Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

टुँडिखेल आसपास हुने सैनिक गतिविधिलाई अन्यथा नलिन सेनाको आग्रह

६ फागुन, काठमाडौं । आजभोलि सडकमा सैनिक बख्तरबन्दी गाडी हिँडेको तस्वीरहरु सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आइराख्छ । फौज र ट्रकहरु हिँडेको विषयले पनि धेरैको ध्यान तान्ने गरेको छ । केही अघि नियमित अभ्यासका लागि बख्तरबन्द गाडी निकाल्न लागिएको सेनाले नै जनाएको थियो । तर, सैनिक कदम अर्थपूर्ण भएको जानकारहरुले टिप्पणी गरेका थिए । हालै सैनिक […]

सवारीमा इम्बोस्ड प्लेट जडानलाई अनिवार्य गरिँदै, ३६ सयसम्म शुल्क

६ फागुन, काठमाडौं । सरकारले सबै सवारीमा इम्बोस्ड नम्बर प्लेटको जडानलाई अनिवार्य गर्ने तयारी गरेको छ । अब सवारीको क्रमैसँग लट नम्बर तोकेर पुराना सवारीमा अनिवार्य जडान गर्ने व्यवस्था गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । उनका अनुसार नयाँ नम्बर प्लेट लिने सवारीलाईपनि यही प्लेट जोड्नुपर्ने व्यवस्था निकट भविष्यमै गरिनेछ । पटक-पटकको विवाद र […]

साताको अन्तिम सेयर कारोबार– बिमा र लघुवित्तले गुमाए, अधिकांशले कमाए

६ फागुन, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार सेयर बजार बढेर बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढ्दा अधिकांशक कम्पनीहरुको सेयर मूल्य बढेको छ । केहि दिन यता बैंकिङ क्षेत्रमा देखिदै आएको लगानीकर्ताको आकर्षण बिहीबार पनि कायमै रहेको छ । बैंकिङ, व्यापार, विकास बैंक लगायतका सबइन्डेक्सहरु बढेर हरियाली देखिदा बिमा […]

आन्दोलन गर्न हामीसँग पैसा छैन, जबरजस्ती बोलाउन सक्दैनौं : देउवा

६ फागुन, पोखरा । नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले हठात प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ध्रुविकरणमा लगेको बताएका छन् । देश संसद पुनस्र्थापनाको पक्ष र विपक्षमा बाँडिएको भन्दै उनले अदालतले गर्ने फैसला स्वीकार्य हुने बताए । बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै देउवाले अदालतले पुनस्र्थापना गरे स्वीकार गर्ने बताए […]

पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु

६ फागुन, काठमाडौं । कास्कीको पोखरामा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा पोखरा महानगरपालिका-११ का ७१ वर्षीय पुरुषको बुधबार राति १०:४७ बजे मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । मधुमेहका बिरामी समेत रहेका उनीमा […]

‘विद्यार्थीले लाउने खोप कहिले आउने ?’ भन्दै नेविसंघद्वारा प्रदर्शन

६ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानमा अब विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउनु पर्ने माग राख्दै नेपाल विद्यार्थी संघले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । विद्यालय र क्याम्पसहरु खुलेका कारण विद्यार्थीहरुलाई कोरोनाको जोखिम बढेको भन्दै उनीहरुले विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर कोरोना विरुद्धको खोप दिनुपर्ने माग राखेर प्रदर्शन गरेका हुन् । […]

मध्यराति जापानिज नागरिकलाई लुट्ने गिरोहको योजनाकार पक्राउ

६ फागुन, काठमाडौं । बौद्धमा एक वर्ष अगाडि जापानिज नागरिकलाई कुटपिट गरी मध्यराति लाखौं रुपैयाँ र बहुमूल्य जी–मालाको लुटपाट भएको घटनामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । भारतको नयाँ दिल्लीबाट प्रहरीले काठमाडौं–६, फुलबारी बस्ने ३२ वर्षीया जिना लामालाई पक्राउ गरेको हो । लामालाई भगाउन सहयोग गरेको आरोपमा काभ्रेको कानपुर कालापानी–५ का रामसिंह तामाङ […]

निजी क्षेत्रलाई पनि कोरोना खोप ल्याउन दिने तयारी

६ फागुन, काठमाडौं । सरकारले कोरोना खोप निजी कम्पनीलाई पनि ल्याउन दिने तयारी गरेको छ । यसका लागि मन्त्रिपरिषद्ले निश्चित मापदण्ड राखेर निर्णय गर्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले भने, ‘निजी कम्पनीले ल्याएको खोप सरकारले भने किन्दैन । निजी प्रयोजनमा नै दिन सकिन्छ ।’ सरकारले […]

डाक्टरको परामर्श शुल्क बढाउने निर्णयमा मन्त्रालयको असहमति

६ फागुन, काठमाडौं । चिकित्सकहरुको परामर्श शुल्क वृद्धि गर्ने निर्णयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असहमति जनाएको छ । मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘माघ ४ गते मन्त्रालयका प्रमुख विशेषज्ञको संयोजकत्वमा रहेको कमिटीसँग गरिएको सम्झौता कार्यान्वयन गर्न मन्त्रालयले थप निर्णय गर्नु पर्ने तथ्यलाई नबुझी एक्लौटी रुपमा नेपाल चिकिसत्क संघ र अफिनद्वारा गरिएको मूल्य वृद्धिप्रति […]

मूल्य वृद्धिको विरोधमा आयल निगम अगाडि प्रदर्शन

६ फागुन, काठमाडौं । सरकारले एक सातामा दुई पटकसम्म इन्धनको मूल्य वृद्धि गरेको विरोधमा अनेरास्ववियू (रञ्जित तामाङ समूह) ले बिहीबार नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि प्रदर्शनसहित धर्ना दिएको छ । बिहान देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको अनेरास्ववियूले दिउँसो बबरमहलस्थित आयल निगम कार्यालय अगाडि धर्ना बसेर नाराबाजी गरेको हो । अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले […]

सीआईबीका दुई अनुसन्धान अधिकृतले पाए अन्तर्राष्ट्रिय अवार्ड

६ फागुन, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का दुई जना अनुसन्धान अधिकृतले अन्तर्राष्ट्रिय अवार्ड पाएका छन् । कुख्यात वन्यजन्तु तस्कर कुन्जोक छिरिङ तामाङलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका खेलेका सीआईबीका प्रहरी निरीक्षक सुर्दशन पन्थी र नायब निरीक्षक वीरेन्द्रसिंह जोहरीले २०२० को पाँचौं एसिया पर्यावरण प्रवर्तन पुरस्कार पाएका हुन् । ब्युरोका प्रमुख डीआईजी सहकुलबहादुर […]

मोबाइल लुट्न कुटपिट, पानीमा डुबेपछि मृत्यु

६ फागुन, काठमाडौं । गुह्येश्वरी मन्दिर नजिकै बाग्मती नदी किनारमा एकजना व्यक्तिको हत्या भएको छ । काठमाडौं–७ घर भएका ४९ वर्षीय राजुमान श्रेष्ठको हत्या भएको पाइएपछि चार जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका एसएसपी अशोक सिंहले अनलाइनखबरलाई बताए । प्रहरीले शनिबार नदी किनारमा शंकास्पद अवस्थामा श्रेष्ठको शव भेटेको थियो । गाडी सिक्न भन्दै मध्यराति […]

४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने यातायात व्यवसायीको माग

६ फागुन, काठमाडौं । यातायात व्यवसायीहरुले तेल र सवारीजन्य पार्टपूर्जामा भएको मूल्यवृद्धिलाई कारण देखाएर ४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने माग गरेका छन् । सरकारले एक सातामै दुई पटक तेलको मूल्य बढाएपछि यात्रुबाहक तथा मालबाहक सवारीधनीहरुले अहिले भाडादरले व्यवसायमा टिक्न नसकिने बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गत माघ २९ गते नै विज्ञप्ति जारी गरेर […]

हामीले नेपाललाई प्रो-अमेरिकन हुन र कुनै एलायन्समा सहभागी हुन भनेका छैनौं : राजदूत बेरी

६ फागुन, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले आफूहरुले नेपाललाई कहिले पनि प्रो-अमेरिकन हुन र कुनै पनि अमेरिकी एलाइन्समा सहभागी हुन आग्रह नगरेको बताएका छन् । नेपाली सेनाको कमाण्ड र स्टाफ कलेजमा अधिकृतहरुलाई सम्बोधन गर्दै उनले बरु आफूहरुले नेपाललाई जहिले पनि प्रो-नेपाली हुन आग्रह गरेको बताए । उनले भने, ‘हामीले नेपाललाई जहिले पनि […]

प्रदेश २ सरकारद्वारा दलित विकास समितिमा पदाधिकारी नियुक्त

६ फागुन, जनकपुरधाम । प्रदेश २ सरकारले दलित विकास समितिका पदाधिकारी नियुक्त गरेको छ । बिहीबार बिहान बसेको प्रदेश मन्त्री परिषद्को बैठकले दलित विकास समितिको उपाध्यक्षमा सर्लाहीका रामप्रवेश बैठालाई नियुक्त गरेको छ । सदस्यहरुमा सिराहाकी सेवकी देवी दास, सप्तरीका श्यामसुन्दर सरदार, रौतहटका राजकुमार दास तत्मा र सिराहाकी सुनिता मरिक डोमलाई नियुक्त गरिएको सामाजिक विकास मन्त्री […]

‘मैले न्यायपालिकाको सम्मान कम हुने कार्य गरेँ भनेर कल्पना गर्नु नै दुराग्रहपूर्ण’

६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले न्यायपालिकाको सम्मान कम हुने कार्य गरेँ भनेर कल्पना गर्नु नै दुराग्रहपूर्ण भएको बताएका छन् । अदालतको अवलेहना मुद्दामा बिहीबार लिखित जवाफ दिएका प्रधानमन्त्री ओलीले अदालतप्रति आफ्नो उच्च सम्मान रहेको बताए । ‘लोकतन्त्र, विधिको शासन तथा स्वतन्त्र न्यायपालिकाका लागि पाँच दशकभन्दा लामो समयदेखि संघर्ष गरेको मैले न्यायपालिकाको […]

मल खरिद ठेक्काबारे कृषि सामग्री कम्पनीसँग स्पष्टीकरण मागेका छौं : मन्त्री अर्याल

६ फागुन, चितवन । कृषि तथा पशुपन्छी विकासमन्त्री पदमाकुमारी अर्यालले राज्यकोषलाई थप भार पर्ने गरी कृषि सामग्री कम्पनी लिमिटेडले स्वीकृत गरेको ठेक्काका बारेमा स्पष्टीकरण माग गरिएको बताएकी छन् । बिहीबार भरतपुर विमानस्थलमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले आफू आउनुभन्दा अगाडि नै गरिएको ठेक्का र त्यसमा भएको सम्झौताका बारेमा कृषि सामग्री कम्पनीसँग २४ घण्टे […]

स्कुल बसको ठक्करबाट एकजनाको मृत्यु, एकजना घाइते

६ फागुन, बुटवल । रुपन्देहीमा स्कुलबसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका-११ स्थित कुमारी चाेकमा बसको ठक्करबाट मर्निङवाकमा निस्किएका सोही ठाउँ बस्ने ३४ वर्षीय सुमन खौसियाको मृत्यु भएको हो । बिहान साढे ५ बजे मर्निङवाक निस्केका मृतक खौसिया र स्थानीय आरती थापालाई शान्ती नमुना माध्यमिक विद्यालयको लु १ क ८२४ नम्बरको बसले ठक्कर […]

अवहेलना मुद्दा : लिखित जवाफसहित सर्वोच्च पुगे प्रधानमन्त्री

६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अवहेलना मुद्दामा लिखित जवाफसहित सर्वोच्च अदालतमा उपस्थित भएका छन् । पौने १२ बजे सर्वोच्च अदालत प्रवेश गरेका ओली १२ बजे फर्किए । आफूमाथि लागेको अवहेलना मुद्दामा लिखित जवाफ पेश गरेपछि न्यायपरिषद सचिवालयको निर्माणाधीन भवनको निरीक्षण गरेर ओली फर्किएका थिए । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालत […]

सुनको भाउ आज पनि ओरालोतर्फ

६ फागुन, काठमाडौं । गतवर्ष असारदेखि निरन्तर बढेर नयाँ नयाँ कीर्तिमान बनाएको सुनको बजार मूल्यले ओरालो ट्रेन्ड समातेको छ । बुधबार प्रतितोलामा ११ सयले घटेर आठ महिनायताकै सस्तो भएको सुनको भाउ बिहीबार पनि ओरालो लागेको छ । बिहीबार छापावल सुन प्रतितोलामा ६ सय रुपैयाँले सस्तो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार […]

असारबाट शैक्षिक सत्र सुरु गर्ने मन्त्रालयको निर्णय

६ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण प्रभावित भएको यो वर्षको शैक्षिक सत्र जेठमा सकिने भएको छ । संशोधित नियमावली अनुसार यो वर्षको शैक्षिक सत्र जेठमा सक्ने र असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । उनले भने, ‘संशोधित शिक्षा नियमावलीलाई आधार मानेर […]



from समाचार – Online Khabar https://ift.tt/3rWuSmu
via IFTTT
Powered by Blogger.