समाचार
१८ फागुन, काठमाडौं । सहरी विकास मन्त्रालयले मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत बस्ती निर्माण गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सन्थाल जातिको एकीकृत बस्ती शिलान्यास गर्ने शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जानकारी दिए । उर्लाबारी नगरपालिकाको रातोहोली खोल्सीको किनारमा सन्थाल एकीकृत बस्ती विकास गर्ने सम्पूर्ण तयारी भइसकेको छ । एकीकृत […]
१८ फागुन, काठमाडौं । वामपन्थी नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको दोस्रो स्मृति दिवस मनाइँदै छ । भरतमोहन अधिकारी स्मृति फाउण्डेशनको आयोजना तथा विष्णुमाया पुस्तकालयको सह-आयोजनामा मंगलबार विराटगरमा स्मृति सभा आयोजना गरिँदै छ । स्मृति सभामा नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रमुख अतिथि छन् । नेपाल उक्त फाउण्डेशनका संरक्षकसमेत हुन् । स्वर्गीय […]
१८ फागुन, काठमाडौं । स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई आज फर्किने भएका छन् । स्वास्थ्य परीक्षण पूरा भएपछि पूर्वप्रधानमन्त्री भट्टराई आज नेपाल वायु सेवा निगमको विमानमार्फत नेपाल फर्किन थालेको उनको सचिवालयले जनाएको छ । न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा परीक्षणका लागि नयाँ दिल्ली […]
१७ फागुन, काठमाडौं । विभाजित नेकपाका दुवै समूह संसद् पुनर्स्थापनापछि प्रमुख विपक्षी दल नेपाली काँग्रेस रिझाउने प्रयासमा छन् । प्रधानमन्त्री एवम् ओली समूहका अध्यक्ष केपी शर्मा ओली र अर्का समूहका अध्यक्षहरू पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहकार्यका निम्ति प्रत्यक्ष/अप्रत्यक्ष आग्रह गरिरहेका छन् । चितवनको कार्यक्रम छोडेर १२ फागुन विहान काठमाडौं फर्किएका प्रचण्ड र माधव […]
१७ फागुन, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने बताएका छन् । पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष ओलीले आफूहरुमाथि सम्पूर्ण रुपले प्रहार भएको बताए । ‘सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ । शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो […]
१७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा मुलुकका चार सुरक्षा निकायबाट दुई सय बढी सुरक्षा अधिकारी २४ सै घन्टा खटिन्छन् । नेपाली सेनाले पहिलो घेरामा रहेर प्रधानमन्त्रीको सुरक्षा नेतृत्व गर्छ भने त्यसपछि क्रमशः नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट टोली खटिन्छन् । हालै ओलीको सुरक्षामा नेपाली सेनाले विशेष हतियारसहित सादा […]
१७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार दाबी गरे, ‘निर्वाचन आयोगवाला सेटिङ पनि भत्किदैछ ।’ ‘मैले त्यत्तिकै भनेको होइन मैले बुझेर भन्दैछु । केही समयभित्रै निर्वाचन आयोगले उहाँ (केपी शर्मा ओली) लाई यो पार्टी आधिकारिक हुन सम्भव होइन, आधिकारिक पार्टी बहुमतवाला पार्टी नै हो र सूर्य चिह्न र नाम उहाँहरुकै […]
१७ फागुन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । गत फागुन ४ गते पनि एक हप्ता नबित्दै मूल्य बढाइएको थियो । डिजेल, पेट्रोल र मटितेलमा प्रतिलिटर २ […]
१७ फागुन, काठमाडौं । सरकारले करिब ३३६ अर्ब लगानीमा काठमाडौंमा बन्ने तीन वटा स्मार्ट शहरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को सारसंक्षेप सार्वजनिक गरेको छ । सोमबार सिंहदरबारमा आयोजित कार्यक्रममा शहरी विकास मन्त्रालयले काठमाडौंमा प्रस्तावित इशान, उत्तर (हरित) र आग्नेय शहरको प्राविधिक र कानूनी तयारीबारे जानकारी गराएको हो । मन्त्रालयका अनुसार यी शहरहरु बन्न सम्बन्धित क्षेत्रका स्थानीयबासीले […]
१७ फागुन, काठमाडौं । पोखरा पुगेका प्रधानमन्त्री एवम् नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले बहुमत पुर्याएर संसदीय दलको नेताबाट आफूलाई हटाउन प्रचण्ड–माधव समूहलाई चुनौती दिएका छन् । ‘विधिवत भेटौं, बैठक बोलाइदिन्छु आउनुस् न’, ओलीले दलभित्र प्रक्रिया खुला गरिदिने बताए । जबकी, संसद् पुनर्स्थापना भएको भोलिपल्टै (१२ फागुनमा) बालुवाटारमा आफ्नो समूहको स्थायी कमिटी बैठक बोलाएर […]
१७ फागुन, जनकपुरधाम । नेत्रबिक्रम चन्द विप्लव समुहको नेकपाका सर्लाही र महोत्तरी जिल्लाका इन्चार्ज सोमबार पक्राउ परेका छन् । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ११ स्थित ताराचौरीबाट विप्लव समूहका सर्लाही र महोत्तरी इन्चार्ज कमलबहादुर सुस्लिङ मगरलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिका ६ बस्ने मगरलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट शान्तिविरुद्धको […]
१७ फागुन, काठमाडौं । नागरिक सम्पत्ति कब्जाको विरोधमा सोमबार काठमाडौंको माइतीघर र न्युरोडमा प्रदर्शन भयो । सडक विस्तारको विरोधमा प्रदर्शनमा उत्रिएका अभियन्ता पक्राउ परेपछि पीडित र नागरिक अभियन्ताले सोमबार प्रदर्शन गरेका हुन् । न्युरोड विशालबजारस्थित जुद्धशमशेरको शालिकमुनि नागरिक समाज, सम्पदा संरक्षणकर्मी तथा उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अधिकारकर्मीले सरकारी कदमलाई ‘गैरन्यायिक सडक विस्तार’ भन्दै […]
१७ फागुन, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई संसदीय दलको नेताबाट विधिसम्मत रुपमा हटाउन प्रचण्ड– माधव समूहलाई चुनौती दिएका छन् । प्रचण्ड– माधव समूहले आफूलाई अध्यक्ष र संसदीय दलको नेताबाट हटाएको दावी गरिरहेकोतर्फ इंगित गर्दै उनले पोखरामा आयोजित नेकपा ओली समूहको कार्यक्रममा आफूलाई विधि र पद्धतिबाट हटाउन चुनौती दिएका हुन् । ‘विधिवत भेटौं, बैठक […]
१७ फागुन, काठमाडौं । चीनले नेपाललाई अनुदानमा दिने कोभिड–१९ को खोप संख्यालाई बढाएर आठ लाख डोज पुर्याएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार साँझ एक ट्वीट गर्दै नेपाललाई अनुदानमा ८ लाख डोज खोप दिने निर्णय भएको बताएकी छन् । सुरुमा ३ लाख डोज दिने घोषणा गरेको चीनले पछि बढाएर ५ लाख पुर्याएको […]
१७ फागुन, विराटनगर । प्रदेश १ को सार्वजनिक लेखा समितिले सवारी लाइसेन्सका लागि प्रयोगात्मक परीक्षा लिने ट्रायल सेन्टर निजी क्षेत्रलाई जिम्मा दिने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ । सार्वजनिक लेखा समिति प्रदेश १ को सोमबारको बैठकले निजी क्षेत्रलाई ट्रायल सेन्टर जिम्मा दिने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको हो । सरकारको निर्णयले जनताले दुःख […]
१७ फागुन, हेटौंडा । नेकपा प्रचण्ड–माधव समूहका नेता एवं पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनेमा आफू विश्वस्त रहेको बताएका छन् । प्रेस संगठन नेपाल बागमती प्रदेशको हेटौंडामा सोमबार आयोजित दोस्रो भेलालाई सम्बोधन गर्दै भट्टराईले प्रधानमन्त्री ओलीले आफूले गरेको गल्तीप्रति आत्मालोचनासहित पदबाट राजीनामा दिनुपर्ने र उनले त्यसो गर्नेमा आफू विश्वस्त रहेको बताए । […]
१७ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै निर्वाचन आयोगले आफूहरुलाई आधिकारिकता प्रदान गर्ने दावी गरेका छन् । सोमबार पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको एकता घोषणा सभामा बोल्दै अध्यक्ष प्रचण्डले केही दिनभित्रै पार्टीको आधिकारिकता आफूहरुले पाउने दाबी गरेका हुन् । प्रधानमन्त्री केपी […]
१७ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ४९ जनाको नमुना परीक्षण गर्दा २९ महिला र ४४ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २१६ पुगेको छ । तीमध्ये सोमबार […]
१७ फागुन, वीरगञ्ज । अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा वीरगञ्जबाट एकजना भारतीय नागरिक पक्राउ परेका छन् । भारत पूर्वी चम्पारण बिहार मोतिहारी जिल्ला सुगौली थाना बस्ने २५ वर्षीय सोनु साह पक्राउ परेका हुन् । भारतको रक्सौलबाट नेपालतर्फ बीआर २२ एआर ३६८६ नम्बरको मोटरसाइकल चढेर आइरहेको अवस्थामा वीरगञ्ज- १६ स्थित रजतजयन्ती चोकमा रोकेर चेकजाँच गर्ने […]
१७ फागुन, काठमाडौं । लागूऔषध गाँजासहित प्रहरीले पर्साबाट एक महिलासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका-८ का सुकराम तामाङ र सोही ठाउँकी १९ वर्षीया अस्मिता तामाङ रहेका छन् । पर्सागढी नगरपालिका-९ स्थित बडेर्वाबाट एकटाँगातर्फ जाने कच्ची सडकमा शंकास्पद ढंगले पैदल हिँडिरहेको अवस्थामा उनीहरुको शरीर खानतलासी गर्दा प्लाष्टिकले बेरेको २-२ केजी गाँजा […]
१७ फागुन, विराटनगर । मोरङको उर्लाबारी नगरपालिका– ५ का प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा जोडिएका रमेश गिरीलाई जिल्ला अदालत मोरङले १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । सोमबार थुनछेक बहसपछि उर्लाबारी– ६ का ६० वर्षीय गिरीलाई धरौटीमा छाड्ने आदेश दिएको हो । गिरी प्रवीणको मृत्यु भएको घरका घरधनी हुन् । हत्या आरोपमा मंगलबार […]
from समाचार – Online Khabar https://ift.tt/2NPMCkU
via IFTTT






















