, ‘हामीले नेपाललाई जहिले पनि […]

प्रदेश २ सरकारद्वारा दलित विकास समितिमा पदाधिकारी नियुक्त

६ फागुन, जनकपुरधाम । प्रदेश २ सरकारले दलित विकास समितिका पदाधिकारी नियुक्त गरेको छ । बिहीबार बिहान बसेको प्रदेश मन्त्री परिषद्को बैठकले दलित विकास समितिको उपाध्यक्षमा सर्लाहीका रामप्रवेश बैठालाई नियुक्त गरेको छ । सदस्यहरुमा सिराहाकी सेवकी देवी दास, सप्तरीका श्यामसुन्दर सरदार, रौतहटका राजकुमार दास तत्मा र सिराहाकी सुनिता मरिक डोमलाई नियुक्त गरिएको सामाजिक विकास मन्त्री […]



from समाचार – Online Khabar https://ift.tt/2ZulBWo
via IFTTT
Powered by Blogger.